“विश्वका श्रमिक एक होऔ” भन्ने नाराकासाथ दुनियाभरका श्रमिकहरुको बीचमा ऐक्यवद्धता सहकार्य र सह-अस्तित्वको अनुभुतिसहित श्रमजीवी वर्गलाई एउटै मालामा बाध्ने दिनका रुपमा मे दिवस अथवा अन्तरराष्ट्रिय श्रमिक दिवसलाई मनाइन्छ ।
औद्योगिक विकासको क्रममा जे जती उत्पादनमा बृद्धी हुदै गयो त्यसमा उद्यमीको पुजी र श्रमिकको श्रमको संयुक्त लगानीको प्रतिफल हो । यस क्रममा हुने मुनाफामा पुजी र श्रम लगानी कर्ता बीच न्यायोचित वाडफाड हुनुपर्दछ । न कि पुजी लगानी गर्नेलाई मालिक र श्रम लगानी गर्नेलाई दासको व्यवहार । यही सोचकासाथ गरी खानेमाथि गराई खाने वर्गवाट हुने शोषणको अन्त्य र श्रमजीवी वर्गको अधिकार रक्षाको लागि गरिने आन्दोलनको प्रतिकका रुपमा “श्रमजीवी वर्गको शक्ति एकतामा मात्र हुन्छ” भन्ने सन्देशकासाथमा स्थापित दिन हो मे दिवस । दासलाई झै काममा लदाउने तर एक पेट खान र एक अंाग लगाउन पनि धौ-धौ पर्ने पारिश्रमिक दिने अवस्थावाट आक्रोशीत श्रमजीवीहरुले कम्तिमा पनि श्रमिकलाई “मानवीय व्यवहार कामको निश्चित समय र उचित पारिश्रमिक तथा सुविधाको व्यवस्था गर” भन्ने मागसहित श्रमिकहरु पाइलामा-पाइला र स्वरमा-स्वर मिलाउदै जीवनको वाजी लगाएर मैदानमा उत्रदा उनीहरुमाथि निरंकुश शासकवाट दमनका पर्रा छुटे । यस क्रममा वर्गिय मुक्तीका लागि केही आन्दोलनकारीले सहादत प्राप्त गर्न पर् यो । तर पनि भोको पेट र दासतापुर्ण जीवन जीउनुभन्दा मुक्तीको मैदानमा गोली खान तयार त्यो वर्गिय मुक्ती आन्दोलन यसका खातिर भएको बलिदान र योद्धाहरुको सम्झना र सम्मानमा मनाउन थालिएको अन्तरराष्ट्रिय श्रमिक दिवस मे १ को इतिहास सम्झदा हरेक श्रमजीवीको छाती गर्वले ढक्क फुल्छ ।
सन् १८८६ मे १ वाट श्रमिकहरु ू८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोराजनू को माग लिएर अमेरिकाको शिकागो शहरमा लाखौ श्रमिकहरु सडकमा उत्रिए र आम हड्तालमा सहभागि भए । हे मार्केटमा शान्तिपुर्ण प्रदर्शनमा रहेका श्रमिकमाथि सरकार दमनमा उत्रिएपछि आन्दोलनले िहंसात्मक रुप लियो । सैयौ घाइते भए । दर्जनौलाई गिरफ्तार गरियो । गिरफ्तारमध्ये चारजना श्रमिक नेतालाई फासी दिइयो । तर पनि अन्तत श्रमजीवीले आफ्नो माग पुरा गराएरै छाडे । ूहजार वर्ष लागोस तर शिखरमा पुगी छाड्छौू भने झै विजय श्रमजीवी वर्ग कै भयो । श्रमजीवी वर्गले देखाएको यो आत्मविश्वाससहितको धैयर्ता समर्पण हौसला र बलिदान विश्वभरका मुक्तिकामी श्रमजीवी जनताका लागि निरन्तर प्रेरणा प्रदान बन्दै आयो र श्रमिक वर्गलाई एउटै सुत्रमा बाध्न सफल रह्यो । फेरी एकपटक सलाम छ ति महान् योद्धाहरुलाई ।
