यस पटक संयुक्त राष्ट्र संघको महासभासंग सम्बन्धित रहेर आयोजना गरिएको आप्रवाशन र विकास सम्बन्धि उच्चस्तरिय सम्वाद –ग्ल्)ज्ीम् यल ःष्नचबतष्यल बलम म्भखभयिऊभलत) मा आइटियुसीको तर्फवाट सहभागि हुन अमेरिका जाने अवसर मिल्यो ।
सन २००० मा हवाइमा दाइ–भाउजु भएको समयमा हप्ता दिनको लागि अमेरिकी भुमिमा गएको थिए । त्यसपछिको यो दोस्रो अमेरिका यात्रा थियो । यस पटक दाइको परिवार क्यालिफार्नियामा रहेको, दाइलाई सञ्चो पनि नभएको साथै मञ्जु थापा र लिवर्टी बाल्टिमोरमा रहेको कारण अमेरिका जाने नै भएपछि हप्ता दिन अगाडी गएर भेटभाट पनि गरौ भन्ने योजना बन्यो । तयसै अनुसार सेप्टेम्वर ३० मा पुग्दा हुने कार्यक्रमको ठाउमा २३ मा नै प्रस्थान गरे । यस क्रममा केही घुुमघाम र भेटघाटको काम पनि गरियो ।
बासिंगटन शहरमा दोस्रो विश्वयुद्धको सम्झना
२४ सेप्टेम्वरमा वासिंगटन डिसीको आइएडी एअरपोर्टमा उत्रिए र मञ्जुकोमा बसियो । अर्को दिन वासिंगटन घुम्ने क्रममा मुलत चारवटा ठाउ गइयो । सवैभन्दा पहिला वासिंगन मोनुमेण्ट हेरियो । यसको पुनरनिर्माण कार्य भइरहेकोले माथि जान बन्द गरिएको रहेछ । वाहिरवाट मात्र हेरेर वाटो लागियो ।
स्वतन्त्रता सित्तैमा पाइएको होइन (अर्थात फ्रिडम इज नट फ्रि) भन्ने नाराका साथ फ्रिडम वालमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाउने चार लाखभन्दा बढी अमेरिकी योद्धाको सम्झनामा चार हजार सुनौला तारा अंकित गरिएको भित्ता रहेछ, जहा एउटा ताराले १०० जना योद्धालाई जनाउदछ भनेर उल्लेख गरिएको छ । यहा दोस्रो विश्वयुद्धमा अमेरिकाको पक्षवाट लडाइमा सहभागि हुने प्रत्येक देशको नामसहति एउटा–एउटा खम्वा बनाइएको रहेछ । यस ठाउमा पुग्दा लाग्यो । हाम्रो मुलुकमा पनि २००७, २०४६ र २०६३ सालमा निरंकुशता विरुद्ध र लोकतान्त्रिक गण्ँतन्त्र स्थापनाको आन्दोलनको स्मरणमा पार्क बनाइ शहिदहरुको सम्झनामा स्मृती स्तम्भहरु बनाउन सके मानिसमा प्रजातन्त्र त्यत्तिकै आएको होइन भन्ने अनुभुत गराउन सहयोग पुग्ने थियो ।
यही पार्कको अर्को कुनामा रहेको सुनौला ताराहरु नियालिरहदा माइतिघरमा राखिएको व्यानर दश वर्षको युद्धमा जीवन गुमाउन पुगेको १३२३७ जना नागरिकलाई सम्झिरहने छौ” को याद आयो । त्यस ठाउमा पुगिरहदा कुनै ठाउमा १० वर्षमा जीवन गुमाएका र वेपत्ता भएकाहरुको सम्झनामा केही सांकेतिक बस्तुसहित पार्क बनाउन सके नया पिढीमा शान्तिप्रतिको आस्था जगाउन सहयोग पुग्ने अनुभुती गरिहरकी थिए । त्यसको अर्को कुनामा रहेको भियतनाम युद्ध र कोरियन युद्धको सम्झनामा पनि छुट्टा छुट्टै पार्कहरु देख्दा हाम्रो तितोसत्य वादरमुडे, दोसम्भा, खारा जस्ता खास–खास क्षेत्रको नामसहितको सम्झनामा केही कुराको निर्माण गर्न सके इतिहासको रक्षा पनि हुने र भावी सन्ततीलाई इतिहासको सहज र जीवन्त याद दिलाउन पनि सकिने थियो भन्ने कुरा मनमा आइरहेको थियो ।
