श्रमिकहरु राष्ट्रका नागरिक हुन् । उनीहरुको आधारभूत अधिकारको कुरा गर्दा संयुक्त राष्ट्र
संघको मानव अधिकार घोषणा-पत्रमा उल्लेख गरिएका कुराहरु पनि पर्दछन् । र, यसको
बारेमा सवैले जानकारी राख्नु जरुरी छ भन्ने सोचसहित संयुक्त राष्ट्र संघको साधारण सभाले १९४८ मा पारित गरेको आधारभूत मानव अधिकार र आइएलओका आधारभुत टेड यूनियन अधिकार सम्बन्धी व्यवस्थालाई सहज र सरल रुपमा बुझन र बुझाउन प्रशिक्षण कार्यक्रमका लागि पनि यो पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ ।