समाजवाद हाम्रो सुन्दर सपना र आदर्श हो जहा जन्मदा चयन गर्न नपाइने िलंग वर्ग धर्म र क्षेत्रको आधारमा कुनै पनि किसिमको विभेद हुदैन । समाजवादी शासन व्यवस्थामा हरेक नागरिकले मानवताको आधारमा राज्यवाट समान अवसर र व्यवहार पाउने छन् । सामाजिक रुपमा एकले अर्कोमाथि गर्ने व्यवहार कुनै पनि किसिमको शक्तिको आधारमाभन्दा पनि मानवता र समानतामा आधारित हुनेछ । सवैले आफ्नो ज्ञान सीप रुची र हासिल गरेको क्षमताको आधारमा समाज र राज्यको आवश्यकता अनुसार कामको अवसर पाउने छन् । सामाजिक न्याय यस समाजको आधारभुत मुल्य र मान्यता हुनेछ । आधारभुत मानव आवश्यकता नागरिकको मौलिक अधिकारको रुपमा स्थापित भएको हुनेछ । जसका कारण विभेदपुर्ण व्यवहार कसैले अनुभुत गर्नुपर्ने छैन ।
यीनै सुन्दर सपनाका गाथाहरुले नेपाली समाजको अत्यधिक नागरिकलाई समाजवादी विचार र सिद्धान्तले आकर्षित गरेको हुनुपर्दछ । जसका कारण आफ्नै प्रतिनिधि मार्फत नया संविधान लेख्ने अभियानमा सम्पन्न संविधानसभाको निर्वाचनमा समेत नेपाली जनताले ६२ प्रतिशत वामपन्थी र आफुलाई समाजवादी दावी गर्ने शक्तीसमेतको गणना गर्दा झण्डै ८० प्रतिशतभन्दा बढी मत यीनै सुन्दर सपनाका माला बुन्ने राजनीतिक पक्षलाई दिएका छन् । यस सन्दर्भमा समाजवाद सुन्दा पढ्दा र कल्पना गर्दा जति सुन्दर छ त्यसको भोगाइ चाही कस्तो हुन्छ होला सन् १९१७ देखि १९८९ सम्म ७० वर्षभन्दा बढी समाजवादी व्यवस्थालाई व्यवहारमा भोगेको सोभियत युनियनको अनुभव कस्तो होला यो प्रश्न धेरैको मनमा रहनु स्वाभाविक हो । यीनै प्रश्नकासाथ असार महिनाको शुरुमा झण्डै दुई दर्जन सभासद महिलाहरु बीच एउटा छलफल कार्यक्रम आयोजना गरियो । छलफलमा सहभागि हुनुहुन्थ्यो पुर्व सोभियत युनियन अन्तरगत किर्गिस्थानका नागरिक नुर्गुल एन नाभाइ । समाजवादी देशमा जन्मिए÷हुकिएर सन् १९८३ मा ऐतिहासिक भौतिकवादमा विद्यावारिधि गरी किर्गिस्थान विश्वविद्यालयमा प्राध्यापन गर्दै आएकी नुर्गुल पछिल्ला वर्षहरुमा जेण्डर विज्ञको रुपमा समेत काम गर्दै आउनुभएको छ । डा। नुर्गुलले अन्तरकि्रयामा अभिव्यक्त गरेको भोगाइ र अनुभव नेपाली सन्दर्भमा पनि उपयोगी हुनसक्ने अपेक्षाकासाथ लिपिवद्ध गरिएको छ । समाजवादले दिएका उपलव्धी र पुजीवादले ल्याएका चुनौतीहरु समाजवादी व्यवस्थाको स्थापना पुर्व सोभियत समाज आधारभुत मानव आवश्यकताको वारेमा धेरै पछाडी थियो । उत्पादनको साधन र स्रोतमा श्रमजीवीको पहुच थिएन भने शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा मुलुक धेरै पछाडी थियो । यो वास्तविकतालाई आत्मसात गर्दै सरकारले मानव उचित सेवाको क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्यो । जसको परिणामलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ । १. उत्पादनको साधन र श्रमिक सम्बन्ध समाजवादको स्थापनासंगै उत्पादनका साधन र स्रोतमाथि श्रमजीवी वर्ग र किसानको स्वामित्व र नियन्त्रण स्थापित गरियो । शोषण आधारित नाफामुखी उत्पादन प्रणालीलाई शोषणरहित र आवश्यकता आधारित बनाइयो । जसका कारण श्रमजीवीहरु दासतावाट मुक्त हुदै आफ्नो उत्पादनको साधनको मालिक आफै बने । यस समयमा प्राय आफ्नै मुलुकभित्र उत्पादन भएको बस्तुको उपभोगमा जोड दिइयो । जसका कारण बजारमा वाह्य बस्तुको उपलव्धता कम हुन्थ्यो । यसले श्रमजीवी वर्गका जीवनमा सकारात्मक परिवर्तन गर्दै आर्थिक अभावको अन्त्य गरिदियो । समाजवादले खल्तीमा पैसाको उपलव्धता बढाइदियो । यसले मानिसको उपभोग्य क्षमताको र चाहनामा बृद्धी गर् यो । तर वजारमा उपलव्ध बस्तुमा छनौटको कम अवसरले विविधतायुक्त मानवीय चाहनालाई सन्तुष्टि दिन सकेन । उत्पादनमा विविधता दिन नसक्नु र कतिपय सामान प्राप्तीको लागि सवैले समान रुपमा धैर्यतापुर्वक कुर्नुपर्ने अवस्था पनि रहन गयो । यो अवस्था असन्तुष्टि बृद्धीको एउटा कारण बन्यो । तर जव समाजवादको अन्त्यसंगै पुजिवादको शुरुवात भयो श्रमजीवीहरुले आफ्नो उत्पादनको साधनमाथिको नियन्त्रण गुमाए र मालिकवाट फेरी श्रम शोषणको जालोमा फस्न पुगे । उत्पादन सम्बन्ध फेरियो । समाजवाद रहुन्जेल हरेक श्रमजीवीको खल्तीमा पैसा हुन्थ्यो तर सामान पाउन लामबद्ध हुनुपर्दथ्यो । तर पुजिवादको शुरुवातपछि विविधतायुक्त सामान वजारमा सहजै उपलव्ध हुन थाले तर बहुमत जनताले किन्न सक्ने क्षमता गुमाए । समाजवादमा रहेको आर्थिक सक्षमता र बस्तुको अभावको स्थान आर्थिक अभाव र बस्तुको उपलव्धतामा परिणत हुन पुग्यो । २. शिक्षामा समान पहुच स माजवादको स्थापनाकालमा ७ प्रतिशत मात्र साक्षर रहेका जनताको शैक्षिक क्षेत्रमा ७० वर्षको अवधिमा आमुल परिवर्तन भयो । कुनै पनि नागरिकले विद्यालय वाहिर रहनु परेन । आफ्नो क्षमता र चाहना अनुसार शिक्षा पाउन कसैले चिन्ता गर्नुपर्दैन थियो । न त शिक्षामा वर्ग थियो न त शिक्षाको कारण वर्गको जन्म हुन्थ्यो । यस अवधिमा सवैका लागि समान शिक्षाको अवसरको व्यवस्था गरियो । महिला केन्द्रीत शिक्षालयहरु ठाउठाउमा खुलेका थिए । शिक्षकका रुपमा विकास गर्न ग्रामिण महिलालाई विशेष तालिम र प्रशिक्षणको व्यवस्था गरी शैक्षिक अभियानमा महिला परिचालनमा जोड दिइएको थियो । जसका कारण महिलाहरुको शिक्षामा पहुच बढ्यो र कुनै पनि परिवारका बच्चाहरुले निराक्षर वा अशिक्षित रहनु परेन । डाक्टर ईाजनियर बकिल प्राध्यापक लगायतका प्राविधिक र पेशागत क्षेत्रमा महिलाको