आज विहान एन्टेना फाउन्डेसन नेपालव्दारा सञ्चालित कार्यक्रम “नेपाल चौतारी”मा आमाको नामवाट नागरिकताको विषयमा रेडियो अन्तरक्रिया कार्यक्रममा सहभागि भएकी थिए । धेरै स्रोताहरुले यसको पक्षमा सहमत हुदै समाधानका विविध सुझावहरु दिए भने केहीले आइपरेका समस्या राखेका थिए । मैले भनेकी छु “प्रत्येक नेपालीको समस्या समाधानमा जिम्मेवार दलको रुपमा नेकपा एमालेले पहल गर्नुपर्दछ र आमाको नामको नागरिकताको विषयमा पनि समस्यामा परेका नेपाली सन्तानहरु नेकपा एमालेको कार्यालयमा सम्पर्क गर्नोस्।” हामि समाधानको पहल गर्छौ । आवश्यक परे अदालतसम्म मुद्धा लैजान र निशुल्क कानुनी सेवाको लागि समेत उपयुक्त उपायको खोजी हामिले गर्नै पर्दछ ।
केही स्रोताको आग्रह थियो – “महिलालाई समान बंशियहक हुनुपर्ने र आमाको नामवाट नागरिकता दिनुपर्ने विषयको विपक्षमा रहेको राजनीतिक दलको पहिचान गरी सार्वजनिक हुन प¥यो ।”
आफ्नो भोगाइ र अनुभवको आधारमा नै तपाइहरुले नै उक्त कुरा बताइ दिनु भए सजिलो हुने थियो ।
To listen the voice please click here- http://www.afn.org.np/nepal_chautari/2070-04-11-Nepal%20Chautari%202013July26_GBV%20Live.mp3