हिंसा विरुद्धकाे अभियान-मिटू

आज विश्वमा जसरी महिलाहरु विच सजगता, सशक्तिकरण, सचेतना र आत्मनिर्भरताको अभियान तिव्र रुपमा बढ्दैछ, महिला विरुद्ध हुने हिंसा न्युनिकरणको अभियानहरु पनि नया शिरावाट विकास हुदैछ । घटना हुने वित्तिकै उजुरी नहुदा वा पिडकमाथि कार्वाही नहुदा जोगिए भनेर ढुक्क भएका व्यक्ति हुन वा संस्था र राज्य, समयले न्यायको कठघरामा उभ्याएरै छाड्ने इतिहास पनि विगतमा स्थापित भएकोछ ।

यसको एउटा उदाहरणका रुपमा “कम्फर्ट विमेन“ लाइ लिन सकिन्छ । दोस्रो विश्व युद्ध ताका जापानीजहरुले युद्ध जित्दै जाने क्रममा महिलाहरुलाई यौन दासीका रुपमा प्रयोग गरे । जसलाई पछि “कम्फर्ट विमेन“ भनियो । समय वित्दै जादा ती महिलाले सहेको पिडा र राज्यले भोगेको अपमान विरुद्ध आवाज उठ्न थाल्यो । र, दोस्रो विश्वयुद्ध सकिएको दशकौपछि जापान सरकारले आफ्ना सिपाहीहरुले गरेको अपराधका लागि राज्यको तर्फवाट क्षमा माग्दै पिडितलाई क्षतिपुर्ती दिनु पर्यो । आज जापान विकासको मापनमा दुनियामा धेरै अगाडी छ । तर पनि मुलुकको नाममा लागेको अपराधको दाग अझै मेटिन सकेको छैन । त्यसको लागि पटक पटक नतमस्तक भएर क्षमायाचनाको क्रम सकिएको छैन।

ओविआर अर्थात एक अरवको जागरण

केही वर्ष पहिला संयुक्त राष्ट्र संघले महिला विरुद्ध हिंसाको वारेमा एउटा तथ्यांक वाहिर ल्याउदै भन्यो विश्वमा रहेका तीन अरव महिलामध्ये एक अरव महिलाहरु जीवनकालमा हिंसावाट प्रभावित भएका छन् अर्थात हरेक तीन महिलामा एकजना कुनै न कुनै यौनजन्य हिंसावाट प्रभावित हुदै आएका छन् । यो एक्काइशौ शताव्दीको सभ्य समाजको लागि लज्जाको विषय हो । यसै तथ्यांकका आधारमा न्यायका पक्षपाती नागरिकको तर्फवाट ति एक अरव महिलामाथि भएको हिंसा विरुद्ध गोलवन्द होऔ भन्ने अभियान शुरु गरे जसलाई “ओविआर (वन विलियन राइजिंग) अर्थाात एक अरवको जागरण“ नाम दिइयो ।

महिलाहरु जो समान हैसियत र स्वाभिमानसहितको नागरिकका रुपमा जन्मिएर पनि विना आफ्नो दोष र अपराध अर्को पक्षवाट पिडित भएका छन । तर समाजमा उनीहरु न्यायसहित समाजमा सम्मानजनक रुपमा वाच्न पाउनुको वदला उल्टै प्रताडित र विस्थापित हुनुपर्ने वाध्यता छ । यही अन्यायको विरुद्ध न्यायका पक्षपातीहरुले सामुहिक रुपमा एकिकृत आवाज निकाल्नु नै पिडित पक्षको लागि न्याय र हिंसा अन्त्यको एउटा उपाय हो भन्ने अनुभुतकासाथ शुरु भएको अभियान हो ओविआर अर्थात एक अरवको जागरण । यो अभियान महिला विरुद्ध हिंसा अन्त्यको विश्वव्यापी रुपमा स्थापित हुदै आज झण्डै दुइ सय मुलुकमा फैलिएकोछ । पिडितले आफुमाथि भएको हिंसाको पिडा र तयसको प्रभावलाई हिम्मतकासाथ वाहिर ल्याउन थालेका छन । यसर्थ यसले प्रभावित महिलाहरुलाई मात्र होइन, हिंसा विरुद्ध न्यायका पक्षपाती पुरुष र नागरिक समाजको सहभागितामा पनि बृद्धी हुदै आएकोछ । नेपालमा पनि यो अभियानलेप्रवेस गरेको केही वर्ष भइसकेको छ । यद्यपी यो जुन रुपमा विस्तार हुन पथ्र्यो त्यो भने हुन सकेको छैन ।

“मि टू अर्थात म पनि“ अभियान

यौन हिंसा प्रभावितहरुलाई सहानुभुतीकासाथ शसक्तिकरण गर्ने उद्देश्यसहित सन् २००६ वाट “मिटु अर्थात मपनि“ नामको अर्को एउटा अभियान शुरु भयो । एकजना अमेरिकन सामाजिक अभियन्ता ताराना व्रुकेले शुरु गरेको यो अभिायन अगाडी बढ्ने क्रममा सन २०१७ मा अर्की अमेरिकन कलाकार आलिसा मिलानो ले मिटू अभियानलाई ह्यासट्याग (३मिटु) अभिायनका रुपमा रुपान्तरण गरिदिइन । जुन छोटो समयमा नै भाइरल हुन पुग्यो । २०१७ अक्टोवर १५ का दिन शुरु गरिएको यस ३मिटू अभियान दिनभरमा नै दुइलाख भन्दा बढी व्यक्तिले फलो गरे । समाजमा लुकेर वसेका थुप्रै घटनाहरु यस अभियानको पाटोका रुपमा उजागर हुन थाले । यस अभियानले सामाजका चौतर्फी सरगर्मी ल्याइदियो । राजनीतिदेखि प्रशासनसम्म, सुरक्षा निकायदेखि मनोरन्जनका क्षेत्रसम्म र अन्य सवै किसिमका पेशा व्यवसायमा संलग्न शक्तिशाली व्यक्तिहरु, जो कमजोर ठानिएकामाथि यौन दुरुत्साहन र दुरव्यवहार गर्दै आएका थिए, त्यस्ता घटनाहरु धमाधम वाहिर आउन थाले । हिंसाजन्य कार्यमा संलग्न अनगिन्ती “ठुला शक्ति÷व्यक्तीहरु“ कार्वाहीको दायरामा आए । महिला र पुरुष पात्रहरु सवै नै यस अभियानको अंग बने । कतिले विगतमा भएको कमजोरी स्विकार गर्दै आफुलाई रुपान्तरण गर्ने प्रतिवद्धता जाहेर गरे । कतिले यस्ता हिंसा विरुद्ध लाग्ने र आफुले हिंसा नगर्ने प्रतिवद्धता जारी गर्दै अभियानको पाटो बने ।

यस अभियानले समाजमा नचिताएको नतिजा दियो । हिंसा पिडितहरुलाई म एक्लो छैन र हिंसाका यस्ता घटनालाई वाहिर ल्याउनु पिडितको लज्जाको विषय होइन भन्ने आत्मविश्वास जगायो । समाजका असल व्यक्तिहरुलाई हिंसा विरुद्ध जुझ्ने दायित्व मेरो पनि हो भन्ने अनुभुती गरायो । अझै महत्वपुर्ण नतिजा अमेरिकामा मिटू विधेयक नै संसदमा पेस भयो । जसका कारण यौन दुरुत्साहन सम्बन्धि नीति र कानुनमा पिडित पक्षिय रुपमा परिवर्तन हुन पुग्यो ।

