नेकपा एमालेव्दारा सञ्चालित एक महिने “संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान” सकिएको छ । मुलुकको २४० वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिका साथै सम्बन्धित क्षेत्रका राष्ट्रिय परिषद, अञ्चल र जिल्लास्तरिय कमिटी र विभागका सदस्यहरु, जनसंगठनका केन्द्रीय सदस्यहरु समेतलाई निर्वाचन क्षेत्रिय कमिटीको संयोजनमा परिचालन गर्ने योजनासहित सञ्चालित यस चरणको अभियान समाप्त भएको छ ।
यस अभियानको मुल उद्देश्य विगत संविधानसभामा नेकपा एमालेको भुमिका स्पष्ट पार्नु, संविधानसभा असफल हुनुका कारणहरु श्वेतपत्रको रुपमा जस्ताको तस्तै सिंगो पार्टी पंक्ती र आम नागरिकको बीचमा लैजानुकासाथै “एमालेको नीति– एमालेको नेतृत्व” र “बहुपहिचानसहितको संघियता, सामाजिक सद्भावसहितको राष्ट्रिय एकता” को नाराको वारेमा चर्चा गर्नु, निर्वाचनको वारेमा आम नागरिकको धारणा बुझ्दै सवल राष्ट्रियता, सामाजिक–आर्थिक रुपान्तरण र समृद्धीको लागि एमालेको अपरिहार्यताको वारेमा सिंगो पार्टी पंक्ती, समर्थक र शुभचिन्तकसम्म पु¥याउनु नै थियो । यही क्रममा कार्यकर्ता तथा आम नागरिकहरुको एमाले पार्टीै र नेतृत्वप्रतिको टिप्पणी, आलोचना र सुझावहरु संकलन गर्नु, शक्ति सन्तुलनको आंकलन र आगामी दिनमा काम केन्द्रीत गर्नुपर्ने क्षेत्रको पहिचान गर्नु लगायतका उद्देश्य पनि यस अभियानमा राखिएको थियो ।
यस अभियान अन्तरगत काठाडमौ क्षेत्र नं. २ मा क्रियासिल हुने क्रममा विभिन्न कमिटीको वैठकमा जानुकासाथै क्षेत्रगत र शाखागत भेला तथा भेटघाटमा सहभागि हुदै नेकपा एमालेका कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तकहरुको टिप्पणी, आलोचना र सुझावहरु सुन्नुकासाथै कतिपय राजनीतिक र वैचारिक सन्दर्भमा रहेका अस्पष्टतालाई चिर्ने कामहरु सम्पन्न भए । समग्रमा भन्दा यो अभियान पार्टी जीवनमा रक्तसञ्चार गर्ने काममा उपलव्धीमुलक नै रह्यो भन्ने निचोड क्षेत्रिय कमिटी लगायत सिंगो पार्टी पंक्तीको रहेको छ । तर, यसलाई निरन्तर अगाडी बढाउनका लागि प्राप्त टिप्पणी र आलोचनालाई सकारात्मक रुपमा ग्रहण गर्दै रचनात्मक सुझावका आधारमा थप योजना बनाएर कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ ।
काठमाडौ क्षेत्र नं. २ मा जस्तै बाकी २३९ क्षेत्रमा सञ्चालित अभियानमा पनि सायद यस्तै टिप्पणी, आलोचना र सुझावहरु आए होलान् भन्ने अनुमान गर्न सकिन्छ । यसैले पनि अभियानको क्रममा प्राप्त भएका टिप्पणी र सुझावमध्येका महत्वपुर्ण बुदाहरुलाई नवयुग मार्फत सिंगो पार्टी पंक्तीको विचमा पु¥याउने काम सवैका लागि उपयोगी नै हुने छ भन्ने अनुभुतीकासाथ यहा समावेस गरिएको छ ।
१. चुस्त दुरुस्त संगठनका लागि नियमित अभियान
आम रुपमा उठेको एउटा टिप्पणीे “विगत पाच वर्षसम्म कुनै अभियान नगरी “निर्वाचन” को हल्ला चलेपछि मात्र जनताको बीचमा अभियान सञ्चालन गर्नेे प्रबृत्ती कहिलेसम्म ?” यो प्राय सवै भेला र वैठकमा प्राप्त टिप्पणी हो । यसभित्रको आसय भनेको यस किसिमको प्रबृत्तीवाट नेकपा एमाले मुक्त हुनु पर्दछ भन्ने नै थियो । र, पार्टी संगठनलाई चुस्त दुरुस्त राख्नुकासाथै जनताको सुझाव र सल्लाह अनुसार पार्टी कामलाई अगाडी बढाउनका लागि यस किसिमको अभियान कम्तिमा पनि वर्षको एकपटक नियमित रुपमा गर्नैै पर्दछ भन्ने माग रहेको छ ।
