सम्माननीय अध्यक्ष महोदय,
- आफ्नो समितिको प्रतिवेदन पेस गर्न सफल हुनु भएकॊमा समितिका अध्यक्ष माननीय सदस्यहरु र सचिवालयका मित्रहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।
- यस प्रतिवेदनमा पेस गरिएको खास गरी नक्शांकन नामांकन र सिमांकनको वारेमा पुनरविचार गर्नुपर्ने र गर्न सकिने वारेमा सम्बन्ध्ति समितिको सदस्य तथा प्रतिवेदनमाथि टिप्पणी गर्नुहुने पहिलो ण्वक्तादेखि प्राय सवैले आफ्नो सुझाव राख्नु भएकोले त्यो सुचीमा म आफुलाई पनि समावेस गर्न चाहन्छु ।
- राज्य पुनरसंरचना हाम्रो रोजाई र आवश्यकता हो भन्ने कुरामा हामी प्राय सवै सहमत हुदै छौ ।
- र, यो के का लागि ?
- हामी केही राजनीतिककर्मीहरु सांसद मन्त्री र मुख्यमन्त्री हुने चाहना पुरा गर्नका लागि वा आम नेपाली नागरिकको जीवनमा सहजता सम्पन्नता समानता र आत्मसम्मानसहित ठाडो शिर पार्दै अग्रगामी परिवर्ततनको अनुभुती दिनका लागि ?
- राज्य पुनरसंरचनाको मस्यौदामाथि छलफल गरिरहदा यस विषयमा हामी गम्भिर हुनुपर्दछ र मात्र बहुत सोचविचार गरिकन एउटा निष्कर्षमा पुग्नु पर्दछ भन्ने मेरो बुझाइ रहेको छ ।
अध्यक्ष महोदय
- यस प्रतिवेदनमा राज्य पुनरसंरचनाका सम्बन्धमा पहिचानका ५ आधार र सामथ्र्यका ४ आधारको पहिचान सर्वसम्मतीवाट आएको छ । यद्यपी त्यसमा भाषागत रुपमा केही कुरा सम्पादन गर्नु आवश्यक छ ।
- राजनीतिककर्मीको विज्ञतालॆ गर्ने कामसम्मको पाटो प्रतिवेदनमा ठिकै रुपमा आएको छ भन्ने लागेको छ
- तर जव विषय विशेषज्ञले गर्ने काममा हामी राजनीतिकर्मीले प्रवेश गरेका छौ कुरा विगि्रएको छ र असहमतीका कुराहरु ऋाम रुपमा आएका छन् ।
- यसले पनि स्पष्ट गरेको छ आफ्नो विशेषज्ञताको क्षेत्रमा मात्र हरेक व्यक्ति खरो उत्रन र ठिक निर्णय गर्न सक्दछ ।
अध्यक्ष महोदय
- म जुन वर्ग र समुदायको प्रतिनिधिको रुपमा यस हलमा प्रवेश गरेको छु मैले त्यही गरिखाने वर्गका बीचमा यस प्रतिवेदन बोकेर उहाहरुको प्रतिकि्रया मागे
जवाफ सहज थियो
- भोलीको नेपालमा हाम्रो सन्तानले शिक्षाको ज्योतीवाट बिाचत हुन नपरोस
- एकपेट खाना र टाउको लुकाउने छानाको अभावमा बाच्न नपरोस् ।
- आवश्यक पर्दा आधारभुत स्वास्थ्य सेवाको पनि अभावमा जीवन गुमाउन नपरोस
- अनि गरि खाने पाखुरीहरुले श्रम गरी खान पाउन सिर्जनाका हातहरु फेरी ध्वंशमा लगाउन नपरोस ।
अध्यक्ष महोदय
- यी कुरा सुनेपछि मैले मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा लिपिवद्ध गरिएका मौलिक हकको सुचीलाई यस नक्सामाथि राखेर हेर्ने प्रयत्न गरे
- कतै यी प्रदेशहरुले खाद्यअधिकार आवास शिक्षा आधारभुत स्वास्थ्य रोजगारी समानता स्वतन्त्रता र सहभागिता लगायतका हकहरु पुरा गर्ने्र सामथ्र्य राख्दछन् यमैले त्यस्तो अनुभुत गर्न सकिन
- अनि प्रश्न गरे यो राज्य पुनरसंरचनामले एउटा आम नेपाली नागरिकका लागि के अर्थ राख्दछ ?
अध्यक्ष महोदय
- मैले उाे नक्सामाथि युगौदेखि विभेदमा परेका वा पारिएका दलित महिला आदिवासी र जनाजातीलाई राखेर हेर्ने प्रयत्न गरे
- उनीहरुमाथिको उत्पिडन र विभेदवाट मुक्ती पाउने आशा संगाल्न सकिन
- घरभित्रैवाट शुरु हुने विभेदमा परेका महिला समाजले मानिसको दर्जामासमेत राख्न नसकेको दलित र आफ्नै भुमीमाथि अपनत्व अनुभुत गर्न नसकेका आदिवासी जनजाती र अल्पसंख्यकले माग गर्दै आएको आत्मसम्मान समानता अविभेद सहजता सम्पन्न्ता र सहभागिता मैले अनुभुत गनृ सकिन ।
- फेरी प्रश्न अनुत्तरित पाए राज्उ पुनरसंरचनाका के का लागि ति समुदायले यो प्रतिवेदनमा किन सहमती जनाउने ?
अध्यक्ष महोदय
- त्यसैले ह्ाम्रा प्रदेशहरु बहु भाषिक बहुजातिय र बहुसांस्कृतिक हुनुको विकल्प छैन । कम्तिमा हरेक नागरिकले आफ्नो प्रदेशमाथि उभिएर गर्वका साथ भन्न पाउनुपर्दछ मेरो प्रदेशले मेरा आधारभुत आवश्यकता पुरा गर्न सक्दछ आत्मनिरभर भएर उभिन सक्दछ ।
- यसैले यो प्रस्तावमाथि पुनरविचार गरिनुपर्दछ । ड्डसंख्या निधौरणदेखि रेखांकन नक्शांकन र नामांकनको काम विज्ञहरुको टोली बनाइ गरिनुपर्दछ र मात्र फेरी छलफलमा ल्याइनुपर्दछ ।
अध्यक्ष महोदय
- अग्राधिकार र आत्मनिर्णयको अधिकारको विषय विभिन्न समितिहरु जसरी कतै मत र कतै फरक मत भएर प्रस्सतुत भएको छ । यहा पनि यसको अवस्था उस्तै छ ।
- प्रदेशमा बाहुल्यता रहेको जातीलाई दिइने अग्राधिकारले लोकतन्त्रको संस्थागत विकास गर्ने होइन न्युनतम मुल्य र मान्यतालाई समेल लत्याउने काम गर्दछ र यो अल्पसंख्यक र सिमान्तकृत वर्ग र समुदायको मुलप्रवाहीकरणलाई आत्मसात गर्ने होइन उल्टो दिशाको यात्रा तय गर्दछ ।
- विभिन्न समितिमा भएको बहस र आएका प्रतिवेदन हेर्दा आत्मनिर्णयको अधिकारको विषयले अझै स्पष्ट परिभाषित र उच्च तहको छलफल र अन्तरकि्रयाको माग गरेको छ ।
अध्यक्ष महोदय
- समग्रतामा भन्नुपर्दा प्रतिवेदनलाइृ पुनरलेखन गरिनुपर्दछ । यनया नेपालको नक्शांकन गर्दा समितिले सर्वसम्मत पहिचान गरेका आधारहरुलाई अधिकतम रुपमा प्रतिविम्बित गरिनुपर्द्रछ । यर त्यो नक्शा पल्टाएर बस्दा हरेक नेपालीले आफनो प्रदेशभित्र आधारभुत अधिकार सुनिश्चित भएको अनुभुत गर्दै मुस्कुराउन पाउनु पर्दछ ।
- यऋाजसम्म विविध कारणले विभेदमा परेका र पाखा पारिएका वर्ग र समुदायले आत्मसम्मान समानता अविभेद सम्पन्नता सहजता र सहभागिताको प्रतिविम्व महसुस गर्दै उचो स्वरले गर्वकासाथ अपनत्वको भावनाले भन्न पाउनुपर्दछ मैले खोजेको नया नेपाल यही हो ।
- धन्यवाद
बिन्दा पाण्डे सभासद् नेकपा एमाले म्ाघ १९ २०६६