विश्वका विभिन्न मुलुकका नागरिकहरु महिलामुक्ति र समानताको वारेमा सचेत हुदै घरेलु दासताविरुद्ध संगठित रुपमा आन्दोलन चर्काउदै थिए । यो प्रक्रिया अगाडी बढी नै रहेको अवस्थामा पहिलो विश्व युद्धको समाप्तीसंगै १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसले दुनियामा एउटा नया युगको शुरुवात गरिदियो । पछि दोस्रो विश्व युद्धको समयमा धेरै पुरुषहरु युद्धमा गएपछि उद्योग व्यवसायमा श्रमिकको अभाव हुन थाल्यो । यो अभाव महिलाहरुका लागि उत्पादनको क्षेत्रमा प्रवेश गर्ने एउटा अवसरको रुपमा देखा प¥यो र पुरुषको मुख्य थलोको रुपमा रहदै आएको औद्योगिक क्षेत्रमा महिला सहभागितामा बृद्धी भयो । यता युद्धको अन्त्यसंगै औद्योगिक देशका ति श्रमिकहरु सचेततापुर्वक संगठित हुन र अधिकार प्राप्तीको लागि आन्दोलित हुन थाले । यही क्रममा महिला श्रमिकहरुसमेत श्रमिक संगठनमा सहभागि हुने र समान अधिकारको आवाज उच्च बनाउने क्रम बढ्न थाल्यो ।
श्रमिक आन्दोलनभित्र फरक दृष्टिकोणका कारण शुरुदेखि नै विवाद र विभाजन रहदै आएको थियो । एउटा धार वर्गसंघर्षको माध्यमवाट अधिकार प्राप्त गर्न सकिन्छ र यसका लागि थिचिएका र हेपिएका सवै समुहका नागरिकलाई एउटै संगठनमा संगठित भएर वर्गिय लडाइ लड्नुपर्दछ भन्ने दृष्टिकोण राख्दथ्यो । वर्ग संघर्षको पक्षपाती यस धारले संघर्षको हरेक मोडमा महिलामाथिको शोषण र दमनको वारेमा पनि छलफल गर्ने र उनीहरुलाई पनि संगठित गर्ने काम गर्न थाल्योे ।
दोस्रो धार वर्ग संघर्ष होइन, श्रमिक र उद्यमी बीच आपसी सहयोग र समन्वयवाट समस्या समाधान गर्न सकिन्छ भन्ने सोच राख्दथ्योे । यस धारलाई राजनीतिक भाषामा वर्ग समन्वयको धार भनियो । वर्ग समन्वयको विचार राख्नेहरु महिलालाई श्रमिक संगठनमा संगठित गर्नु भनेको थप समस्या झेल्नु हो भन्ने सोच राख्दथे र श्रमिक आन्दोलनलाई पुरुष संगठनको रुपमा विकास गर्ने वाटो पक्रिए ।
सन् १८४८ मा माक्र्सले पहिलोपटक कम्युनिष्ट घोषणापत्र प्रकाशित गर्दै दुनियामा नया हलचल पैदा गरिदिए । घोषणापत्रमा भनियो “बुर्जुवाहरु आफ्ना श्रीमतीलाई उत्पादनको साधन ठान्दछन् । उत्पादनको साधनमाथिको अधिकतम शोषण र प्रयोगवाट नै नाफा कमाउन सकिन्छ भन्ने सोच राख्ने वुर्जुवाहरु महिलामाथिको शोषणलाई अधिकार मान्दछन् । उनिहरुको दृष्टिकोणमा परिवार र समाजमा महिलाको स्थान भनेको कारखानाको मेसिनको जस्तो हो, जो पुरुषको इच्छा अनुसार चल्नुपर्दछ ।”