अभियान सञ्चालनको समयको कारण पनि कतिपय क्षेत्रमा कार्यक्रम कम प्रभावकारी भएको कुरालाई इंगित गर्दैै कृषिमा आधारित रोजगारी र अर्थतन्त्र भएको मुलुकमा जेठ–असारमा अभियान चलाउने कुराले पार्टी जनताको जनजीवीकाको विषयसंग विमुख हुदै गएको संकेत गर्छ भन्ने तिखो टिप्पणीकासाथ आगामी दिनमा यस्ता अभियान सञ्चालन गर्दा मुलुकको भौगोलिक बनावट र विविधतामा आधारित संस्कार–संस्कृति र कामको प्रकृतीलाई समेत ध्यान दिदै पार्टी व्यवहारिक र कार्यक्रम प्रभावकारी बनोस् भन्ने सुझाव दिएका छन् । जनताको तर्फवाट आएको यस किसिमको व्यवहारिक सुझावलाई आगामी दिनमा शिरोधार्य गर्नु सवैको हितमा नै हुनेछ ।
२. आन्तरिक रुपमा लोकतान्त्रिक संस्कार–संस्कृतीको विकास
लोकतान्त्रिक मुल्य, मान्यता र पद्धतीको अवलम्वन जनताको बहुदलिय जनवादको राजनीतिक दिशा हो । बहुलवादी खुल्ला समाज, बहुदलिय प्रतिस्पर्धाको प्रणाली, संविधानको सर्वोच्चता, शक्ति पृथकिकरण, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानुनको शासन, स्वतन्त्र न्यायपालिका, आधारभुत मानव अधिकारको सुनिश्चितता लगायतका लोकतन्त्रका आधारभुत तत्वहरु जवजको विशेषताको रुपमा रहेका छन् । तर, यी विशेषताहरुलाई पार्टीको आन्तरिक जीवनमा समेत आत्मसात गर्न नसक्नु नेकपा एमालेमा रहेको एउटा प्रमुख समस्या हो, स्थानिय कार्यकर्ताको टिप्पणी छ ।
पार्टी संगठनको लोकतान्त्रिकरण गर्ने सन्दर्भमा आन्तरिक रुपमा समेत निर्वाचन प्रणालीलाई अवलम्वन गर्ने, तर त्यसको परिणामलाई स्वभाविक रुपमा स्विकार गर्न नसक्ने र निर्वाचनको परिणाममाथि उभिएर आन्तरिक विवाद, असहमती र गुटबन्दीलाई मौलाउने वातावरण बनाउदै जानु नेकपा एमालेलाई कमजोर बनाउने एउटा प्रमुख हो । पार्टीभित्र आन्तरिक लोकतान्त्रिक संस्कार र संस्कृतीको विकास गर्न नसक्ने हो भने प्रणालीमा मात्र स्विकार गरिएको लोकतन्त्रले पार्टी बलियो बन्नै सक्दैन । यसर्थ, लोकतन्त्रलाई अप्नाउने नाममा या त पार्टीभित्र प्रत्यक्ष निर्वाचनको प्रणाली अप्नाउनु हुदैन, या त प्रक्रियावाट प्राप्त परिणामलाई शिरोधार्य गरेर जान सक्नुपर्दछ । यस सन्दर्भमा पार्टीभित्र गुटबन्दीको आधारभुमीका रुपमा देखा पर्दै आएको पार्टीभित्र पनि प्यानलमा निर्वाचन लड्ने प्रबृत्तीको समुल अन्त्य हुनैपर्दछ ।
लोकतान्त्रिक अभ्यासमा गइसकेपछि त्यसको नतिजालाई आत्मसात गर्न सक्ने संस्कार र संस्कृतीको विकास पार्टी केन्द्रदेखि स्थानिय तहसम्म र आवद्ध जनसंगठनको सिंगो संरचनामा पनि गर्न आवश्यक छ । यसो भएमा मात्र व्यवहारिक रुपमा जवजलाई कार्यान्वयनमा लैजाने कुराले गति लिन सक्नेछ । यस पक्षमा सिंगो नेतृत्व आफै उदाहरण हुनुकासाथै लोकतान्त्रिक संस्कार र संस्कृतीको निर्माणको सन्दर्भलाई आवश्यक भए भेला–प्रशिक्षणको समेत विषय बनाउनु पर्ने कुरामा सवैको जोड रहेकोछ ।
३. गुटबन्दीको अन्त्य