हामी त्यसपछि मार्टिन लुथर किंग मेमोरियलमा गयौ । खास गरी स्वतन्त्रताप्रेमीका लागि यो ठाउ असाध्यै प्यारो हुदो रहेछ । त्यसको अलि पर अव्राहक लिंकन स्मृती स्थल रहेछ, जहा उभिएर मार्टिनले आफ्नो “आइ हाइभ अ ड्रिम” भन्ने प्रशिद्ध भाषण दिएका रहेछन् । यसको ठिक तल्लो तलामा सानो संग्राहलय बनाइएको रहेछ, जहा मार्टिन किंगको भाषणको निरन्तर भिडियो प्ले भइरहेको थियो । यो हेरिहदा मलाई मदन भण्डारीको “आखा नचम्काइ बक्सियोस महाराज” भन्ने भाषणको याद आयो । हामीले कम्तिमा पनि यस किसिमको स्मृती स्थल चावहिलस्थित भाषण गरेको ठाउमा बनाउन सके वा त्यस किसिमका भिडियो प्ले पार्टी कार्यालयमा नै मात्र पनि गरिरहने व्यवस्था गर्न सके साच्चै मदनप्रतिको सम्मान र उहाका विचारको प्रचार नया पुस्तासम्म पु¥याउन सहयोगी बन्ने थियो ।
२५ तारिकको दिन यति घुमघाम सकेर भवानीको घरमा खाना खान गयौ । त्यहा कुराकानीको क्रममा बच्चाहरुको अवथा हेर्दा मलाई साच्चै दुख लाग्यो । बच्चँहरुको भविष्यको भन्दै अमेरिका पुग्ने अधिकांश नेपालीहरु आमा–बाबु १२ देखि १८ घण्टा काम गर्दा रहेछन् । बच्चाहरुलाई समय दिन नसक्ने कारण बच्चाको पढाइ र लत विग्रिदो रहेछ । बच्चाको लागि कमाइ गर्ने नाममा आमाबाबुको माया नपाउने, तर भौतिक सुविधा उपलव्ध रहेको अवस्थामा अधिकांश छोराछोरीको भविष्य अनिश्चित बन्दै गएको जानकारीले मलाई भित्र कता दुखाए जस्तो भयो । खास गरी भौतिक सुखको खोजीमा डाइर्सिटी भिसामा विदेश जाने अधिकांशका सन्तानहरु कुनै न कुनै कुलतमा लागेको जानकारी त्यहाको कुराकानीमा जानकारी भयो । यो कुरा सुन्दा लाग्यो मानिस पैसाको पछाडी यसरी कुदेको छ की आफ्नै भविष्यलाई अशान्त र असन्तुष्ट बनाइरहेको अवस्थालाई समेत सम्झने र मनन गरेर ठिक हिसावले अगाडी बढ्ने वारेमा योजना बनाउने समय उनीहरुसंग छैन ।
क्यालिफोर्निया
क्यालिफोनियामा मेरो दाइको परिवार रहने भएकोले यहासम्म आइसकेपछि एकपटक भेटघाट गरौ भन्ने योजना अनुसार २६ सेप्टेम्वर विहानको प्लेनवाट उता लागे १०.३० मा लस एन्जलसमा प्लेनवाट उत्रिएर युनियन स्टेसनसम्म वसमा गए र त्यसपछि मेट्रोलिंग टे«नवाट रिभरसाइन डाउनटाउनसम्म गए । त्यहा दाई राजु लिन आइरहेका थिए । गाडिवाट झण्डै २० मिनेटको ड्राइभमा घर पुगियो । त्यस दिन त्यत्तिकै आराम गरियो । अर्को साझ ललित र उन्नतीको घरमा खाना खान गयौ । त्यहा गणेश वोगटी र दुर्गा सहित चार परिवार भेला भएका थियौ । कुराकानीमा थाहा भयो, अलिकती व्यवसायीक सीप र काम गर्ने अनुमतीसहित आएका परिवारको अवस्था भने मानवीय हिसावले ठिकै रहेछ ।