बाहुल्यता रहन गयो । शिक्षालाई सामाजिक सोच र व्यवहार परिवर्तनको माध्यमका रुपमा लिइयो । पाठ्यक्रममा समयसापेक्ष परिवर्तन गरियो । परम्परागत रुपमा रहदै आएको जेण्डर भुमिकादेखि नया राजनीतिक प्रणाली र त्यसले वोकेका अग्रगामी सोचहरुलाई पाठ्यक्रममा समावेस गर्दै आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरणको पक्षमा नया पिढीलाई प्रोत्साहन गरियो । यस प्रकि्रयाले समाजलाई आमुल परिवर्तनको दिशामा धेरै योगदान गर्न सक्यो । तर पुजीवादको शुरुवातसंगै शिक्षा पनि नीजिकरण भएको छ । जसकाकारण शिक्षामा वर्ग देखा परेको छ भने उत्पादित जनशक्तीसमेत वर्ग आधारित हुदैछ । हजारौ वर्षदेखि स्थापित पुरुषप्रधान मुल्य र मान्यताको विरुद्ध परिवर्तनको प्रकि्रयामा रहेकै क्रममा परम्परागत मानसिकता र व्यवहारको अवषेशले टाउको उठाउन थालेको छ । महिलालाई फेरी पनि परम्परागत भुमिकामा फर्कन प्रोत्साहन गर्ने प्रबृत्ती देखा पर्दैछ । कामको अवसरदेखि कार्यथलोमा राखिने दृष्टिकोण र गरिने व्यवहारमा विभेदपुर्ण अवस्थाहरु देखा पर्दैछन् । ३. स्वास्थ्य हरेक व्यक्तीको आधारमुत अधिकार समाजवादी व्यवस्थामा स्वास्थ्य हरेक नागरिकको आधारभुत अधिकारको रुपमा स्थापित थियो । उपचारको अभावमा कोही कसैले जीवन गुमाउन पर्दैन थियो । हरेक स्थानिय प्रशासकीय इकाइ अन्तरगत स्वास्थ्य शिक्षालयको व्यवस्था थियो । प्रजनन स्वास्थ्य हरेक महिलाको अधिकार थियो । बच्चा जन्माउने क्रममा महिलाहरुलाई समस्या भयो भने त्यस्ता महिलाका लागि तुरन्तै हेलिकप्टरवाट अस्पताल पुर् याउने दायित्व सरकारको हुन्थ्यो । महिलामा निहित प्रजनन क्षमतालाई सामाजिक दायित्वको रुपमा स्विकार गरी विशेष व्यवस्था गरिन्थ्यो । उदाहरणका लागि पशुपालनको सिलसिलामा खर्क पुगेका अवस्थामा महिलालाई प्रजनन सम्बन्धि समस्या भयो भने समेत राज्यले हवाइ एम्वुलेन्स मार्फत अस्पताल पुर् याउने काम आधारभुत स्वास्थ्यमा पर्दथ्यो । फलत प्रजनन दायित्वकै कारण महिलाले जीवन गुमाउन पर्दैन थियो । आज बच्चा राज्यको लागि नभै परिवारको र स्वास्थ्य धनी वर्गको भएको छ । कुपोषणका कारण रक्तअल्पता हुनेदेखि मातृ मृत्युदर र शिशु मृत्युदर समेत बढ्ने क्रम जारी छ । जटिल रोग लागेमा आम नागरिकका लागि मृत्यु स्विकार्नुको विकल्प छैन । आर्थिक रुपमा सम्पन्नका लागि सुविधा सम्पन्न निजी अस्पतालहरु प्रशस्तै छन् । तर सार्वजनिक अस्पतालले दिने सेवा र सुविधामा व्यापक कटौती भएकोछ । ४. कल्पनावाहिरको आवासविहिनता रसिया अत्यन्तै चिसो भुमी हो । यहा सडकको जीवन कसैले कल्पना पनि गर्न सक्दैन थियो । हरेक नागरिकका लागि आवास राज्यले उपलव्ध गराउनु पर्ने आधारभुत