पृष्टमुभीमा मे दिवस
समाज विकासको क्रमसंगै औद्योगिक क्रान्तिले दुनियाको मुहार फेरिदियो । औद्योगिक विकाससंगै श्रमिकहरु पनि संगठित हुदै गए र आफु विरुद्ध भइरहेको दासतापुर्ण व्यवहारको विरुद्धमा कि्रयासिल हुन थाले । यही क्रममा कामको निश्चित समय अवधि हुनुपर्दछ भन्ने मागसहित ८ घण्टाको कार्यदिवसको मागसहित सन् १८६६ मा श्रमिक आन्दोलनको पहिलो छाल उर्लियो । अमेरिकाको वोस्टनवाट शुरु भएको आन्दोलनको यो छाल अमेरिकाभरी फैलियॊ । त्यसै वेला श्रमिकको समर्थन र मत आफ्नो पक्षमा ल्याउने रणनीतिसहित रिपव्लिकन पार्टीले केही राजनीतिकर्मी र सांसदहरुले काला नागरिकलाई सशक्त बनाउने र दासताको अन्त्य गर्ने भन्दै यस मागप्रति सहमती र समर्थन देखाए र रिपव्लिकन पार्टीका एकजना क्रान्तिकारी नेता गभर्नर रिचार्ड ओग्लेस्वीले ८ घण्टाको कार्य दिवस १ मे १८६७ वाट कार्यान्वयन गरिने प्रतिवद्धतासमेत जनाए । यही घोषणाको खुशियालीमा १८६७ को मे १ का दिन अमेरिकाका श्रमिकले ऐतिहासिक दिनका रुपमा प्रदर्शन पनि गरे । तर यसको विरुद्धमा उद्यमीहरु असहमत हुदै अदालत गए । अदालतले श्रमिकको विपक्षमा निर्णय दियो । जसका कारण श्रमिक वर्गमा देखा परेको खुशियाली र उमंग विना उपलव्धी टुंगिन पुग्यो ।
सन् १८६९ मा फेरि पनि यो मागलाई पुरा गराउन श्रमिकहरुले संगठित प्रयत्न गरे । फेरी पनि उद्यमीहरु यसको कार्यान्वयन नगर्ने तर्फ गएपछि श्रमिकले शिकागो शहरमा ठुलो हड्ताल गरे । यसले अन्तत िहंसात्मक रुप लियो । तरै पनि उक्त प्रतिवद्धता कार्यान्वयन हुन सकेन । यस विषयमा रिपव्लिकन पार्टर्ीभित्र धेरै छलफल भयो । अन्तत पार्टीभित्र रहेको उद्यमीको पहुच र प्रभावका कारण यो माग रिपव्लिकन पार्टीको आधारभुत नीति विपरित भएको भन्दैै ८ घण्टाको कार्य दिवस सम्पत्तीको हक विरुद्ध हुने निष्कर्ष निकालियो । यसरी रिपव्लिकन पार्टीप्रति रहेको श्रमिक वर्गको आशाको भ्रम समाप्त भयो । सन् १८७० वाट शुरु भएको आर्थिक मन्दीका कारण अमेरिकाभरी रोजगारी र पेटभरी खानाको माग गर्दै ठुला प्रदर्शनहरु हुदै थिए । १८७१ म्ाा प्रुान्समा पेरिस कम्युनको स्थापनाले पनि आन्दोलनमा प्रेरणा थप्दै थियो ।