महिलामुक्ती र सशक्तिकरणको वारेमा माक्र्सको सोच र दृष्टिकोण वैज्ञानिक समाजवादमा आधारित थियो । माक्र्सवादले उत्पादनको ऐतिहासिक पक्षहरु बीचको सम्बन्धको विश्लेषण गर्दै वैज्ञानिक भौतिकवादी आधारमा व्याख्या गर्दै भन्यो — “महिलामाथिको दमनको सम्बन्ध परिवार र समाजमा रहेको उत्पादन सम्वन्धसंग हुन्छ, जस्को मुलजरा नीजि सम्पत्ती र कामको असमान विभाजन हो । वर्गिय समाजमा महिला र पुरुषलाई हेरिने समाजिक दृष्टिकोण अनि घरभित्र र वाहिरको कार्य विभाजनमा रहेको विभेद नै महिलामाथि हुने शोषणको मुल कारण हो ।”
माक्र्सवादले महिलामाथिको शोषणको कारण उत्खनन गर्दै यस किसिमको शोषण र दमनको अन्त्यको उपाय नीजि सम्पत्तीको अन्त्य हो भन्दै अगाडी भनेको छ —नीजि सम्पत्तीको अन्त्यसंगै परिवारको दायित्वका रुपमा रहेको बालबच्चाको हेरचाह, बृद्ध र असक्तको स्याहारसुसार लगायतको जिम्मेवारी सामाजिक दायित्वका रुपमा व्यवस्था गरिनेछ । हरेक नागरिकको लागि नभै नहुने गास, वास, कपास, शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकता पुरा गर्ने दायित्व राज्य र समाजको हुन्छ । यस्ता अति आवश्यक पारिवारिक दायित्वहरु समाजले लिइदिएपछि महिलाहरु घरको चार पर्खाल नाघेर वाहिर आउन सक्नेछन् । र, परिवारभित्र पुनरउत्पादनमुलक काममा मात्र वितिरहेको उनीहरुको समय, सीप र क्षमता अव घरवाहिरको सिर्जनसिल र उत्पादनमुलक काममा पुर्ण रुपले सदुपयोग गर्न सक्नेछन् । यसपछि समाजमा रहेको महिला पुरुष बीचको विभेदको अन्त्य हुनेछ ।
महिलामुक्तीको विषयमा माक्र्सले भनेका छन् —समाजवाद र महिलामुक्ती कल्पना मात्र होइन । पुजिवादको विकाससंगै सिर्जना भएको श्रमजीवी वर्गको एकताले यसलाई सम्भव बनाउने छ । नागरिकप्रतिको सामाजिक दायित्व पुरा गर्न राज्य समर्थ हुनेछ र बहुसंख्यक श्रमजीवी जनतामाथि मुठ्ठिभर परिवारकोे शासन र शोषणको अन्त्य हुनेछ ।
त्यसैल,े महिलामुक्तीको आन्दोलन व्यक्तिगत इच्छा र दायित्व मात्र होइन र यो असम्भव पनि छैन । समाजका क्रियासिल प्रगतिशिल शक्तिहरुवाट भत्काउनै नसकिने विजयको रुपमा यो प्राप्त हुनेछ । यसरी माक्र्सवादले कुनै हावादारी महलका रुपमा नभएर भौतिक अवस्थाको विश्लेषणसहित वैज्ञानिक तथ्यको आधारमा महिला मुक्तीको दृष्टिकोण स्पष्ट रुपमा अगाडी सारेको पाइन्छ ।
माक्र्सवादको विषयमा कतिपयले भन्ने गरेका छन्, —यसको दार्शनिक धरातलमा महिलाको वारेमा पर्याप्त स्थान दिइएको छैन, जुन दर्शनशास्त्रमा रहेको वेइमानी हो । तर, यो पर्याप्तता र अपर्याप्तताको कुराको मुल आधार भनेको महिलामाथिको शोषणको मुल आधार खोज्ने दृष्टिकोणमा रहेको भिन्नता हो । माक्र्सवादले जुन आधारमा महिलामुक्तीको कुरा गरेको छ, यसले मुल आधार उत्पादन सम्बन्ध र सामाजिक दृष्टिकोण हो, तर त्यसलाई समयको गतिसंगै परिष्कृत गर्दै जाने दायित्व तत्कालिन नेतृत्वको हो ।