कुरा थियो । ठुला कारखाना र उद्योग व्यवसायमा काम गर्ने श्रमिकका लागि सामुहिक आवासको व्यवस्था थियो । बच्च्ााका लागि बालगृह र बृद्धका लागि आराम गृहको अभाव थिएन । यद्यपी सवै घर एकदम उच्चस्तरका थिए भन्ने होइन तर आफ्नु वा आफन्तको अभावमा कसैले वेसहारा बन्नु पर्दैन थियो । तर आज माइनस २० डिग्रीको कठ्यांगि्रदो चिसोमा सैयौ मानिस खुल्ला आकाशमुनी जीवनका लागि संघर्ष गर्न बाध्य छन् । हरेक शहरमा सैयौको संख्यामा खुल्ला आकाशमुनीको वाध्यतापुर्ण जीवन सहजै देख्न सकिन्छ ।सन् १९८९ सम्म जुन कुराको कल्पनासम्म पनि गर्न सकिदैन थियो आज जीवन बनिरहेको छ । इतिहासको यो पुनराबृत्ती सायद कसैले कल्पना गरेको थिएन । ५.रोजगारी अधिकार र कर्तव्य सोभियत युनियनकालमा रोजगारी हरेक नागरिकको अधिकार मात्र होइन कर्तव्य पनि थियो । रोजगारीका लागि कोही भौतारिन पर्दैन थियो । निश्चित तह र विषयको शिक्षा र तालिम पुरा गरिसकेपछि रोजगारीमा समान पहुच आधारभुत कुरा थियो । काममा िलंग क्षेत्र वा धर्म कुनै पनि किसिमको विभेद थिएन । सवैले समान कामको समान अवसर पारिश्रमिक तथा सेवा सुविधा प्राप्त गर्दथे । शिशु स्याहार सवैका लागि उपलव्ध थियो । सुत्केरी महिलालाई पर्याप्त सुविधा र सेवाको व्यवस्था थियो । उनीहरु औपचारिक रोजगारीमा हुनु वा स्वरोजगारीमा हुनुले यसमा खासै फरक पर्दैन थियो । तर रोजगारीमा काम वा उत्पादनको आधारमा प्रोत्साहन कार्यक्रम इन्सेन्टिभ नहुदा श्रमिकहरुको उत्पादकत्वमा क्रमिक रुपमा ह्ास हुन थाल्यो । अन्ततः यो पनि समाजवाद अन्त्यको एउटा प्रमुख कारक बन्यो । तर आज रोजगारी आधारभुत हक नभएर उपलव्धताको आधारमा हुन्छ । परिणामः आज असंख्य वेरोजगार नागरिकहरु यत्रतत्र छन् । आम रुपमा भन्नुपर्दा विगतको सम्झना गरेर आज पछुताउको जीवन बाच्नुको विकल्प पाइरहेका छैनन् । ६. रंगभेद सामजिक अपराध ति दिनहरुमा कसैले कसैलाई जाति रंग वा क्षेत्र कुनै पनि आधारमा विभेदपुर्ण व्यवहार गरेमा यसलाई सामाजिक अपराध मानिन्थ्यो र त्यसो गर्ने व्यक्तिलाई तुरुन्तै जेल चलान गरिन्थ्यो । जसका कारण मानिसलाई भित्रभित्र भिन्नताको अनुभुती भए पनि अभिव्यक्त हुदैन थियो । सार्वजनिक रुपमा हेर्दा यस किसिमको विभेद पुर्णत हट्यो भन्ने लाग्दथ्यो । तर परम्परादेखि चल्दै आएको विभेदको अवशेष मानिसको मनमा गढेर बसेको रहेछ भन्ने कुरा १९८९ पछि देखा पर्न थाल्यो । अहिले यस प्रकारको विभेद कतिपय ठाउमा देखा पर्ने गरेको छ । यद्यपी यो गैरकानुनी हो । तर पनि हिजो जसरी रंगभेद सामाजिक अपराधको रुपमा तुरुन्त कार्वाहीको विषय बन्दथ्यो आज त्यस्तो अवस्था छैन । ७. समावेसीता र सहभागिता राजनीतिक सशक्तिकरणका