मंसिर ३ २०६७ का दिन संविधानसभा व्यवस्थापिका संसदको वैठकमा मन्त्रीमाथि हातपात गर्ने कुकर्म भयो । नेपाली जनताको दुभाग्य नै भन्नुपर्दछ ज्यानको वाजी राखेर ज्ञानेन्द्रको हातवाट सत्ता खोसेर दलका नेतालाई सुम्पिदिए र भने अव शासनसत्तँ राम्रोसंग सम्हाल । सामन्तवादको मुल जराको रुपमा रहेको राजतन्त्रका कारण जनताले लडेर स्थापित गरेका अधिकारहरु पटक पटक खोसिने गरेको भन्दै राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रसहितको लोकतान्त्रिक पद्धतीको अपेक्षासहित शासनसत्ता दलहरुको हातमा थमाइ दिए ।
जनताको चाहना अनुसार शासन गर भनेर पाच वर्षदेखि विघटित सदनलाई विउताएर संस्कारगत शासन गर्ने स्थान बनाइ दिए । दशकसम्म बन्दुक खेलाएका लडाकु दललाई तर्क र तथ्यको आधारमा बहस गर भन्दै विना निर्वाचन अन्तरिम व्यवस्थापिका-संसदमा गएर बस्न चुपचाप स्विकृती दिए । अनि ६ दशकदेखि माग हुदै आएको संविधानसभाको निर्वाचनमा अन्तिम समयमा यो माग तिमिहरुकै हो तर तिम्रो मात्रै चाही होइन भन्ने आशयसहित नेकपा माओवादीलाई सवैभन्दा ठुलो दलको रुपमा स्थापित पनि गराई दिए ।
तर दुर्भाग्य जनताको यी सवै फैसला दलका नेताहरुका लागि पाच्य भएन । लाखौ जनताले ज्यानको बाजी लगाएर दिएको यो अवसरलाई दलहरुले आत्मसात गर्न सकेनन् । जनताको शान्त समाज र सुखी जीवनको अपेक्षामाथि शुरुदेखि नै तुषारापात हुन थाल्यो।
राष्ट्र साचालनको मे्रदण्डको रुपमा रहने वजेट संविधानसभाको निर्वाचन भएको समयदेखि नै कहिल्यै जनताले समयमा पाउन सकेनन् । विगत तीन वर्षदेखि नै पेश्की वजेट आउने कुरा परम्परा नै बन्दा विकासको काम हरेक वर्ष प्रभावित हुदै आएका छन् । पहिलो वर्ष २०६५ मा असोजमा मात्र बजेट पारित भयो भने गत वर्ष २०६६ मा मंसिरको दोस्रो हप्ता पुग्यो । यस वर्षको अवस्था अझै दयनीय रह्यो । लामो समयको पहल र छलफलको फलस्वरुप कार्तिक महिनाको अन्तिम दिन मात्र सहमती बनेपछि मंसिर तीन गते बजेट आउने टुंगो भयो र संसद वोलाइयो । तर संसदको यो वैठक दुर्भाग्यपुर्ण दुखद र सर्वथा आलोच्य बन्न पुग्यो ।
म्ंसिर ३ गते दिउसो २ वजेका लागि वोलाइएको वैठक नेताहरु बीचको सल्लाह र सहमतीको प्रयत्नको नाममा सदन ८ घण्टा ढिला गरेर राती १० वजे मात्र शुरु भएको थियो । यस बीचमा तीन दलका नेताहरु बीच पटक पटक वैठक बसेको र विपक्ष दलका नेता र प्रधानमन्त्रीको बीचमा मात्रै पनि पाच पटक वैठक भएको भन्ने कुरा वाहिर आएको थियो । अन्तत सहमतीमा बजेट ल्याउनका लागि पहिला भएको सहमती भंग गरी विपक्षीले समर्थन नगर्ने कुराको टुंगो भएपछि सरकारले बहुमतको आधारमा वजेट ल्याउने निर्णयकासाथ सदन शुरु भयो । पहिलो वैठकमा अर्थमन्त्रीले बजेट पेस गर्न समय मागेको जानकारी गराउदै नियमावली अनुसार दुई मिनेटमा नै वैठक स्थगित गरियो र दोस्रो वैठक राति १०.१५ वजे शुरु भयो । वैठक शुरु भएर सभामुखले अर्थमन्त्रीलाई वजेट पेस गर्न समय दिने वित्तिकै नेकपा माओवादीका सभासदहरुले उनलाई बसेको ठाउवाट उठ्दाउठ्दै रोक्ने काम मात्रै गरेनन् बजेटको बि्रफकेस खोस्ने वजेटको किताव च्यात्ने र अर्थमन्त्रीलाई कुटपिट गर्नेसम्मका गतिविधि गरे ।
