पृष्टभुमी
स्वास्थ्य मानव जीवनको सवैभन्दा महत्वपुर्ण पक्ष हो । मानिस स्वस्थ भएमा मात्र दुनियामा भएका सवै प्रकारका विकास र समृद्धी खुशीमा परिणत हुन सक्छ । मानव सार्वभौम नागरिकका रुपमा स्वतन्त्र र स्वायत्त रुपमा उपभोग गर्न पाइने अाधारभुत राजनीतिक अधिकार, स्वआर्जनमा मर्यादाकासाथ वाच्न सकिने आर्थिक अवस्था र समान हैसियतको नागरिक पहिचानसहितको सामाजिक सम्मान र मानव मर्यादा समृद्ध समाजका खुशी नागरिकको महत्वपुर्ण मापक पनि हो । यसर्थ आर्थिक समृद्धीले मानिसलाई भाैतिक रुपमा सुखी बनाउन सक्छ । तर खुशी दिन सक्छ भन्ने ग्यारेण्टी हुदैन । जतिखेर उ शारिरीक रुपमा तन्दुरुस्त, मानसिक रुपमा शान्त र मनोवैज्ञानिक रुपमा आनन्दित हुन्छ, त्यतिखेर मानिस खुशी हुन्छ । र, त्यो नै साचाे अर्थमा समृद्ध नागरिकको पहिचान हुनसक्छ ।
तर, आज आधुनिक बन्दै गएको दुनियामा मानिससंग भएको सवैभन्दा अभावको कुरा समय हो । जसका कारण स्वास्थ्यको वारेमा समेत अलिकति लामो समय लिएर सोच्ने फुर्सद मानिसलाई छैन । शारिरीक रुपमा केही गडवडी नै भए पनि अलि समय लिएर प्राकृतिक रुपमा उपचार गर्न उनिहरुसंग समय छैन । उनिहरु सामान्य भन्दा सामान्य समस्यामा पनि छिटो निको भएर काममा दौडन सकौ भन्ने आधारमा सम्भावित साइड इफेक्टलाई समेत ख्याल नगरी द्रुत उपचारमा सलंग्न हुन्छ । कतिपयलाइ प्राकृतिक उपचारकाे उपलव्धताकाे जानकारी नभएर पनि यस्ताे हुने गरेकाेछ ।
मानव शरीरको आधार भनेको ताताे, चिसो, पानी र माटो नै हो, जुन प्रकृतीले हामिलाई उपलव्ध गराएकोछ । यसैको आधारमा गरिने उपचार नै प्राकृतिक उपचार हो, जसले मानिसको जीवन शैलीमा परिवर्तन गर्दछ । शरिरमा लागेको अनेक रोगको एउटै उपचार तातो र चिसो अवस्थाको माटो र पानीको प्रयोग र स्वास-प्रस्वासको गतिको आधारमा गरिन्छ । शरिरमा संचित भएका अनावश्यक विकारयुक्त वस्तुलाई वाहिर निकाल्ने प्राकृतिक पद्धतीवाट रोग ठिक पार्ने औषधि विनाको उपचार पद्धती पनि होनै प्राकृतिक उपचार। जसको कुनै साइड इफेक्ट हुदैन । तर, यसको प्रयोग गर्ने सही पद्धती वा विधिको वारेमा भने जानकारी हुन जरुरीछ ।
सामुदायिक प्राकृतिक चिकित्सालय-रजहर
त्यही विधि सिकाउने काममा नै नवलपुरको रजहरस्थित विगत ८ वर्षदेखि सामुदायिक प्राकृतिक चिकित्सालय क्रियासिल छ । जसमा तीनजना पुर्णकालिन डाक्टरकासाथ जम्मा ४२ जना जनशक्ति स्वास्थ्य परिक्षणदेखि पानी र माटोको सहयोगमा गरिने थेरापी र योग अभ्यास मार्फत गरिने उपचारमा क्रियासिल छन् ।
२०६७ मा स्थापित भएको यस यस अस्पतालमा हालसम्म १५ हजारभन्दा बढी नागरिकले उपचार लिइसकेका रेकर्ड अस्पतालमा छ, जसमध्ये ६० प्रतिशतभन्दा बढी महिला सेवाग्राही रहेको छन । शुरुका दिनमा अधिकांश अधवैशे र जेष्ट नागरिकहरु उपचार लिन आउने यस अस्पतालमा अहिले युवा, वयस्क र जेष्ट सवै उमेरका सेवाग्राहीहरु आउने गर्दछन । पाचन प्रक्रियाको समस्या, माइग्रेनका कारण टाउको दुख्ने, जीउ सुन्निने वा दुख्ने, छालाको समस्या लगायतका खास गरेर सल्य क्रिया विना गरिने अधिकांश समस्याको उपचार हुने गर्दछ । जसका कारण खास गरी श्रमजीवी वर्गका नागरिकहरु जो ठुला उपचार केन्द्रमा गएर बढी खर्च गर्न नसक्ने व्यक्तिहरु आउने गरे पनि हाल क्रमश मध्यम वर्ग र केही उच्च वर्गका सेवाग्राहीहरु पनि यस अस्पतालमा आउन थालेका छन् ।
