जेष्ठ नागरिक हरेक समाजका आदरणीय व्यक्तिहरु हुन् । समाजका वर्तमानमा प्राप्त हरेक बस्तु वा अवस्थाको उपलव्धताको आधार वा जगमा जेष्ट नागरिकको योगदान अनुभुत गर्न सकिन्छ । समाजलाई परिवर्तन गर्दै अगाडी बढाउने र नया पिढीलाई प्रशिक्षित गर्ने काममा जेष्ट नागरिकको भुमिका निश्चितै रुपमा रहेको हुन्छ । यसर्थ समाजको वर्तमान अवस्थाको पछाडीका सफलता र असफलताका कारण के हुन र अव कसरी अगाडी बढ्नुपर्दछ भन्ने विषयमा जीवन र जगतको अनुभवको खानी जेष्ट नागरिकहरु हुन् ।
आफ्नो युवा अवस्थाको रोजाई र िसंगो जीवनको भोगाईका आधारमा प्राप्त भएको अनुभव र सीपका आधारमा उनीहरुले समाजको अग्रगामी विकासका लागि दिन सक्ने योगदान र बाढ्न सक्ने अनुभवजन्य ज्ञान र सीपलाई समाजको अग्रगतीका लागि अधिकतम सदुपयोग गर्न जेष्ट नागरिकका लागि कस्तो अवसर र विधिको व्यवस्था गर्न सकिन्छ भन्ने वारेमा राज्य वा समाजसंग योजना हुनुपर्दछ । त्यसो भएमा मात्र समाज अगाडी बढ्न सक्दछ । नेपाली समाज मानवीय सहयोग र सम्मानको संस्कार र संस्कृतिमा अरु दुनियाको तुलनामा अझै समृद्ध छ ।
आधुनिकताको नाममा जेष्ट नागरिकको सम्मान मान र मर्यादाको स्रस्कार र संस्कृतिको सम्वर्धन र प्रबर्धन गर्न नसक्नु भनेको विगतप्रतिको अपहेलना मात्र होइन भोलिका दिनमा नया पिढीवाट आजको पिढीले भोग्नुपर्ने अवस्थाको आधार पनि हो । यस कुरालाई हामी र हाम्रो समाजले आजै मनन गर्न र तयार भएर बस्नु पर्दछ । यही कुरालाई अनुभुत गर्दै नया बन्ने संविधानमा जेष्ट नागरिकको लागि व्यवस्था गर्नुपर्दछ भनेर संगठित रुपमा नै सुझाव दिने काम भएको थियो । अझ भनौ संविधानसभामा समितिहरु गठन भएर काम शुरु गर्दा-नगर्दै सवैभन्दा पहिलो लिखित सुझाव बुझाउने काम नै सुनसरीका जेष्ट नागरिकहरुले गरेका थिए । यसले पनि देखाउदछ अनुभवका आधारमा आफ्नो दायित्व र कर्म गर्न जेष्ट नागरिकहरु हरदम तयार छन् ।
जेष्ट नागरिकहरुको सुझाव र सिफारिस समेतलाई ध्यानमा राखेर नया बन्ने संविधानमा उनीहरुको अधिकारको वारेमा व्यवस्था गरिएको छ । भला माग अनुसार छुट्टै धाराको रुपमा जेष्ट नागरिकको हक भनेर समावेस गर्ने कुरा सम्भव बनाउन सकिएको छैन । तर एउटा परिवारभित्र त सवै सदस्यले उठान गरेका सवै माग र आवश्यकतालाई जस्ताको तस्तै सम्वोधन गर्न सम्भव हुदैन र निर्णय कर्ताको हैसियतले यसलाई फरक ढंगले सम्वोधन गर्नुपर्दछ भने िसंगो राष्ट्रका झण्डै तीन करोड नेपाली नागरिकको माग र आवश्यकतालाई जस्ताको तस्तै सम्वोधन गर्ने काम सम्भव हुन सक्दैन भन्ने कुरामा व्यवहारिक रुपमा नै अनुभव प्राप्त यो पुस्ताले राखेको समझदारीप्रति नतमस्तक हुनै पर्दछ ।
