मोदनाथ प्रश्रितसंग प्रत्यक्ष भेट २०४४ सालमा जेलमुक्त भएपछि भएको थियो भने पहिलो पटक भाषण सुन्ने अवसर २०४५ सालमा अस्कल क्याम्पसको हलमा भएको अन्तरराष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) को कार्यक्रममा जुरेको थियो । त्यस दिन उहाले भन्नु भएको थियो “सुन्दरताका वाहिरी र भित्री दुई पक्ष हुन्छन् । वाहिरी सुन्दरतामा अधिक जोड दिने व्यक्तीको जीवन अन्तत दासतामा गएर टुंगिन्छ । र, आन्तरिक सुन्दरता याने बौद्धिकता र मानवतामा आधारित गुण र क्षमतामा जोड दिने व्यक्तीेमा स्वाभिमानी र स्वावलम्बीपनको विकास हुन्छ । अन्तत यस्ता व्यक्तिहरुले मुक्त मानव जीवन प्राप्त गर्दछन् । आजको दिन अर्थात् मार्च ८ को इतिहास दासताका विरुद्ध जुझ्दै आन्तरिक सुन्तरतामा जोड देउ र हरेक क्षेत्रमा उत्कृष्टताका लागि क्षमतावान बनी आफुलाई मुक्त गर भन्ने महिलाहरुको विश्व आन्दोलनको प्रतिकका रुपमा विकास भएको दिवस हो ।” प्रश्रितको यो भनाईले मुक्त मानव जीवनको खोजी यात्रामा एउटा कोशे ढुंगाको रुप ग्रहण गरेको छ ।
तर, सिर्जनाको माध्यमवाट मैले मोदनाथ प्रश्रितलाई २०३८ सालतिर नै भेटेकी हु । १० कक्षामा पढ्दै गर्दा नारी बन्धन र मुक्ती मेरो हात परेको थियो । ममा शुरुदेखि नै अलिअलि विद्रोही स्वभाव रहेको थियो । तर, सचेत रुपमा भने २०३७ सालदेखि मात्र महिलामुक्तीको अपेक्षासहित विद्यार्थी संगठनमा संगठित हुन थालेकी थिए । त्यसैले पनि यो पुस्तक हात परेपछि मैले शिरदेखि तिरसम्म अध्ययन गरे । त्यतिखेर यो पुस्तक जति पढ्दै गयो, त्यति नै शरिरमा उर्जा, मनमा आक्रोश र सोचमा अझै बढी प्रतिवद्धताको अनुभुती थपिदै गएको कुरा मलाई आज पनि सम्झना छ र जीवनमा परिवर्तन ल्याउने गरी प्रभावित गर्ने केही थोरै पुस्तकमध्येमा पर्दछ प्रश्रितको यो कृति ।
शुरुका दिनमा यो कुनै कथानक पुस्तक होला भन्ने लागेको थियो । तर, २०३९ सालतिर अखिल नेपाल महिला संघसंग पनि आवद्ध रहेर काम गर्न थालेपछि थाहा भयो अनेमसंघको तत्कालिन अध्यक्ष शान्ता मानवी नै यस पुस्तकको वहिनी पात्र हुन र लेखक उहाको मित दाजु । अनि वास्तविक रुपमा लेखिएको पत्रका आधारमा तयार पारिएको हो भन्ने कुरा थाहा पाएपछि फेरी पनि दोहो¥याएर पढे यो पुस्तक । आफुलाई प्रभावित गर्ने यस पुस्तकका दाजु र बहिनी पात्रलाई प्रत्यक्ष भेट्ने इच्छा हुनु स्वभाविक थियो, तर त्यो अवसर प्राप्त गर्न केही वर्ष कुर्नु प¥यो ।
