हामी एक्काइशौ शताव्दिमा जीवन यात्रालाई अगाडी बढाइ रहेका छौ । विज्ञानको विकासले धेरै अन्धविश्वासहरुलाई तथ्यगत रुपमा गलत सावित गरिदिएको छ भने मानव जातीको महत्व र मानव शरिरको उपयेागितालाई अझै उचो बनाइ दिएको छ । मानिसको जीवन दुइ दिनको चोला हो । मृत्यु पर्यन्त यसको कुनै महत्व हुदैन । अन्ततः माटोमा विलिन हुने हो भन्ने परम्परागत धारणा र सोचलाई समेत चुनौती दिदै मृत्युपछि समेत मानव शरिरमा रहेका स्वस्थ अंगहरुले अरु धेरैलाई जीवन दान दिन सक्छ भन्ने कुरा आज चिकित्सा विज्ञानले स्थापित गरीसकेको छ । चिकित्सा विज्ञानको क्षेत्रमा भएको विकासले एउटा व्यक्तीको मृत शरिरको विभिन्न अंगको प्रत्यायोजनले झण्डै एक दर्जन मानिसलाई जीवन दिन सक्ने प्रविधिको विकास भइसकेको छ ।
एउटा व्यक्तिको मृत्युमा यदि हामीले उसको शरिरको सवै अंग प्रत्यायोजन गर्न सक्ने हो भने आखा र मृगौला दुई-दुईजनालाई र एक-एकजनालाई मुटु आन्द्रा छाला लगायतका अंगको उपयोग गरी अरु समस्याग्रस्त मानवलाई सहयोग गर्न मात्र होइन जीवनदान नै दिन सकिन्छ । त्यसै गरी मानव शरिरमा निरन्तर बन्ने र नष्ट हुने प्रकि्रयामा रहेको रगत हरेक ३-४ महिनामा नियमित रुपमा दान गरेर मानवीय सेवा प्रदान गर्न सकिन्छ ।
शरिरको अंगसमेत एकअर्कालाई चल्ने यस्तो महत्वपुर्ण मानव जातीका बीचमा आज पनि पानीमा छुवाछुत कायम रहनु साच्चै दुखको मात्र कुरा नभएर मानव सभ्यताको समेत उपहास हो ।
उच्च भनिने जातिलाई आवश्यक पर्दा यीनै दलित बनाइएका समुदायको रगत चल्छ शरिरको अंग चल्छ श्रम चल्छ । सायद आज अंग वेचविखनमा परेका नागरिकमध्ये उल्लेख्य संख्या यीनै दलितको हुनुपर्दछ किन कि उनीहरु गरिव छन् । आज्ञाकारी छन् । अनि माथिल्लो भनिने जातका धनी व्यक्तिले आग्रह गरिसकेपछि नकार्न सक्ने अवस्थामा सायदै हुन्छन् ।
उनीहरुको यही बाध्यात्मक अवस्थाको फाइदा उठाउदै उच्च कहलाइएका वर्ग र समुदायका व्यक्तीले जीवन पाउदछ । र अनि फेरी शुरु हुन्छ छुवाछुत । यो कुसंस्कार र कुरितीको जड वा मुल कारण हाम्रो मस्तिष्कमा गडेको र व्यवहारमा झांगिएको सामन्तवाद नै हो । यसर्थ मुलुकमा गणतन्त्रको स्थापना गरेर सामन्तवादको मुल बृक्षको जरा उखेलिए पनि वरपर छरिएर रहेका बुट्यानको काण्ड हांगा र पातपातमा रहेको सामन्तवादी सोच र व्यवहारको अन्त्य विना मानवीय सोचले जरा गाड्ने र व्यवहारमा झांगिने वा फस्टाउने अवसर पाउने छैन । यसका लागि अवका दिनमा जहा जहा विभेदको व्यवहारको अनुभुती हुन्छ तत्-तत् ठाउमा नै निर्ममतापुर्वक प्रहार गर्दै अमानवीयताको अन्त्य गर्नुको अर्को विकल्प छैन ।
सामन्तवादको अन्त्य गर्ने कुराहरु नितीमा लेखिएका छन् । बोलीमा भनिन्छ । तर व्यवहारमा परिवर्तनको गति कम मात्र होइन हिजो राजतन्त्रको विरुद्ध लडिरहदा जे कुरालाई स्विकार गरिएको थियो आज त्यही कुरा समेत परिवर्तनको उल्टो दिशामा हिड्न थालेको छ । यो चिन्ताको विषय हो । र यो उल्टो यात्राको प्रबृत्तीलाई कसरी रोक्ने भन्ने समेत चुनौतीका रुपमा देखा पर्दैछ ।
नया संविधानमा दलित समुदाय
हामी अहिले लोकतान्त्तिक संघिय गणतन्त्र नेपालको नया संविधान बनाउने प्रकि्रयामा छौ । यस वेलामा सामन्तवादको जगमा उभिएका सवै किसिमका विभेद र असमानता भत्काउने सन्दर्भमा चनाखो हुनै पर्दछ । मानिसमाथि राखिदै आएको अमानवीय सोच र गरिदै आएको व्यवहारमाथि निर्मम प्रहार गर्न सक्नुपर्दछ । जात िलंग वा वर्गका आधारमा गरिदै आएको विभेदको अन्त्यका लागि संविधान कानुन नीति र व्यवहार सवै ठाउमा पहल लिनै पर्दछ ।
अव बन्ने संविधान मुलत दुईवटा सिद्धान्तमा आधारित हुनुपर्दछ । पहिलो यो पुर्णत समानताको जगमा उभिएको हुनुपर्दछ । कुनै पनि नागरिकका विरुद्धमा जुनसुकै तर्कका आधारमा गरिने विभेदलाई यसले पुर्णत निषेध गर्न सक्नुपर्दछ । दोस्रो विगतदेखि वर्तमानसम्म पनि जात िलंग वर्ग क्षेत्र लगायतका नाममा गरिएको विभेदको कारण पछाडी पारिएका र छाडिएका समुदाय र वर्गका नागरिकहरु समान रुपमा प्रतिस्पर्धी नबनुन्जेलका लागि सकारात्मक कार्यका थप उपायहरु समावेस गरिनुपर्दछ । जसका कारण आजसम्म विद्यमान विभेदका कारण असमान अवस्थामा रहेका समुदाय र वर्गले हिजैदेखि शक्ति र पहुचमा रहेका वर्ग र समुदायको समकक्षमा उभ्याउने हैसियत प्राप्त गर्न सकुन् ।
यही दुईवटा धरातलमा उभिएर अव बन्ने संविधानमा दलित समुदायका हकको रुपमा छुट्टै धाराको प्रस्ताव गरिएको छ यद्यपी भाषा प्रयोगको सन्दर्भमा दलित शव्दलाई नया बन्ने संविधानमा निरन्तरता दिनु उपयुक्त हुन्छ की हुदैन भन्ने विषयमा वहस जारी छ । शव्दको वारेमा जे वहस भए पनि हकको सन्दर्भमा सर्वसहमती हुनुलाई सकारात्मक रुपमा लिनु पर्दछ ।
अहिलेसम्म पनि सार्वजनिक स्थानमा छुवाछुत गर्न नपाइने भनि उल्लेख हुदै आएको सन्दर्भमा नया संविधानमा ूदलित समुदायमाथि जातपात र छुवाछूतका आधारमा कुनैपनि स्थानमा कुनैपनि किसिमको विभेद अवहेलना असहिष्णु व्यवहार वा भेदभाव गरिने छैन ।ू भन्ने कुरा उल्लेख गरिएको छ । यसले भोलिका दिनमा निजी क्षेत्रमा समेत कसैले छुवाछुतपुर्ण व्यवहार गर्न पाउने छैन । र गरियो भने ूयस्तो व्यवहार सामाजिक अपराध मानिनेछ र कानूनद्वारा दण्डनीय हुनेछ । साथै पीडित व्यक्तिलाई उचित क्षतिपूर्ति प्राप्त गर्ने हक हुनेछ ।ू मस्यौदामा समावेस गरिएको छ ।
यहानेर एउटा कुरामा फेरी पनि ध्यान दिनु आवश्यक छ । संविधानमा यति कुरा उल्लेख भए पनि कार्यान्वयनका सन्दर्भमा सम्बन्धित व्यक्ति र समुदायको पहल नितान्त आवश्यक छ । अन्यथा पिडित व्यक्तिले छुवाछुत वा विभेदको कुरालाई वाहिर ल्याउन सक्ने अवस्था बन्दैन र संविधानको धाराले सम्बन्धित व्यक्ती र समुदायको जीवनमा परिवर्तन दिन सक्दैन ।
त्यसै गरी नीति निर्माणमा पहुच र नियन्त्रणको सुनिश्चितताका लागि ूदलित समुदायलाई राज्य संयन्त्रका सबै अड्ड निकाय र क्षेत्रहरुमा समावेशी समानुपातिक आधारमा क्षतिपूर्ति सहित सहभागिताको हक हुनेछ ।ू भन्ने कुरा उक्त धारामा उल्लेख छ । यद्यपी त्यो क्षतिपूर्ती के कस्तो र कसरी भन्ने लगायतका कुरा संविधानको घोषणापछि बन्ने कानूनले निर्धारण गर्नेछ । यसको तात्पर्य कानुन निर्माणको समयमा अझ बढी चनाखो हुनु जरुरी छ । किन कि नेपालीमा उखान छ ूकानुनको नौ िसंग हुन्छू र कुनै पनि िसंगले हानेर घाइते बनाउन सक्छ ।
समानुपातिक सहभागिताका कुरा गरिरहदा फेरी पनि जुनसुकै समुदायवाट पनि हुदा खानेले भन्दा हुने खानेले मात्र अवसर पाउने कुरा पुजिवादको देन हो । यसर्थ पनि मस्यौदामा व्यवस्था गर्दा नै वर्गिय सोच सहित दलित समुदायभित्र पनि ूविपन्न वर्गले प्राथमिकता पाउनुपर्नेू कुरालाई स्पष्ट पारिएको छ । भोलिका दिनमा यो प्रावधानलाई लागु गर्दा श्रम गरी खाने त्यो विपन्न वर्गको आवाज र पहुचको सुनिश्चितता गर्ने वारेमा आजैदेखि सोचेर तथ्यगत उपायको खोजी गर्नु जरुरी छ ।
दलित समुदाय विरुद्ध शताव्दिऔदेखि जुन विभेद भएको छ यसका कारण आज मानव सुचकांकमा पनि अरु समुदायभन्दा धेरै पछाडी परेको छ । शिक्षाको अवसरवाट बिाचत हुनुको कारण राज्यको निती निर्माण संयन्त्रदेखि सार्वजनिक सेवाका क्षेत्रमा समेत उनीहरुको उपस्थिति न्युन छ । यीनै कुराहरुलाई ध्यानमा राखि अवका दिनमा यस समुदायका लागि ूशिक्षा स्वास्थ्य रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदको आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ ।ू भन्ने कुरा नया संविधानमा प्रस्तावित गरिएको छ ।
दलित समुदाय श्रम गरी खाने पौरखीहरु हुन । यो समुदायको आफ्नै पेशा व्यवसाय र सीप छ । ूपरम्परागत पेशा ज्ञान सीप र प्रविधिको रुपमा रहदै आएको यो क्षमताको प्रयोग संरक्षण र विकासको लागि विशेष अवसर प्राप्त गर्ने कुरा यो समुदायको हक होू र यसको प्रवद्र्धनको लागि गरिने कुनै पनि पहलमा राज्यले कानुन बनाएर विशेष सहयोग गर्नु पर्दछ र ूयस किसिमको व्यवसायिक लाभ प्राप्त गर्ने हक यो समुदायको हुनेछू भन्ने कुरा सरल भाषामा प्रस्ताव गरिएको छ । यो हकको उपयोग कसरी गर्ने र राष्ट्र निर्माणमा अझ बढी भुमिका निर्वाह गर्ने भन्ने विषयमा सम्बन्धित समुदाय रणनीतिसहित तयार हुनु पर्दछ।