लािग सोभियत युनियन सवैभन्दा अग्रप्रत्तीमा थियो । अझै महिला सहभागिताको कुरा गर्दा विश्वभरका राजनीतिक दल र कर्मीहरुलाई महिला समानताको नारा लगाउनै पर्ने बाध्यतामा समाजवादीहरुले पुर् याइ दिएको कुरामा दुइमत छैन । समाजावादी व्यवस्थाका कारण रसियाका हरेक क्षेत्रमा िलंग वर्ग र समुदायको सहभागितामा उत्साहप्रद बृद्धी भयो । यस सन्दर्भमा नितिगत व्यवस्था नै गरिएको थियो । सोभियत युनियन थुप्रै जातजाती रहेको समाज हो । समाजवादको स्थापनापछि पुर्वाधार विकासको क्रममा कतिपय जातीलाई स्थानान्तरण समेत गर्नु परेको थियो । त्यसले ल्याएको असहजतालाई व्यवस्थापन गर्न शुरुका दिनमा केही समस्या थियो । तर पनि पछिल्ला दिनमा राष्ट्र निर्माणको अभियानमा सवैले केही योगदान गर्नुपर्ने कुरा सवैले अनुभुत गरेपछि यो असहजता हटेको थियो । सफलताका पछाडी रणनीतिको भुमिका माथि जति पनि विषयमा चर्चा गरियो यी सवै कामको लागि बनाइएको रणनीति मुलत तीन-चार वटा विषयमा केन्द्रीत थियो । १. कानुनी व्यवस्था बदलिदो राजनीतिक प्रणालीसंगै कानुनमा आवश्यक परिमार्जन गरी शिक्षा स्वास्थ्य रोजगारी आवास लगायतका कुरा हरेक नागरिकको अधिकार र राज्यको दायित्वका रुपमा व्यवस्था गरियो । यसको व्यवहारिक कार्यान्वयनका लागि अधिकतम जन परिचालन गरियो । जसले नागरिकको अधिकार र कर्तव्य दुवैलाई संगसंगै अगाडी बढाउने कामले सरकारको निति र कानुन कार्यान्वयन सम्भव बनायो । २. राजनीतिक दस्तावेज र प्रकि्रया राज्यको कानुनमा जे कुराहरु लेखिएका थिए तिनै कुराहरु पार्टीको दस्तावेजमा पनि समावेस हुन्थ्यो । जसका कारण कानुनले तय गरेका कुराहरु कार्यान्वयनका लागि पार्टी संरचना कार्यकर्ता र समर्थक पंक्तीको परिचालन समेत प्रभावकारी हुन सक्यो । ३. जनशक्ती विकास तालिम शुरुका दिनमा सोभियत जनताहरु शिक्षा चेतना र सीपमा पनि धेरै पछाडी थिए । यस सन्दर्भमा माग अनुसारको जनशक्ति विकास गर्न नेतृत्व विकासका लागि नियमित विद्यालय र तालिक केन्द्रहरु साचालन गरिए । गाउमा शिक्षक स्वास्थ्यकर्मी कृषि पशुपालन औद्योगिक विकास लगायतका क्षेत्रमा जहा जस्तो जनशक्ती आवश्यक हुन्छ सोही अनुसारको तालिम र प्रशिक्षण अभियान चलाइयो । यी सवै क्षेत्रमा वैचारिक र सैद्धान्तिक विषयलाई अनिवार्य पाठ्यक्रम बनाइन्थ्यो । ४. सार्वजनिक सचेतना अभियान राज्यले विविध क्षेत्रमा जे नीति बनायो उक्त नीति र कार्यक्रमको आम जनतामा जानकारी गराउने र कार्यान्वयनमा उनीहरुको सहभागिता लागि सार्वजनिक सचेतना अभियानलाई एकै पटक राष्ट्रव्यापी अभियान कै रुपमा प्रचार गरिन्थ्यो । यसका लागि आम साचारका माध्यत लगायत पार्टी राज्य र विभिन्न क्षेत्रवाट