श्रमिक खवर नेपाली श्रमजीवी वर्गले स्वामित्व अनुभुत गरेको आफ्नो प्रकाशन हो । नेपाली टे«ड युनियन आन्दोलनको इतिहासमा नियमित रुपमा प्रकाशित भएको सायद यो नै सवैभन्दा पुरानो प्रकाशन पनि हो । २०४६ सालमा जिफण्टको स्थापनापछि २०४६ सालको आन्दोलनको सफलतासंगै शुरु भएको यो प्रकाशनको स्थापनाकालदेखि नै अपसेट छापाखानामा छापिदै आएको छ ।

प्रकाशनले आफ्नो ९९औं अंक पार गरिहदा यसले समेटेका सामग्री, साजसज्जा, लेखन शैली, लेखक सहभागितामा समयसापेक्षता परिवर्तन हुदै गएको अनुभुती गर्न सकिन्छ । यसपटक विगत २५ अंकको वारेमा समिक्षा गरिदैछ ।

यस प्रकाशनले आवरण कथाको रुपमा मुलत श्रम वजारसंग सम्बन्धित विषयहरुलाई प्रस्तुत गर्दै आएको छ । श्रमिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने विषयहरु राष्ट्रिय राजनीति, समाजमा विद्यमान द्धन्द्ध, शान्ति, संविधान लगायतका विषयमा पनि समयसापेक्ष रुपमा आवरण कथा बनाउने कामले श्रमिकहरुलाई समसामयकि विषयमा जानकारी राख्न आफ्रनै प्रकाशनले सहयोग पुग्ने अवस्था हुनु प्रशंसनीय कुरा हो । समाजमा विद्यमान द्धन्दका सन्दर्भमा वर्ग प्लस तिनको व्याख्या गर्दै आएको महासंघले आफ्नो प्रकाशनको आवरण कथासंग जोडिएका विषयहरुलाई प्लस तीन अर्थात फरक समुदायको दृष्टिकोणवाट समेत गरिएको विश्लेषण राख्न सकेमा अवको आन्दोलनको मुल पक्ष आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा सहयोग नै पु¥याउनेछ भन्ने लाग्छ ।

अझ श्रमको संसारसंग जोडिएका कतिपय विषयहरुमा विषय विज्ञहरुको सहभागितामा अन्तरक्रियात्मक वहस गरी कार्यक्रममा अभिव्यक्त विचारलाई श्रमिक खवरले आफ्नो आवरण कथाको विषय मार्फत आम श्रमजीवीको बीचमा पु¥याउने कुरा आफैमा मौलिक  शुरुवात हो । विभिन्न अंकमा यसलाई महत्वकासाथ समावेस गरिनु श्रमजीवीभन्दा फराकिलो दायरामा यस प्रकाशनलाई पु¥याउन समेत सहयोगी बन्न सक्दछ ।

आलोपालो स्तम्भ अन्तरगत अतिथि लेखकको रुपमा राजनीतिज्ञ, पत्रकार, विषय विज्ञ लगायतका क्षेत्रवाट सहभागिता रहेको छ । यस कोलम अन्तरगतका लेखनहरु निकै सान्दर्भिक हुनुकासाथै पाठकहरुलाई भिन्न स्वाद दिन पनि सफल छ । अन्तिमका २५ अंक मात्र हेर्दा पनि  झण्डै दर्जनमाथिको संख्यामा रहेका अतिथि लेखकहरुका फरक दृष्टिकोण, सोच र शैली आम श्रमिक बीच पस्कदा यसले पाठकमा नया स्वादको अनुभुती दिन सक्नु स्वभाविकै हो ।

“श्रमिक” स्तम्भ श्रमजीवी जनताको बीचमा सर्वथा रुचाइएको विषय हो भन्ने अनुमान गर्न सकिन्छ । यसमा एउटा श्रमिकको जीवन कसरी गुज्रदै यहासम्म आइपुगेको छ र उसमा रहेको आशावादिता, निरन्तरता र संगठनमा आवद्धताले कसरी जीवनलाई परिवर्तन गर्न र मर्यादित बनाउन सहयोग मिलेको छ भन्ने कुरा अनुभुत गराउदछ । यस प्रकाशनको पछिल्ला अंकहरुमा श्रमिक स्तम्भ जेण्डर सन्तुलनको दृष्टिकोणवाट न्याय गरेको छ भन्न सकिन्छ । चुलाचौका छाडेर आत्मनिर्भरताको वाटो पक्रदै श्रमजीवी वर्गको बल एकतामा हुन्छ भन्ने विश्वास संगालेर अगाडी बढेका श्रमिक महिलाको कथाले विभिन्न क्षेत्रमा रहेर संघर्षपुर्ण जीवन बाचीरहेका महिला श्रमिकमा आट र उत्साह भर्न सहयोग पु¥याएको हुनुपर्दछ ।

अन्तरराष्ट्रिय कोलम स्थानिय रुपमा धेरैका लागि उपयोगी हुन सक्दछ । विगत ६ वर्षदेखि जिफण्ट आफै अन्तरराष्ट्रिय टे«ड युनियन महासंघ आइटियुसीमा आवद्ध रहेको अवस्थामा यो कोलमको महत्व अझै बढेको छ । विश्वमा टे«ड युनियन आन्दोलन र गतिविधिको वारेमा थोरै नै भए पनि नेपाली श्रमिक वर्गमा यसले जानकारी दिन सहयोग गर्दछ । यो कोलम “विश्वका श्रमिक एक होऔ” भन्ने भावनालाई थोरै नै भए पनि उजागर गर्न सहयोगी बनन सक्छ ।

नेपालको सिंगो श्रमशक्तिको झण्डै २० प्रतिशत श्रमिकहरु मुलुक वाहिर प्रबाशी श्रमिकका रुपमा क्रियासिल भए पनि यो अझै भरपर्दो र सुरक्षित हुन सकेको छैन । त्यहा गएका श्रमिकहरुले भोगको दुख र पिडाका कथा अनि सुरक्षित हुन अप्नाउनु पर्ने सतर्कताको वारेमा यसले नेपाली श्रमिकलाई जानकारी गराउने काम गर्दै आएको कुरा महत्वपुर्ण मान्न सकिन्छ । तर, विडम्बना लोकतन्त्रको स्थापनापछि वाहिर जाने श्रमिकको चाप बढेको छ, समस्याहरु पनि त्यही रुपमा बढ्दोछ । पछिल्लो अवधिमा प्रवाशी श्रमिकको रुपमा अझ महिलाको सहभागिता बढ्दो हुनु एउटा पक्ष छ भने त्यसको महत्वपुर्ण अंश गैर कानुनी बाटोवाट गएर भोगेका दुख र पिडाहरु सुनिनसक्नु छ । अर्कातिर अभरमा परेका ती श्रमिकलाई संगठित, सहयोग र उद्धार गर्ने काममा सहभागि भएर ति दुखेका घाउहरुमा सकेको मलहम लगाउने सन्दर्भमा नेपाल टे«ड युनियन महासंघको कामको आयतन र चाप बढेको छ । तर, श्रमिक खवरमा भने यस सम्बन्धि कोलमले निरन्तरता पाउन नसक्नु राम्रो कुरा होइन । यसलाई आगामी दिनमा गम्भिरतापुर्वक ध्यान दिनु पर्दछ ।

पछिल्ला अंकहरुमा महासंघको पुर्व अध्यक्ष तथा वर्तमान राष्ट्रिय प्रतिनिधि परिषदको प्रमुख मुकुन्द न्यौपानेको संस्मरण लेखनले हरेक युनियनकर्मीलाई राजनीतिक आन्दोलन कसरी अगाडी बढ्छ र चुनौतीपुर्ण घडीहरुलाई कसरी सामना गर्नुपर्दछ भन्ने व्यवहारिक ज्ञानमा आधारित शिक्षा दिन सक्दछ । यसले धेरै युनियनकर्मीलाई आफ्नो विगतलाई सम्झदै संघर्षमय दिनका अनुभव र अनुभुतीहरुलाई समेत लिपिवद्ध गर्न प्रेरित गर्न सक्यो भने श्रमिक आन्दोलनको इतिहास अरु सवल र सम्पन्न हुदै जाने छ । इतिहास जसको हातमा कलम छ, उही वर्गको पक्ष र हितमा लेखिन्छ भन्ने कुरा हामि सवैले जानेका छौ । त्यसो हुदा श्रमिक आन्दोलनलाइृ जीवनत् बनाउन टे«ड युनियनकर्मीको जीवनी र आन्दोलन बढी भन्दा बढी दस्तावजीकरण हुनु जरुरी छ । कमरेड मुकुन्दको संस्मरणले धेरै श्रमजीवी र पाठकहरुलाई यसरी पनि सोच्न प्रोत्साहित गर्न सकेमा यो कोलम थप उपलव्धीमुलक भएको ठहर्नेछ ।