सामाजिक रुपमा शोषणमा परिएको मात्र नभइ हदैसम्मको अमानवीय व्यवहार सहन वाध्य यो समुदायलाई सामाजिक न्यायका लागि केही कुरा क्षतिपुर्ती वापत पाउनुपर्दछ भन्ने कुरामा विमती छैन। यसो भनिरहदा फेरी पनि वर्गिय र लैंगिक कुरा भुल्न हुदैन । दलित समुदायभित्र पनि हुनेले नहुनेलाई पुरुषले महिलालाई र पहुच हुनेले सिमान्तकृत माथिको शोषण कायम रहेको सन्दर्भमा आफै भित्र रहेको विभेद र असमानताको अन्त्यका लागि सम्बन्धित समुदाय आफै पनि कि्रयासिल हुनु जरुरी छ । आज थुप्रै राजनीतिक दल र संघसंस्थाहरु विभेदको विरुद्धमा छन् । दिनभरी चेतना सशक्तिकरण र समानता लगायतका कार्यक्रम गर्दासंगै रहने उस्तै व्यवहार र कुरा गर्ने अवस्था हुन्छ । तर जव साझ पर्छ अनि आवासको व्यवस्था गर्दा एउटै त्यही टिमका सदस्य वीच पनि आ-आफ्नो जात र समुदाय खोज्नुपर्ने मानसिकता र व्यवहार अझै कायम छ । यस पक्षमा डर धम्की वा बाध्यताले भन्द्या पनि सहजतापुर्वक जे जसको घरमा पनि संगै बस्न र खान सक्ने अवस्था कसरी बनाउने अझै पनि कायम रहेको यो अवस्थाको अन्त्य बास्तवमा सामाजिक सांस्कृतिक रुपन्तरणका लागि महत्वपुर्ण रहेको छ ।
दलित समुदायमा महिला
दलितभित्र पनि महिलाको अवस्था झनै दर्दनाक छ । आफु िसंगै समुदाय नै छुवाछुतको पिडा अनुभुत गरेर पनि महिलामाथिको थप छुवाछुतको कुसंस्कारवाट यो समुदाय पनि मुक्त छैन । प्राकृतिक रुपमा हुने महिनावारी वा महिलामा निहित दायित्व पुरा गर्ने क्रममा सुत्करी हुदा शारिरीक अवस्थाको आधारमा महिला विरुद्ध छुवाछुतको कुसंसकार अझै कायम छ । यसलाई विज्ञानको दृष्टिकोणवाट या स्वभाविक प्रकि्रया हो र यस अवस्थामा महिलाहरुलाई पर राख्ने होइन बरु थप सरसफाइ हेरचाह आराम र पौष्टिक खानेकुराको आवश्यकता पर्दछ । तर व्यवहार अझै त्यस्तो हुन सकेको छैन।
यस तथ्यले के देखाउदछ भने मानिसले भोगेर मात्र नहुदो रहेछ । परिवर्तनको लागि हरेक व्यक्तीले भोगेको कुरालाई सचेत रुपमा बुझ्ने र बुझाउने काम गर्नुका साथै व्यवहारमा लागु गर्नु जरुरी छ ।
िसंगो समानमा महिला विरुद्ध हुदै आएको विभेद यो समुदायभित्र पनि कायम छ । शिक्षा र रोजगारीमा पहुच लगायत राजनीतिक सामाजिक र सामुदायिक संघसंस्था र गतिविधिमा सहभागि हुनेदेखि घरभित्र वाहिरका प्राय सवै क्षेत्रको भुमिकामा महिला र पुरुष बीचको रहेको असमानता र विभेद यस समुदायभित्र पनि अरु समुदायभन्दा कम छैन बरु सापेक्षतामा चेतनाको कमीका कारण अझै बढी रहेको पाइन्छ ।
यसर्थ िसंगो समुदाय विरुद्ध रहेको विभेदका साथै समुदायभित्रै रहेको िलंग वर्ग र जाती बीचमा रहेको विभेद र असमानता विरुद्धको अभियानलाई संगसंगै अगाडी बढाउनु पर्दछ । यसो गर्न सकियो भने मात्र समग्रतामा समानताको यो अभियानले सार्थकता पाउने छ र सामाजिक न्यायको पक्षमा सवैको आवाजलाई एकीकृत गर्न सक्नेछ ।
साउन २०६८
Wordfile: Dalit right