बाटो छेक्ने र कुटपिटको नेतृत्व चन्द्रबहादुर थापा सुर्य मान दोंग र राजकाजी महर्जनले गरेका थिए भने बि्रफकेस खोस्ने र फुटाउने काम भगत बहादुर बडुवाल र वजेट किताव च्यात्ने काममा कर्णजित बुदाथोकी समेतको सहभागिता रहेको प्रत्यष देखिन्थ्यो । अगाडी मन्त्रीलाई लडाएको ठाउमा धकेलाधेकल हुने क्रममा पुर्व मन्त्री र केन्दीस्य कमिटीका सदस्यसमेत रहेका लेखराज भट्टले उर्जा मन्त्री प्रकाशशरणमाथि मुक्का प्रहार गर्ने काम गरे । यो निचता संसदमा हुनु आफैमा लाजमर्दो कुरा हो । नेपाली उखान ॥ लाई भन्दा देख्नेलाई लाज भने झै भयो ।
यो कुटपिटको प्रकरण सकिएपछि केही समय नारावाजी चल्यो । सभामुखले सदन स्थगित गर्नुभयो । त्यसपछि वाहिर निस्किने क्रममा फेरी पनि नेपाली कांग्रेस र तमलोपा बसेको ठाउको टेवल र माइक भाच्ने काम भयो । यो दुर्दशा नेपाली जनताले टेलिभिजन च्यानलमा प्रत्यक्ष हेरिरहेका थिए । तर विडम्वना यस सव घटना हुदा त्यही रहेका दलका उपनेता नारायणकाजी श्रेष्ठले भोलिपल्ट पत्रकार सम्मेलन गरी घटनामा सामान्य धकेलाधकेल मात्र भएको प्रतिकि्रया दिए ।
यसको परिणती व्यवस्थापिकामा भएको जनताको अधिकार राष्ट्रपतीलाई बुझाउने काम भयो । राती नै मन्त्री परिषदको वैठक बस्यो । जारी रहेको सदन बन्द गर्ने र अध्यादेशवाट वजेट ल्याउने सिफारिस गर् यो । यसै आधारमा राष्ट्रपतीले टाचा लगाए । भोलीपल्ट मंसिर ४ गते दिउसो ४ वजे अध्यादेशवाट ल्याइएको बजेट सार्वजनिक गर्ने काम भयो ।
यता अध्यादेशव्दारा वजेट सार्वजनिक भइरहदा माओवादीका सभासद र नेतृत्व भने पालुङटारतिर जादै थियो ।
यस घटनाको क्रममा फरकफरक व्यक्तिको फरक धारणा रहदै आएको छ । गल्ती कस्को हुलहुज्जत गर्ने सभासदमाथि कार्वाही हुने वा नहुने हुदा के हुने लगायतका विषय अन्यौलमा छ । त्यसै गरी सत्तँपक्षमा सभासद टुलुटुलु हेरेर बसे । सभामुखले मर्यादापालक परिचालन गरेनन् । लगायतका टिप्पणी पनि उठेका छन् ।
यसको सन्दर्भमा मेरो धारणा भन्ने हो भने माओवादी दलको पालुङटारमा हुने विस्तारित वैठकमा कुन नेताले सहभागिको मत जित्ने भन्ने आन्तरिक लडाईको मार संविधानसभाले भोग्नु पर् यो । त्यस अवस्थामा यदि सत्तापक्षका सभासदहरु पनि उत्तेजित भएका भए त्यहा रगतको खोलो वग्ने थियो । त्यो झनै दुर्भाग्य हुने थियो । यस परिस्थितिमा सभामुखले सभासदहरुलाई हातपात नगर्न र आफ्नो स्थान ग्रहण गर्न आग्रहसम्म गर्न सक्ने अवस्था बन्थ्यॊ भने सत्तापक्षका सदस्यहरु कम्तिमा आफ्नो स्थानमा उठेर हातपात नगर्न आग्रह मौखिक रुपमा गर्दै आवाजसम्म दिन सक्दथे । त्यति काम भने एक्कासी घटेको घटनाका कारण हुन सकेन । त्यसभन्दा थप सकि्रयता कोही कसैवाट पनि अपेक्षा गरिनु भनेको अझै ठुला दुर्घटना निम्त्याउनु मात्र हुने थियो ।
आखिर जे होस् नेपाली जनतालाई अधिकारयुक्त बनाउन निर्वाचित भएको संविधानसभाभित्र यस्तो हदैसम्मको दुखद घटना घट्नुले नेपाली जनतालाई निरास बनाएको छ । यो आम नेपालीको शिर निहुराउने घटना हो भने सभासद र त्यसमा पनि शिर्ष नेताहरुले आफ्नो नेतृत्व असक्षमतामाथि ठुलो प्रश्न वाचक चिन्हसहित विश्लेषण गर्नु जरुरी छ । तर यसको लागि पनि क्षमता र आट त चाहिन्छ नै ।
मंसिर ७ २०६७