अभियान र गतिविधि स्तम्भले जिफण्टको गतिशिलतालाई प्रतिविम्बित गर्दछ । यस किसिमको समाचार लगायतका विषयले आम रुपमा युनियनको सिर्जनसिलता र रचनात्मकता समेतलाई झल्काउने काम गर्दछ । यस क्रममा कार्यक्रममा महिला सहभागिता मात्र होइन, महिला केन्द्रीत कार्यक्रम र महिला बहुल क्षेत्रमा युनियन विस्तार र विकासको क्षेत्रमा यथेष्ट काम भएको अनुभुती श्रमिक खवर पढ्दा  गर्न सकिन्छ । श्रमिकहरु बीच मनाइने सवै परम्परागत दिवसको साथमा यस विचमा महिला विरुद्ध हुने हिंसालाई श्रमिक महिलासंग सम्बन्धित गरेर मनाउन थालिनु अर्को राम्रो पक्ष हो यद्यपी यी सवै अभियान र गतिविधिले युनियनको सदस्यता विस्तार र कार्यकर्ताको क्षमता विकासमा कस्तो असर पार्न सक्यो ? विश्लेषण हुनुपर्दछ ।

जेण्डर दृष्टिकोणवाट हेर्दा आवरण कथाको वारेमा माथि नै भनि सकिएको छ । यसैगरी अन्तरक्रियात्मक कार्यक्रम गरी समावेस गरिएको सामग्रीको सन्दर्भमा महिला सहभागिताको दृष्टिले हामी दुई ठाउमा चुक्यौ की भन्ने लाग्दछ । एउटा छलफलमा महिला सोच र अवधारणाको अनुपस्थित र अर्को तिनै विचारलाई प्रकाशनमा समेत राख्दा यता पनि खाल्डो देखिनु स्वभाविक हुदो रहेछ । आगामी दिनमा यस पक्षमा अलि ध्यान पु¥याउन सक्दा संस्थाको जेण्डर सचेतनाको अवस्थामा समेत सकारात्मकता देखिनेछ ।

प्रकाशनको सयौ अंक पुग्दा पनि आलोपालो कोलम अन्तरगत एक पटक पनि महिलाको पालो नआउनु र लेखिएका विषयमा पनि ज्यालामा विभेद सम्बन्धि एउटा लेख वाहेक अन्यत्र जेण्डर दृष्टिकोणवाट विश्लेषण नभएको कुराले अलिकति ध्यान तान्दो रहेछ । समाजसंग सम्बन्धित जति पनि विषयहरु छन्, ति सवै क्षेत्रमा महिलाहरु पनि रहेका छन् र उनीहरुमा भएको क्षमता, दक्षता र दृष्टिकोणलाई पनि श्रमजीवी वर्गको विचमा पस्कन सक्दा यसले केही थप नया अनुभुति दिन सक्दछ । यस सन्दर्भमा पछिका दिनहरुमा ध्यान दिन सक्दा दुवै पक्षलाई फाइदा हुन्छ भन्ने लाग्दछ ।

अभियानको पाटोले अलि बढी ध्यान केन्द्रीत गरेको छ । महिला सहभागिताको सन्दर्भमा सायद नेपाल टे«ड युनियन महासंघ पहिलो संस्था हो, जसले संसदवाट पारित गरिएको कम्तिमा एकतिहाइ महिला सहभागिताको प्रस्तावलाई औपचारिक रुपमा आफ्नो नीतिमा समावेस गर्दै व्यवहारिक रुपले अंगिकार गर्न शुरुवात ग¥यो । अहिले गर्वकासाथ भन्न सकिन्छ जिफण्टको सिंगो संरचनामा एक तिहाई महिला सहभागिता रहेको छ । यसलाई कार्यथलोका युनियनदेखि सदस्यसम्म पनि विस्तार गर्नुपर्दछ भन्ने प्रतिवद्धता पनि छ । यसको लागि महिला नेताहरुले पुरुष नेताहरु संगसंगै स्थानिय तहमा रहेको महिला सहभागिता, समस्या र अवस्था हेर्न, बुझ्न र जान्न जरुरी छ । त्यसो भयो भने मात्र भोलि बनाउने नीति र कार्यक्रममा उक्त विषयमा छलफल गर्दै समस्या समाधानको उपाय पहिचान र त्यसको कार्यान्वयनमा पनि महिलाहरु सहभागि हुन सक्दछन ।

