भुमि अधिकार मञ्च तथा आत्मनिर्भर केन्द्रले विगत केही वर्षदेखि महिलाको जमिनमाथिको स्वामित्वको माग गर्दै अभियान सञ्चालन गर्दै आएको छ । यही क्रममा सरकारलाई पनि पटक पटक घच्घच्याउने क्रममा २०६८ सालमा जन कमरेड भरतमोहन अधिकारी दोस्रो पटक अर्थ मन्त्री बनेका थिए, तव यस अभियानले एक पाइला अगाडी बढ्ने अवसर मिल्यो ।
२०६८/६९ को सरकारको नीति तथा बजेटमा यस कुरालाइ समावेस गरियो । अव पुरुष वा महिलाको नाममा लालपुर्जा भएका कुनै पनि जोडिले पुर्जामा श्रीमती वा श्रीमानको नाम थप गरी संयुक्त नाममा लालपुर्जा बनाउन चाहेमा रु १०० राजस्व तिरेर नाम थप गर्न सकिने व्यवस्था भयो । अधिकांश लालपुर्जा पुरुषको नाममा मात्र रहेको हाम्रो समाजमा जमीनमाथि महिलाको स्वामित्व बढाउनका लागि यो एउटा सकारात्मक कदम अवस्श्य थियो ।
सरकारले व्यवस्था गरेको यही निितको आधारमा आज मुलुकको ४२ भन्दा बढी जिल्लामा २००० भन्दा बढी जोडिले आफ्नो लालपुर्जामा श्रीमतीको नाम थप गरेर संयुक्त पुर्जा बनाएका छन् । र, यस अभियानको अगुवाइ भुमि अधिकार मञ्चले गर्दै आएको छ भने साथमा सहयोगीको रुपमा आन्मनिर्भर केन्द्र निरन्तर रुपमा लागिरहेको छ ।
यस अभियानमा सवैभन्दा अग्रपंक्तीमा सिन्धुपाल्चोक जिल्ला रहदै आएको छ, जहा २७७ जोडिले संयुक्त लालापुर्जा बनाइ सकेका छन् । जस अनुसार चल्ती मुल्य अनुसार १४ करोड ८८ लाख ५० हजार मुल्यको २९०० रोपनीभन्दा बढी जमिनमा संयुक्त स्वामित्व कायम गरिएको छ ।
यसै अभियानको सन्दर्भमा २०७० माघ ८ गते सिन्धुपाल्चोकको राम्चे गाविसमा आयोजित संयुक्त पुर्जा बनाउने १०१ जोडिलाई अभिनन्दन गर्ने कार्यक्रममा सहभागि हुने अवसर मिल्यो । यो वास्तवमा महिला अधिकारकर्मीको रुपमा मेरा लागि नया अनुभव र अनुभुती हुनु स्वाभाविक थियो ।
कार्यक्रममा बोल्दै अभिनन्दित हुने जोडिमध्येकी भोटनी थामिले अभियानको सन्दर्भमा अर्थ मन्त्रीलाई भेटेर कुरा राख्दा “यसले मेरो श्रीमतीलाइ पनि अधिकार दिने रहेछ । हुन्छ वजेटमा यस कुरालाई राखौला” भनेको प्रसंग उल्लेख गर्दै अधिकार महिला आफै वोल्न सक्यो भने मात्र पाइदो रहेछ भन्ने अनुभव राख्नु भयो । संयुक्त लालपुर्जा अभियानको प्रभावको वारेमा उहाको भनाइ थियो “यस अभियानले बहुविवाहलाई रोक्न र महिला विरुद्धको हिंसालाई कम गर्न समेत सहयोग पुगेकोछ ।”
अर्का अभियन्ता विार वहादुर थामिको भनाइ थियो “छाप्रोवाट शुरु भएको यस अभियानले सफलता पाउन सरकार र राष्ट्रपतीको महलसम्म पुग्न प¥यो ।” उहाको आग्रह थियो “घरैमा अधिकारविहिन र हेला गरिएकी महिला समाज र राष्ट्रमा मयौदित हुन सक्दिनन् । त्यसैले अधिकार र मर्यादा परिवारवाटै शुरु गरौ । जसको धेरै वा थोरै जति जमिन भए पनि त्यसमा संयुक्त लालपुर्जा बनाएर सम्पतीलाई साझा बनाऔ ।”
सोही क्षेत्रका बासिन्दा हाल जापानवाट विद्यावारिधि गरेका जीत बहादुर सापकोटाको भनाइ थियो “महिला र पुरुष बीचको असमानता भुमि वितरणवाट शुरु हुन्छ । सम्पत्तीमा समान स्वामित्व परिवारवाटै शुरु हुनु राम्रो कुरा हो । काम गर्नेका हातमा उत्पादनको साधनमाथि स्वामित्व नभएसम्म समाज सम्पन्नतातर्फ अगाडी बढ्न सक्दैन ।”
यस अभियानको विगतको स्मरण गर्दै राष्ट्रिय भुमिक अधिकार मञ्चका अध्यक्ष सोमनाथ भण्डारीको भनाइ थियो “२०५१ सालवाट शुरु भएको भुमि अधिकार अभियानमा महिला र पुरुष सवै लागेका थिए । तर २०६५ सालमा विर्ताको जग्गामा किसानको स्वात्विमा आउदा पुर्जामा पुरुषको मात्र नाम रहेपछि महिला त अझै रित्ता हात भएको अनुभुतीसंगै संयुक्त पुर्जाको माग यही राम्चे गाविसवाट शुरु भएको थियो । आन्दोलनमा लाग्ने अभियन्ताको अनुभुति थियो “जमिनमाथि काम वाडियो, भुमिका बाडियो, तर सम्पत्ती र अधिकार वाडिएन । यो असमानता विरुद्ध वोल्नुपर्छ ।” यो आवाजले नीतिगत सार्थकता २०६८ मा पायो र अहिले देशव्यापी रुपमा कार्यान्वयनको प्रक्रियामा छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।