पश्चिमी मुलुकमा औद्योगिककरणसंगै श्रम अभावको पुर्ती गर्नका लागि महिलाहरु कारखानामा काम गर्न थालेका थिए । तर, उनीहरुमाथि चरम शोषण र विभेद भएपछि सन १८६० को दशकमा अमेरिकाको कपडा कारखानामा काम गर्ने श्रमिक महिलाले कार्यघण्टा घटाउने मागसहित गरेको प्रदर्शन वास्तवमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवसक (मार्च ८) को जगका रुपमा स्थापित हुन पुग्यो ।
व्यवहारिक रुपमा महिलाको सहभागिता विना उनीहरुको मुक्ती सम्भव छैन भन्ने कुरालाई आत्मसात गर्दै अगाडी बढ्ने क्रममा १८६४ मा आयोजित पहिलो अन्तरराष्टियमा माक्र्सले प्रस्ताव राखेका थिए “जुन कारखाना, कम्पनी, कार्यालय र बस्तीहरुमा ठुलो संख्यामा महिलाहरु कार्यरत छन्, त्यस्ता ठाउमा महिलाहरु मात्र रहेको सांगठनिक संयन्त्र बनाई उनीहरुलाई संगठित गरिनुपर्दछ । साथमा संगठनको मुल संरचनामा पनि उनीहरुका लागि उचित स्थानको सुनिश्चित गरिनुपर्दछ ।”
आज हामीले आफ्नोे आन्दोलनमा माग र प्रयोगको रुपमा परिक्षण गर्दै आएको महिला बीचको कामलाई गति दिनका लागि महिला संयन्त्रको व्यवस्था र सदस्यता विस्तार र नेतृत्व विकासका लागि विशेष अभियानको विषय, माक्र्सले आजभन्दा डेढ सय वर्ष अगाडी नै अन्तरराष्ट्रिय सम्मेलनवाट प्रस्तावका रुपमा पारित गर्दै व्यवहारमा लागु गर्न थालेका थिए ।
तत्कालिन समयमा सशक्त रहेको जर्मनीको वामआन्दोलन १८६४ देखि १८८० को अवधिमा माक्र्सवादी र गैरमाक्र्सवादी दुई धारमा विभक्त भयो । यस विभाजनको विभिन्न कारणमध्ये एउटा कारण महिलालाई हेर्ने दृष्टिकोण पनि एउटा थियो । गैर माक्र्सवादी धारका नेता लास्सालेको दृष्टिकोण थियो “महिलाहरु जन्मदै मातहतका लिंग ९ष्लाभचष्यच कभह० का रुपमा आएका हुन्छन् । यसर्थ, उनीहरु समान अधिकारका भागिदार हुन सक्दैनन् । उनीहरुका लागि उपयुक्त स्थान घर हो । उनका श्रीमानले पर्याप्त पारिश्रमिक पाउनु र घरपरिवार चलाउन अभावको अवस्थाको अन्त्य हुनु नै उनीहरुको विजय र मुक्ती हो । उनीहरुलाई आर्थिक उपार्जनको क्षेत्रमा ल्याउनु हुदैन ।” माक्र्सवादले महिलामुक्तीको मुल आधार “उत्पादनमा महिलाहरुको समान सहभागिता“ भन्ने कुरामा जोड दिदै आएको थियो । यसर्थ, यसर्थ लास्सालेको विचार विल्कुलै माक्र्सवादी धारको विपरित थियो ।
