झण्डै दुई दशक पहिला, हामी वामपक्षीय राजनीतिक विचारको अध्ययनको क्रममा प्रायः माक्र्स, एंगेल्स, लेनिन, माओका किताबहरु पढ्न पाइन्थ्यो। उनीहरुकोे विचार, सिद्धान्त र भूमिकाको बारेमा बताइन्थ्यो। तर, यस क्रममा कुनै पनि महिलाको चर्चा हु“दैन थियो। त्यस समयमा हामीलाई लाग्थ्यो के महिलाहरुले बाम आन्दोलनको यो सिंगो प्रक्रियामा कुनै योगदान गरेनन्? लामो समयसम्म यस प्रश्नको कुनै सकारात्मक जवाफ पाउन सकिएन।

विश्व महिला आन्दोलनका विरांगनाहरुको जीवनी अध्ययनको क्रममा अधिकांशको भूमिका लेख सारिदिने, पारिवारिक जिम्मा आपूmले लिएर श्रीमानलाई फुक्का गरााइ दिने, पत्राचारमा सहयोग गर्ने, नेतालाई लुकाउने र बस्ने बन्दोबस्त मिलाउने जस्ता काममा नै महिलाको योगदान उल्लेख गरेको पाइन्थ्यो। अनि मनमा प्रश्नहरु खेल्थे– के समाजवादी सिद्धान्त र विचारको मामिलामा भूमिका निर्वाह गर्ने महिला कोही थिएनन्? उनीहरुले विचारको क्षेत्रमा केही गरेनन्? अनि वीरतापूर्ण लडाइ“ र अन्य क्षेत्रमा नेतृत्वदायी पंक्तिमा उनीहरु थिएनन्?

बहुदल आएको केही समय महिलाहरुको एउटा भेलामा एकजना नेताले विश्व कम्युनिस्ट आन्दोलन र महिलाको भूमिका विषयमा प्रशिक्षण दिनुभयो। विश्व कम्युनिस्ट आन्दोलनको बारेमा बताइ सकेर उहा“ले अन्त्यमा भन्नु भएको थियो कि यी सबै आन्दोलनमा महिलाको ठूलो योगदान थियो। उहा“ले यो भनिसक्दा नसक्दा सहभागीहरु उठेर सोधेका थिए– “कुन कुन देशको आन्दोलनमा कस–कसले कस्तो भूमिका निर्वाह गरेका थिए?” तर प्रशिक्षकको जवाफ थियो “आजसम्म लेखिएको इतिहासमा यति नै लेखिएको छ। त्यो भन्दा बढी कसरी बताऔं।” सायद सूचनाको कमीले थाहा नभएको हुन सक्छ। बहुदलपछिको १४ वर्षको अवधिमा सूचनामाथिको पहु“च र क्षमतामा विकास भएको छ र हिजो प्राप्त हुन नसकेका कुराहरु आज प्राप्त भएका छन्। त्यसलाई समयसापेक्ष उपयोगका क्रममा नै कमरेड अग्निशिखाले यो प्रकाशन तयार गर्नुभएको छ। …

Full Text:  रोजाहरुले रोजेको जीवन- अग्निशिखाद्धारा लिखित पुस्तककाे वारेमा