प्रवाशी नेपाली मञ्च साउदी अरवको पहिलो महाधिवेशन सम्पन्न

पाच लाखभन्दा बढी नेपाली प्रवाशीहरु कार्यरत रहेको साउदी अरवमा अगष्ट ७, २०१५ का दिन प्रवाशी नेपाली मञ्च साउदी अरवको प्रथम महाधिवेशन रियादमा सम्पन्न भएकाे छ । बलराम गिरीको अध्यक्षता १६ सदस्यीय राष्ट्रिय कमिटीकाे िनर्विराेध िनर्वाचन गर्दै सम्पन्न महाधिवेशनफे अागामी कार्यक्रमकाे खाका समेत काेरेकाेछ ।

साउदी अरवको भ्रमण गर्ने मेराेलामो सोच र याेजना अन्तत पुरा भएको छ । २०१२ देखि नै साउदीस्थित नेपाली श्रमिक विच कार्यक्रम गर्न जाने सोच अनुसार कुरा गर्दा राजदुतले तपाइ महिला र अविवाहित भएको कारण भिषा निकाल्न सकिदैन भनेका थिए । तर, पनि एकदिन तपाइ रहेको देशको भ्रमण त गर्नै पयो नि भनेकी थिए । तर, यसको सम्भावना खासै देखिएको थिएन । तर, एक वर्ष पहिला साउदीले आफ्नो नियममा केही परिवर्तन गरेपछि अव चाही भिषा निकाल्न सकिन्छ । आउने भए सम्भव छ भन्दा मैले घुम्न मात्र त आइदैन । कुनै कार्यक्रम गर्न सम्भव भएमा आउने कुरा मैले बताएको थिए ।

गत सेप्टेम्वरमा युएइमा रहेको समय कुरा गर्दा आफु फर्कनुभन्दा पहिला प्रवाशी नेपाली मञ्चका् गठन गर्ने र त्यसमा वालोउने कुरा भए पनि खासमा योजना बनिरहेको थिएन । तर, गत मार्चमा पार्टीले मलाइृ ओएनएफलको जिम्मेवारी दियो र गल्फको इन्चार्जमा श्रीजीलाई तोकयो । यही विचमा जुन महिनामा आयोजक कमिटी बनाएर अगस्ट ७ मा पहिलो महाधिवेहन गर्ने सोच साउदीमा बन्यो । श्रीजीलाई जानोस भन्दा पासपोर्टको समस्याका कारण म आफै आउने कुरा भयो । यही पृष्टभुमीमा मै अगष्ट पाचमा साउदीको रियाद आइपुगे ।

अगष्ट ६ मा दुतावासको गएर त्यहाको अवस्थाको वारेमा सामान्य जानकारी लिने काम गरियो भने साझमा यहाको रियादको ऐतिहासिक अल मासमाक म्युजियम घुम्न गइयो । उक्त स्थान यहाका राजाले साउदीको एकिकरण अभियान शुरु गरेको दरवार रहेछ, जुन पुरै माटोले बनाइएको छ । सवैभन्दा माथिल्लो तलामा सुरक्षाकर्मीको चौकिदारीको व्यवस्था रहेछ । नेपालको इतिहाससंग तुलना गर्दा यसलाई झण्डै नुवाकोटको सात तले दरवारसंग तुलना गर्न मिल्ने अनुभुती हुदो रहेछ ।

उक्त दरवारको ठिक अगाडी पट्टी एउटा चोक रहेछ, जसलाई दिरा चोक भनिदो रहेछ । मृत्युदण्ड तोकिएका व्यक्तिलाई उही चोकमा घाटी रेटेर मारिदो रहेछ । मसजिदको अगाडी ठुलो चारकुने यस चोकमा मानिसलाई फासिको सजाय दिदा हेर्न आउन चाहनेको उपस्थितिका लागि र हेर्न नचाहनेले उक्त स्थान छाड्नका लािग माइकिंग गरेर जनाउ दिने चलन रहेछ । कतिपय मानिसहरु यस चोकमा जान डराउदा रहेछन् ।

साउदीको अर्को कुरा महिलाहरु जुनसुकै राष्ट्रका हुन यहा वाहिर हिड्दा कालो कपडा अभया लगाउनै पर्ने अनिवार्यता रहेछ । उक्त कपडा नलगाइ सार्वजनिक ठाउमा हिडेको देखिएमा धार्मिक पुलिसले लठ्ठीले टाउकोमा हिर्काएर अभया लगाउन सचेत गराउने चलन रहेछ । खास गरी प्रार्थनाको समयमा कपाल समेत ढाक्नुपर्ने नियम लगाइदो रहेछ । नमानेको खण्डमा गिरफ्तार गरेर उनीहरुको कानुन अनुसार सजाय दिने र विदेशीलाई देश निकाला गरी पुन भिषा नदिनेसम्मको कार्वाही गर्न सक्ने रहेछन ।