“नीतिगत रुपमा पार्टीभित्र कुनै विवाद र विमती छैन । अनि त्यही नीतिव्दारा निर्देशित नेतृत्व बीच एकमना एकता पनि देखिदैन । जसका कारण नेतृत्व बीचको छरपस्ट गुटबन्दी तलैसम्म छर्लंगै फिजारिएको छ । व्यक्तित्व टसलका कारण पार्टिभित्र मौलाएको यही गुटबन्दी पार्टी संगठन कमजोर हुनुको प्रमुख कारण हो ।” कार्यकर्ताको ठाडो टिप्पणी छ । “पानी र बानी माथि वाट बग्छ” भने झै शिर्ष तहवाट शुरु भएको यो गुटगत प्रबृत्तीले स्थानिय तहसम्म जरा फैलाएको छ । आज हरेक टोल कमिटीसम्म मात्र होइन, समर्थक र शुभचिन्तकसम्मलाई पनि यो वा त्यो गुटको नाममा विभाजित गरेर हेर्ने प्रबृत्ती हावी भएको छ ।
केही समय यता शिर्षस्थहरुले गुटगत गतिविधि अन्त्य भएको घोषणा गरे पनि अझै उनीहरुको अभिव्यक्तीमा एकरुपता आउन नसकेको कुरा अभियान अवधिमै अभिव्यक्त कुरामा पनि कायम रह्यो । एउटाले भनेको कुराको ठिक विपरित अर्कोको सार्वजनिक अभिव्यक्ती आउने कुरामा सुधार नहुनु र आम रुपमा पार्टीको केन्द्रमा अभिव्यक्त मत र निर्णयलाई आत्मसात गर्ने व्यवहार नेतृत्वमा नदेखिनुले नेताहरुले भने झै गुटगत प्रबृत्ती अन्त्य भयो भन्ने वारेमा स्थानिय तहका कमिटी, सदस्य र शुभचिन्तकहरु आश्वस्थ हुन नसकेको अवस्था अझै विद्यमान देखियो ।
उदाहरणको लागि जेठको दोस्रो हप्ता बानेश्वरमा चारदलको वैठकमा जाने नेताहरु खिलराज रेग्मीले प्रधानन्यायाधिश पदवाट राजिनामा दिनुपर्दछ भनिरहेका थिए भने पुर्र्वी पहाडमा भाषण गर्दै गरेका अर्का नेता “किन दिनु प¥यो राजिनामा ?” भन्दै थिए । अनि त्यत्ति नै वेला कोटेश्वरमा भेला भएका कार्यकर्ताहरु अभियन्तालाई सोध्दै थिए “यही हो त कमरेड शिर्ष तहमा भएको एकता र गुटको अन्त्य?” यो अवस्थाको अन्त्य नहुने हो भने पार्टी सुदृढीकरणको अभियान जति नै चलाए पनि पार्टी एकतावद्ध र सुदृढ हुन सक्दैन । बरु पानीमाथि डुंगा चलाएर वाटो बनाए जस्तो हुनेछ र अभियानले अपेक्षित परिणाम दिने छैन । कार्यकर्ताको टिप्पणी र आलोचना आम रुपमा यस्तै रहन गयो ।
यसर्थ, नेतृत्वले व्यक्तित्व टकरावको जगमा उभिएर नीतिगत विषयमा दिइने विवादास्पद अभिव्यक्तीको अन्त्य गर्दै आफ्नो अभिव्यक्ति र व्यवहारलाई जवजद्धारा निर्देशित गर्न सक्नुपर्दछ । मत भिन्नता छन् भने कमिटीगत रुपमा वहस गर्न सवैलाई अधिकार छ । यस पक्षमा सवैभन्दा बढी शिर्षस्थहरुले नै ध्यान दिनु पर्दछ । यो आम रुपमा प्राप्त सुझाव हो । कार्यकर्तादेखि शुभचिन्तकसम्मको एउटै सुझाव छ या त नेतृत्वले सुध्रन सक्नुपर्दछ होइन भने नेतृत्व नया पुस्तालाई हस्तान्तरण गर्न तयार हुनुपर्दछ । कुन विकल्प रोज्ने ? कार्यकर्ता, समर्थक र शुभचिन्तकले वल नेताहरुको कोर्टमा पु¥याइदिन आग्रह गरेका छन् ।
४. पुराना कार्यकर्तामा विद्यमान उर्जाको उपयोग
