नागरिकता सम्बन्धि विधेयक संसदको राज्यव्यवस्था समितिमा छलफलमा छ । यो हरेक नागरिकको स्वाभिमान र पहिचानसंग जोडिएको विधेयक हो । फरक–फरक अवस्थामा राज्यविहिन हुन पुगेका समुदायले भोग्न परेका समस्या र यसवाट स्वाभिमानमा लागेको चोटको वारेमा सम्बन्धित पक्षले समितिमै आएर आफ्ना अनुभुतीहरु सुनाएकाछन् । अभियन्ताहरुले यसका विविध पक्षको वारेमा स्पष्ट पार्ने प्रयत्न गरिरहकै छन् । सवै कुरा सुनिवुझी सकेको राजनीतिक नेतृत्व कोही पनि नेपाली नागरिकको सन्तान राज्यविहिन हुनुहुदैन भन्ने वारेमा संसदमा होस वा सडक र समाज, आफ्नो प्रतिवद्धता जाहेर गर्दै आएको छ । प्रतिवद्धता, अभियान, व्याख्या, सहानुभुती जे–जे गरे पनि चुरो कुरा बन्दै गरेको कानुनले नेपालीका सन्तानलाई राज्यविहिन नबनाइने सुनिश्चितता गर्छ वा गर्दैन ? मुल कुरा यही हो ।

लामो लडाइपछि आजको तहमा विकसित भएको लोकतन्त्रले हरेक नेपालीलाई आफ्नो सरोकारका विषयमा तथ्यमा उभिएर तर्कपुर्ण रुपमा प्रश्न उठाउन सक्ने क्षमता र आफ्ना कुरालाई उचो शिर गरेर राख्न सक्ने आत्मविश्वास र अवसर उपलव्ध गराएको छ । जनताको तहवाट यो काम हुदै आएको पनि छ र नेतृत्वले नागरिकको स्वाभिमानको सम्मान कसरी गर्छ (?) भन्ने कुरालाई नजिकवाट नियाली रहेका पनि छन । नागरिकताका वारेमा बंशज र अंगिकृत दुई फरक विधा हुन । यहा चर्चा गर्न खोजिएको विषय नेपाली सन्तानको बंशिय पहिचानसंग सम्बन्धित रहेकोछ ।

संविधानले के भन्छ?

संविधान सवैभन्दा महत्वपुर्ण कानुन हो र यससंगै वाझिएको हदसम्म कानुनी प्रावधान खारेज हुन्छ भन्ने वारेमा हामी सवै सचेत छौ । बंश र बंशजको नागरिकताको वारेमा संविधानमा भएको व्यवस्थाको वारेमा पनि हामि जानकार छौ । जहा भनिएको छ, महिलाको हक अन्तरगत संविधानको धारा (३८–१) मा प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशिय हक हुने छ“ । नागरिक–नागरिक विचको समानताको वारेमा धारा १८ को (१) मा “सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन । (२) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, वैवाहिक अवस्था, लिंग …. वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन र (३) राज्यले नागरिकहरूका बीच उत्पत्ति, … लिंग … वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन भनिएको छ ।

त्यसैगरी गोपनियता सम्बन्धि हक (धारा २८) मा “कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ भनिएको छ । यस धाराको कार्यान्वयनका सम्बन्धि वैयक्तिक गोपनियता सम्बन्धमा बनेको कानुनको दफा ३–३ ले पनि यस सम्बन्धि व्यवस्था गरिसकेको छ । यी सवैभन्दा माथि संविधानको प्रस्तावनामा नै लैंगिक विभेद अन्त गरी समतामुलक समाजको निर्माण गर्ने संकल्प गरिएकोछ ।

नागरिकता सम्बन्धित धारा (११–२–ख) ले गरेको व्यवस्था “कुनै व्यक्तिको जन्म हुदाका वखत निजको वावु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको आधारमा नागरिक हुनेछ र धारा ११–५) मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ भन्दै गर्दा यसै उपधारामा “तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ“ भनिएकोछ जव कि आमा विदेशी भएको ठहरेमा त्यस्तो सन्तानको वारेमा संविधान मौन छ । यसरी धारा ११–५ मा गरिएको यो प्रतिवन्धात्मक व्यवस्था माथि उल्लेख गरिएका धाराहरुको विपरित मात्र होइन, सिंगो संविधानको प्रस्तावनामा उल्लेख गरिएको मर्म र भावनाको समेत विपरित छ ।