तर पनि विषयका सन्दर्भमा जेष्ट नागरिकका तर्फवाट दिइएका सुझावलाई फरक फरक धारामा सम्वोधन भएका छन् । जसलाई यहा पनि स्मरण गर्नु सान्दर्भिक लागेको छ । मौलिक हक अन्तरगत समानताका हकमा विशेष व्यवस्था गर्न आवश्यक अरु समुदायसंगै जेष्ठ नागरिकको संरक्षण सशक्तिकरण वा विकासको लागि राज्यले कानुन बनाएर थप व्यवस्था गरिनुपर्दछ । र यसो गरिरहदा सवै जेष्ट नागरिकको अवस्था एउटै छैन भन्ने कुरालाई समेत ध्यानमा राखेर उनीहरुमध्ये पनि विपन्न वर्गमा पर्ने व्यक्तिहरुलाई प्राथमिकता दिनुपर्दछ भन्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी आज पनि नेपाली समाज पुरुष प्रधान मानसिकतावाट मुक्त हुन सकेको छैन । यहाका नागरिकहरुमा अझै पनि आफैलाई जन्म दिने आमा संगै हुर्केका दिदिवहिनी र आफैले जन्माएका छोरीलाई समान हैसियतका नागरिक हुन् र उनिहरुले पनि समान व्यवहार अवसर र मौका पाउन सकेमा घरायसी रुपमा परिवार व्यवस्थापन मात्र होइन समाज र राष्ट्र निर्माण र व्यवस्थापनमा पनि पुरुष जत्तिकै भुमिका र दायित्व निर्वाह गर्न सक्दछन भन्ने सोच र व्यवहार राख्न सकेको छैन ।
जन्मदेखि नैै छोरीलाई आफ्ना ठान्नुको बदला अर्काको नासोका रुपमा लिने प्रबृत्तीले समाज सन्तुलित रुपमा अगाडी बढ्न नसकेको मात्र होइन अंश र बंशवाट बिाचत गरिएका छन् । आफ्नै परिवार समाज संघसंस्था र राज्यवाट समेत विभेदित हुन बाध्य पारिएका छोरीहरु आजको युवा पुस्तासम्म आउदा पनि छोरी भएर जन्म लिएकै कारण विभेद असमानता र अपहेलनाको भागिदार हुन बाध्य भएका छन् । यो परम्परागत र रुढिवादी सोच र प्रबृत्तीमा आधारित अवस्थामा परिवर्तन गर्दै अव बन्ने संविधानमा परिवार सम्बन्धी हकः अन्तरगत सन्तानको पालना पोषण स्याहार संभार तथा सर्वाङ्गिण विकासका लागि आमा बाबुको समान अधिकार र दायित्व हुनुकासाथै अभिभावकको सम्मान र पालनपोषण गर्ने प्रत्येक सन्तानको अधिकार र दायित्व हुनेछ भन्ने कुरा प्रस्तावित गरिएको छ । यो प्रावधानले भोलिका दिनमा आमा बाबुप्रति छोरीको समेत समान दायित्व र अधिकार सिर्जना गर्ने छ । जसका कारण एउटा त छोरीप्रतिको दृष्टिकोण र व्यवहारमा परिवर्तन हुनेछ भने अर्कोतर्फ जीवनको उत्तरार्धमा आमाबाबुप्रति छोरीले आफ्नो दायित्वलाई हकका रुपमा निर्वाह गर्न पाउने छन् ।
सवेभन्दा महत्वपुर्ण कुरा छोराको अभाव वा असहयोगका कारणले अनिश्चित बृद्धावस्थाको मानसिकतावाट जेष्ट नागरिकलाई एक हदसम्म मुक्त गराउन सक्ने अपेक्षा गर्न सकिन्छ । जीवनभर समाजको निरन्तरताका लागि योगदान गरेका नागरिकहरु जीवनको उत्तरार्धमा पुगेपछि अपहेलना र अपमानको शिकार हुनपर्ने अवस्था बढ्दो छ । अर्कातर्फ पुजिवादको विकाससंगै संयुक्त परिवारवाट एकल परिवार तर्फ उन्मुख समाजमा बृद्ध अवस्थामा सहाराविहिन हुने प्रबृत्ती बढ्दो छ । हाम्रो जस्तो समाज जहा देश छाडेर अर्काको भुमिमा गएर जीवनको उर्वरा समय विताउने कुरालाई सामाजिक प्रतिष्ठाको रुपमा लिने मनोबृत्तीका कारण समेत धेरै आमाबाबुका जीवनको अन्तिम क्षणहरु बढी पिडादायी बन्दै गएको कुरा तितो यथार्थ हो ।