गरिने प्रकाशन शिक्षालयहरु अन्य कार्यक्रमहरु समेतको अधिकतम उपयोग गरिन्थ्यो । यसो गर्दा कुनै पनि नया निति निर्णय वा कार्यक्रमको वारेमा आम जनताको बीचमा एकैपटक जानकारी गराउदै कार्यान्वयनका लागि परिचालन गर्न सहजता हुन्थ्यो । ५. सन्चार माध्यमको सकारात्मक प्रयोग कुनै पनि निति र कार्यक्रम सफल असफल हुन अथवा यसको वारेमा जनताको धारणा बनाउने काममा साचार माध्यमको महत्वपुर्ण भुमिका रहेको हुन्छ । आम साचार माध्यमले विषयबस्तु पस्कदा अप्नाउने सकारात्मक वा नकारात्मक दृष्टिकोणले आम पाठकको सोच र प्रबृत्तीमा धेरै प्रभाव पार्दछ । यसैले होला सायद आम साचार क्षेत्रलाई राज्यको चौथो अंगको रुपमा स्विकार गरिएको । सोभियत युनियनको ७ दशकको कम्युनिष्ट शासनको अवधिमा पनि खास गरी सिमान्तकृत अवस्थामा रहेका वर्ग िलंग क्षेत्र र समुदायको नागरिकलाई मुल प्रवाहिकरणमा स्थापित गर्न साचार माध्यमको असाध्यै सकारात्मक भुमिका रह्यो । सामान्यतया सकारात्मक परिर्वतनको पक्षलाई बढी महत्वकासाथ साचार माध्यमले सुचना प्रवाह गर्दा अरुलाई पनि प्रेरित र परिचालन गर्न धेरै सहजता प्राप्त भएको थियो । सोभियत युनियनमा समाजवाद पतनको कारण १. राष्ट्रियकरण र समानताको एकोहोरो धुन उत्पादनका साधनलाई राष्टियकरण गर्ने र सामुहिक स्वामित्वमा लैजाने कुरा उचित भए पनि त्यसलाई बढी भन्दा बढी उत्पादन मुलक बनाउदै लैजाने कुरालाई समयसापेक्ष रुपमा नीति र मानवीय स्वभावका बीचमा सामन्जस्यता कायम गर्न सकिएन । आधारभुत सेवा र सुविधामा समानता भए पनि उत्पादनको आधारमा इन्सेन्टिभ दिने व्यवस्था गरिनुपर्दथ्यो । त्यसो गर्न नसक्दा उत्पादन क्षेत्र भुत्ते बन्दै गयो । काम गर्ने र नगर्ने को बीचमा भेद नहुदा मानिस अल्छि र कामचोर बन्दै गए । अन्तत अर्थतन्त्र धरासायी बन्यो । २. माक्स्रवादको आधारभुत सिद्धान्त खण्डित माक्स्रवादको आधारभुत सिद्धान्त द्धन्द्ध एकता समानता लगायतका विषयलाई सिर्जनात्मक रुपमा विकास गर्न सकिएन र व्यवहारमा खण्डित हुदै गयो । माक्स्रवाद नागरिकको जीवनसंगै गतिसिल हुनुको सट्टा सत्ता टिकाउने यान्त्रिक आधार बन्दै गयो । गतिसिल जीवनसंग सामिप्यता राखेर बग्न नसक्ने सिद्धान्त व्यवहारमा आफै खण्डित हुदै जानु समाजवादको असफलताको मुल कारण बन्यो । ३. अभिव्यक्ती स्वतन्त्रतामा प्रतिवन्ध तत्कालिन समयमा सरकारको विरुद्धमा वोल्नै नपाउने वा अभिव्यक्ती स्वतन्त्रताको अभाव सवैभन्दा ठुलो कमजोरी रह्यो । जसका कारण सरकारले ल्याएका कमजोर र त्रुतीपुर्ण नीति कार्यक्रम र त्यसले पारेको नकारात्मक असरको वारेमा समेत समयमा आलोचना हुन पाएन । यसले एकातिर नीतिगत कमजोरी हुन्दै गयो भने