तर, २०६७ मा केन्द्रीय योजना अन्तरगत गरिएको केन्द्रीय टिम परिचालनलाई हेर्ने हो भने देशभरका लागि झण्डै अढाइ दर्जन नेताहरुलाई जिम्मेवारी दिएर परिचालन गर्ने क्रममा दुई जना मात्र महिला पर्नु विडम्बना नै भन्नु पर्दछ । यसमा महिला नेतालाई पनि विश्वासका साथ काममा जिम्मेवारी दिने र अवसर अनि लगनसिलताले क्षमता विकास गर्छ भन्ने किसिमले आत्मविश्वास बढाउदै परिचालन गर्ने कुरामा पुरुष नेतृत्वले ध्यान दिनै पर्छ । साथै, महिला नेताहरुले पनि कमिटीमा बसेर मात्र नेता पनि होइदैन र दायित्व पनि पुरा हुदैन, नेतृत्वको रुपमा स्थापित हुन भुमिका पनि निर्वाह गर्नु पर्दछ भन्ने कुरालाई आत्मसात गर्नु जरुरी छ । त्यसका लागि महिलालाई कम्तिमा नेतृत्वमा रहेको अनुपातमा दायित्व पनि दिइयोस भनेर माग गर्दै तयार हुनुपर्दछ । आखिर काम भनेको गर्दै जादा सिकिदै जाने कुरा हो । तर, परिचालनको त्यो रिपोर्ट पढ्दा त्यस्तो अनुभुत हुदैन । यसमा नितान्त सुधारको आवश्यकता छ ।

यस सन्दर्भमा सवैभन्दा बढी ध्यान मुल नेतृत्वले दिनुपर्ने त छदैछ । महिला नेताहरुले पनि तत्परता देखाउन र आवश्यक परे महिला भुमिकाका लागि हस्तक्षेपकारी भुमिकाको लागि समेत तयार हुनुपर्दछ । जिफण्टको संरचनामा रहेको एकतिहाइ महिला सहभागिता अनि महिला केन्द्रीत गतिविधि र अभियानको प्रभाव युनियनको विकास, विस्तार र नेतृत्व विकासमा कस्तो रह्यो भन्ने कुराको अव छुट्टै विश्लेषण जरुरी छ ।

श्रमिक खवरको अघिल्ला अंकहरुमा “जेण्डर” स्तम्भ रहदै आएको पाइन्छ । यस स्तम्भ अन्तरगत महिला—पुरुष दुवैको कलम चल्नुले यो सवैको साझा विषय हो भन्ने रुपमा स्थापित हुदै आएको कुरा ९०औं अंकसम्म आइपुग्दा अनुभुत गर्न सकिन्छ । जेण्डर सम्बन्धि विषयमा पुरुषहरुको हस्ताक्षर र त्यमसा पनि अझै पुरुषप्रधान मानसिकता त्यागी नसकेको समाजमा पुरुषको कलमवाट नै महिलावादको वारेमा लेखिनु संगठनको सोचमा भएको परिवर्तनका रुपमा लिन सकिन्छ । तर, जवदेखि जिफण्टको संरचनामा एकतिहाइ महिला सहभागिता भयो, त्यसपछिका अंकहरुमा यो स्तम्भले नै निरन्तरता नपाउनु दुखको कुरा हो । यस विषयमा ध्यान दिनु जरुरी छ ।

अर्को पक्ष महिला हस्ताक्षरको आखावाट हेर्दा पनि श्रमिक खवरको पछिल्ला अंकहरुमा यसले निरन्तरता पाउन सकेको छैन । युनियनमा महिला सहभागिता बढ्दै जाने र यसका प्रकाशनमा महिला हस्ताक्षर हराउदै जाने कुरा ९०औ अंकभन्दा पछाडी दुईवटा अंकमा मात्र महिला हस्ताक्षर रहनु चित्त बुझाउन मिल्ने कुरा होेइन । यी विषयहरुले एउटा प्रश्न जन्माइदिएको छ की भौतिक उपस्थिति मात्र सम्बन्धित क्षेत्रको काममा निरन्तरता र विकास हुदो रहेनछ । यसको लागि उनीहरुको निरन्तर क्षमता विकास, पहलकदमी र भुमिका निर्वाहमा दायित्व बोध गराउने कुरामा अझै ध्यान दिनु जरुरी छ । जनताको बहुदलिय जनवादमा विश्वास राख्ने संस्थाले “पहलकदमी र प्रतिस्पर्दावाट श्रेष्ठता” को विधिवाट नेतृत्व स्थापित हुने कुरामा अलि बढी ध्यान दिनु जरुरी होला ।