नीतिमा एउटा कुरा लेखिने अनि त्यही नीतिको सिरानी हाल्दै फरक नेताका फरक बोली र व्यवहार देखाउने प्रबृत्तीले यो वा त्यो पक्षमा नलाग्ने तर पार्टीप्रति प्रतिवद्ध कार्यकर्ता कन्फ्युज्ड र निराश छन् । नेकपा एमाले पार्टीले नै समाजको आमुल परिवर्तनको अगुवाइ गर्न सक्दछ भन्ने विश्वासका आधारमा पार्टीपंक्तीमा लामबद्ध हुन पुगेका र खास गरी २०४६ साल पुर्वका कार्यकर्तापंक्ती बढी निराश र क्रियासिलतामा सुसुप्त छ । उनीहरुको तुलनामा अवसर र सुविधाको खोजीमा घुमन्ते प्रबृत्तीको समुह बढी चलायमान देखिन्छन् र पार्टी नेतृत्व पनि एकहदसम्म यही समुहद्धारा घेरिएको छ । यस पक्षलाई हरेक तहको नेतृत्वले आफैलाई छाम्न र अवसरवादी र स्वार्थी समुहको घेरा तोड्दै आफुलाई संस्थागत नीतिव्दारा निर्देशित गरेर अगाडी बढ्न आवश्यकछ ।
आफुलाई स्वार्थ समुहको घेरा वाहिर ल्याउदै नेतृत्व नीति निर्देशित भएर चल्ने हो भने एमालेभित्र अझै पनि आमुल परिवर्तनको लागि क्रियासिल हुन सक्ने वा चाहने कार्यकर्ता र समर्थकको ठुलो पंक्ती आस्था जोगाएर बसेको छ । अवको मुख्य कार्यभार सामाजिक–सांस्कृतिक रुपान्तरणको लागि योगदानमा लाग्न सक्ने उर्जा त्यो पंक्तीमा अझै वाकी छ ।
आवश्यकता केन्द्रदेखि स्थानिय तहसम्म नेतृत्व स्वार्थ समुहको घेराबन्दीवाट मुक्त हुदै मनैदेखि जनताको बहुदलिय जनवादलाई वोलीमा सिमित गरेर होइन, जीवनमा अनुभुत गर्न सकिने गरी व्यवहारमा कार्यान्वयनका लागि नेतृत्व उदाहरण बन्न तयार हुनुपर्दछ र अगुवाइ गर्न सक्नुपर्दछ ।
५. आपसी सहयोग र समन्वयको लागि सामुदायिक क्लव
विगतमा एमालेको एकजना नेता÷कार्यकर्तामाथि कसैले कर्के आखा लगाउदा सिंगो पार्टी पंक्तीलाई त्यसले छुने गर्दथ्यो । बस्ती र समुदायमा पनि एउटाको दुख–सुखमा सवैको साथ र सहयोग हुने गर्दथ्यो । आज प्रबृत्ती र व्यवहार फेरिएको छ । एउटा एमालेको सफलतामा अर्कोले गर्व गर्न नसक्ने र एउटाको दुख अर्कोको लागि वेवास्ताको विषय बन्दै गएको छ । एउटै समुदायभित्र बस्ने एमाले नेता, कार्यकर्ता र समर्थक विचमा पनि आपसी सम्बन्ध, सम्पर्क र सहयोगको वातावरण छैन । जसका कारण आपसमा वैचारिक अपनत्व, सहयोग र समन्वयको संस्कार र संस्कृती कमजोर हुदै गएको छ । यो उदासिन अवस्थालाई चिर्न सिंगो पार्टी पंक्तीलाई नया ढंगवाट प्रशिक्षित र परिचालित गर्नै पर्दछ ।
यसका लागि पार्टी विधानमा व्यवस्था गरिएको “सामुदायिक कम्युनिष्ट मञ्च” को गठन र परिचालन सहयोगी संयन्त्र बन्न सक्दछ, जसमा निश्चित टोल वा समुदायमा वसोवास गर्ने एमालेका सवै नेता, कार्यकर्ता, सदस्य र समर्थकलाई गोलवन्द गरी मानवीय सहयोग, सद्भाव र समन्वयको संस्कारको विकास गर्न सकिन्छ । यसो भएमा आपसमा सहयोग र समन्वय मात्र होइन, समाजमा विद्यमान खराव संस्कार संस्कृतिको अन्त्य गर्दै प्रगतिशिल संस्कार–संस्कृतीको विकासमा समेत योगदान पुग्नेछ ।
६. निर्वाचन प्रक्रियामा लोकतान्त्रिक पद्धती र प्रविधिको प्रयोग
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, पहुचयोग्य र विश्वासयोग्य बनाउने वारेमा केही प्रक्रियामा परिवर्तन गर्नै पर्दछ । यस विषयमा सम्भव भएजति विषयमा अहिले नै र अन्यका लागि क्रमश परिवर्तनको प्रक्रियामा जानै पर्दछ ।