हामी पनि

हाम्रो समाजमा पनि हिंसाको संस्कार संस्थागत हुदै आएको छ । यस्ता घटना विगतमा पनि हुन्थे र अहिले अझै आपराधिक तहको हिंसा, जवरवस्ती करणी, हत्या, एसिड प्रहार लगायतका घटनाले डरलाग्दो रुप लिदैछ । जनचेतनामा भएको बृद्धी र वलियो बन्दै गएको कानुनका कारण उजुरीको क्रम पनि बढेको छ । तर पनि प्रभावितप्रतिको परम्परागत सामाजिक दृष्टिकोण र अपराधिमाथि राज्यद्धारा प्रभावकारी कार्वाहीको अभावमा जनतामा आक्रोस बढ्दो छ । हरेक सचेत नागरिक मनैदेखि विछिप्त छन । महिलामाथिको असुरक्षाले महिला मात्र होइन, हरेक पुरुषहरुमा समेत हिंसाको मनोवैज्ञानिक दवाव बढ्दो छ । यसैको अभिव्यक्ती स्वरुप केही हिंसामा परेका केही साहसी प्रभावितहरुले सामाजिक संजालमा “३ःभत्ययअर्थात ३मपनि“ शुरु गर्न थालेका छन् । यसले साच्चै अभियानको रुप लियो भने आज शक्तिमा भएका क–कसलाई कहा पुर्याउछ भविष्यले बताउनेछ ।

यसै सिलसिलामा गत हप्ता एकजना राजनीतिक नेतासंग कुरा हुदै थियो । “मिटू“ अभियानको वारेमा उनको भनाइ थियो “अव त हात मिलाउन पनि सतर्क हुनुपर्ने भयो“ । प्रतिउत्तरमा मैले भनेकी थिए “शुद्ध मन हुनेले हात मिलाउन डराउनै पर्दैन । तर हात मिलाउने कुरालाई “अवसर“को रुपमा लिनेहरुले अवश्य पनि सतर्क हुनु राम्रो हुन्छ । किन कि सचेत नेपाली नागरिकहरुमा अव हिंसाका विरुद्ध वोल्न र अपराध कार्यको भण्डाफोर गर्न आट भरिन थालेकोछ ।

हिंसा बढेको हो वा वाहिर आउन थालेको हो भन्ने वारेमा केही साथिहरुसंग छलफल हुदै थियो । एकजना पुर्व कमलरी साथिको भनाइ थियो “सरकारले कारवाही हुन्छ भन्ने ग्यारेण्टी मात्र गरोस । हिजो कमलरी प्रथाको समयमा कति महिला जमिन्दारको यौन हिंसामा परेका छन, घटना ताति लागेर वाहिर आउने छ । तर, त्यस्ता घटना वाहिर ल्याउदा न्याय पाउनुको बदला उल्टै समाजले पिडितप्रति नकारात्मक धारणा बनाउने डरले वरु सहि दिउ भनेर पिडाका आशु पिएर हजारौ पिडितहरु चुप लागेर वसेका छन् ।“

यसै क्रममा हिजो सशस्त्र विद्रोहलाई नजिकवाट नियाल्ने एकजना साथिको भनाइ थियो, पिडक कति चिनिएका छन् कति नचिनिएका । आज पनि त्यो पिडा लुकाएर सैयौ पिडितहरु वाचेका छन् । घटना भएको कुरा रिपोर्ट गर्दा राज्यको तर्फवाट न्याय पाइन्छ भन्ने ग्यारेयटी हुने हो भने आज पनि त्यस्ता सैयौ केस दर्ता हुन सक्दछन । तर, पिडितप्रतिको सामाजिक दृष्टिकोण र राज्यप्रतिको अविश्वासका कारण सत्य निरुपण आयोगमा समेत त्यस्ता घटनाहरु दर्ता गर्न प्रभावितहरु मानसिक रुपमा तयार छैनन ।

