उन्नाइसौ शताव्दीमा जर्मनीको श्रमिक आन्दोलनले महिलाको विषयमा पनि छुट्टै नीतिहरु बनाउने कामको थालनी ग¥यो । कारण समाजवादले शुरुदेखि नै महिला मुक्तीको कुरामा जोड दिदै आएको थियो । १८६६ मा सम्पन्न पहिलो अन्तरराष्ट्रिले महिला श्रमिक धेरै भएको ठाउमा छुट्टै संयन्त्र बनाएर उनीहरुलाई संगठित गर्नुपर्ने कुरामा जोड दिएको थियो । जस अनुसार महिलाहरुको विचमा पार्टी कामलाई अगडाी बढाउने कामले गति लिदै थियो।

त्यही समयमा जर्मन समाजवादी पार्टीकै एकजना नेता फर्डिनान्ड लासाल्ले महिलावाद विरोधी सर्वहारावादको नेतृत्व गर्दै महिलाको मताधिकारको विरुद्ध कुरा गर्दै कलकारखानामा महिलालाई काममा प्रवेश दिन नहुने कुराका पक्षमा पुरुष श्रमिकहरुलाई उक्साउदै थिए । माक्र्स र एंगेल्स लास्साल्लेको यो कुराको विपक्षमा उभिदै आर्थिक उपार्जनको काममा महिलाहरुको प्रत्यक्ष संलग्नताले समाजलाई अगाडी बढाउनुकासाथै महिलाहरुको मुक्तीको पुर्व शर्तका रुपमा तर्क राख्दै थिए ।

१८७५ मा जर्मन समाजवादी पार्टीको स्थापना भयो । महिलालाई काममा लगाउने हुने नहुने विवादकै विचमा १८७९ मा यस पार्टीको नेता अगस्त वेवेलले “महिला र समाजवाद” नामको पुस्तक प्रकाशनमा ल्याए । यस प्रकाशनले उत्पादन क्षेत्रमा महिलाको सहभागिता महिला र पुरुष दुवैको विचमा सचेतना फैलाउन कति महत्वपुर्ण छ भन्ने विषयमा ठुलो काम ग¥यो । सन १८९० मा समाजवाद विरोधि कानुनको अन्त्यका लागि पनि यो सहयोगी बन्यो ।

यो समयसम्म आउदा श्रमिक महिला आन्न्दोलनले आफ्नो पहिचान बनाइ सकेको थियो । क्लारा जेट्किनको अगुवाइमा हजारौ महिलाहरु परिचालित हुन थालिसकेका थिए । समाजवाद निर्माणमा सिद्धान्त र व्यवहारको रुपमा महिला सहभागिताको आवश्यकतालाई पुष्टि गरिसकेको थियो । यो कसरी सम्भव भयो भन्ने विषयमा दुइवटा कुरा महत्वपुर्ण रहेका छन ।

पहिलो कुरा शिक्षामा जोड । जर्मन समाजवादी पार्टीले महिलाहरु विचमा शैक्षिक कार्यक्रमलाई महत्वकासाथ सञ्चालन ग¥यो । जसमा श्रमिक महिला विच वैठक, प्रवचन, लेखनकार्य, सुचना संकलन र व्यवस्थापन, दस्तावेजीकरण लगायतका विषयहरु समावेस थिए । यस कार्यले महिलाहरुको नेतृत्व क्षमता विकास गर्नुकासाथै ज्ञान र सीपमा बृद्धी गरी संगठनको विस्तार, विकास र प्रभावकारी सञ्चालनमा सहयोग पु¥यायो । शैक्षिक अभियानमा संलग्न क्लारा, लुइज जेट्ज, ओटिली बाडे लगायतका नेताहरुको आत्मविश्वास र वुझाइमा यो अभियानले असाध्यै धेरै सहयोग ग¥यो । अभियान अन्तरगतका प्रत्येक समुहमा ५० देखि २५० जनासम्म सदस्य रहेका थिए । उनीहरु सक्रियातपुर्वक योजनागत रुपमा संगठन निर्माणमा संलग्न थिए ।