सन् १८८३ मा अगस्त वेवेलव्दारा लिखित “महिला र समाजवाद“ ले यो विवादलाई टुंगोमा पु¥याउन ठुलो योगदान ग¥यो । त्यसको लगत्तै १८८४ मा एंगेल्सव्दारा लिखित “परिवार, नीजि सम्पत्ती र राज्यको उत्पत्ती“ नामको कृति प्रकाशन भयो । यसले शताव्दिऔंदेखि महिलामाथिको दमन, शोषण र उत्पिडनको उत्खनन गर्दै महिलामुक्तीको वाटोको रुपमा “वर्गिय आन्दोलन र महिला आन्दोलन बीचको एकता“ को स्पष्ट दृष्टिकोण अगाडी सा¥यो ।
यी दुई कृतिले महिलालाई हेर्ने दृष्टिकोणमा रहेको विवाद हटाउन ठुलो योगदान पुग्यो । अन्ततः १८९१ मा जर्मन समाजवादी पार्टीभित्र बहुमतले माक्र्सवादी कार्यक्रम पारित गर्दै “लिंगका आधारमा विभेद नगरी सवैका लागि समान राजनीतिक अधिकार र लैंगिक विभेद आधारित कानुनको अन्त्य“ भन्ने कुरा उल्लेख गरियो । यसपछि मात्र कार्यक्रममा महिला सम्बन्धि दृष्टिकोणमा रहेको अन्यौलताको अन्त्य भएको थियो ।
माक्र्सवादी विचारले सुसज्जित भएर यसको कार्यान्वनय र फैलावटमा निरन्तर लाग्ने सन्दर्भमा आन्दोलनले जर्मन समाजवादी पार्टीको नेता क्लारा जेट्किनलाई आफ्नो पार्टीभित्र मात्र नभएर सिंगो महिलामुक्ती आन्दोलनको नेताको रुपमा स्थापित ग¥योे । यस प्रक्रियामा सैद्धान्तिक र वैचारिक संघर्षमा सहकर्मी रोजा लग्जेम्वर्ग, कोलोन्ताई लगायतको महत्वपुर्ण साथ रहेको थियो ।
महिला बीच माक्र्सवादको प्रचार गर्ने र महिलामुक्तीका लागि महिलालाई वर्गिय आन्दोनलमा संगठित र परिचालित गर्ने क्रममा माक्र्सवादीहरु १८९० को दशकसम्म श्रमिक महिलाको बीचमा मात्र केन्द्रीत थिए । महिला आन्दोलनलाई फराकिलो र सशक्त बनाउनु पर्दछ भन्ने सोचसहित १८९६ देखि अन्य तह र तप्काका महिलालाई पनि संगठित गदैे आन्दोलित गर्ने कामको विस्तार भयो । महिलालाई संगठित गर्न छुट्टै संयन्त्रको विस्तार हुन थाल्यो । त्यस समयमा माक्र्सवादी आन्दोलनमा महिलाका बीचमा छुट्टै संयन्त्र बनाउनुका मुलत निम्न अनुसार तीनवटा उद्देश्य राखिएको थियो ।
- पहिलो, महिलाहरु जैविक रुपमा पनि पुरुषभन्दा भिन्न हुने भएका कारण उनीहरुको विशेष समस्या र आवश्यकताहरु हुन्छन्, त्यस्ता समस्यालाई सुत्रवद्ध गर्नु र समाधानको उपायको वारेमा महिला बीच छलफल गरी प्रस्ताव तयार गर्नु,
- दोस्रो, शताव्दिऔदेखि पछाडी पारिदै आएका महिलाहरु पुरुषको अगाडी सवै कुरा राख्नसक्ने अवस्थामा हुदैनन्, त्यस्ता महिलाहरुलाई पनि आफ्ना विचार राख्न सक्ने वातावरण तयार गर्नु,
- तेस्रो, महिला बीच नेतृत्व विकासका लागि आवश्यक थप गतिविधिको व्यवस्था गर्नु ।
विशौं शताव्दिमा प्रवेशसंगै अमेरिकामा पनि समाजवादी आन्दोलन अगाडी बढ्यो । पुरुषहरुको कमाइले मात्र जीवन धान्न धौधौ हुन थालेपछि महिलाहरु उत्पादनमा भाग लिन थालेका महिलाहरु आन्दोलनमा सहभागि हुन थाले । “श्रमको संसारमा कालाजाती, महिला र रंगभेदमा परेकाहरुको समस्या वर्गिय आन्दोलनको माध्यमवाट मात्र समाधान हुन सक्दैन । यस समुदायका मानिसमाथि श्रमिकका अतिरिक्त रंग र लिंगका आधारमा पनि शोषण र दमन छ“ भन्ने कुराले व्यापकता पाउन थाल्यो । पार्टी सदस्यका रुपमा रहेका हजारौ श्रमिक र महिलाहरुले यस कुरालाई पार्टीको आन्तरिक संरचनामा उठाउन थाले भने समान मताधिकारको विषय समेतलाई जोडेर यो आन्दोलन श्रमिक आन्दोलनको दायराभन्दा विस्तृत र व्यापक बन्दै गयो । यही क्रममा १९०८ मार्च ८ मा समान अधिकारको माग गर्दै महिलाहरुले ऐतिहासिक प्रदर्शन गरे ।
समाजवादी पार्टीभित्र महिला समानताको विषयले व्यापकता पाउन थाल्यो । र, अन्तत “क्रान्तिकारी पार्टीले महिलावादी आन्दोलनले उठान गरेका विषयहरु —समान मताधिकारको होस वा महिला केन्द्रीत अन्य विषय, आफुमा समाहित गर्न सक्नुपर्दछ“ भन्ने निचोड निकाल्यो ।
समाजवादी महिला आन्दोलनको दायरालाई फराकिलो पार्दै अन्तरराष्ट्रियकरण गर्ने र एक अर्काको अनुभववाट सिक्ने योजना अन्तरगत १९०७ मा समाजवादी महिलाहरुको पहिलो अन्तरराष्ट्रिय सममेलन भयो, जसले क्लारा जेट्किनलाई महासचिवको रुपमा निर्वाचित ग¥यो । यसैको निरन्तरताका रुपमा १९१० मा सम्पन्न समाजवादी महिलाको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनवाट मार्च ८ लाई अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा बनाउने निर्णय ग¥यो, जसले आज एक शताल्दी पार गरिसकेको छ ।
यसै क्रममा महिलामुक्ती आन्दोलनसंग जोडिएर पत्रपत्रिकामा विभिन्न लेखहरु आउन थाले । १९१४ मा मेरी व्हाइट ओभिंटन ९ःभचथ ध्जष्तभ इखष्लतभल० ले “समाजवाद र महिलावाद“ शिर्षकको लेखमा भन्नुभएको थियो “समाजवादी र मलिावादी दुई महत्वपुर्ण आन्दोलन जारीछ, जसमध्ये पहिलो गरिवी उन्मुलनको लागि संघर्षरत छ भने दोस्रो महिलामाथि हुने सवै किसिमको अत्याचार विरुद्ध लक्ष्यित छ।”
१९१४ मा नै लोउस डव्लु निल्याण्ड ९ीयष्गकभ ध्। प्लभभबिलम० को अर्को एउटा लेखमा भनिएको थियो “महिलावादी सोच विनाको समाजवादमा प्राण हुदैन र समाजावादी सोच विनाको महिलावादमा रणनीति हुदैन ।” उक्त लेखमा समाजका विभिन्न समुदायको सोच र प्रतिक्रियालाई समेट्दै भनिएको थियो “केही साघुरो दिमाग भएका समाजवादीहरु भन्ने गर्दछन् समाजवाद वर्गियमुक्तीको आन्दोलन हो, महिलाको लागि यसले छुट्टै केही गर्नु पर्दैन । त्यसको जवाफमा फराकिलो सोच भएका महिलावादीहरुले जवाफ दिनुपर्दछ की समाजवादी आन्दोलन मात्र त्यस्तो आन्दोलन हो, जसको माध्यमवाट महिलाले महिला र श्रमिक दुवै किसिमको बन्धनवाट स्वतन्त्रता पाउन सक्दछन् । त्यसैले महिलाहरु आफ्नो मुक्तीको लागि समाजवादी महिलावादी आन्दोलनकर्ताको रुपमा क्रियासिल हुनुपर्दछ ।“