२०३८ सालमा म प्याफलस्थित कान्ति इश्वरी माध्यामिक विद्यालयमा भर्ना भएको थिए । त्यतिखेर अनेरास्ववियुको छैठौ राष्ट्रिय सम्मेलनको सिलसिलामा थुप्रै विद्यार्थि नेताहरु गिरफ्तार भएका थिए । यसै क्रममा म विद्यालय गएको पहिलो दिन साथिहरुसंग चिनजान पनि भइनसकेको अवस्थामा खाली समयमा वरण्डामा उभिएर बसिरहेको समयमा हनुमान ढोकामा थुनिएका विद्यार्थी नेताहरुले ढुंगामा पोको पारेर विद्यालय परिसरमा एउटा कागज फाले । विद्यार्थि नेताहरु थुनिएको वारेमा म जानकार थिए । त्यसैले तल गएर भित्रवाट फालिएको कागज टिपे र खोलेर पढे । यो संगठनका लागि लेखिएको छोटो पत्र रहेछ । अनि घर फर्किएपछि विद्यार्थी नेताहरुलाई पु¥याइ दिए । यसै दिनदेखि जवजव विद्यार्थी नेता गिरफ्तार भए भन्ने सुनिन्थ्यो, खालि समयमा विद्यालयको वरण्डामा आएर हनुमान ढोकाको खोरतिर हेरेर बस्ने मेरो दिनचर्या नै हुन थाल्यो । यसरी नै पटक पटक बन्दी विद्यार्थीले पठाएको खवर संगठनसम्म पु¥याउने अवसर मैले पाएकी थिए । यो सन्दर्भले पनि ममा कौतुहलता जगाएको थियोे जेल वा कस्टडीभित्र कस्तो हुन्छ होला ? यसरी पत्र लेखेको थाहा पाए भने प्रहरीले यातना दिन्छ कि दिदैन होला ? आदि आदि ।
यस्तैयस्तै कौतुहलता बिच २०४० सालतिर मेरो हातमा प्रश्रितको अर्को कृति गोलघरको सन्देश प¥यो । यो सानो तर सशक्त कविता पढ्दै जादा मेरो मनमा त्यहाभित्रको दुख, पिडा र यातनाका विचमा पनि मानिस किन झुक्दैन र उल्टै यस्तो कविताको सिर्जनामा लाग्न सक्दछ भन्ने प्रश्न उव्जन्थ्यो ? उक्त कृतिमा लेखिएको “काटे शरिर ढल्छ, तर विश्वास ढल्दैन मेरो, मारे हाडखोर गल्छ, तर विचार गल्दैन मेरो” भन्ने पंक्ती मुटु ढक्क फुलेको अनुभुती हुन्थ्यो । र, विचार र लक्ष्यप्रति थप प्रतिवद्ध हुदै अत्याचारको विरुद्ध लड्न शरिरमा नया गतिमा सररर रक्तसञ्चार भए जस्तो हुन्थ्यो ।
त्यस समयमा राजतन्त्रको समेत विरुद्ध आवाज उठाउदै एउटा युवा महिला आन्दोलनमा लाग्दा घरपरिवार र छरछिमेकवाट नकारात्मक टिप्पणी र विरोध हुनु सामान्य थियो । तर, त्यस्तो अवस्थामा समेत गोलघरको सन्देशमा लेखिएको पंक्ती “पराधिन भई पिउदै आशुका ढिका, जिउनुभन्दा मिठो हुन्छ तातो गोली कताकता” ले साच्चै मनभित्रका सवै खालका डर, धक टाढिने र आट भर्ने गर्दथ्यो । सायद राजनीतिक र वैचारिक जग दरिलो नभईसकेको अवस्थामा मानिसलाई जोस र जागर भर्न यस्ता पंक्ती र उक्ति असाध्यै उर्जासील हुने गर्दथे । त्यसैले त प्रश्रितका कवितामा लेखिएका यस्ता पंक्ति ति दिनहरुमा युवाहरुको खुन उमाल्न र आन्दोलित बनाउन खुव प्रयोग गरिन्थ्यो । विद्यार्थीका प्रशिक्षण र आमसभाहरुमा यस्ता पंक्ति र उक्तीहरुलाई जोशिलो पाराले प्रस्तुत गरिन्थ्यो र समाज परिवर्तनका लागि एउटा मानिसको जीवन केही होइन भन्दै आवश्यक परे बलिदानका लागि पनि तयार रहने भावना उजागर गर्न “समाजलाई उज्यालो दिन चाहनेले आफै जल्न पनि तयार हुनुपर्दछ” जस्ता पंक्तीको प्रयोग गरिन्थ्यो । यी पंक्तीहरुले भरखर युवा अवस्थातर्फ अग्रसर मेरो मस्तिष्कमा पनि खुव प्रभाव पारेको थियो । त्यतिखेर यस्ता पंक्तीहरु मेरा डायरीमा पनि उत्रित भएर रहेका हुन्थे र सांगठनिक कामको सिलसिलामा खुवै प्रयोग गरिन्थे ।