उम्मेदवार चयनको सन्दर्भमा पार्टीलाई अझै लोकतान्त्रिक बनाउन र सदस्यको भुमिका बृद्धीका लागि उम्मेदवारी चयनमा सम्बन्धित निर्वाचन क्षेत्रमा रहेका संगठित सदस्यको मतलाई पनि आधार बनाइनु पर्दछ । यसो गर्दा एक त निर्वाचनमा जान चाहने कार्यकर्ता भुगोल केन्द्रीत भएर काममा लाग्ने अवस्थाको विकास हुन्छ भने अर्कातर्फ सदस्यको अधिकार विस्तार हुने कारण सदस्यता वितरणकासाथै पार्टीको विस्तार, विकास र क्रियासिलतामा बृद्धी हुनेछ ।
त्यसैगरी, विज्ञान र प्रविधिले गरेको आविष्कार र विकासलाई अधिकतम सदुपयोग गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, छिटो, छरितो र मतदाताको पहुच बृद्धी समेतलाई ध्यानमा राखेर विद्युतिय मतदानको प्रक्रियामा जानका लागि साधन र स्रोतले साथ दिएसम्म अधिकतम प्रयत्न गर्नै पर्दछ । हालसम्मको प्रविधिको विकासलाई मात्र पनि उपयोग गर्न सक्दा मुलुकको जुनसुकै स्थानमा रहेर पनि आफ्नो क्षेत्रको उम्मेदवारलाई मतदान गर्न सकिनेसम्मको प्रविधि हाम्रै मुलुकमासमेत उपलव्ध भइसकेको अवस्था छ । यसको उपयोग गर्न सकेमा मतदानकै लागि आफ्नो निर्वाचन क्षेत्र पुग्न नसक्ने मतदाताले समेत मतदानको अधिकारको प्रयोग गर्न सक्नेछन् ।
यस प्रक्रियाको क्रमश विकास गर्दै जादा भविष्यमा वैदेशिक रोजागारीका लागि मुलुक छाड्न वाध्य भएका नागरिकको समेत निर्वाचनमा पहुच विस्तार गर्न सकिन्छ । यसर्थ, यस पक्षमा नेकपा एमालेले निरन्तर पहल गर्दै सम्भव भएसम्म नया प्रविधिको उपयोगमा जोड दिनै पर्दछ ।
७. सामाजिक सांस्कृतिक रुपान्तरणको लागि व्यवहारिक पहल
समाजलाई थप मानवीय, विभेदरहित र समानतामा आधारित लोककल्याणकारी मुलुकका रुपमा स्थापित गर्ने सन्दर्भमा आर्थिक र सामाजिक–सांस्कृतिक रुपान्तरण अवको प्रमुख राजनीतिक एजेण्डा हो । लामो संघर्षपछि नेपाली नागरिकले राजनीतिक रुपमा लोकतान्त्रिक अधिकार प्राप्त गरे पनि समाजमा जरा गाडेर बसेको आर्थिक विषयमता र सामाजिक–सांस्कृतिक पछौटेपन अझै जारी छ । जातिय रुपमा विद्यमान छुवाछुतदेखि लिंगका आधारमा गरिने विभेद र हिंसाको कहाली लाग्दो अवस्थामा अझै आशातित परिवर्तन हुन सकेको छैन । यस समयसापेक्ष नीतिवाट निर्देशित पार्टीका रुपमा पनि यस सन्दर्भमा नेकपा एमालेले नै अगुवाइ गर्न सक्ने र पर्ने सम्बन्धित पक्षको अपेक्षा रहेकोछ ।
काठमाडौ क्षेत्र नं. २ मा यही अभियानको समापन संगै महिला विरुद्ध हिंसा र जातिय छुवाछुत विरुद्ध यही क्षेत्रमा बसोवास गर्ने कानुन व्यवसायी विचमा एउटा संयन्त्र बनाइएको छ । अव आइन्दा नेकपा एमालेका सदस्यवाट वा सदस्यमाथि यस किसिमको हिंसा भएमा आन्तरिक कार्वाहीसमेत र एमाले वाहेकको सन्दर्भमा राष्ट्रको कानुन अनुसार न्यायका लागि निशुल्क कानुनी सहयोग उपलव्ध गराइने छ । एमालेले यस किसिमको पहल देशव्यापी रुपमा नै गर्न सके सम्बन्धित समुदायको एमालेप्रतिको आस्था र विश्वासमा निश्चितै रुपमा बृद्धी हुनेछ ।
अभियान कै विचमा समेत आमाको नामवाट नागरिकता नपाएका केही केसलाई सपफलतापुर्वक अगाडी बढाउने काम भएको छ । बाबु पत्ता नलागेका वा पहिचान दिन अस्विकार गरेका वा कुनै पनि कारणवाट नागरिक पहिचानवाट बञ्चित नेपालीका सन्तानको नागरिक पहिचानको समस्यावाट मुक्त गर्नका लागि एमालेले पहल गर्नै पर्दछ ।
