पृष्ठभूमि

कुनै पनि वस्तुको उत्पादन गर्न मूलतः पुँजी र श्रमको लगानी हुने गर्दछ । पुँजी वस्तुगत लगानी हो भने श्रम मानवीय लगानी हो । पुँजीगत लगानीमाथि मानवीय श्रमलाई मानसिक, बौद्धिक र शारीरिक रूपमा लगानी गरी त्यसलाई उत्पादनमा परिवर्तन गरिन्छ । उक्त उत्पादनको मूल्य पुँजी र श्रम दुवै लगानीको समष्टिगत मूल्यभन्दा बढी हुन्छ जसलाई अतिरिक्त मूल्य भनिन्छ । यही अतिरिक्त मूल्यमाथि पुँजी र श्रम लगानी गर्ने बिच न्यायिक वितरणको विषय नै टे«ड युनियन स्थापनाको कारक तत्व बन्यो ।

परम्परागत परिभाषा अनुसार कुनै पुँजी लगानीकर्ताको मातहतमा रहेर पारिश्रमिक पाउने गरी काम गर्ने व्यक्तिलाई श्रमिक भनिन्थ्यो तर आज औपचारिक वा अनौपचारिक क्षेत्रमा नियमित वा अनियमित रूपमा काम गर्ने र थोरै पुँजीको लगानीमा आफ्नै श्रम लगानी गरी उक्त श्रमको मूल्य उत्पादन गर्ने स्वरोजगार व्यक्ति समेत श्रमिकको परिभाषाभित्र समेटिंदै उनीहरू टे«ड युनियन आन्दोलनको दायरामा समेटिन थालेका छन् । महिलाहरू धेरैजसो अनौपचारिक र स्वरोजगारी क्षेत्रमा संलग्न हुने र त्यसलाई औपचारिक रूपमा श्रमको परिभाषाभित्र नसमेटिंदा ठुलो सङ्ख्याका महिला श्रमिकहरू ट्रेड युनियन आन्दोलनको परिधिबाट पनि बाहिर पर्दै आएका थिए तर अहिले जब श्रमको परिभाषा र ट्रेड युनियन आन्दोलनको परिभाषा, कारखाना, कार्यालय, खेत–खलान हँुदै स्वरोजगार र घर आधारित श्रमको क्षेत्रसम्म फैलिएपछि सबै क्षेत्रका महिला श्रम र श्रमिक पनि टे«ड युनियन आन्दोलनको दायराभित्र समेटिएका छन् ।