एसएलसी दिएर घर वसेको समयमा मैले प्रश्रितको दुई कृति “भुतप्रेतको कथा र देवासुर संग्राम” पढ्ने अवसर पाए । गाउमा कहिले काही रात—विहान एक्लै हिड्नुपर्ने, अझ घास—पानी गर्नका लागि समेत डाडा काटेर जानुपर्ने हुदा वाटोमा कैयौ पटक विविध आकृति देख्दा आत्तिने र डराउने कुरा सामान्य हो । अनि यसलाई भुत देखेको वा भेटेको जस्ता कथासंग जोड्ने काम खुव हुन्थ्यो । भुतप्रेतको कथा पढ्दा मलाई आफ्नै विगतमा घटेका यस्ता केही घटनाहरु समेत ताजा भएर आए झै लाग्यो । अनि बनको बाघले खाओस् कि नखाओस् मनको बाघले खान्छ भने झै भुतप्रेत त अन्धविश्वासका कारण आफ्नो मनभित्रको डर वाहिर आएको पो रहेछ भन्ने कुरा बुझेपछि भुतप्रेतको डरवाट म मुक्त भए ।
मलाई इश्वर हुन्छ र यीनका आराधनाले केही हुन्छ भन्ने कुरामा त कहिले पनि विश्वास भएन । धर्मका नाममा मेरो आमा आफै पुजाको थाली बोकेर मन्दिर गएको मलाई थाहा छैन । उहाले भन्नु हुन्थ्यो पुजा गरेर धर्म हुदैन । गलत काम नगर, अरुलाई दुख नदेउ । सकेको सहयोग सवैलाई गर । धर्म त्यसैमा हुन्छ । सायद मेरो आमाको यही कुराको छाप परेको थियो मलाई । त्यसैले इश्वर र भगवानको खोजीमा कहिले पनि लागिन । तर, तर्क र तथ्यको अभावमा यसको वारेमा डटेर वहस गर्नसक्ने क्षमता भने ममा थिएन । जव देवाशुर संग्राम पढ्ने मौका मिल्यो, यसले भने पण्डितजीहरुसंग वहस गर्न र अन्धविश्वास विरुद्ध वोल्न सहज भयो । यसको भरपुर उपयोग मैले ४० सालको तिजको समयमा गरे । जव घरमा भाउजुहरु व्रत नबसेको कुरालाई लिएर पुरेत वाजे अर्ती दिन थाले, अनि मैले प्रतिवाद गरे । अन्तत तर्कमा वाजे अव्वल हुन सकेनन् । त्यसपछि उनीसंग मेरो भेट एकै पटक बुबाको मृत्युपछि भयो । त्यतिखेर उनले सहजै भनेका थिए छोरीहरुले शोक वार्ने—नवार्ने उनिहरुको आफ्नो इच्छा हो, यसै गर्नुपर्दछ भन्ने छैन । सायद ४० सालतिर उनीसंग भएको वहस उनले विर्सिएका थिएनन् । यो प्रभाव वा ताकत दिएको थियो देवाशुर संग्रामले ।
जीवनमा परिवर्तन गर्ने अर्को कृति हो उपन्यास “देशभक्त लक्ष्मीवाई”। सामाजिक सांस्कृतिक विभेदका कारण हेय दृष्टिकोणको शिकार बन्दै आएका महिलाहरुलाई परिवर्तनकारी आन्दोलनमा लाग्नुपर्दछ भनेर प्रेरित गर्ने र संगठित गर्ने प्रक्रिया नेपाली समाजमा पनि विकास हुदै गएको भए पनि समाज र संगठनभित्र समेत उनिहरुको भुमिका अझै परम्परागत नै थियो । महिलालाई निर्णायक जिम्मेवारी दिइदैन थियो । प्रशिक्षण गर्दा पनि प्राय जेनी, क्रुप्सकाया, लि हु लान लगायत महिलाको उदाहरण दिइन्थ्यो र जीवनी पढाइन्थ्यो, जो मुलत विश्व वामपन्थी नेताका असल जीवन संगिनी भएर सहयोग गर्ने, परिवारको जिम्मेवारी लिइदिने लगायतका सहायक भुमिकाकोसाथ आन्दोलनलाई सहयोग गरेको कुरालाई महत्वकासाथ प्रस्तुत गरिन्थ्यो । यस कुराले लाग्दथ्यो कि फेरी पनि