२८ तारिक सुवेग न्युयोर्क फकर्ने थियो । एलएमा युनिभर्सल थिएटर हेर्न जाने भनेको दाइलाई विहानैदेखि सञ्चो नभएपछि कार्यक्रम बदलियो । लालिनालीमा किटनासक औषधिको विरुद्ध किरा नै प्रयोग गरेर पेष्टिसाइडको विकल्पमा आफ्नो बौद्धिकता र समय लगाइ रहेका दाइलाई सायत त्यही पेष्टिसाइडले असर गरेर होला सञ्चो नर्भका लामै भयो , तर खास कारण अझै पत्ता लाग्न सकेको छैन । तयसैले अलिकती पनि हावापानी, खानपिन र सुताइठयाइको समय मिलेन भने असर गरिहाल्दो रहेछ । त्यस दिन दिउसो त्यतै नजिकतिर घुमघाम गरियो । साझ सुवेगलाई एअरपोर्ट पु¥याएर फर्कदा अर्को एक परिवारको घरमा छोरीको जन्मदिनको पार्टीमा गयौ ।
झण्डै ४०–५० जनाको उपस्थिति रहेको उक्त पार्टीमा कुराकानी गर्दा थाहा भयो । यहा हरेक हप्ता जस्तो यस किसिमको पार्टी हुदो रहेछ । हप्ताभरी काममा जोतिने र सप्ताहन्तमा कसै न कसैको घरमा कुनै यस्तै अवसर पारेर भेटघाट, खानपिन नै यहो सामाजिक जीवनको पाटो रहेछ । मलाइ भित्रभित्रै अनुभुती हुदै थियो पुजीवादले मानिसलाई मेसिन बनाएको छ । र, यही रुटिनमा उनीहरुको जिन्दगीलाई घुमाइरहेको छ । काम, दाम र मामभन्दा पर सोच्ने फुर्सद कसैको छैन । कहिलेकाही यस्ता जमघटमा मुलुक र राजनीतिज्ञप्रति आलोचना गर्नेभन्दा बढी उनीहरुको अर्को कुनै सामाजिक जीवन छैन ।
२९ तारिक क्यालिफार्नियामा मेरो अन्तिम दिन थियो । दिउसो घरैमा खाना खाने निउमा भेटघाट गर्न केही मेरा चिनजानका साथि र परिवारलाई बोलाइएको थियो । विनय–रुपा अर्याल आमाबुबासहित, रामचन्द्र, प्रभाकर, ललित र गणेशको परिवारसहित भेला भएका थियौ । त्यही दिन प्रावशी नेपाली मञ्च, अमेरिकाको तेस्रो वैठक टेलिफोनिंग रुपमा हुदै थियो । मलाई पनि उक्त वैठकमा आमन्त्रण गरिएकोले एक वजेपछि वैठकमा प्रवेस गरे । केही साथिहरुको रिपोर्टींग पनि सुने । र, निर्वाचनको सन्दर्भमा गर्नुपर्ने र सक्ने सहयोगको लागि आग्रह गर्ने काम गरे । उनीहरुको कुरा सुन्दा मुलत संगठनभित्र रहेको असमmदारीले गुटगत रुप धारण गरेको असजै अनुमान गर्न सकिन्थ्यो । र, यसलाई मलजल गर्न काम ठुला नेताहरुवाटै भएको थाहा हुन्थ्यो । केही साथिहरुको कुरा सुनिसकेपछि लाग्थ्यो नेपालीहरु गुट चलाउन र गफ गर्न दुनियाका मानिससंग प्रतिस्पर्दा गर्ने हो भने चाही अव्वल दर्तामा आएर विजय हासिल गर्ने छन् ।
