माघ ८ २०७१ मा नेपाली जनतालाई नया संधिवान दिने वाचा सवे राजनीतिक दलले सामुहिक रुपमा गरेका थिए । एमाओवादीले त आफ्नो घोषणापत्रमा नै ६ महिनामा असहमतीका बुदाको टुंगो लगाउने र सहमती हुन नसकेका विषयमा प्रक्रियामा गएर पनि वर्ष दिनमा नया संविधान दिने कुरा उल्लेख छ । नेकपा एमालेले एकवर्षमा मस्यौदा दिने कुरा गरेको छ भने नेपाली कांग्रेसले पनि एकवर्षमा नै संधिवान दिने कुरा गरेको छ ।

यही अनुसार नेपाली जनताले आशा गरेको संविधान दिने क्रममा माओवादी नेतृत्वको मोर्चाले अवरोध खडा गर्ने क्रम देखाएपछि नेकपा (एमाले) र कांग्रेसले समयमा नै संविधान दिने अडान लिए, जसका कारण आपसी असमझदारी बढ्दै गयो । आपसमा सहमती हुन नसकेपछि बहुमतिय प्रक्रियावाट संविधान निर्माण प्रक्रिया अगाड िबढाउन सभाध्यक्षले प्रश्नावली बनाउन प्रस्ताव समितिको प्रस्ताव राख्न चिनकाजी श्रेष्ठको नाम वोलाउने वित्तिकै माओवादी नेतृत्वमा रहेको मोर्चा यसको विरुद्धमा उत्रियो ।

अन्तत, माघ ५ गते संविधानसभामा नहुनुपर्ने घटना घट्यो । संविधानसभाका अध्यक्षमाथि जुत्ता प्रहार गर्नेदेखि गलवन्दीले तानेर ल्याउनेसम्मको प्रयत्न भयो । उक्त हर्कत असफल पारिदिएपछि सभा कक्षमा रहेको माइक भाचेर चारवटा माइक कमरेड के.पी. ओलीमाथि प्रहार गरियो । जसमध्ये एउटाले उहाको छातीमा लाग्यो भने अर्कोले कमरेड विद्या भण्डारीको खुट्टामा लागेको थियो । माइक छेक्ने क्रममा रिषीकेशलाई लागेर झरेको थियो भने अर्को एउटा भुइमा खसेको थियो । चिनकाजीलाई उक्त प्रस्ताव राख्न जाने क्रममा अवरोध खडा गरेपछि करिव पाच मिनेटको समयमा सभाध्यक्षले वैठक रोक पनि सभाकक्षमा रहेको कुर्सी ताडफोडलाई तिव्रता दिइयो । जसका कारण झण्डै तीस लाख वरावरको क्षती भएको प्रारम्भिक अनुमान गरेको छ ।

त्यसपछिका दिनमा पनि अवरोध खडा गर्ने क्रम जारी रह्यो । ६, ७, ८ र ९ गते पनि यही क्रम जारी रहेपछि सभाध्यक्षले राखेको विकल्पको वारेमा छलफल गर्न एकदिनको अवधि माग गरेको कारण १० गते खाली राखेर ११ गतेका लागि वैठक राखियो । तर, उक्त दिन पनि त्यही प्रक्रिया दोहोरिएका कारण सभाध्यक्षले नै प्रस्ताव राखि समिति गठन गरी पाच दिनपछि वैठक र वैठक शुरु भएको पाच दिन यसको कार्य अवधि घोषणा गरियो । जुन समयमा समेत सहमतीको लागि पहल जारी राख्न सकिने कुरा अगाडी सारियो । तर, यस घटनापछि सभाध्यक्षको पुत्ला जलाउनेदेखि निरन्तर विरोध जारी छ ।

Word file-CA disturbance