असन्तुलित र अस्वस्थकर खानाका कारणले भारी शरिर भएका मानिसहरु सन्तुलित खाना, योग अभ्यास र प्राकृतिक प्रविधिवाट वजन घटाउने उद्देश्यसहित यहा आउनेको संख्यामा युवा र वयस्कहरु धेरै हुने गरेका छन् । लौका, जमरा, दुवो, गाजर लगायतका जडिवुटी र फलको रस र मिसाएको कागती पानी नै यहाको मुख्य पेय सेवन गरिने हुदा सम्भावित क्यान्सर, अल्सर लगायत भित्रि अंगमा हुनसक्ने समस्याको पनि उपचार हुन गर्दछ ।
अन्यत्र उपचारका धेरै प्रयत्न गरेर पार नलागेको विरामीसमेत यहा आएर स्वस्थ भएर गएका कतिपय घटनाहरु छन ्। त्यसैमध्येको एक हो चेतनारायण आचार्य, जो अव ठिक हुदैन भन्ने निष्कर्षमा पुगेपछि जीवनको आशामा फेरी पनि यहा पुग्नुभयो । उपचारको क्रममा कागती र मह मिसाएको पानी मात्र ग्रहण गरेर उपचार लिनुभयो र हाल पुनर्जीवन पाएको रुपमा स्वस्थ जीवन विताइ रहनु भएकोछ ।
प्राकृतिक उपचार पद्धतीमा उपयाेग हुने वस्तु, विधि र तरिका निम्न अनुसार रहेकाछन् ।
उपचार पद्धतीमा
यहाको मुल उपचार विधि भनेको माटो र पानीको प्रयोग नै हो । तातोले हरेक कुरालाई फुलाउने र चिसोले खुम्च्याउने काम गर्दछ भन्ने कुरा विज्ञानको सामान्य ज्ञान हुने व्यक्तिले पनि जानकारी राखेकै कुरा हो । त्यसैले तातो चिसो पानीद्धारा गरिने उपचारले भित्रि शरिरमा विग्रिएको अंगको मर्मत गर्ने काम गर्दछ । यस प्रक्रियाले मुटुमा भएको रक्तचापमा रोकावटको समस्यालाई समेत सहजता दिने काम गर्दछ ।
तेलको प्रयोगले मुल रुपमा पसिना निकाल्ने ग्रन्थिलाई सक्रिय बनाइदिन्छ । माटोमा चुम्बविकय शक्ति रहेको हुन्छ । यसर्थ यसको प्रयोगले शरिरका छालामा रहेका छिद्र सफा गर्ने र छालाको तह मुनी रहेका फोहरलाई वाहिर निकाल्न मद्दत गर्दछ ।
दुवो, जमरा, लौका र गाजर जस्ता कुराको जुसले भित्रि भागको मर्मत गर्दछ । टक्सिनलाई निकाल्न सहयोग गर्दछ । पिरो, नुनिलो, अमिलो लगायतको कम प्रयोग गरिएको सादकी खानाले पेट सफा गर्नुकोसाथै आन्द्रामा भएको घाउमा खाटा वसाउदछ ।
पेटलाई अरु सफा गर्न पर्यो भने सवैका लागि गर्न अप्नाउन सकिने विधि एनिमा गरिन्छ । ढाड, नसा, रक्तचाप, सुगर लगायतको समस्या नभएको व्यक्तिले एलएसपी (लघु शंख प्रुक्शना) पनि गर्न सक्दछन । यस प्रक्रियामा नुन पानी पिउदै र पानी पेटको तल्लो तहमा पठाउने अभ्यास गर्दै कम्तिमा ३/४ लिटर पानी आधा घण्टाको विचामा पिएपछि पेटमा भएका सवै कुरा वाहिर निस्कन्छ । र, अन्तिम जस्तो पानी पिएको हो त्यस्तै निस्कन्छ । यसको मतलव पेट पुरै सफा भयो भन्ने हो । यो उपचार गरिसकेपछि नरम जाउलो मात्र खानुपर्छ । कम्तिमा एक हप्ता कडा खाना खानु हुदैन । त्यसपछि भने पेट सामान्य अवस्थामा फर्किएको हुन्छ ।
यसकाे विकल्पमा नियमित उपवास पनि गर्न सकिन्छ, जस्काे मुल उद्देश्य भनेकाे पाचन प्रणाालीलाइ अाकाश झै खुल्ला र खाली बनाउनुकासाथै खाना-पिनाकाे कारणवाट भित्रि अंगहरुमा पर्ने दवाववाट अाराम गर्न दिनु पनि हाे । नियमित उपवासलाइ पनि प्राकृतिक उपचार पद्धतीकाे एउटा विधिका रुपमा नै लिने गरिन्छ ।