म आफु दुतावासको पाहुनाको रुपमा साउदी पुगेकोले उक्त नियमको उल्लंघन गर्दा दुतावासलाई समेत अप्ठेरो पर्नसक्ने सम्भानना रहेको जानकारीसंगै वाहिर हिड्दा कालो कपडाको कवर लगाइ दिनु नै उचित ठाने ।

त्यसपछि हामि एउटा पार्क घुम्न गयो । त्यो ठुलो पार्कमा मानिसहरु साझमा टहल्न जादा रहेछन् । त्यहा राखिएको कुर्सीमा बसेर हामी आइस क्रिम खादै थियौ । एकजना मानिस आएर ति कुर्सी पुरुषको लागि मात्र भएकोले नबस्न आग्रह गरे । हामिले आइस क्रिम खाइसकेर उठ्ने जानकारी दिदै गर्दा पनि पाच मिनेटको समयमा दुइपटक आएर आग्रह गर्न अाए । हामिले अाइसक्रिम सकिएपछि ठाउ छाडिदियौ । सार्वजनिक स्थानमा राखिएको कुर्सीमा समेत महिला र पुरुषका लागि फरक स्थान तय गरिएको हुदो रहेछ ।

त्यसपछि घर फर्कने क्रममा हामि अल–हराम सुपर मार्केट गयौ । जहा कल्पनाजीको आग्रहमा केही सामान किनेर हामि साझ वासस्थान फर्कियौ ।

प्रवाशी नेपाली मञ्च साउदी अरवको पहिलो महाधिवेशन सम्पन्न

पाच लाखभन्दा बढी नेपाली प्रवाशीहरु कार्यरत रहेको साउदी अरवमा अगष्ट ७, २०१५ का दिन प्रवाशी नेपाली मञ्च साउदी अरवको प्रथम महाधिवेशन रियादमा सम्पन्न गरियो । बलराम गिरीको अध्यक्षता र विमल गौतमको उद्घोषणमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेको प्रवास इन्चार्जको हैसियतमा मेरो सहभागिता रहेको थियो । नेपाली राजदुत उदयराज पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा कुटैनीतिक नियोगमा अन्य कर्मचारी तथा साउदीस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहदै शुभकामना व्यक्त गरेको थिए ।

राष्ट्रिय गानवाट शुरु भएको उक्त कार्यक्रममा लोकतन्त्र प्राप्तीका क्रममा शाहदत प्राप्त गर्ने शहिदप्रति श्रद्धान्जिली व्यक्त गर्दै सम्मान व्यक्त गरिएको थियो ।

उद्घाटन सत्रको समाप्तिसंगै बन्द सत्र सञ्चालनको लािग विमल गौतम, जीवन वराल र राम बहादुर क्षेत्री रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । बन्द सत्रको शुरुमा मैले “प्रवाशी नेपाली नेकपा एमालेको नीति, कार्यक्रम र योजना” को वारे प्रतिनिहिरु विच स्पष्ट पार्ने काम गरेकी थिए । त्यसपछि आर्थिक विभाग प्रमुख परसुराम मिश्र र बलराम गिरीले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन हलले पारित गरेको थियो ।

नेपालीहरु विच पहिलो पटक ६ नोभेम्वर २०११ मा माधव तिल्सिनाको संयोजकत्वमा साउदी नेपाल सम्पर्क समितिको स्थापना गर्दै शुरु गरिएको वैचारिक संगठन क्रियासिल हुन नसकेपछि जुन ११, २०१५ मा बलराम गिरीको संयोजकत्वमा राजेन्द्र खत्री, परसुराम मिश्र, नरेन्द्र वेलवासे, छोटु थापा मगर, भिम श्रेष्ठ, रुद्र कार्की, दिपेन्द्र राना, अमर श्रेष्ठ, विमल गौतम, सविन परियार, ओम घले र मेदनी दंगाल रहेको प्रवाशी नेपाली मञ्च गठनका लागि आयोजक कमिटी बनाइएको थियो । महाधिवेशनको तयारीको सन्दर्भमा यस विचमा रियाद, दमाम र अक्लसिम क्षेत्रमा क्षेत्रिय कमिटी गठन गर्नुकासाथै ३५३ जनालाई मञ्चको सदस्यता वितरण गरिएको कुरा जानकारी गराइएको थियो । ठुला फर्महरुमा हजारौ संख्यामा नेपालीहरु क्रियासिल रहेको अवस्थामा आगामी दुई वर्षको यस कार्यकालमा मञ्चको साधारण सदस्य ५००० जना र संगठित सदस्य संख्या २०० पुर्याउने योजना पनि अधिवेशनले पारित गरेको छ ।