एजिटेसन कमिसन

१८८९ मा वर्लिनमा महिला भेला आयोजना गरी महिला विच राजनीतिक काम गर्न विमेन एजिटेसन कमिसनको गठन गरे । यसको मुल काम भनेको समाजवादी पार्टी र टे«ड युनियनमा महिलाहरुको सदस्य विस्तार थियो भने पार्टी र युनियनमा संगै काम गर्ने पुरुष सदस्यलाई महिलाहरु विच कामको विस्तार र सहयोग किन आवश्यक छ र कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाउने गर्दथे । यस अभियान अन्तरतगमा विभिन्न गणराज्यहरुमा समेत कमिसनको गठन गर्दै प्रवचन यात्रा नै सञ्चालन गरी सम्बन्धित विषयका प्रकाशनहरु वितरण गर्ने र श्रमिक महिलाका विषय र आवश्यकताको वारेमा चर्चा गर्ने काम गर्दै थियो । राज्यको आखावाट जोगिदै काम गर्न सहज होस भन्ने हेतुले कमिसन तीन जनाको मात्र बनाइथ्यो । तरै पनि राज्यको कुदृष्टि परेपछि १८९५ मा यो कमिसनमाथि प्रतिबन्ध लगाइयो । यो प्रतिवन्ध संगठित कामको लागि मात्र थियो । व्यक्तिगत रुपमा काम गर्न प्रतिबन्ध थिएन । त्यसपछि कमिसनले गर्ने काम व्यक्तिगत रुपमा विभिन्न महिला संगठनहरु विच वाडियो ।

अन्तत, १९०० मा पार्टीको औपचारिक संरचनामा महिलाहरुलाई समावेस गर्ने कुरामा पार्टी सहमत भयो । १९०४ वाट महिला संगठनहरुलाई पनि पारिश्रमिक दिएर नै संगठकको रुपमा परिचालन गर्न थालियो । १९०७ मा पुग्दा ४०७ जना महिला संगठक बने । उनीहरुले श्रमिक महिला विचमा नै संगठनको काम जारी राखे । १८९२ मा ६० लाख महिलाहरु श्रम क्षेत्रमा रहदा ५ हजार मात्र युनियनका सदस्य थिए । १८९४ मा महिला श्रमिक विच संगठित अभियान नै सञ्चालन गरेपछि दुई वर्षमा १२ हजार सदस्य भएका थिए । १८९६ मा वर्लिनमा १० हजार महिला श्रमिकले निश्चित तलव, साप्ताहिक तलव वितरण, समयमा सामानको ढुवानी, मध्यस्तता वोर्डको गठन लगायम माग राखेर हड्ताल गरे । समाजवादी महिलाहरुले यसको समर्थन गर्दै उनीहरुको कार्यथलोको अनुगमन गर्ने, आन्दोलनको वारेमा पत्रिका मार्फत सार्वजनिक गर्ने, आमसभा आयोजना गर्ने र आर्थिक संकलन गर्ने लगायतका सहयोगहरु गरे । जसका कारण समजावादी पार्टीप्रति श्रमिक महिलाहरु सकारात्मक बन्दै गए ।

समाजवादी पार्टीका महिला सदस्य

शुरुका दिनमा समाजवादी पार्टीमा पुरुष नेताका श्रीमतीहरु मात्र सदस्य बनेका थिए । श्रमिक महिलाको संख्या नगन्य मात्र थियो । १९१३ मा वर्लिनमा पार्टीले महिला सम्मेलन ग¥यो । यसको मुख्य उद्देश्य भनेको अविवाहित युवा महिलाहरुलाई कसरी पार्टीमा ल्याउने भन्ने नै थियो । यसको उद्रघाटन सत्रमा नै भनियो– धेरै ठुलो संख्यामा महिलाहरु कारखानामा काम गर्दछन् । त्यसै गरी गृहिणीको रुपमा क्रियासिल महिलाको संख्या पनि उल्लेख्य छ । यस्ता युवा महिलाहरुलाई प्रभावित गर्ने खालका सामग्रीहरु हालसम्म बनाइएका छैनन । यसको वारेमा सोच्नु जरुरीछ ।