संविधानमा वाझिएका धाराको व्यवस्थापनको वारेमा संविधान संशोधनको समयमा फेरी छलफल गर्दै गरौला । यहा संविधानले आमालाई स्पष्ट शव्दमा वंशजको रुपमा स्विकार गर्दा पनि अपरिवर्तित परम्परागत मानसिकताका कारण नेपाली महिला र तिनका सन्तानले भोग्न परेका १३ फरक किसिमको समस्याको वारेमा चर्चा गर्न खोजिएकोछ, जुन निम्न अनुसार छन ।

बंशजकाे नातालाइ विवाहसंग जाेडिने गैर संवैधानिक प्रावधानका कारण उत्पन्न समस्या

  1. नागरिकता लिनु पहिला विदेशीसंग विवाह गरेकी छोरीलाई विवाहपछि नेपाली नागरिकता लिने कुरामा अड्चन दिने गरिएकोछ । वंशजको नाता रगतसंग जोडिएको हुन्छ भने वैवाहिक सम्बन्ध भावनात्मक पक्ष होे । तर, विवाहको आधारमा वंशजको नाता तोडिने कुरा फगत पितृसत्तँत्मक मानसिकताको उपजका कारण नागरिकतामा विभेद गरिएका नेपाली महिला सन्तान ।

नेपाली अामाले नेपालमा नै जन्माएका सन्तानकाे सहज रुपामा वावुकाे पहिचान प्रस्तुत गर्न नसक्दा अामाले समाज र राज्यवाट अपमानपुर्ण व्यवहार खप्न र सन्तान राज्यविहिन हुन परेका अवस्थाहरु 

  1. रोजगारीको सिलसिलामा वाहिरवाट गएका सुरक्षाकर्मी, कर्मचारी शिक्षक लगायतले कार्य क्षेत्रमा रहदा स्थानिय महिलासंग विवाह गरेर वच्चा जन्मिएपछि विना जानकारी अन्यत्र सरुवा हुने क्रममा सम्पर्कविहिन भइदिने अवस्थामा आमाले हुर्काइ बडाइ गरिएका सन्तानलाई आमाको पहिचानमा नागरिकता दिन इन्कार गरिएका कारण राज्यविहिन बनाइएका सन्तान ।
  2. वावु आमा विचको असमझदारीका कारण छुट्टिएर वसेको अवस्थामा आमासंग वसेका सन्तानको नागरिक पहिचानको सन्दर्भमा पहिचान दिन नचाहने वावुका कारण राज्यविहिन बनाइएको सन्तान ।
  3. वावु वेपत्ता भएको अवस्थामा आमाले हुर्काएको सन्तानको नागरिक पहिचान दिदा सम्पत्तीमाथि दावा हुन सक्छ भन्ने आंकलनका आधारमा वावु पक्षका नातेदारले सिफारिस गर्न नमानेर राज्यविहिन हुन पुगेका सन्तान ।
  4. फरक ठाउवाट अध्ययन वा काम वा अन्य कारणले वावु आमाको वतनभन्दा फरक तेस्रो स्थानमा वैवाहिक सम्बन्धवाट वच्चा जन्मिएपछि वावुको मृत्यु वा वेपत्ता भएका कारण आमाले हुर्काएर वालिग भएपछि आमाको वतन भएको ठाउले वावुको पहिचान खोजेर राज्यविहिन बनाइएका सन्तान ।
  5. द्धन्द्धकालमा भएको यौन हिंसा र जवरजस्तीकरणीका कारण आफ्नै ठाउमा जन्मिएका वा सामाजिक कारणले आमालाई नै अन्यत्र कतै गएर जन्माएर हुर्काइएका कारण राज्यविहिन हुन पुगेका सन्तान ।
  6. समाजको आधुनिकिकरण र विकासको क्रममा वैवाहिक सम्बन्ध वाहिर जन्मिएर वावुले स्विकार नगरी आमाले हुर्काएका कारण राज्यविहिन हुन पुगेका सन्तान ।
  7. वावु विदेश गएको वा वेपत्ता भएको वा आपराधिक केसमा जेल सजाय पाइरहेका कारण आमाले हुर्काएका र वावुको पहिचान दिन नसकेको वा नचाहेका कारण राज्यविहिन हुन पुगेका सन्तान ।
  8. जवरजस्तीकरणीवाट रहन गएको गर्भवाट विभिन्न सेल्टरमा जन्मिएर आमाले हुर्काइएको र वावुको पहिचान दिन नसकेको कारण राज्यविहिन हुन पुगेका सन्तान ।

संविधानले अामालाइ समान वंश माने पनि वावु विदेशी भएकाे कारण देखाउदै विविध किसिमका अल्झन देखाउदै नागरिकता दिन इन्कार गरिएकाले राज्यविहिन हुन पुगेकाे अवस्थाहरु