त्यसै गरी श्रमको सम्मान र मर्यादित श्रमजीवी वर्गको संस्कार र संस्कृति स्थापित गर्ने काममा नेकपा एमालेको अगुवाइ अपरिहार्य छ । मुलुकमा जवसम्म गरिखाने वर्गको उचो शिर र मार्यदित जीवनको अनुभुतीको वातावरण सिर्जना गर्न सकिदैन, समाज सामाजिक सांस्कृतिक रुपान्तरणको वाटोमा अगाडी लम्कन सक्दैन । यस पक्षमा पार्टीको गम्भिर ध्यान जानुपर्दछ ।
८. राष्ट्रियता, संघियता, जनजिविका र विकास– एमालेको लागि प्राथमिकताको एजेण्डा
मुलुकको अहिलेको सवैभन्दा गम्भिर विषय “राष्ट्रियता” हो । हिजो सुरुंग युद्धका कुरा गर्नेहरु अहिले मुलुकको सिमाना निर्धारण समेत तीन करोड र सवा अरव जनता बीच जनमत संग्रहवाट गर्नुपर्ने लगायतका कुरा अगाडी सार्न थालेको वेलामा राष्ट्रघात विरुद्ध कडा प्रतिवाद गर्दै राष्ट्रियताको मुद्दालाई एमालेले उच्च प्राथमिकताकासाथ उठान गर्नु पर्दछ ।
त्यसैगरी, “संघियता” फेरी पनि संविधानसभा निर्वाचनको मुल मुद्दा बन्नेछ । सिंहदरवारमा केन्द्रित रहेको अधिकारलाई विकेन्द्रिकरण गरी स्थानिय तहमा पु¥याउन २०५४ सालदेखि गरिएको पहल समेतलाई जोडेर “बहुपहिचानसहितको संघियता र सामाजिक सद्भावसहितको राष्ट्रियता एकता” को नारालाई आम नागरिकले बुझ्ने भाषामा स्थानिय तहसम्म पु¥याउनु पर्दछ ।
आम नागरिकको दैनिक जीवनसंग जोडिएका जनसरोकारको विषयहरु गास, वास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र सुरक्षा लगायतका विषयलाई व्यवहारिक रुपमा कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा जनता आश्वस्त हुनसक्ने गरी उच्च महत्वकासाथ उठाउदै एमालेको नीति–एमालेको नेतृत्वलाई वोधगम्य रुपमा प्रत्येक नागरिकको बीचमा पु¥याउनु पर्दछ ।
जनताको जीवनलाई सहज र सरल बनाउनका लागि आवश्यक पुर्वाधारको विकासका वारेमा दिर्घकालिन सोच र दिगो विकासको अवधारणाको स्पष्ट खाका जनताको बीचमा राख्न सक्नुपर्दछ । यसो भयोे भने मात्र राजनीतिप्रति टुट्दै गएको जनविश्वास फेरी पलाउन सक्छ भन्ने कुरामा नेकपा एमालेले सचेतनतापुर्वक पहल गर्नु पर्दछ ।
यसर्थ अवको निर्वाचनको मुल एजेण्डा भनेको राष्ट्रियता, बहुपहिचानसहितको संघियता, जनताको दैनिक आवश्यकतादेखि विकास निर्माणको भरपर्दो खाका हुनुपर्दछ । यी विषयलाई प्रत्येक मतदाताको बीचमा पु¥याउन सक्नुपर्दछ ।
९. आधारभुत वर्ग र समुदाय– अवको कामको केन्द्र बिन्दु
आगामी निर्वाचनको करिव एक करोड ६० लाख मतदातामध्ये झण्डै एक करोड १७ लाख श्रमजीवी जनताले ओगटेको छ । जुन सिंगो मतदाता संख्याको ७० प्रतिशतभन्दा बढी हुन आउदछ । सरकारी सेवादेखि नीजि कलकारखाना, कृषि क्षेत्रदेखि स्वरोजगार र वेरोजगारसम्मको श्रमशक्ती यो संख्या भित्र पर्दछ । यसर्थ पार्टीले आफ्नो निर्वाचन रणनीति बनाउने क्रममा श्रमजीवी वर्गको मुद्दालाई जति भरपर्दो रुपमा सम्बोधन गर्न सक्यो, उति नै दरिलो र भरिलो पार्टी संगठन निर्माण र निर्वाचनमा विजय सुनिश्चित गर्न सकिन्छ ।
१८ देखि ४० वर्षका झण्डै ३५ प्रतिशत युवा जमात पार्टी निर्माणको खम्वा बन्न सक्दछन् । मुल रुपमा उनीहरुको सन्दर्भमा रहेको वेरोजगारी समस्या सुल्झाउन रोजगारीको सिर्जना, सिपमुलक र व्यवसायमुलक जनशक्तिको उत्पादनमा ध्यान दिनु पर्दछ । मुलत माध्यामिक तहसम्मको शिक्षामा पुगेर पढाइ अड्किएका लाखौ संख्यामा रहेका युवाहरुलाई गरिखान सक्ने र स्वाभिमानीपुर्वक जीवन जीउन सक्ने सीप र व्यवसायको भरपर्दो विकल्प अगाडी सार्न सक्नुपर्दछ ।
सिंगो जनसंख्याको झण्डै ५२ प्रतिशतमा रहेका र श्रमजीवी होस वा युवा अथवा जुनसुकै वर्ग र समुदायको पनि आधा हिस्साको रुपमा रहेका महिला समुदाय आज पनि आर्थिक रुपमा परनिर्भर, सामाजिक रुपमा विभेदित र सांस्कृतिक रुपमा पछाडी पारिएको अवस्थामा छन् । जसको कारण अझै पनि महिला विरुद्ध हिंसा सभ्य दुनियाको अगाडी हरेक स्वाभिमानी नागरिकको शिर निहुरिने तहमा भइरहेको छ । महिला विरुद्ध हिंसाको अन्त्य र उनीहरु विरुद्धका सवै किसिमको विभेदको अन्त्य गरिने कुरालाई नीति र कार्यक्रमव्दारा सम्बोधन गर्न सक्नु पर्दछ ।
मुलुक राजनीतिक रुपमा गणतन्त्र र धार्मिक रुपमा धर्मनिरपेक्ष भइसक्दा पनि समाजमा अझै पनि जातिय छुवाछुतको कलंक हटेको छैन । यसको अन्त्यका लागि व्यवहारिक रुपमा सम्बोधन गर्न सक्नु पर्दछ ।
“राज्य जहिले पनि कमजोर पक्षको अभिभावक बन्नुपर्दछ” भने झै “समाजमा हेपिएका, चेपिएका, विभेदमा पारिएका, पछाडी छाडिएकाहरुको सहारा र आवाजविहिनहरुको आवाज बन्न सक्नुमा नै कम्युनिष्ट पार्टीको सफलता जोडिएको हुन्छ” भन्ने कुरालाई नेकपा एमालेले गहिरोसंग मनन गर्दै आफ्नो नीति, कार्यक्रम र व्यवहारमा यो कुरा देखाउन सक्नुपर्दछ । यसरी नै सामाजिक–सांस्कृतिक रुपान्तरणको वाकी कार्यभार पुरा गर्न सकिनेछ ।
१०. स्थानिय निर्वाचनमा जोड
स्थानिय सरकारको अनुपस्थिति आज धेरै समस्याको कारण बनेको छ । र, यसको सवैभन्दा बढी प्रभाव युवा, महिला र श्रमजीवी वर्गलाई नै परेको छ । राजनीतिमा युव पुस्ताको माग आज समग्र क्षेत्रमा उठिरहेको छ । युवा राजनीतिकर्मीको विकास हुने संरचना भनेको स्थानिय सरकार नै हो । यस अर्थमा विगत १५ वर्षदेखि स्थानिय निर्वाचन नहुदा राज्यले युवा राजनीतिको “तीन पुस्ता” नेतृत्व गुमाइ सकेको छ । एकपटकको निर्वाचनवाट झण्डै दुई लाख व्यक्ति निर्वाचित हुने र त्यही नेतृत्ववाट श्रेष्ठता हासिल गर्नेहरु राष्ट्रिय राजनीतिमा आउदा गुण र संख्या दुवै हिसावले आजको माग अनुसारको युवा नेतृत्व विकास हुन सक्ने थियो । स्थानिय निर्वाचन हुन नसक्दा राष्ट्र युवा नेतृत्व विकासको अवसरवाट बञ्चित भएको छ । यो मुलुकको अग्रगामी विकिासको दृष्टिवाट ठुलो नोक्सानी हो ।
त्यसै गरी मुलुकको ९० प्रतिशत भन्दा बढी श्रमशक्ती अनौपचारिक क्षेत्रमा क्रियासिल छ । अनि राज्यले सवै श्रमजीवी वर्गलाई समेट्ने गरी सामाजिक सुरक्षाको अवधारणा अगाडी ल्याइरहेको छ । यस अवस्थामा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुले आफ्नो पहिचानको लागि पञ्जिकृत हुने निकाय भनेको स्थानिय सरकार नै हो ।
जनप्रतिनिधिविहिन स्थानिय निकायको कारण ति श्रमिकहरु पहिचानविहिन मात्र बनेका छैनन्, सामाजिक सुरक्षाको संयन्त्रवाट समेत वाहिर पर्नुपरेको छ । गरिखाने वर्गको लािग यो भन्दा अन्याय अरु के हुन सक्दछ ?