रिचार्ड इभान, एकजना प्रभावहाली महिला नेताले भन्नुभयो– बहुसंख्यक हाम्रा महिला सदस्य पुरुष सदस्यका श्रीमतीहरु छन्, जुन हाम्रो सिद्धान्त भन्दा विपरित हो । वेवेल र एंगेल्सको तर्क अनुसार हामिले हाम्रो कामको केन्द्र विन्दु कारखानाका महिलाहरु विच बनाइनु पर्दथ्यो । श्रमिक महिलाहरु प्रगतिशित शक्ति हो, जो श्रमजीवी आन्दोलनमा पुरुष श्रमिकसंगसंगै युनियन आन्दोलनमा होमिएका छन् । तर गृहिणी महिला र आमाहरुलाई पनि वजार भाउ, पारिश्रमिक, करको व्यवस्था, सामाजिक सुरक्षाका प्रावधानहरुले त्यत्तिकै असर गरेको छ र यसको वारेमा पनि विचार गर्नुपर्दछ भन्ने कुरा फेरी पनि ओझेलमा परिरहेकोछ ।

पहिलो पटक औपचारिक रुपमा १९०० मा २० जना महिला संगठक सहभागि भए र महिला विच संगठनमा बृद्धि, श्रमिक महिला विच पार्टी विस्तार र वुर्जवा महिला आन्दोलनप्रति समाजवादी महिला आन्दोलनको दृष्टिकोणको वारेमा छलफल गरे । १९९३ वाट पार्टीभित्र पनि महिला सम्मेलन गर्नुपर्दछ भन्ने सोचको विकास भयो । त्यसपछि हरेक दुई वर्षमा यस किसिमको सम्मेलन हुन थालेको थियो ।

प्रकाशन

१८९० वाट पार्टी महिला समाचार पत्र छाप्न थालियो । क्यलारा जेट्किन सम्पादक भएपछि यसको नाम “समानता” दिइयो, जसमा क्लारा २५ वर्ष सम्पादक रहनु भयो । महिला अभियन्ताका लागि अध्ययन तथा राजनीतिक≠सैद्धान्तिक सामग्री उपलव्ध गराउनु, महिला श्रमिक विच राजनीतिक चेतना वढाउनु र वर्ग चेतनाका आधारमा वर्गिय सोच र संघषलाई धारिलो बनाउनु यसको प्रमुख उद्देश्य थियो । यस प्रकाशनमा कार्यथलोको अवस्था, श्रम कानुन, महिला श्रमिकको समस्या र समाधानका उपाय लगायतको विषयलाई नियमित स्थान दिन थालियो । मताधिकारको विषय र आन्दोलनको समाचारलाई पनि समानतामा नियमित स्थान दियो ।

पछिल्लो चरणमा पार्टीले यस प्रकाशनको खर्च नव्यहोर्ने भयो । तर, यसको विक्रिको संख्या बढेको कारण आफै आत्मनिर्भर हुदै गयो । अन्तत १९०४ वाट पार्टीले नै आफ्ना सदस्य र श्रीमती विच यस पत्रिकाको वितरण थाल्यो । १९१४ मा पुग्दा यसको संख्या १२५ हजार नाध्यो । सामान्यतया वैठक र सभाहरुमा जान मन नगर्ने र नभ्याउने महिलाको विचमा राजनीतिको विस्तार गर्ने काममा यस पत्रिकाले राम्रै योगदान पु¥यायो ।

