फुटवल विश्वमा सवैभन्दा चर्चित खेल हो । हरेक चार वर्षमा आयोजना गरिने फुटवलको वल्र्ड कप आज विश्वको आधा जनसंख्या बीच पुग्ने फिफाको भनाईले नै यसको लोकप्रियतालाई बताउदछ । विश्व प्रशिद्ध खेल वल्र्ड कपका आयोजक तथा खेलाडीहरुको अन्तरराष्ट्रिय संस्था फेडरेसन अफ इन्टरनेसनल फुटवल एसोसियन (फिफा) फुटवल खेलको विकासका साथै संस्थागत रुपमा नै आफ्नो सामाजिक दायित्वको क्षेत्रमा पनि क्रियासिल हुन थालेको छ ।
सामाजिक न्याय र मानवीय मुल्य मान्यतासहितको गतिविधि मानव समाजको आधारभुत कुरा हो र यसको लागि विश्व मानव समाजको प्रत्येक व्यक्ती वा संस्थाले सजगतापुर्वक सामाजिक दायित्व बहन गर्न सकेमा मानव समाज थप मर्यादित र सम्मानीत हुनेछ भन्ने अनुभुतीका साथ सामाजिक क्षेत्रमा फिफाको चासो अरुका लागि पनि सकारात्मक सन्देश हुन सक्दछ ।
यही अनुभुतकासाथ फिफा विगत केही समयदेखि फुटवलको विकाससंगै आफ्नो सामाजिक दायित्वको क्षेत्रमा पनि सहभागि हुदै आएको छ । फुटवलको लोकप्रियतासंगै यस सम्बन्धित क्षेत्रलाई थप मानवीय, सम्मानीत र मर्यादित बनाउने सन्दर्भमा संस्थागत सामाजिक दायित्व (सिएसआर) अन्तरगत ंिसंगो आम्दानीको एक प्रतिशत रकम लगानी गर्दै आएको छ भने यस क्षेत्रसंग सम्बन्धित जनशक्तीको आधारभुत मानव अधिकार सुनिश्चित गर्ने अभियानमा पनि यसले साथ दिदै आएको छ ।
श्रम अधिकार र फिफा
सन् २००२ को वल्र्ड कपलाई लक्ष्यित गरेर १९९७ वाट नै फुटवल र फुटवल खेलसंग सम्बन्धित अन्य सामग्री उत्पादन गर्ने ठाउलाई बालश्रम मुक्त बनाउने मागसहित आयोजित अभियानले पहिलो पटक फिफालाई श्रम अधिकारको क्षेत्रमा सहकार्य गराएको थियो । पाकिस्तान र भारतमा उत्पादन गरिने फुटवल सिलाउने काममा बालश्रमको अधिक प्रयोग गरिने कुरालाई लक्ष्यित गरी थालिएको यो अभियानले बालबालिका माथि हुदै आएको श्रम शोषणको विरुद्ध विश्वव्यापी रुपमा चेतना अभिबृत्ती गर्ने क्रममा ५५ करोड मानिसको सहभािगता रहेको अनुमान गरिन्छ । जसले श्रमक्षेत्रमा हुने वालश्रक शोषणको विरुद्ध विश्व जनमत तयार गर्ने काम ग¥यो ।
२००६ मा जर्मनीमा आयोजित वल्र्ड कपको सन्दर्भमा गार्मेण्ट क्षेत्रमा रहेका श्रमिकमाथि भइरहेको शोषणको अन्त्य गर्ने अभियान चलाइयो । श्रम शोषण गरी उत्पादन गरिएको “स्पोर्टस्वेयर” को प्रयोग नगर्न र वल्र्ड कपसंग सम्वन्धित पुर्वाधार निर्माण र सेवा—सुरक्षामा संलग्न श्रमिकको आधारभुत अधिकारको सुनिश्चितताको लागि टे«ड युनियन लगायत श्रम सम्बन्धि संघसंस्थाले फिफालाई आग्रह गरेका थिए । फलस्वरुप निर्माण, सुरक्षा, आपुर्ती