सन १८७९ सम्म पुग्दा शिकागोमा समाजवादी आन्दोलन निकै बलियो भइसकेको थियो । अमेरिकाको स्थानिय युवा अल्वर्ट पास्रन र जर्मन प्रवाशी युवा अगस्त स्पाइस जस्ता नेताहरुले श्रमिकको बीचमा क्रान्तिकारी छवी स्थापित गरिसकेका थिए जो माक्स्रका अनुयायी थिए । माक्स्रले फेरी पनि ८ घण्टाको कार्यदिवसको लागि श्रमिक वर्ग आन्दोलित हुनुपर्ने आवश्यकतामा जोड दिए । यही उत्प्रेरणावाट सन् १८८४ मा “८ घण्टा श्रमिक लिगू” लाई पुन कि्रयाशिल बनाए र १८८६ मे १ सम्म पनि माग पुरा नभएमा श्रमिकहरु काम छाडेर आम हड्तालमा जाने घोषणा गरे । यस लिगमा अराजकतावादी क्रान्तिकारी र समाजवादीहरुको बाक्लो सहभागिता थियो । आन्दोलन शुरु हुनु ठिक अगाडी अल्वर्ट पास्रन अगस्त स्पाइस लगायत अन्य क्रान्तिकारी युवाहरुले “सेन्ट्रल लेवोर युनियनू” गठन गरे र यही युनियनको अगुवाइमा मे १ वाट आमहड्ताल शुरु गरे । हड्तालको तेस्रो दिन मे ३ मा प्रहरीको आक्रमणवाट आन्दोलनले िहंसात्मक रुप लियो । दर्जनौलाई गिरफ्तार गरियो र कैयौ घाइते भए । गिरफ्तार भएका श्रमिक अगुवालाई जेलमा राखेर मुद्दा चलाइयो । अगस्ट १९. १८८६ का दिन स्वच्छन्दतावादी (एनार्किस्ट) को आरोपमा जेलमा राखिएका श्रमिक नेताहरुमध्ये ७ जनालाई मृत्युदण्डको सजाय सुनाइयो । यसको विरुद्धमा विश्वभरका लाखौ श्रमिकले प्रदर्शन गरे । उक्त दवावपछि अन्य तिनजनालाई आजीवन जेल सजाय गर्दै चारजना अगस्त स्पाइस अल्वर्ट पास्रन एडोल्फ फिस्चर र जर्ज एन्जेललाई नोभेम्वर ११ का दिन मृत्युदण्ड दिइयो । दासतापुर्ण जीवनभन्दा मृत्यु प्यारो छ भन्ने सन्देश दिदै आजीवन जेल सजाय घोषणा गरिएकामध्ये एक लोउस लिन्गले नोभेम्वर १० मा जेलभित्रै आत्मदाह गरेर निरंकुश शासकलाई चुनौती दिए ।
आफुलाई झण्ड्याइनुभन्दा अगाडी अगस्त स्पाइसले भनेका थिए ूहामीलाई झुण्ड्याएर श्रमिक आन्दोलन रोकिन्छ भन्ने भ्रम छ भने हामीलाई फासि देउ । तर तिमिहरु स्पष्ट भए हुन्छ यो मृत्युवाट निस्किएको फििलंगो चारैतिर मुस्लो भएर फैलने छ र यसको रापवाट तिमिहरु सुरक्षित हुने छैनौ ।ू आखिर भयो पनि त्यस्तै । श्रमिक बीचको एकता सहकार्य र निरन्तर आन्दोलनले ८ घण्टाको कार्य दिवसको माग पुरा गर्न सरकार र उद्यमीलाई बाध्य पार् यो । विश्वभरका श्रमिकका लागि यो अद्धितिय उपलव्धी थियो ।
“श्रमजीवी जनताको शक्ति एकतामा हुन्छ” भन्ने उक्तीको सत्य साविती यस दिनको मुल सन्देश बन्यो । यसै क्रममा १८८९ मा सम्पन्न श्रमिकहरुको अन्तरराष्ट्रिय सम्मेलनवाट मे दिवसलाई अन्तरराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउने घोषणा गरियो । आज दुनियाभर यस दिनलाई श्रमजीवी वर्गको मुक्ती दिवसको रुपमा उच्च सम्मान र गौरवपुर्ण भावनाकासाथ मनाइन्छ ।