अधिवेशनमा विमल गौतमले प्रस्तुत विधानको मस्यौदामा सामान्य संशोधनसहित पारित गरिएको छ । अधिवेशनको अन्तिम तर महत्वपुर्ण काम नया कार्यसमितिको निर्वाचन निर्विरोध रुपमा गरिएको छ । २७ सदस्यीत कार्यसमितिमा तत्काल १६ जना सदस्यको निर्वाचन निर्विरोध रुपमा भएको छ भने वाकी सदस्यपछि कार्यसमितिले थप गर्ने गरी व्यवस्था गरिएकोछ ।

अधिवेशनमा १२६ जना प्रतिनिधि रहेका थिए । उक्त सम्मेलनले बलराम गिरीको अध्यक्षतामा निम्न अनुसार सदस्य रहेको कार्यसमिति गठन गरेको छ ।

नया कमिटी

  1. अध्यक्ष्य   बलराम गिरी
  2. प्र. उपाध्यक्षमा  परशुराम मिश्र
  3. उपाद्यक्ष्य    राजेन्द्र खत्री
  4. उपाद्यक्ष्य    बिराज कार्की
  5. महासचिव  खनाल आर
  6. सचिब        अमर श्रेष्ठ
  7. सचिब       ऋषिराम भट्टराई
  8. कोषाध्यक्ष छोटु थापा मगर
  9. सदस्य    दल बहादुर बि क
  10. सदस्य    ओमकार डागी
  11. सदस्य    युबराज राजबम्सी
  12. सदस्य     दिपेन्द्र राना
  13. सदस्य    श्रीराम कुँवर
  14. सदस्य    बशन्त राइ
  15. सदस्य    अच्युत बोगटी
  16. सदस्य   पेमा टासी

तेस्रो दिन अगष्ट ८ का दिन विहानै अल्मराई गाइ फर्म हेर्न गइयो । दुतावासको कर्मचारी साथिहरु र उहाहरुको परिवार तथा ओएनएफ साउदीका केही साथिहरुसहित गरिएको उक्त भ्रमण झण्डै दिन भरीको थियो ।

हामि ११ वजे उक्त मर्फमा पुगेका थियौ । पर्मका काम गर्ने नेपाली कर्मचारी साथिहरुले घुमाउनु भयो । फर्ममा ४२ हजार श्रमिक मध्ये झण्डै सात हजार नेपाली रहेछन । नेपालीहरु व्यवस्थापनको दोस्रो तहसम्म पुगेको जानकारी पाइयो । पारिश्रमिकको हिसावले ६०८ रियाल पाउनेदेखि १७००० रियाल पाउनेसम्म अवस्थामा नेपालीहरु काम गरिरहेका रहेछन् । नेपालवाट खास गरी एसओएस र व्लु स्काइ कम्पनीवाट श्रमिकहरु सप्लाइ हुदो रहेछ । यहा श्रमिकले पाउने पारिश्रमिकमा मुलुक अनुसार फरक रहेको जसमध्ये नेपाली र बंगलादेशीले पाउनु तलव सवैभन्दा कम रहेछ । यसको पछाडी उनीहरुको तर्क राष्ट्रिय आम्दानीका आधारमा तलव दिने भन्ने रहेछ । तर, एउटै काम गर्ने फरक मुलुकका कामदार विच गरिने विभेदको वारेमा कुराकानीहरु उठेको र उनीहरु यसको पुनरावलोकनमा रहेको भन्ने जानकारी दुतावासको कर्मचारी साथिहरुले गराउनु भएको थियो ।