र अन्य सेवा सम्बन्धि करार प्रक्रियामा श्रम मापदण्डलाई समावेस गरियो । जुन श्रम अधिकारको दृष्टिकोणवाट रणनीतिक उपलव्धी हो । त्यसैगरी, स्पोर्टस्वेयर कम्पनीमा श्रमिकको कार्यावस्थामा सुधार भयो भने कोकाकोला लगायतका क्षेत्र, जहा लामो समयदेखि सामुहिक सम्झौता अस्विकार गरिएको थियो, सम्झौता हुन थाल्योे र निर्माण क्षेत्रमा संगठन विस्तारको काममा झण्डै एकतिहाइले बृद्धी हुन पुग्यो ।
२०१० मा दक्षिण अफ्रिकामा आयोजित वल्र्ड कपसम्म आइपुग्दा निर्माण क्षेत्रको ग्लोवल युनियन “विल्डिक एण्ड उड वर्कर्स इन्टरनेसनल” को पहल र स्थानिय युनियनको अगुवाइमा “डिसेण्ट वर्क टुवार्ड एण्ड वियोण्ड २०१० (मर्यादित काम, २०१० र त्यसपछि पनि) अभियान सञ्चालन गरियो । कतिपय निर्माणस्थालमा श्रम मापदण्ड र कन्ट्रयाक्टमा उल्लेखित व्यवस्था कार्यान्वयन नहुदा हड्ताल समेत भए । अन्ततः फिफा समेतको मध्यस्थतामा श्रमिकहरुले सम्मानजनक व्यवहार र आधारभुत श्रम अधिकार प्राप्त गरे । साथै, वल्र्ड कपको समयमा श्रमिकका लागि चालिस हजार फ्रि टिकट समेत उपलव्ध गराइएको थियोे ।
२०१४ को वल्र्ड कप ब्राजिलमा हुदैछ । त्यहा पनि निर्माण क्षेत्रका श्रमिकहरु मर्यादित श्रम अभ्यासको लागि क्रियासिल छन् । भरखरै फिफाको मुख्यालय, जुरिचमा भएको वैठकमा टे«ड युनियन र फिफा वीच भएको छलफलमा व्राजिलमा रहेको वल्र्ड कप आयोजक कमिटी (लोकल अर्गनाइजिङ कमिटी) र युनियन बीच छलफलको लागि फिफाले पहल गर्ने सहमती भएको छ ।
यसरी फिफाले खेललाई थप मर्यादित बनाउने सन्दर्भमा वल्र्ड कप सफल पार्नै काममा संलग्न श्रमिकका लागि मर्यादित श्रम अभ्यासको सुनिश्चित गर्ने कामप्रति देखाएको चासो र पहल प्रशंसनीय बन्दै गएको छ ।
प्रवाशी श्रमिक र अन्तरराष्ट्रिय चासो
२०२२ को वल्र्ड कप कतारमा हुने टुंगो भएको छ । विश्व समुदायलाई थाहा छ कतारको कुल श्रमशक्तीको ९० प्रतिशत भाग प्रवाशी श्रमिकले ओगटेको छ भने निर्माण क्षेत्रमा कार्यरत ९९ प्रतिशत श्रमिक प्रवाशी छन् । कतारमा कार्यरत श्रमिकले अहिले पनि कानुनतः टे«ड युनियन अधिकार पाएका छैनन् । आइएलओले घोषणा गरेको आधारभुत श्रम मापदण्ड अनुसार टे«ड युनियन खोल्न पाउने, सामुहिक सौदावाजी गर्ने र समान पारिश्रमिक र सेवा सुविधा प्राप्त गर्ने सम्बन्धि अधिसन्धिहरु ८७, ९८ र १०० कतार सरकारले अझै अनुमोदन गरेको छैन ।
यो परिवेसमा हुन गइरहेको वल्र्ड कपका लागि आवश्यक पुर्वाधारको निर्माणकासाथै तयारीको अन्य काममा प्रयोग हुने खास गरी प्रवाशी श्रमिकको श्रम शोषण हुने कुरा सहज अनुमान गर्न सकिन्छ । तसर्थ उनीहरुको मर्यादित कामको अधिकार सुरक्षित गर्ने सन्दर्भमा अन्तरराष्ट्रिय टे«ड युनियन आन्दोलनले चासोपुर्वक अभियान थालेको छ ।