यसरी चार दिनको क्यालिफोर्नियाको बसाइ सकेर ३० तारिकको दिन विहान न्युयोर्कको लागि प्रस्थान गरे, जहा मेरो यात्राको मुल काम संयुक्त राष्ट्र संघ महासभामा हुने आप्रवाशनर विकास सम्बन्धि विषयमा उच्चस्तरिय सम्बादमा सहभागि हुदै टे«ड युनियनको तर्फवाट हस्तक्षेपमुलक धारणा राख्नु थियो ।
युएनको कार्यक्रमको तयारी र सहभागिता
सेप्टेम्वर ३० साझ न्युयोर्क पुग्दा थकानले बतै जानसक्ने अवस्था थिएन । सिधै होटल गएर आराम गरे । अक्टोवर १ का विहान गंगा अर्यालका श्रीमान हरी अधिकारी लिन आए । उहाहरुको घरमा खाना खाएर फर्कने क्रममा इम्पेरियल स्टेट टावर गइयो, जुन ट्रिवन टावर ध्वस्त भएपछिको सवैभन्दा अग्लो टावर भनिदो रहेछ । त्यसको अलि पर रहेको व्रायन पार्क र छेउमै रहेको केन्द्रीय पुस्तकालय वाहिरवाट हेरियो । सर्वसाधारणको लागि खोलिएको यस सार्वजनिक पुस्तकालयभित्र जाने इच्छा थियो । तर समयले साथ दिइरहेको थिएन ।
त्यसै दिन साझ आइटियुसी, विडव्लू, इआइ र पिएसआइवाट आएका साथिहरुसंग भेटघाट र छलफल थियो । त्यसमा सहभागि भए । सिंगो कार्यक्रमभरी युनियनको तर्फवाट सम्भावित विषय र हस्तक्षेत्र गर्न सकिने सत्रहरुको वारेमा छलफल भयो । शुरुमा मुल प्लेनरीमा केही साथिहरुलाई वक्ता दिने कुरा भए पनि अन्तिममा आएर ग्लोवल युनियनको तपर्फवाट एकजनालाई मात्र समय उपलव्ध गराउने जानकारी भएपछि ग्लोवल युनियन काउन्सिलका अध्यक्ष एम्वेटले वोल्ने कुरा भयो । अन्य राउण्ट टेवलमा वोल्ने विषयमा निर्णय पर्खेर बस्ने र तत्काल तयार हुने भन्दा अर्को उपाय रहेन ।
अक्टोवर २ मा एफइएस र फिलिपिन्स सरकारको संयुक्त आयोजनामा एउटा छलफल कार्यक्रम थियो । युनियनका हामी सवै त्यसमा सहभागि हुन गयौ । यस कार्यक्रमको शुरुमा नै विडव्लुआइले कतारका निर्माणम मजदुरमाथि भइरहेको शोषणको विरुद्ध अभियान अन्तरगत “रेड कार्य ायच फिफा– नो वल्र्ड कप इन कतार विदाउट वर्कर्स राइट” भन्ने कार्ड उठाएर श्रमिक अधिकारप्रतिको ऐक्यवद्धता जारी गर्दै एम्वेटले कार्यक्रम शुरु गरे । त्यसपछि आइटियुसीको उपमहासचिव वेलिंटनको अध्यक्षता र एफइएस, पिलिपिनी सरकार र पिएसआइको प्रतिनिधि प्यानलिष्ट रहेको छलफलन शुरु भयो । यो कार्यक्रममा बसिरहदा अनुभुती हुदै थियो हामी दक्षिण एसियालीहरु सवैभन्दा बढी पिडा, शोषण र विभेदमा परेका छौ तर हामी नै यस किसिमको गतिविधिमा पछाडी छौ । वरु भएको शोषण पनि छैन र हैन भन्न सरकारदेखि विभिन्न संगठनको नाममा लागि परेका छौ । हाम्रो यो मती सुध्रने कहिले होला ? भन्ने कुराले मनका केही पिरोल्ने काम भने अवश्य गरिरह्यो ।