महिलाहरु श्रीमती या आमाको रुपमा पारिवारिक भुमिकामा नै सिमित हुने हो भने कसरी हुन्छ महिलामुक्ती ? के महिलाहरु प्राकृतिक रुपमा नै अग्रपंक्तीको योद्धा बन्न वा नेतृत्व लिन सक्ने क्षमता राख्दैनन् ? अनि संधै पुरुषको छाया भएर मात्र प्रस्तुत हुनुपर्ने महिला हुनुको नियति नै हो ? मैले यिनै प्रश्नहरुको जवाफको रुपमा पाएको महशुस गरे प्रश्रितव्दारा लिखित कृति देशभक्त लक्ष्मीवाई ।
देशभक्त लक्ष्मीवाईको अध्ययनले आत्मविश्वास र मानसिकतामा नया उचाइ दिएको मलाई अनुभुत भएको थियो । उचित वातावरण र अवसर पाएमा महिलाहरु श्रीमती र आमा मात्र होइन, युद्ध मैदानको अग्रपंक्तीको योद्धा बनेर नेतृत्व लिन सक्दछन् र अन्याय रअत्याचार विरुद्ध जीवन हत्केलामा लिएर युद्ध मैदानमा उत्रन सक्दछन् । यसले एकपटक नालापानीको युद्धमा महिलाको गौरवपुर्ण सहभागितालाई पनि सम्झना गराएको थियो । अनि, नेपालकै जस्तो सामन्तवादी पुरुषप्रधान सामाजिक सांस्कृतिक अवस्थामा रहेको हिन्दुस्थानका महिला झासिकी रानी बन्न सक्दछन् भने नेपाली महिलाले किन सक्दैनन् ? अवश्य सक्दछन्, तर यसको लागि उचित वातावरण, अवसर र प्रोत्साहन अनि उनीहरु आफैमा पनि प्रतिवद्धता र लगनशिलता आवश्यक छ । यो पुस्तकले दिएको सन्देश वा शिक्षा यही थियो, जसले जीवन यात्रामा आइपर्ने हरेक चुनौतीलाई स्विकार र सामना गर्दै आफ्नो लक्ष्यपथमा निरन्तर गतिशिल र क्रियासिल हुन प्रोत्साहित गरिरह्यो ।
विगत तिन दशकमा मैले अनुभुती गरेको कुरा के हो भने मोदनाथ प्रश्रितको भौतिक वा सशरिर व्यक्तित्व जति सशक्त छ, उहाको साहित्यिक व्यक्तित्व त्यो भन्दा कैयौ गुणा बढी प्रभावकारी छ भन्ने मेरो अनुभुती हो । अर्को कुरा प्रश्रितका कृतिहरुवाट मैले लिएको प्रेरणा लेखनको क्षेत्रमा पनि हो । उहाका कृतिहरु पढिसकेपछि मलाई लाग्यो कसैले पनि भनेको कुरा सुन्ने स्रोता जमातको तुलनामा लेखिएको कृतिको पाठक जमात धेरै फराकिलो र बृहत्तर हुन्छ । त्यसै गरी प्रभाव र सम्झनाको रुपमा पनि लेखिएका कुराहरु बढी प्रभावकारी र दिगो हुन्छ ।
दस्तावेजको रुपमा रहने कृतिले लेखक आफैका लागि समेत आफ्नो वारेमा सिंहावलोकन गर्न र तत्कालिन अवस्थाको बस्तुस्थिति अनुभुत गर्न महत्वपुर्ण योगदान गर्दछ, जुन कुरा सामान्यतया राम्रो बक्ताका लागि उपलव्ध हुन सक्दैन । भनिएका हरेक कुराको दस्तावेजीकरण सम्भव र व्यवहारिक दुवै छैन, जति लेखकीय कृतिको दिगोपन हुन्छ ।
यसर्थ पनि हरेक परिवर्तनकारी व्यक्तीले आफ्ना विचार, अभिव्यक्ती र सोचलाई कुनै न कुनै रुपमा दस्तावेजीकरण गर्नुको ऐतिहासिक महत्व हुन्छ र यो कुरालाई सम्भव बनाउन सक्दछ लेखकीय शैली र कृतिले । यस पक्षमा प्रश्रित अव्वल ठहरिनु भएको छ कि उहाको कृतिले अन्तरपुस्ता सामाजिक सांस्कृतिक रुपान्तरणमा योगदान गर्दै रहनेछ ।
पौष २०६८