  1. नेपाली महिलाले विदेशी नागरिकसंग नेपाल मै विवाह गरी यही जन्मिएर हुर्किएका सन्तानलाई विदेशी वावु भएको कारण वंशिय पहिचानवाट बञ्चित गरिएका सन्तान ।
  2. वैदेशिक रोजगारीको सिलसिलामा यौनजन्य हिंसाका कारण गर्भ वा वच्चासहित नेपाल फर्किएका नेपाली आमाका कारण राज्यविविहन हुन पुगेका सन्तान ।
  3. विदेशीसंग विवाह भइ विविध कारणले श्रीमानको परिवारमा वस्न नसकी नेपाली नागरिक आमासंगै नेपाल आएर हुर्किका कारण राज्यविहिन हुन पुगेका सन्तान ।
  4. विदेशमा रहदा विदेशी पुरुषसंग विवाह भई विदेशमा जन्मिएका तर नेपाली नागरिक आमासंग नेपाल आइ हुर्किएका र नेपाली भएर वाच्न चाहे पनि विदेशमा जन्मिएका विदेशी वावु भएको कारण राज्यविहिन हुन पुगेका सन्तान ।

संविधानमा उल्लेख गरिएको आमा वा वावुलाई समान हैसियतको वंश मान्ने गरी उल्लेख गरिएको भाषा र भावना दुवैका आधारमा परम्परागत मानसिकतामा परिवर्तन गर्ने हो भने माथि उल्लेख गरिएका कुनै पनि किसिमको समस्या नेपाली आमाको हुर्काइमा रहेका सन्तान राज्यविहिन हुन नपर्ने हो । तर, वास्तविकता त्यस्तो हुन सकेको छैन ।

त्यसैगरी, राज्यविहिनताको अवस्थाका थप दुई क्याटेगोरीमा 

  1. २०६३ सालमा जन्मका आधारमा नागरिकता लिने क्रममा आमा–वावु र उमेर पुगेका दिदि–दाजुले नागरिकता पाएका र त्यस समयमा नावालिग रहेका तिनै आमा–वावुका सन्तान वा दिदि–दाजुका भाइ–वहिनी अहिले उमेर पुगेर पनि आफ्ना अभिभावकाको सिफारिसमा नागरिक पहिचान प्राप्त गर्न नसकेर राज्यविहिन हुन पुगेका छन् ।
  2. नेपालमा पुस्तौदेखि वसोवास गर्दै आए पनि
    गरिवीका कारण कुनै जग्गा जमिन वा अचल सम्पत्तीमा स्वामित्व नभएका वा स्थायी वतनका प्रमाण पुर्याउन नसकेको श्रम गरी जीवन निर्वाह गर्दै आएका श्रमजीवी जनताका सिंगो परिवार नै नागरिक पहिचान विहिन अवस्थामा रहेका छन । यसरी गरिवीका कारण राज्यविहिन हुनेमा बहुसंख्यक परिवार दलित समुदायवाट रहेका छन ।

नया संविधानले समावेसीता, सहभागिता र सामाजिक न्यायसहितको समतामुलक समाज निर्माणको भावनालाई आत्मसात गरे पनि अझै हजारौ नेपाली नागरिक पहिचानको अनिश्चिततामा वाचिरहेका छन् । यसको कारण राज्य र राजनीतिक पार्टीका नीति नभएर होइन, आधिकारिक ठाउमा रहेका राजनीतिक नेतृत्व र अधिकारीमा रहेको विभेदपुर्ण परम्परामा आधारित मानसिकता हो भन्ने कुरामा कुनै भ्रम छैन ।

परिवर्तित समय, चेतना र सामाजिक न्यायको मागको सापेक्षतामा बनेको नया संविधानको भाषा र भावनाको कार्यान्वयनका लागि मानसिकता र सोचमा पनि परिवर्तन आवश्यक छ भन्ने कुरा सवैले वुझ्न र आत्मसात गर्न जरुरीछ । एउटा नागरिक भोकै रहेसम्म सवै नेपालीले खान पाएका छन भन्ने सकिदैन भने झै एउटा व्यक्ति राज्यविहिनतामा तड्पिदासम्म सवै नेपालीको स्वाभिमानी शीर उचो भएको मान्न सकिदैन भन्ने भावनाका साथ अव वन्ने कानुनले सवै नेपालीका सन्तानलाई राज्यविहिन हुनवाट निकास दिन सक्ने गरी संसदिय समिति, सिंगो संसद र राजनीतिक दलहरुको ध्यान पुग्ने कुरामा प्रभावित पक्षहरु अपेक्षारत छन।

 

Wordfile: Citizenship in debate