यी सवै अवस्था अनुभुत गर्दै सामाजिक सुरक्षा सम्बन्धी हक अन्तरगत जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने कुरा प्रस्ताव गरिएको छ । जेष्ठ नागरिकले समाजका लागि जीवनभर दिए । र अझै पनि उनीहरु समाजवाट लिने मात्र होइन उचित अवसर पाएमा आफुले आर्जन गरेको सीप ज्ञान र अनुभवका आधारमा समाजमा योगदान गर्न सक्दछन् भन्ने सोचका साथ राज्यले नीति र कार्यक्रम बनाउनु पर्दछ । जेष्ठ नागरिकले जीवनका ओराली र उकालीको यात्रामा आर्जित ज्ञान सीप र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्न सक्ने वातावरणको सिर्जना गर्नुपर्दछ । अनि उनीहरुको अवस्था र आवश्यकताका आधारमा विपन्न वर्गलाई प्राथमिकतामा राख्दै अधिकार मर्यादा र संरक्षणको व्यवस्थासहित सामाजिक सुरक्षा प्रदान गरिनुपर्दछ । यसका लागि राज्यले बनाउने नीति र कार्यक्रममा सम्ब्ााेधन गरेर अगाडी बढ्नुपर्दछ । यसका लागि हुनेवाट लिने र नहुनेलाई दिने लोककल्याणकारी राज्यको सिद्धान्त अनुसार उनीहरुको अवस्था र आवश्यकता हेरी परिवार र समाजको साझेदारीमा सम्मानपूर्वक जीवन यापन गर्न सक्ने गरी पालन पोषण स्वास्थ्य सेवा र सुरक्षा सम्बन्धी अधिकारको सुनिश्चितता गरिुपर्दछ ।
यस दिशामा प्रत्येक नागरिक समाजका अगुवा राजनीतिक नेतृत्व र राज्य सम्बेदनसिल र सिर्जनसिल सोचकासाथ रचनात्मक रुपमा अगाडी बढ्न सक्नुपर्दछ । यसका लागि अधिकारमुखी दृष्टिकोण प्रबृत्तीवाट बढी प्रभावित हुदै गएको हाम्रो समाजलाई जहा अधिकार त्यहा दायित्व को सोचासहित कर्तव्यमुखी बनाउन सक्यौ भने समाजले नया मोड लिने छ । जेष्ट नागरिकले सम्मान नावालिगले माया युवा पिढीले हौसलायुक्त अवसर र वयस्क पिढीले विश्वाससहितको जिम्मेवारीका लागि तड्पाउनु पर्ने छैन ।
हामिले कल्पना गरेको समानतामा आधारित त्यो सुन्दर र सम्मानीत समाज सिजृनाका लािग अव हरेक नागरिकले आफ्नो कर्तव्यप्रति सम्वेदनसिल हुनै पर्दछ । यही सोच र दृष्टिकोणसहित अव बन्ने संविधानमा मौलिक हकका साथमा नागरिकको मौलिक कर्तव्यको समेत व्यवस्था गर्दै यस अन्तरगत आमा बाबु बालबालिका जेष्ठ नागरिक महिला तथा िसंगो मानव समुदायप्रति आदर र सम्मानको संस्कार र संस्कृतिको विकास गर्नु पर्ने कुरा समावेस गरिएको छ । प्रत्येक नागरिकले आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको हनन गर्न नहुने कुरालाई कर्तव्यका रुपमा कार्यान्वयन गर्न सकियो भने नेपाली नागरिकले साच्चै सम्मान र लोकतन्त्रको अनुभुत गर्न सक्ने छन् ।
हाम्रो देश र समाज राजनीतिक रुपमा केही अधिकार प्राप्त गरी अहिले आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरणको चरणमा रहेकॊ सन्दर्भमा आजका जेष्ट नागरिकले आफ्नो अनुभव ज्ञान र सीपको आधारमा योजनावद्ध रुपमा समाजलाई प्रशिक्षित गर्ने दिशामा लाग्न सके रुपान्तरणको डिलमा खडा भएको समाजको नया पिढीलॆ समेत अघिल्लो पिढीवाट थप प्रेरणा र समाजले परिवर्तनको सकारात्मक दिशामा योगदान पाउन सक्नेछ ।
June 2068, prepared for Sankalpa Nepal