श्रम क्षेत्रसंग सम्बन्धित अर्को साथिाको भनाइ थियो “प्रवासमा काम गर्न गएका र काम गरेर फर्किएका महिलाले भोगेका यौन हिंसाको वारेमा आजकल चर्चा हुन थालेको छ । तर हाम्रो आफ्नै मुलुकमा विगतदेखि वर्तमानसम्म घरेलु श्रमिक वा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक मात्र होइन, केही हप्ता अगाडी टेलिभिजनमा समकोण कार्यक्रममा एकजना महिला कर्मचारीको अभिव्यक्ती थियो “असल हाकिम पाउनु पनि भाग्य ठान्नुपर्छ“ । यो भनाइमा लुकेको मर्मले हाम्रो कार्यथलोमा हिंसाको अवस्था के छ ? भन्ने कुराको झलक दिन्छ । हाम्रो श्रम वजारको संरचना आम रुपमा पुरुष हाकिम र महिला मातहत कामदार/कर्मचारी भएर काम गर्दाको अवस्था उक्त भनाइका आधारमा अनुमान गर्न सकिन्छ । हाम्रो सुरक्षा निकाय, राजनीतिक क्षेत्र र नागरिक आन्दोलनसमेत यस्ता घटनावाट मुक्त छैन भन्ने कुरा समय समयमा वाहिर आउने घटना आफैमा साक्षी छन ।

यहा आवश्यकता पिडकमाथि कार्वाही र पिडितहरुले घटना वाहिर ल्याउदा थप पिडा भोग्न पर्दैन भन्ने सुनिश्चितताको हो । राज्यका तर्फवाट न्याय र समाजको तर्फवाट सहानुभुती पाउने सुनिश्चितता मात्र हुने हो र नेपाली समाजमा ३मिटू अर्थात ३मपनि अभियान चलाउने हो भने अमेरिकामा आलिसा मिलानोको ह्यासट्याग अभियानभन्दा कम हुने देखिदैन ।

यदि समयमा नै राज्य अनि राजनीतिक र नागरिक आन्दोलन महिला विरुद्ध हिंसाको वारेमा संवेदनसिल हुन नसक्ने हो भने निश्चित छ हिंसाको बढ्दो अवस्था एउटा विन्दुमा पुगेर विष्फोट हुनुको विकल्प छैन । त्यसो भएमा त्यस विष्फोटनले क–कसको व्यक्तित्व र शक्तित्व कसरी ध्वस्त हुन्छ ? समयले बताउनेछ । यसको प्रभाव घरपरिवारदेखि समाज/समुदाय र राज्य संयन्त्रसम्म पुग्नेमा शंका छैन । यसर्थ, हिंसाको संस्कृतीलाई “जस्टिफाइ“ गर्न तर्फ होइन सम्वेदनसिल रुपमा ग्रहण गर्दै हिंसा न्युनकिरणमा थप गम्भिरता जरुरीछ ।

My Article- https://setopati.com/opinion/168553 (October 16, 2018)

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DB5K6qrO7er4%26index%3D2%26list%3DPLT8LMrml4tPEqcbxqtjbSn05gwDwes33e%26fbclid%3DIwAR0B62YzaLHb-xx11Nxq4nBnOFMb7OFw3BE4phdbE-Cw0G5BgSAZp5oOKtg&h=AT0B6KmJm9jTEvZmpRqSCgBQgY6HyY-K_tgbqOot-rkMNgezZgTvGUHuw8xzVtMo-F5eyuHcA7qJbcQmzD_pwbTV6dSC4XmDgDLlWBK0tVuCtkK80N-YWyoErIB7QKfDW3JA7ec

 

other news and article on #Metoo

https://thehimalayantimes.com/nepal/two-women-accuse-mayor-sthapit-of-sexual-misconduct-metoo-wave-in-nepal/https://setopati.com/social/168704http://kathmandupost.ekantipur.com/news/2018-10-23/former-mayor-decries-rape-of-mens-rights-after-women-accuse-him-of-sexual-harassment.html

https://www.baahrakhari.com/news-details/166065/2018-11-01

2018-11-01- http://www.chakrapath.com/content/me-to-campaign-and-nepali-reference.html

http://kathmandupost.ekantipur.com/news/2019-01-24/tribhuvan-university-sociology-lecturer-sexually-harassed-female-students-for-years.html

http://kathmandupost.ekantipur.com/news/2019-01-25/maths-teacher-at-lalitpur-madhyamik-vidyalaya-sexually-molested-young-girls-for-decades.html