यही प्रक्रिया अन्तरगत गत नोभेम्वर १७ मा आइटियुसीको महासचिवसंग फिफा मुख्यालय जुरिचमा भएको छलफलपछि फिफाका महासचिवले आफ्नो प्रेस वक्तव्यमा भनेका छन् “फिफा र आइटियुसीले श्रमिक अधिकार सुनिश्चितताको लागि कतारको सन्दर्भमा आगामी महिनामा सम्बन्धित निकायसंग संयुक्त पहल गर्ने र भविष्यमा वल्र्ड कपको लागि स्थान चयन गर्दा आधारभुत श्रम अधिकारलाई पनि मापदण्डको रुपमा समावेस गर्ने सहमती भएको छ ।” फिफाको वेवसाइडमा उल्लेख छ ।
वक्तव्यमा अगाडी भनिएको छ “विश्वमा सवैभन्दा लोकप्रिय खेलको विश्व संगठनको रुपमा फुटवलको विकासभन्दा पर पनि यसको दायित्व छ । आधारभुत मानव अधिकार र अन्तरराष्ट्रिय रुपमा स्थापित मान्यता अनुरुपको व्यवहारलाई प्रोत्साहन गर्नु फिफाको सिद्धान्त र गतिविधिको अभिन्न अंग हुन आउदछ ।”
यो पहललाई निरन्तरता दिने क्रममा गत फेव्रुअरी ७ (माघ २५) का दिन फिफा मुख्यालयमा दोस्रो चरणको वैठक भयो । आइटियुसी, विडव्लुआई, जिफण्ट र आइएलओसहितको सहभागितामा भएको वैठकमा कतारमा कार्यरत श्रमिकको अधिकार सुनिश्चित गर्दै वल्र्ड कपलाई थप मर्यादित बनाउने सन्दर्भमा सहकार्य गर्ने सहमती भएको छ । वल्र्ड कपको लागि बनाइने स्टडियमदेखि आवश्यक पुर्वाधार निर्माण र अन्य सेवा सुरक्षामा संलग्न श्रमलाई मर्यादित बनाउने प्रक्रियालाई अगाडी बढाउन वल्र्ड कप आयोजनाका लागि कतारस्थित बनेको सुप्रिम कमिटी र आइटियुसी बीच छलफलको लागि फिफाले पहल गर्ने समेत सहमती भएको छ ।
स्मरणीय छ, कतारस्थित वल्र्ड कप आयोजक कमिटीका अध्यक्ष तथा सुप्रिम कमिटीका महासचिवले जनवरी दोस्रो हप्तामा बक्तव्य मार्फत अन्तरराष्ट्रिय श्रम मापदण्डलाई सम्मान गर्ने जानकारी गराएका छन् ।
प्रवाशमा नेपाली श्रमिक र हाम्रो दायित्व
२०२२ मा हुने वल्र्ड कपलाई लक्ष्यित गरेर कतारले थप जनशक्ति लिन थालेपछि वैदेशिक रोजगारमा जाने नेपाली प्रवाशी श्रमिकको पहिलो गन्तव्य मुलुक कतार बनेको छ । वल्र्ड कपसंग सम्बन्धित रहेर कतारमा दिनानुदिन श्रमिकको माग बढ्दोछ । अनि, अरुको तुलनामा नेपालीहरुको छवी मेहनती, इमान्दार र सस्तो भएको र हाम्रो मुलुकमा बढ्दो वेरोजगारीको अवस्थाले पनि आगामी एक दशकमा लाखौ नेपालीहरु कतार पुग्ने कुरा सहज अनुमान गर्न सकिन्छ ।