विपिन श्रेष्ठ, हरिकृष्ण भुसाल, रुद्र कार्की लगायतले हामिलाई घुमाउने काम गर्नुभएको थियो ।
उक्त फर्ममा जम्मा ४६ हजार गाइ रहेको, त्यसमध्ये दुध दिइरहेको गाइको संख्या २२४०० रहेछ । एउटा गाइले औसतमा ४२ लिटर प्रतिदिन दुध दिदो रहेछ । हरेक दिन करिव १०० वटा गाइ व्याउने रहेछन् । दैनिक ९ लाख लिटर दुध संकलन हुदो रहेछ । गाइले वाच्छा पायो भने २ हप्तामा नै त्यहावाट अलग राख्ने र अलि ठुलो भएपछि मासुको लागि पाल्न अन्यत्र वेचिदो रहेछ । बाच्छीहरुलाई भने फर्ममा नै पालिदो रहेछ । तर, कुनै पनि बाच्छाबाच्छीले आमाको थुनवाट दुध खान पाउदा रहेन छन् । वेगौती दुध दोहेर वोतलमा राखेर बाच्छाबाच्छीलाई खुवाइदो रअ‍ेछ । गाइहरु सामान्यतया दुइ वर्ष भएपछि व्याउन थाल्ने, एकपटक व्याएपछि अर्को पटक व्याउनुभन्दा अगाडी करिव ५० दिनजति विचमा दुध नदिने र औसतमा प्रत्येक गाइ १० वेतसम्म व्याउने र दुध दिने गर्दा रहेछन् ।

अल्मराईको यो फर्म ९ किलोमिटर लम्वाइ र तिन किलोमिटर चौडाइ गरी २७ वर्ग किलोमिटरमा फैmिएको रहेछ । साउदीभरी यसका जम्मा सातवटा फर्ममा १ लाख ४० हजार गाइहरु रहेछन् ।

यस किसिमको फर्म सञ्चालनको नेपालमा कत्तिको सम्भावना रहन्छ भन्ने प्रश्नको जवाफमा नेपाली साथिहरुको भनाइ थियो – करिव २० करोड रुपैयाको लगानी गर्ने हो भने मोडल फर्म बनाउन सकिने र नेपाली हावापानीमा यस किसिमको व्यवसाय दिगो हुन सक्ने र त्यसो गर्ने हो भने यहा दक्षता हासिल गरेका नेपालीले नै उक्त काम गर्न सक्ने अनुभव त्यहा काम गर्ने नेपालीहरुको थियो ।

त्यहावाट फर्कने क्रममा हामि अल–खर्ज भन्ने ठाउमा गयौ, जसलाई तारा झरेको ठाउ भनिदो रहेछ । त्यहा दुई फरक स्थानमा दुइ ठुला खाडल रहेछन्, जुन पानीको संकलन केन्द्रका रुपमा रहेको अनुमान गर्न सकिन्थ्यो । हाल त्यसमा पानी नभएको र ठुलो खाल्डो भएकोले मानिसहरु पर्यटन स्थलको रुपमा हेर्न जादा रहेछन् । पहिलो खाल्डो गएर दोस्रो खाल्डोमा जाने क्रममा २–३ वजेको विचको समय थियो । घाम चर्किएको अवस्थामा वाहिर टिक्न गाह्राे भएपछि म तुरुन्त फर्किएर गाडिमा नै वसे । तर पनि त्यो ४५ डिग्रीभन्दा बढी रहेको तापक्रममा केही मिनेट हिडेको कारण पनि साझ टाउको दुखेर औषधि नै खानु पर्ने अवस्थामा पुग्दा लाग्यो, साउदी जस्तो ठाउमा काम गर्ने श्रमिकले प्रत्येक दिन आफ्नो रगतलाई पसिनामा रुपान्तरण गरेर परिवार धान्न र मुलुकको अर्थतन्त्रमा योगदान गर्न श्रम गरिरहेका छन् । यो अवस्थावाट मुक्ती दिने एउटै उपाय कम्तिमा उनीहरुले कमाएको रकमलाई मुलुकमा उत्पादनसिल काममा लगाउनुको विकल्प छैन । जुन कुरा सरकार र राजनीतिक दलहरुको प्रबृत्तीमा रुपान्तरण विना सम्भव छैन ।

भ्रमणको अन्तिम दिन अगष्ट ९ को विहान १० वजे दुतावस गइयो । त्यहा नै ओएनएफका साथिहरु आउनुभएको थियो । हामि ११ वजे स्काइटावर गयौ । तर, उक्त टावर १२ वजे मात्र खुल्ने हुदा त्यतै वजार घुमेर १२ ३० वजे स्काइ टावरको ९९औ तलामा गएर रियाद शहर हेरियो । त्यहावाट फर्किएर आवासमा गइ चिया खाजा खाएर बलराम गिरी र राजेन्द्र क्षेत्रीसहित एयरपोर्ट आएर नेपालको लागि कतार इयरवेजवाट नेपालका लागि प्रस्थान गरियो । त्यहा वसुन्जेल दुतावासको चालक राम कुमार र आवासको भाइ कृष्णको निरन्तर सहयोगप्रति आभारी हुनैपर्दछ ।

KSA -ONF news