दिउसो ४ वजे फेरी पनि युएन अगाडी भेला भएर कोर्ट पार्कमा पुगियो । त्यहा प्रदर्शन गर्नुकासाथै प्रवाशी श्रमिकको अधिकारको माग गद झण्डै दर्जन बढीले सम्वोधन गरिसकेपछि यहाको पुरानो र ऐतिहासिक पुल “बु्रकलिन ब्रिज” पार गरेर अर्को तर्फ गइयो । झण्डै एकघण्टा लगाएर पार गरिएको उक्त पुल तन्नेरीहरुको लगन गाठोको प्रतिज्ञा स्वरुप ताला ल्याएर वारमा बन्द गर्दै साचो खोलामा बगाउने रमाइलो चलन रहेछ । हामीले मजाक पनि ग¥यौ सम्बन्ध विच्छेद गर्ने वेला चावी खोजेर ल्याउन गाहे हुने रहेछ । ताला फोड्नै पर्ने वाध्यता रहेछ ।
अक्टोवर ३ को विहान युएनमा नाम दर्ता गर्न चाडै जानुपर्ने भएकोले ७.१५ मा युएन अगाडी पुगियो । लाइनमा बस्दाबस्दै थाहा भयो, युएन उच्चस्तरिय सम्वाद राउण्ट टेवलमा टे«ड सहभागिको तर्फवाट पहिलो सत्रमा नै कुरा राख्नुपर्ने रहेछ । म आफु त्यसको लागि पुर्व तयारी अवस्थामा थिइन । नाम दर्ता लगत्तै भित्र गएर केही लिखत तयार गर्नु राम्रो भनेर तयारीमा लागे । १० वजे कार्यक्रम शुरु हुदासम्म मैले आफ्नो पहिलो लिखत तयार गरे र संगै रहेका विडव्लुआईका टोस र पुरानो साथी ज्योती । उनीहरुले सल्लाह अनुसार केही शाव्दिक परिवर्तन गर्दै नागरिक समाजको लागि छुट्याइएको सिट तर्फ लागे, जुन सभाकक्षको दाहिनेतिरको छेउमा थियो । आफ्नो बोल्ने कुरा अझै पुर्णत तयार थिएन । त्यही बसेर यसलाई पुर्णता दिन थाले । वल्र्ड कप २०२२ लाई लिएर भइरहेको अन्तररराष्ट्रिय अभियानको कुरालाई छुनुपर्दछ भन्ने लाग्यो । प्रवाशी श्रमिकहरुको दयनीय अवस्थाको उदाहरण भन्दै अरव मुलुकमा रहेको कफल्ला प्रणाली हठाउन पहल गर्नुपर्ने र कतारमा प्रवाशी श्रमिकले भोगिराखेको कुरालाई आफ्नो भाषणमा थप गरे ।
झण्र्डै दर्जन वक्ताले बोलेपछि युनियन प्रतिनिधिको रुपमा नागरिक समाजको तर्फवाट मेरो पालो आयो । ४ मिनेट समय दिइएको थियो । आफ्नो भाषण पढ्न कति समय लाग्छ भन्ने परिक्षण समेत गर्न पाइएको थिएन । त्यसैले छिटो छिटो पढ्न थाले । ३ मिनेट ३० सेकेण्डमा सकिए छ । सकिएपछि सवै साथिहरु खुशी भए । तालिको गढ्गढाहट राम्रै थियो । तुरुन्तै नेपाली मिसनको प्रतिनिधि डिल्ली अधिकारी उक्त भाषणको प्रति माग गर्न आए । सायद उठाइएका कतिपय विषयमा मिसनले आवश्यक प¥यो भने जवाफ दिनु पर्ने थियो होला । इमेलमा तुरुन्तै पठाइ दिए ।
