नेपाल टेड यूनियन महासंघ (जिफन्ट) ले आफ्ना घटकहरुमा आबद्ध महिला सदस्यको मानवीय र सामाजिक सहायताको लागि महिला मजदुर सामाजिक सहायता कोषको स्थापना गरेको छ । २०६१ सालको मानव अधिकार दिवस १० डिसेम्बर २००४ को दिन घोषणा गरिएको यो कोषमा जिफण्टले शुरुमा रु. ५००००।– (पचास हजार) जम्मा गरेको छ। सहयोग गर्न चाहने अन्य व्यक्ति वा संघ-संस्थाले यसमा योगदान गर्न आव्हान पनि गरिएको छ । महासंघको अन्य कुनै विषय वा काममा खर्च नगरिने यस कोषमा डेनमार्कको ट्रेड यूनियन कर्मीहरुले समेत व्यक्तिगत योगदान गर्नु भएको छ।