नेपालमा मे दिवस
अभिलेखमा पाइए अनुसार नेपालमा मे दिवसको शुरुवातका रुपमा २०३२ मा पर्चा छरेर भएको थियो । यस वर्षको मे दिवसमा पर्चा छरेको आरोपमा प्रदिप नेपाल माधव पौडेल, राजेन्द्र पाण्डे, बिर वहादुर लामा, गोपाल शाक्य लगायतलाई पचायती शासकले गिरफ्तार गरी जेल हालेको थिए । उक्त घटनाले नेपाली श्रमजीवी बीच मे दिवसको सन्देश फैलाउन सहयोग गर् यो । धेरै मानिस मे दिवसको वारेमा सुसुचित हुन पाए । संस्थागत रुपमा यस दिनलाई श्रमिकहरुको वर्गिय मुक्ति दिवसका रुपमा मनाउने काम २०३६ सालमा नेपाल स्वतन्त्र मजदुर युनियनको स्थापना भएपछि मात्र हुन थाल्यो ।
पचायत कालभर प्रजातन्त्रिक मुल्य र मान्यता स्थापनाका लागि पचायतको अन्त्यलाई मुल लक्ष्य बनाएर मनाइएको यस दिवसलाई कलकारखानाका श्रमिकको मात्र हो भन्ने बुझाइ थियो । बहुदलको स्थापनापछिका केही वर्षहरु श्रमिक वर्गको अधिकारलाई कानुनी रुपमा स्थापित गर्न श्रम कानुनको माग गर्दै र त्यसको प्राप्तीपछि कार्यान्वयनको माग गर्दै मनाइयो । पछिल्ला दिनहरुमा जसरी टे्रड युनियनको दायरा विस्तार हुदै गयो मे दिवस मनाउनेको आयतन पनि बढ्दै गयो ।विगत केही वर्षदेखि कलकारखना र खेतखलिहानमा शारिरीक श्रम गर्नेदेखि सरकारी वा अन्य कार्यालयमा रहेर मानसिक श्रम गर्ने औपचारिकदेखि अनौपचारिक क्षेत्रसम्मका सवै श्रमजीवीले यस दिवसलाई अधिकार प्राप्तीको प्रतिकका रुपमा अनुभुत गर्दै मनाउन थालेका छन् ।
२०६२-६३ को लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका नेपाली श्रमजीवी वर्गले टे्रड युनियन खोल्ने र सामुहिक सौदावाजी गर्ने अवसर पारिश्रमिक र सुविधामा समानता बालश्रम र दासतापुर्ण श्रमको अन्त्य जस्ता विषय आधारभुत श्रम अधिकारको रुपमा उठाउने गरिएको छ । प्रत्येक श्रमिकका लागि सामाजिक सुरक्षा र राष्ट्रिय श्रमिक आयोगको संवैधानिक व्यवस्थाको माग आजको श्रमिक आन्दोलनको केन्द्रीय र साझा माग बनेको छ । आजका दिनसम्म आइपुग्दा आ-आफ्ना राजनीतिक र वैचारिक आस्थालाई आफैसंग जोगाउदै श्रमिक वर्गको अधिकार रक्षाका सन्दर्भमा सवै श्रमिक संगठनहरु एक ठाउमा आउनु र एउटै आवाजमा आफ्ना विषयहरुको उठान हुनुले श्रमजीवी जनता र िसंगो नेपाली समाजको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरणको बाकी दायित्व पुरा गर्न रचनात्मक र सिर्जनात्मक बन्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।
मे दिवस २०११ को सन्दर्भमा सवैलाई हार्दिक शुभकामना ।