त्यसको केही समयमा आकाश, जो भारतिय मुलका कतारी नागरिक थिए र कतार फाउण्डेसनमा प्रवाशी सम्बन्धि विषय विज्ञका रुपमा कार्यरत थिए, आएर मैले भनेका कतिपय कुराहरु गलत भएको दावी गरे । कतारमा वार्षिक रुपमा मर्ने २०० जना श्रमिक नेपाली मात्रै नभएर आम प्रवाशी भएको र २०२२ सम्ममा मर्ने ४००० को आंकडा मनगढण्ते भएको उनको भनाइ थियो । मैले भने ४००० को आंकडा द गार्डियन पत्रिकावाट लिइएको भए पनि २०० नेपाली मर्ने कुरा मेरो दुतावासको वेभपेजवाट लिइएकोले त्यसमा प्रश्न उठाउन नपर्ने जिकिर गरे । र, भने यदि त्यस्तै हो भने दुतावासमा गएर कुरा गर्न समेत मैले आग्रह गरे । उनले तथ्यहरुको वारेमा वसेर छलफल गर्न पर्ने बताए । मैले त्यसको लागि तयार भएको र आवश्य व्यवस्था मिलाएमा जिफण्ट यसको लागि तयार भएको जानकारी दिएपछि सम्पर्क ठेगाना साटासाट गरेर उनी फर्किए ।
त्यसको लगत्तै म वाहिर निस्कदै थिए । अष्ट्रलियन प्रोफेसर डा. निकोला पाइपरले निकै खुशी हुदै हात समाउदै भनिन “वेल डन (राम्रो ग¥यौ) विन्दा । श्रमिकको वारेमा कसैले कुरा उठाइरहेको थिएन । तिमिले सवै कुराहरु स्पष्ट राखिदियौ । मैले धनयवाद भने ठेगाना साटासाट गर्दा म जिफण्टको प्रतिनिधि भन्ने थाहा पाएपछि उनी थप खुशि भइन । काठमाडौ स्कुल अफ लसंग उनले काम गर्ने संस्था सिड्नी विश्वविद्यालयको सहकार्य रहेछ । गिता पाठक संग राम्रै चिनजान भएको र हरेक वर्ष नेपाल आउने गर्दा रहिछन । आगामी वर्ष आउदा भेटघाट गर्ने र श्रमिक अधिकारको क्षेत्रमा सकेसम्म सहकार्य बढाउने इच्छा व्यक्त गर्दै हामी विदा भयौ ।
त्यसपछि भेटिएका सवैले कार्यक्रमको राम्रै प्रशंसा गरे । तर भोलिपल्ट सुने यसको वारेमा नेपालको युएन स्थायी मिसनको कार्यालयमा फरक कोणवाट चर्चा चल्यो । अनि लाग्यो । एकपटक भेटेर कुरा गर्नै पर्दछ । मिसल प्रमुखलाई समयको लागि खवर गरे । अपरान्हमा छोटो समय उपलव्ध भएपछि करिव १५ मिनेटको लागि गएर वास्तविकता बताए । उहाले भन्नु भयो “सवैले आ–आफनो ठाउवाट आफ्ना नागरिकमाथिको शोषण अन्त्य होस भनेर पहल गर्ने हो । ठिकै छ । अभियान जारी राखौ र आपसमा सम्पर्कमा रहौ ।”
यसरी संयुक्त राष्ट्र संघसंग सम्बन्धित मिसनमा आएको सवै काम सकिएपछि म लागे नेपालीहरु संगको भेटघाटतिर ।
त्यही दिन साझ ज्याक्सन हाइटमा भेटघाट थियो । संजय जी लिन आउनु भयो । ७ वजेतिरवाट झण्डै तीनघण्टा छलफल भयो । संविधानसभाको निर्वाचन, नमिलेका विषयमा पार्टीको पोजिसन लगायतका विषमया साथिहरुको जिज्ञासा थियो । मैले सवै कुरा बताउदै गए । दोहोरो नागरिकताको वारेमा फेरी पनि प्रश्न उठ्यो । मैले विगतमा समितिले गरेको निर्णयलाई त्यही तर्कहरुका साथ राखे । एकजना साथिले भन्नु भयो त्यति नै खेर यहा आएर गगन थापासंग कुरा हुदा हामी सवै त पक्षमा थियौ, तपाइहरु कै पार्टीको बिन्दा पाण्डे (सभापती)ले नमानेर मात्र नभएको भनेका थिए । तपाई चाही नमान्नुको कारण के हो ? मैले भने गगनजीले त्यसो भन्नु भएन होला । अधिकारको वारेमा राजनीतिक अधिकार वाहेक सवै