श्रमजीवी वर्गको शक्ति एकतामा हुन्छ, युनियनको शक्ति सदस्य संख्यामा हुन्छ भन्ने कुरा विश्व टे«ड युनियन आन्दोलनले स्विकार गरेको कुरा हो । अनि आजको दुनियामा महिलाहरु समाजको आधा जनसंख्या मात्र होइनन, आधा श्रमशक्ति पनि हुन् । त्यसैले युनियनमा महिला सहभगिताको अनुपातले युनियनको शक्तीको समेत पहिचान गर्दछ । यस कुरामा जिफण्ट सहमत र स्पष्ट छ । जसका कारण, आफ्नो संरचनामा एकतिहाइ महिला सहभागिता गराउनुका साथै महिला केन्द्रीत कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा सवैका अगाडी जगजाहेर छ । तर पनि, महिला नेतृत्व विकास, टिकाउ र परिचालनमा अझै सन्तोषको सास फेर्ने वेला भएको छैन भन्ने कुरा श्रमिक खवरका विभिन्न अंकहरु पढ्दा पनि अनुभव गर्न सकिन्छ ।

अन्तमा, मुलुकमा गणतन्त्र आएको छ । गणतन्त्र भनेको जन्मका आधारमा सिर्जना हुने सवै विशेष अधिकारहरुको अन्त्य हुनुका साथै सवै नागरिकको विना भेदभाव सवै क्षेत्रमा समान अधिकार सिर्जना गर्नु पनि हो । तर, नेपाली जनताको कठोर संघर्षले प्राप्त गरेको राजनीतिक अधिकारहरु हरेक पटक संस्थागत हुने बिन्दुमा पुगेर टुट्ने गरेको छ ।

अन्तिम पटक पनि त्यही हुन पुग्यो । गणतन्त्रलाई संविधान मार्फत संस्थागत गरिने अपेक्षा राखेको दिन संविधानसभा आफै विघटन हुन पुग्यो । समाजमा पछाडी पारिएका श्रमजीवी वर्ग, लिंग, जाती र क्षेत्रले अपेक्षा गरेको अधिकारले पनि संवैधानिक हैसियत पाउन सकेन । आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको पाटोेले गति लिन सकेको छैन । सामन्तवादी र पुरुषप्रधान मुल्य, मान्यता, सोच, मानसिकता र व्यवहारमा अझै केही सुधार भए पनि गुणात्मक फड्को मार्न सकेको छैन । जसको परिणती केही निश्चित जाती र महिलाहरु अझै पनि समाजमा समान हैसियतको नागरिकका रुपमा स्विकृत हुन पाएका छैनन् । राज्य, राजनीतिक नेतृत्व, सामाजिक आन्दोलनदेखि समुदाय र घरपरिवारसम्म पनि अझै खास जाती र लिंगको भएकै कारण भोग्नुपर्ने विभेद र खप्नु पर्ने पिडाको अन्त्य भएको छैन ।

यो परिवेसमा समाज रुपान्तरणको वाहकका रुपमा चिन्हित भएको श्रमजीवी वर्गले परिवर्तनको अगुवाइमा पहल गर्नु आवश्यक छ । कम्तिमा पनि हरेक टे«ड युनियनकर्मीले आफ्नो मानसिकता, सोच र व्यवहारलाई जेण्डर दृष्टिकोणवाट न्यायिक बनाउदै आफ्नो कार्यथलो, युनियन, सहकर्मीदेखि परिवारसम्मका मानिसलाई क्रमश परिवर्तनको दिशामा प्रोत्साहित गर्न सके सामाजिक सास्ंकृतिक रुपान्तरणमासमेत योगदान पुग्नेछ । जातीय रुपमा रहदै आएको विभेदको अवशेषलाई हटाउन सके सिंगो समाजको मर्यादा माथि उठ्नेछ।

यस पक्षमा आगामी दिनमा श्रमिक खवरको मात्र होइन, यसका सवै पाठकको समेत ध्यान जान सकोस भन्ने कामना गर्दछु । साथै नेपाली श्रमिकहरुको आफ्नो प्रकाशन श्रमिक खवरको १००औ अंक प्रकाशित हुदै गरेको सन्दर्भमा यसको न्यायीक सफलता, निरन्तरता र गुणात्मकताको लागि हार्दिक वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।

2069, bhadra

Sramik khabar-100