राजनीति राज्यको नीति निर्माण गर्ने र राज्य संचालन गर्ने कुरा हो । समाजलाई कता लैजाने अथवा कस्तो बनाउने भन्ने विषयको दिशा निर्धारण गर्ने काम राजनीतिले गर्दछ । राज्यको नीति निर्माणको प्रकृया र अनुसरण गरेको नीतिको आधारमा राज्य प्रणालीको नामाकरण गर्न सकिन्छ कि त्यो राज्य प्रजातान्त्रिक हो वा निरंकुश । जनअधिकार युक्त हो वा एकाधिकारवाला ।