नेपालीहरुले सांस्कृति पर्वको रुपमा मनाउनै पुरानो चाड दशै भरखर सकिएको छ । सवैभन्दा लामो विदाको रुपमा समेत रहदै आएको यस वर्षकौ यो पर्व सार्थक बनैकौ छ । यस पर्वकौ शुरुको दिन घटस्थापनाको दिनवाट मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिकौ तर्फवाट जनआन्दौलनका घाइतेहरु मुकेश कायस्थ र विष्णुलाल महर्जनलाई भैटघाट गरी उनीहरुको अवस्थाको वारेमा पूर्णीमाको दिन प्रधानमन्त्रीलाई भखटी जानकारी गराइएको थियो ।

यसपछि प्रधानमन्त्रीले अशोज १९ गते उनीहरु दुवैलाई भेटी सरकारको तर्फवाट दिइदै आएको सहयोगमा बृद्धी गर्ने उनीहरुको थप उपचारमा आवश्यक सहयोग गर्ने र योगदानको कदर स्वरुपा स्मृतीमा सरकारले आफ्नो तर्फवाट सक्दो र सम्भव उपायहरु अप्नाउने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । भेटको क्रममा विष्णुलालको घर बनाउनका लागि निर्णय गरेको सहयोगको बाकी रकम निकासा गर्ने पनि आवश्वासन दिएका छन् ।

यसै प्रतिवद्धता अनुसार यही अशोज २२ गते निजामती अस्पताल मिनभवनको दुईवटा अपरैसन थिएटरलाई क्रमश मुकेश कायस्थ र विष्णुलाल महर्जनको नाममा राख्ने समेत निर्णय गरेको छ । यसै सिलसिलामा जनआन्दोलन २०६२-६३ का शहिद परिवारमध्ये अप्ठेरो अवस्थामा रहेका दुईजना शहिदका श्रीमतीलाई जिविकोपार्जनको लागि सामान्य भए पनि व्यवस्था गर्न सकियो । यस सन्दर्भमा भन्दा यस वर्षको दशैको सुरुवात्संगसंगै थालिएका केही प्रयाशहरु सफल भएका कारण पनि यस दशैलाई सार्थक भएको मानेकी छु ।