अधिकार दिने सवैसम्मत निर्णय भएको हो । गगनजी पनि त्यसमा सहमत हो । उहाको फरक मत अधिकारमा होइन नाममा मात्र “गैर आवासिय नेपालीको परिचयपत्र” को सट्टा “गैर आवाशिय नेपालीको नागरिकता” भन्ने हो । यसमा भ्रम पाल्नुपर्ने कुनै कुरा छैन । नाम जे राखे पनि अधिकारको वारेमा उहाको औपचारिक रुपमा फरक मत होइन, वाहिर भाषण के गर्नु भयो, उहाको कुरा हो । मलाई अझै विश्वास छैन गगनजी जत्तिको युवा र देशले अपैक्षा गरेको नेताले यस्तो गलत कुरा गर्नुभयो भन्ने । तर, विडम्वना त्यहाका सवैको भनाइ त्यस्तै रह्यो ।
पार्टीका वारेमा पनि धेरै कुराकानीहरु भए । गुटगत प्रबृत्तीले विदेशमा पनि त्यत्तिकै प्रभाव पारेको अवस्था छ । त्यसमा शिर्ष नेताहरुकै संलग्नता रहेको कारण र म आफु प्रवाशको जिम्मेवार नभएको कारण धेरै कुरा भन्न चाहिन । संगठन विभागसंग भिडियो कन्फेरेन्स गरेर कुरा आधिकारिक कुरा थाहा संगठन विभागको प्रमुखवाटै सुन्न चाहनुहुन्छ भने वातावरण मिलाउन आग्रह गर्दै म विदा भए ।
पहिलो पटक न्युयोर्क आएको कारण यसको वारेमा त्यति जानकारी थिइन । अक्टोवर तीनको साझ सुवेग आएर वेगवान रुपमा नै केही स्थानहरु घुमाउने काम गरे । पुरानो र चर्चित कला संस्कृतिले भरिएको रेल स्टेसन “ग्¥यान्ड सेन्टर“, नया वर्षको नया दिनलाई स्वागत गरिने घडी राखिएको, लाखौ मान्छे जम्मा हुने र कहिल्यै अध्यारो नहुने रुपमा लिने गरिएको स्थान “टाइम्स स्क्वायर, २००१ सेप्टेम्वर ११ मा ध्वस्त भएको ट्विन टावरको स्थानमा बनेको “वल्र्ड टे«ड सेन्टर“, २१औ शताव्दीको शुरुमा विश्व चर्चित आन्दोलन अकुपाइ वाल स्ट्रिट भएको स्थान “वाल स्ट्रिट पार्क”, अर्थतन्त्रसंग समेत जोडेर हेर्ने गरिएको वाल स्ट्रिटमा राखिएको “साढेको मुर्ती“ र विश्व स्वतन्त्रताको प्रतिमुर्तीका रुपमा स्थापना गरिएको “स्टाच्यु अफ लिवर्टी” हेरेर राती १२ वजे कोठामा पुगियो । समय हुदा तिन दिन लगाएर घुमिने ठाउ सर्सती तीन घण्टामा घुमेर सतही जानकारी लिने काम भयो ।
बाल्टिमाेर
शनीवार विहान ९.४५ को बोल्ड वसवाट बाल्टिकोरको लागि प्रस्थान गरे । वस पार्कमा निरञ्जन लिन आएका थिए । तीन वजे मञ्जु थापाको पुगेर त्यस दिन सामान्य कुराकानी र लिवर्टीको किनमेलका सन्दर्भमा वजार हेर्ने काम गरियो ।