प्रवाशी श्रमिकको अधिकार रक्षाको लागि अन्तरराष्ट्रिय जगतले चिन्ता र चासो लिइरहेको समयमा आफ्नो नागरिकको अधिकार रक्षाको लागि हामी नेपालीको पनि दायित्व हुन्छ र हुनुपर्छ । यस सन्दर्भमा नेपाल सरकार, श्रमिक आन्दोलन, नागरिक समाज र सञ्चार जगतले समेत समन्वयात्मक रुपमा भुमिका निर्वाह गर्न सके प्रवाशी नेपाली श्रमिकको अधिकार प्राप्तीको यस अभियानले थप उपलव्धी प्राप्त गर्न सक्नेछ । हरेक देशमा काम गर्ने श्रमिकले सम्बन्धित देशको श्रम कानुनलाई सम्मान गर्नु पर्दछ भन्ने कुरामा कसैको दुई मत छैन ।
यसैगरी आइएलओले तय गरेको आधारभुत श्रम मापदण्डलाई सम्मान गर्दै कार्यान्वयन गर्ने दायित्व पनि सवै सदस्य राष्ट्रको हुन्छ । यही आधारमा कतारमा काम गर्ने सवै श्रमिकले आइएलओले तय गरे अनुसारको आधारभुत श्रम अधिकार उपभोग गर्न पाउनु पर्दछ । यसको लािग अन्तरराष्ट्रिय जगतको दवाव आफ्नो ठाउमा होला । तर, हाम्रो देशको नागरिकलाई काम गर्न पठाउदा गरिने श्रम सम्झौता र करारपत्रमा यी विषयलाई समावेस गर्नका लागि हाम्रो सरकार र सम्बन्धित निकायले पहल गर्नै पर्दछ ।
त्यसैगरी आफ्नो देशको श्रमिकले जहा श्रम गरे पनि मर्यादित श्रम अभ्यास र आधारभुत अधिकारको सुनिश्चितताका लागि टे«ड युनियन आन्दोलन र नागरिक समाजले प्रवाशी श्रमिकलाई अधिकारको वारे सचेत पार्ने र संगठित गर्ने, नीति—नियम निर्माणको लागि सरकारलाई आवश्यकता अनुसार दवाव दिने र सहकार्य गर्ने अनि अन्तरराष्ट्रिय आन्दोलन मार्फत सम्बन्धित देशको सरकारलाई समेत दवाव दिने दायित्व निर्वाह गर्नुपर्दछ ।
यी सवै प्रक्रियाको वारेमा खास गरी प्रवाशी श्रमिक, उनीहरुको परिवार र सिंगो समाजलाई सुसुचित गर्ने काममा सञ्चार माध्यमको सिर्जनात्मक र रचनात्मक भुमिका त्यत्तिकै महत्वपुर्ण हुनेछ । “श्रमजीवी वर्गको शक्ति एकतामा हुन्छ ।” भन्ने कुरालाई मन—मष्तिस्कमा राखि विदेशी भुमिलाई आफ्नो रगत र पसिनाले सिंचन गरिरहेका प्रवाशी श्रमिकले सवैभन्दा पहिला म श्रमिक हु र श्रमिकको हक—हितको लागि “एकले सवैलाई—सवैले एकलाई” भन्ने वर्गिय भावनासहित सम्बन्धित मुलुकको कानुन, संस्कार र संस्कृतीलाई समेत ध्यान दिदै होशियारीपुर्वक दह्लिो एकता र सहयोगको वातावरण बनाउन सके कार्यावस्थामा सुधार हुन सक्नेछ ।
“तातेको फलाममा हिर्काउदा मात्र चाहेको आकार दिन सकिन्छ” भने झै अहिले वल्र्ड कपको कारण विश्व जनमत कतारमा कार्यरत प्रवाशी श्रमिकको अधिकारको पक्षमा देखिएको वेला हामी सवैले आ—आफ्नो ठाउवाट होस्टेमा हैसे गर्न सकेमा नतिजा सकारात्मक आउन सक्छ । यसको लागि सवैले पहल गरौं ।
फागुन २०६८
Wordfile: फिफाबाट सिकौं
http://www.ekantipur.com/nep/2068/12/9/full-story/344705.html