सरकारी आंकडा अनुसार पनि ४८ प्रतिशत महिलाहरु हिंसाको शिकार भएका छन् । जति हिंसा हुन्छ, त्यसको झण्डै ८० प्रतिशत घरभित्र हुने गरेको छ, जुन सहजै राज्यको न्याय संयन्त्रमा लैजान सक्ने अवस्था बनिसकेको छैन । यस वर्षको तथ्यांक र घटनाका प्रकृती हेर्दा प्रत्येक स्वाभिमानी नागरिकको शिर निहुरिने तहका घटनाहरु भएका छन् । यस्तो अवस्थामा ति पिडित महिलाका लागि स्थानिय जनप्रतिनिधि आधिकारिक सहारा बन्न सक्ने थिए । तर विडम्वना उनीहरुको अनुपस्थितिमा पिडा पोख्ने निकायसम्म उपलव्ध छैन ।
यसर्थ, स्थानिय निर्वाचन नहुनुको मार सवैभन्दा बढी महिला, श्रमजीवी र युवा नेतृत्व विकासको दृष्टिकोणवाट परेको कुरालाई अनुभुत गर्दै नेकपा एमालेले स्थानिय निकायको निर्वाचनलाई उच्च महत्वकासाथ उठाउदै ति वर्ग र समुदायका जनताको आवाज बन्न सक्नुपर्दछ ।
स्थानिय तहसम्म संस्थागत हुदै गएको भ्रष्टाचार नियन्त्रण र आवश्यकता आधारित विकास निर्माणको दृष्टिवाट समेत स्थानिय निकायको निर्वाचन अपरिहार्य आवश्यकता हो भन्ने कुरामा जोड दिनुपर्दछ ।
११. माओवादीले छरेको भ्रमको सुत्रवद्ध रुपमा खण्डन
एनेकपा माओवादीले विगतको निर्वाचनमा आम नागरिकको विच लोभ–लालत, डर–त्रास, धाक–धम्की लगायत हुने नहुने सवै किसिमका हत्कण्डाहरु अपनाएर मत आफ्नो पक्षमा पार्ने काम ग¥यो । निर्वाचन क्षेत्र तहमा यस किसिमका झुट र भ्रमहरुलाई सुत्रवद्ध गर्दै फेरी पनि अप्नाउन सक्ने यस्ता हत्कण्डाहरुको विरुद्ध जनतालाई सचेत पार्ने काम समयमा नै गरिनुपर्दछ ।
१२. विविध
आजको दुनियामा विज्ञान र प्रविधिले गरेको विकास र आविष्कारलाई पनि अधिकतम रुपमा प्रयोग गर्ने वारेमा पार्टी पंक्ती सचेत र क्रियासिल हुनुपर्दछ । आफ्ना गतिविधिहरुलाई नियमित रुपमा अपडेट र दस्तावेजीकरण गर्ने सन्दर्भमा व्लग, वेभपेजहरु तयार गर्ने फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जालहरुको प्रयोग गरी खास गरी युवा समुदायको बीचमा पुग्ने, उनीहरुको सोच र धारणाहरु बुझ्ने र आवश्यकता अनुसार समयमा नै सम्बोधन गर्ने काममा एमालेले ध्यान दिनु राम्रो हुन्छ ।
त्यसै गरी शान्तिपुर्ण वाटो र निर्वाचनको माध्यमवाट समाज परिवर्तन गर्न सकिन्छ भन्ने नीति अंगालेको जनताको बहुदलिय जनवाद प्राप्तीको लागि बलियो भुगोल आधारित संगठन पुर्व शर्त हो । यस सन्दर्भमा पार्टीका सदस्य र समर्थकहरुलाई भुगोल केन्द्रीत रुपमा नै संगठित र परिचालन गर्ने कुरामा जोड दिनुपर्दछ । कुनै कारणवस भुगोलमा बढी क्रियासिल हुन नसक्ने अवस्था छ भने त्यसमा पनि भुगोल आधारित भएर नै विशेष संयन्त्रहरु बनाइनु पर्दछ । भुगोलवाट अलग संरचना र संगठन जति नै बलियो देखिए पनि कालान्तरमा त्यसले गणनायोग्य योगदान गर्न नसक्ने कुरालाई पार्टीले समयमा नै ध्यान दिन जरुरी छ ।
समग्रमा एक महिने अभियानको सिलसिलामा पार्टी कमिटी, सदस्य, समर्थक र शुभचिन्तकहरुवाट प्राप्त टिप्पणी, आलोचना र सुझावहरुलाई सुत्रवद्ध गर्दा प्राप्त सार यही नै रहेको छ । आशा गरौ, यी कुराहरुले आगामी दिनमा पाछर्टी संगठन र गतिविधिलाई प्रभावकारी बनाउन सहयोगी बन्यो भने एक महिने पार्टी परिचालन अभियान सफल र उपलव्धीमुलक रहेको निचोड निस्कने छ ।
धन्यवाद ।
असार २०७०