आइतवार विहान सरिता लामा, जो जिफण्टमा रिसेप्सनिष्टको काम गर्थिन, त्यहा गएर आफ्नो व्यवसायमा राम्रैसंग स्थापित भएको सुन्दा खुशी लाग्नु स्वभाविकै हो । पार्लर खोलेर आफु मात्रै काम गर्ने होइन, अरु पाच जना विदेशीलाई समेत काम गर्ने स्थान प्रदान गरेर बसेको सुन्दा खुशी लाग्यो । तर, अमेरिकाको जीवन र व्यस्तताले मानिसलाई समयको दास बनाएको देख्दा भने गजव लाग्यो । आइतवार थियो । तर पनि ज्योती देवकोटा उनको श्रीमान काममा नै वाहिर गएका थिए । भेट भएन । अमेरिका आएको झण्डै ६ वर्षको अवधी पढाइ, सिकाइ र व्यवसायको व्यस्थताले अझै वच्चा जन्माउने वारेमा सोच्न समेत नसकेको कुरा उनले सुनाइन । तीन महिना अगाडी दुइ महिनाको लागि नेपाल आउदा समेत केही थप तालिममा संलग्न भएकोले परिवार वाहेक कसैसंग भेटघाट गर्न नसकेको पनि उनले बताइन । मलाई लाग्यो यत्तिकै दुख नेपालमा रहेर सवैले गर्ने हो भने मुलुक बनाउन र रोजगारी सिर्जना गर्न केही गाहे थिएन । हामी आफ्नै मुलुकमा यीनै काम र यही रुपमा परिश्रम गर्न केले रोकेको छ ? मन भरी प्रश्न वोकेर म त्यहावाट विदा भए । उनी आफ्नो काममा व्यस्त रहिन ।
त्यसपछि हामी गयौ नेपालीको भेलामा । झण्डै दर्जन नेपालीहरु भेला भएका थिए । परिचयसंगै शुरु भएको कार्यक्रममा फेरी पनि कुरा उही थियो नेपालको निर्वाचन, विदेशमा रहेका नेपालीको भुमिका र नया संविधानका राखिने विषयहरु । मैले न्युयोर्क मै सुनेको थिए, यहा आउने नेताहरुले यहाकालाई वोल्नै दिदैनन् र आफ्ना कुरा मात्र सुनाउने गर्दछन् । यो गुनासोलाई समेत ध्यान दिदै सहभागिहरुको केही कुरा भए पहिला भन्नका लागि आग्रह गरे । सवैले आ–आफ्ना कुरा राखे । त्यसपछि मैले उहाहरुको कुरालाई समेत समेट्दै आफ्नो भनाइ राखे । यहा नागरिकताको कुरा उठेन । संघियता सम्वन्धि कुरामा संघिय राष्ट्रमा वसेको अनुभवको आधारमा समेत सुझाव पठाउन आग्रह गरे । अनि विदेशमा संगठन बनाउनु भनेको मात्र पार्टीलई आर्थिक सहयोग गर्न र केही नेतालाई विदेश यात्रा गराउन मात्र होइन, विदेशमा रहदा प्राप्त अनुभव र सिकाईको आधारमा वौद्धिक र राजनीतिक सुझाव दिन पनि हो भन्ने कुरालाई विर्सन नहुने कुरा पनि मैले राखे । मलाइ लाग्छ यो विषय उनीहरुको लागि अलि फरक नै रह्यो । अनि गुट उपगुटको सन्दर्भमा समस्याको जरा लोकतन्त्रलाई कुरा गर्ने विषय बनाइनु तर व्यवहारमा आत्मसात गर्न नसक्नुको नतिजा हो र यसको मुल जरा नेपालमै रहेकोले समाधानको लागि मुलत पार्टी हेडक्वाटरवाटै पहल हुनुपर्ने र यसको तत्परता सवैको तर्फवाट हुनुपर्ने आग्रहकासाथ त्यहाको कुराकानी सकेर खानापछि हिडियो । पाच वजे मञ्जुको कोठामा पुगेर केही समय आराम गरेपछि राती १०.५५ को कतार एअवरवेजवाट दोहा हुदै विहान १० वजे काठमाडौ उत्रिइयो । यसरी यस पटकको संयुक्त राष्ट्र संघको महासभा संग सम्बन्धित रहेको अमेरिका यात्रा टुंग्याएको छ । र, यो यात्रा आफ्नो बुझाइलाई अलि फाकिलो पार्न सहयोगी बनेको अनुभुती पनि भएको छ ।
अक्टोवर ८, २०१३