१९२० मा श्रमिक महिलाहरुको एउटा भेलालाई सम्बोधन गर्ने क्रममा लेनिनले भनेका थिए —कानुनमा लेखिएको समानताले वास्तविक जीवनमा समानता दिन्छ नै भन्न सकिदैन । हामीले चाहेको महिला समानता वास्तविक जीवनमा महिलाहरुले पुरुष समान भएको अनुभुत गर्न पाउने अवस्थाको स्थापना हो । यसको लागि कम्तिमा पनि सार्वजनिक प्रतिष्ठान र सरकारी संरचना अन्तरगतको प्रशासन संयन्त्रमा महिलाहरुको समान सहभागिता हुनुपर्दछ । समानताको आन्दोनलमा विजय प्राप्त गर्नका लागि हाम्रो लडाई परम्परागत रुपमा रहदै आएको असमानता र मानवता विरुद्ध हुने सवै किसिमका हतोत्साहनको अन्त्य गरिनुपर्दछ । र श्रमजीवी सर्वहारा आन्दोलनले याद गर्नुपर्ने कुरा छ की जवसम्म महिलाहरु पुर्ण रुपमा मुक्त हुदैनन्, तवसम्म सर्वहारा वर्गले पनि पुर्णरुपमा मुक्त हुन सक्दैन ।
यसरी माक्र्सवादी आन्दोलन शुरुदेखि नै महिलामुक्तीको पक्षमा रहदै आयो । महिलावाद र समाजवाद बीच रहेको अन्योन्याश्रित सम्बन्ध र एकतालाई वैचारिक र व्यवहारिक रुपमा नै स्पष्ट शव्दमा अगाडी सार्दै आएको छ । यस परिवेसमा नेपालको वाम आन्दोलनले पनि स्थापनाकालदेखि नै आफ्नो दस्तावेज मार्फत स्पष्ट दृष्टिकोण अगाडी सार्दै आएको छ । समाजको पुर्ण रुपान्तरण विना समाजलाई समानता र सामाजिक न्यायमा आधारित बनाउन सकिदैन भन्ने कुरा जनताको बहुदलिय जनताले अझ स्पष्ट रुपमा अगाडी सारेको छ । तर, आजको चुनौती भनेको सिद्धान्त र विचारमा भएको महिलामुक्ती सम्बन्धि दृष्टिकोणलाई व्यवहारमा रुपान्तरण गर्ने विषय हो ।
माक्र्सवादको व्यवहारिक प्रयोगकर्ता सोभियत रुस, चीन लगायतका समाजवादको अनुभव बटुलेका मुलुकको अनुभवले नै स्पष्ट गरिसकेको छ — वर्गियमुक्तीले मात्र महिलामाथिको पुरुषसत्तात्मक शोषणको अन्त्य गर्न सक्दैन। महिलामुक्तीका लागि माक्र्सवादी धरातलमा उभिएर महिलावादी सोचलाई आत्मसात गर्न सक्नुपर्दछ । त्यसो भयो भने श्रमजीवी वर्गको मुक्तीको लागि माक्र्सवाद र महिलामुक्तीको लागि महिलावादको सैद्धान्तिक आधारमा उभिएर समाजवादी महिलावादी वैचारिक जगमा श्रमजीवी वर्ग र महिला समुदाय दुवैको मुक्ती एकसाथ सम्भव हुन सक्दछ ।
असार २०६९