रुपान्तरणमा महिला नामक पुस्तक अस्मिता प्रकाशन गृहले गत वैशाख २३ गते सार्वजनिक गरेको छ ।विभिन्न क्षेत्रमा क्रियासिल २४ जना लेखकहरुको १९ वटा अनुन्धानमुलक लेख संगालिएको छ ।
नेपाली समाज तिव्र रुपान्तरणको प्रक्रियावाट अगाडी बढिरहेको छ । १०४ वर्ष लामो राणा शासनको अन्त्य भएको १० वर्ष कै अवधिमा तत्कालिन राजतन्त्रको हस्तक्षेपवाट नेपाली जनतामा निहिति प्रजातान्त्रिक अधिकार खोस्दै पञ्चायती शासन लागु गरे पनि ३० वर्षको छोटो अवधिमा नै पुन पञ्चायतको अन्त्य गर्दै नेपाली जनताले बहुदलिय व्यवस्थाको स्थापना गरे।
बहुदलिय व्यवस्थाको अभ्यास गर्ने चरण अगाडी बढ्दै गर्दा पुन २०५९ सालवाट राजतन्त्रले जनताको अधिकार दरवार फर्काउने प्रयत्न गर्दै २०६१ सालवाट सत्तँ आफ्नो हातमा लिएको राजतन्त्रको विरुद्धमा उत्रिएको जनउभारले२०६३ मा राजतन्त्रको नै अन्त्य गरिदिए ।
ज्नताले राजनीतिक अधिकार पटक पटक ल्याइएको पनि तयसले संरक्षण र सम्वद्र्धन हुन नसक्नुको एउटा प्रमुख कारण भनेको आन्दोलनमा सवै जनता सहभागि हुने तर अधिकार प्राप्त भइसकेपछि फेरी पनि जनताको आधा जनसंख्या र जनशक्तिमा रहेको महिला समुदायलाई सामाजिक रुपान्तरणमा पर्याप्त स्थानको व्यवस्था नहुनु वा उनीहरुलाई समान हैसियतका नागरिकको रुपमा राज्य, समाज, संघसंगठन र परिवारले समेत व्यवहार नगर्ने अवस्था यसको लागि प्रमुख रुपमा दोषी रहेदै अाएको छ ।
यही कुरालाइ समेत आत्मसात गर्दै यसपटक समाजको फरक-फरक क्षेत्रलाई महिलाको आखाले हेरौ भन्ने प्रयाश स्वरुप नेपाली राज्य र नागरिक संयन्त्र, राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, धर्म संस्कृति, श्रम तथा रोजगारी लगायतका क्षेत्रमा महिलाले गरेको योगदान, उनीहरुप्रति राज्य, समाज र परिवारले गरेको व्यवहार र साचो रुपमा सामाजिक रुपान्तरणका लागि महिला प्रति राख्नु पर्ने दृष्टिकोण र गर्नुपर्ने व्यवहार लगायतका विषयमा केन्द्रीत रहेर तयार गरिएको यो पुस्तक खास गरी समाजको आम रुपान्तरणको प्रक्रियामा क्रियासिल अभियन्ताहरुका लागि उपयोगी हुने देखिन्छ ।
पुस्तक सार्वजनिकिकरणको समयमा टिप्पणीकार राजेन्द्र महर्जनका अनुसार यो प्रकाशन पुरुष बर्चश्व रहेको लेखन क्षेत्रमा महिला लेखकहरुको सकारात्मक हस्तक्षेप हो । अर्का टिप्पणीकार नम्रता शर्माको भनाइमा यो महिला क्षेत्रमा तथ्यसंगत रुपमा पेस अग्रगामी पहलमा लाग्ने अभियन्ताका लागि राम्रो स्रोत सामग्रीको रहनेछ ।
मुलत महिला लेखकहरुको लेखनमा केन्द्रीत यस प्रकाशनमा डा. मिना आचार्य जस्ता वौद्धिक र स्थापित व्यक्तित्वदेखि यस प्रकारको लेखनमा प्रयाशरत नया लेखकहरु समेतको सहभागिता आफैमा सिक्ने र सिकाउने प्रयाशको रुपमा समेत उपयोगी देखिन्छ ।
महिलाको सामाजिक मर्यादा, समानता र सम्मानको लडाइमा बौद्धिक खुराकी दिदै आएको अस्मिता प्रकाशनले यस किसिमको प्रयाशलाई निरन्तरता दिइरहन सके समाजको रुपान्तरणमा उसको योगदान यही नै अमुल्य रुपमा रहदै जानेछ ।