श्रमिक महिला र समाजवादी राजनीति

महिलाको मुद्धामा वुर्जुवा महिला आन्दोलनसंगको हातेमालोको कुरा आउदा क्लाराले ठाडै विरोध गर्नुभयो र अन्तर वर्ग राजनीतिले लक्ष्यमा नपुगिने तर्क राख्नु भयो, जुन आम रुपमा समाजवादी महिलाहरुको सोचमा थियो । किन कि समाजवादी महिलाहरु सोच्दथे– महिलामाथिको उत्पिडन वर्गआधारिक समाजको उपज हो । पुजिवादले श्रमिकलाइ जतिसक्दो सस्तो श्रम मुल्य दिएर शोषण गर्न चाहन्छ । पुजिवादले महिला समस्याको उजागर गरेको होइन, यसदे पहिला नै रहदै आएको महिलामाथिको शोषणलाई आफु अनुकुल रुपान्तरण गरेको मात्र हो । १८८९ को दोस्रो अन्तर्राष्ट्रियको मञ्चवाट क्लाराले भन्नुभयो– पुजिवादले महिलालाई पुरुषको दास बनायो । आर्थिक स्वतन्त्रताले मात्र महिलालाई वर्गिय आन्दोलनमा आफ्नो स्वतन्त्र भुमिका निर्वाह गर्न सक्ने हैेसियत प्रदान गर्नेछ । तर, समाजवादी रुपान्तरण विना उत्पादनमा महिला सहभागिताले पुरुषको ठाउमा रोजगारदाताको दास बनाउने छ । त्यसैले महिला सशक्तिकणको आधरभुत कुरा भनेको सम्पत्तीमाथिको सम्बन्ध हो । क्ष्सका लागि उत्पादनका साधनमाथि सामुहिक स्वामित्व हुनुपर्दछ र घरायसी कामको वोझवाट महिलाहरु मुक्त हुनुपर्दछ । त्यसैले महिलाको लागि समाजवादी कार्यक्रम भनेकै वर्गविहिन समाज निर्माण नै हुन सक्दछ ।

तर, लिलि व्राउनले समाजावदी महिला आन्दोलनको वुर्जुवा महिला आन्दोलन संगको सहकार्यको लागि अभियान गर्नुभयो । उहको तर्क थियो, “त्यहा केही शोषणका पक्षहरु छन्, जसवाट सवै महिलाहरु पिडित छन्, जुन वर्गसंग सम्बन्धित छैन । त्यसैले त्यस्ता विषयमा साझा पहल गर्न सकिन्छ ।”

जेन क्वाटार्टले जर्मन समाजावदी महिला अँन्दोलनको विस्तृतमा व्याख्या गर्दै लेख्नुभएको छ– लिलि व्राउनले आफने महिलावादी चेतना देखाउनु भएको छ । र, क्लाराको सोचलाई यौनिक पहिचानमाथिको वर्गिय उन्मुक्ति हो । र उनले जर्मन समाजवादी आन्दोलनलाई अनिच्छुक महिलावादी (रिलक्टेण्ट फेमिनिज्म) भन्नुभएको छ, जहा जेण्डर समानताको विषय वर्गियपक्षधरताले ओझेलमा पारिरह्यो । महिला मुक्तीका कुरा र यसप्रतिको प्रतिवद्धताले वुर्जुवा महिलावादीमा भन्दा कम प्राथमिकता पायो । समाजावादी महिलाहरु वर्गिय शोषण, नीजी समपत्ती र सवै किसिमको विभेदको अन्त्य गर्ने भन्दै रहे भने वुर्जुवा महिलावादीहरु वर्गिय समाजको पक्षमा वकालत गर्दै हजारौ महिलामाथि भएको शोषणको अनजअन्दाज गर्दै रहे । जसका कारण य िदुइथरी महिलावदीको विचमा सहकार्य सहज रहेन ।

कतिपय ठाउमा जव श्रमिक महिला उचित पारिश्रमिकको माग गर्दथे, त्यहा कुनै विमति थिएन । एउटा पुजिपती वर्गको महिला र श्रमिक पुरुष दुवै महिला श्रमिकको पारिश्रमिक बढेको देख्न चाहदैन थिए । यो पितृसत्तात्मक सोच र प्रबृत्तीको परिणती थियो । यसलाई हटाउन समाजवादी महिलावादी सोचको अभिप्रेरणाले मात्र सक्दछ ।

एंगेल्सले श्रमिक वर्गको समान अधिकारको वारेमा भन्दा दुईवटा अर्थ थियो – एउटा समाजमा विद्यमान असमानता र पुजिवादले प्रतिवद्धता गरेको समानता, जुन समाजवादी आन्दोलनवाट मात्र प्राप्त हुन सक्दछ । श्रमजीवी वर्गको आखावाट हेर्दा दुवै कुरा वर्गियताको समाप्तिपछि मात्र प्राप्त हुन सक्दछ । समानताको प्राप्तिलाई वर्गिय दृष्टिकोणवाट हेर्न सकिएन भने यो एउटा भ्रम मात्र हुनेछ ।

“जर्मन सोसियलिज्म एण्ड द विमेन क्वेस्चन” वाट साभार गरिएको

WordFile- Women in SPD Germany