अर्कातिर नेतृत्वमा मनपरीतन्त्रले फस्टाउने अवसर पायो । आम जनतामा असन्तुष्टि बढ्रदै गयो । ४. नेतृत्वको वुर्जुवाकरण जनताको सेवा र सामाजिक रुपान्तरणको उत्कृट भावना र चाहनासहित सम्पन्न भएको क्रान्तिका सम्बाहकका रुपमा रहनुपर्ने नेतृत्व समयक्रममा वुर्जुवाकरण हुदै गयो । जनता र नेतृत्वको बीचको दुरी बढ्दै गयो । नेताले राष्ट्र समाज र जनताको काम गर्नेभन्दा पनि राष्ट्र पार्टी र जनताले नेताको लागि काम गनुृपर्ने अवस्था बन्दै गयो । जनताका कुरा सुन्ने र सुनाउने संयन्त्र र परिपार्टीको अन्त्य हुदै गएपछि नीति निर्माणमा जनसहभागिता र चासोमा ह्ास हुदै गयो । या ेपरिवेसको परिणाम जनतामा मानवीय असन्तुष्टिको थाक लाग्दै गयो । नया पिढीमा विकास हुदै गएको सिर्जनसिलता र पुरानो पुस्तामा रहेको अहमता समाजवाद अन्त्यको आधार बन्यो । सोभियत युनियनवाट लिनुपर्ने शिक्षा १. आवधिक नेतृत्व नेतृत्व भनेको नीतीलाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै र त्यसको कार्यान्वयन गर्दै जाने समुह हो । हरेक व्यक्तीमा सिमित क्षमता हुने कुरा मानवीय पक्ष हो । यसर्थ एउटा व्यक्तीले उसको आफ्नो सिर्जनसिलता र रचनात्मकता देखाउनका लागि निश्चित अवधि पर्याप्त हुन्छ । एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहने कुराले नीतिभन्दा नेता उपल्लो हुने अवस्था बन्दो रहेछ । यसर्थ गतिशिल र सिर्जनसिल नेतृत्वमा लागि निश्चित अवधिभन्दा बढी एउटै व्यक्ती नेतृत्वमा रहनु उपयुक्त हुदैन रहेछ । नीति निर्माण र कार्यान्वयन तहको भिन्नता अनुभुत गर्न सक्नुपर्दछ । २. उमेरको हदबन्दी निश्चित उमेरभन्दा माथिका व्यक्ती नीति निर्माणको उच्च तहमा रहनु भनेको समाजलाई यथास्थितिमा रुमल्नु हो । यसर्थ नेतृत्वमा निश्चित उमेर तोक्नु परिवर्तनको पक्षमा हुन्छ । सामान्यतया निबृत्तीभरणको उमेर चुमेका व्यक्तीहरु विषयगत ज्ञाता र अनुभवका आधारमा उपयुक्त परामर्शदाता भए पनि नेतृत्व नया पिढीमा जानैपर्दछ । ३. लगानी अनिवार्य दुनियामा कुनै पनि राम्रो कुरा सित्तैमा आउदैन । त्यसैले राम्रो कुरा प्राप्तीको लागि हामीले निरन्तर शक्ति समय र स्रोतको लगानी गर्नैपर्दछ । समाजवाद फेरी सम्भव छ । तर यसका लािग असल नेतृत्व जन आधारित संगठन नीति निर्माण र कार्यान्वयनमा जनसहभागिता र परिचालन राजनीतिको प्रमुख आधार हो। समाजलाई स्वच्छ र सशक्त बनाउन मानवीय मुल्य र मान्यतामा आधारित बनाउन यसका हरेक सदस्यमा मानवीय मुल्य र मान्यताको गुण फस्ताउनै पर्दछ । यसका लागि नेतृत्व रोलमोडले बन्न सक्नुपर्दछ । Wordfile: समाजवादवाट पुजिवादमा फर्कदाः सोभियत युनियनको अनुभव Prepared for Nawayug-Saun 2068