नेपाली खान नपाएभन्दा बढी खान नजानेर वा धेरै खाएर रोगी भएका छन् भनिन्छ । यसैले यहाको भान्सामा सामान्य रुपमा खाना व्यवहारमा सुधार गर्न प्रेरित गरिन्छ । जसका कारण यहाका धेरै सेवाग्राही अन्य उपचारको साथै वजन घटाउने उद्देश्यले पनि आएका हुन्छन ।
माटो उपचार
माटोमा चुम्बकिय शक्ति हुन्छ । शरिरमा भएको काम नलाग्ने वस्तुलाई माटोमा रहेको चुम्वकिय शक्तिले चुसेर वाहिर निकाल्छ । माटोको प्रयोगवाट हुने उपचार विधिमा पेट तथा आखामा माटोको चिसो पट्टी लगाउने तथा टाउको, पेट र पुरै शरिरमा चिसो माटोको प्रयोगवाट शरिरका छिद्रमा भएका फोहरलाई सफा गर्ने प्रक्रिया अप्नाइन्छ ।
पानी उपचार
सवैभन्दा बढी प्रयोग हुने विधि पानीको हो । समस्या अनुसार खुट्टा वा कट्टी तातो पानीमा डुवाउने र स्टिमवाथको माध्यमवाट मुटुदेखि रक्त सञ्चारमा रहेका समस्याको उपचार गरिन्छ । त्यसैगरी टाउको दुखेको वा माइग्रेनको समस्यामा पानीको भृकुटी धारा, पिनासको लागि जलनेती र वाफ लिने उपचार गरिन्छ । पानी उपचारका यी तरिका वाहेक आवशयकता अनुसार एकुपंचर पनि हुने गर्दछ ।
तेल मालिस
तेलको मालिस शरिर दुख्नेका लागि अर्को उपचार हो । यसमा टाउको मालिस, जडिवुटी सहितको तेल मसाज तथा पुरै शरिरमा तेलको मसाज अर्को उपचार पद्धती हो । यसका साथमा शरिर दुख्नेका लागि भाइव्रो मसाज पनि गरिन्छ ।
याेग उपचार
याेग अर्काे महत्वपुर्ण प्राकृतिक उपचार विधि हाे । अाधारभुत याेग सवैका लागि उपयाेगी हुन्छ । त्यसकासाथै स्वास्थ्य समस्या अनुसार फरक फरक याेग अभ्यासले पनि उपचारकाे काम गर्दछ । वजन घटाउने, टाउकाे दुख्ने, ढाड दुख्ने, पिडाैला वाउडिने, श्वास-प्रश्वास लगायतका समस्याका लागि सुसुचित रुपमा उपयाेगि याेग अभ्यासहरु गर्कान सकिन्छ । विहान वा साझकाे हिडाइ पनि प्राकृतिक उपचारकाे एउटा राम्राे पक्ष भए पनि हाल बढ्दाे शहरिया जीवन र विकाससकाे नामसंगै अाएका प्रदुषणका कारण वाहिर हिडाइकाे विकल्पमा घरभित्र गरिने याेग अभ्यासलाइ अप्नाउन थालिएकाे सन्दर्भमा यसकाे सही विधिकाे जानकारी हुनुकाे महत्व धेरैछ । अन्यथा उल्टाे नतिजा पनि अाउन सक्दछ ।
अन्तिम लक्ष्य
यस अस्पतालले विगत ७/८ वर्षदेखि दिदै आएको प्राकृतिक उपचारलाई निरन्तरता र विस्तार गर्दै आगामी दिनमा यसलाई प्राकृतिक स्वास्थ्य शिक्षण संस्था बनाउने लक्ष्य रहेको छ । जसको आधार तयार गर्ने सन्दर्भमा हाल तीन सय सैयाको आवास र ७०/८० जनाको उपचार गर्ने उपचार केन्द्र तयार छ । आवश्यक तरकारी उत्पादनका लागि ७/८ विघामा तरकारी खेती हुदैछ भने अस्पतालको लागि आवश्यक पर्ने दुध उत्पादको लागि गाइ पालन गरिएको छ । यहा अपसग हुने अन्य कागती, मह र अन्य तरकारीको लागि स्थानिय रुपमा घरेलु उत्पादन गरिने व्यक्ति र कम्पनीसंग समन्वय गर्ने काम हुदै आएकोछ ।
समग्रमा भन्दा यस अस्पताललाई मुलुककै एउटा आत्मनिर्भर प्राकृतिक चिकित्सालयको रुपमा स्थापित गर्ने जुन लक्ष्यकासाथ यहाको समुदाय लागि परेको छ, आगामी दिनमा पुर्ण सफलता मिलोस भन्ने कामना छ ।