िजफण्टले अाफ्नाे अागामी महािधवेशनलाइ लक्ष्यीत गरेर अायाेजना गरिएकाे परिसम्वाद कार्यक्रम यही असार २८-२९ मा जिफन्टको छैटौं राष्ट्रिय महाधिवेशनको तयारीको सिलसिलामा सैद्धान्तिक, वैचारिक छलफलको रुपमा दुई दिने उच्चस्तरीय परिसम्वाद कार्यक्रम सम्पन्न भएकाेछ ।
पातलेवन थानकोटमा आवासीय रुपमा भएको यस परिसम्वादमा मूलतः तीन वटा पाटोमा छलफल भएको थियो । पहिलो पाटो अन्तर्गत राजनीतिक परिदृश्यको आँकलनको विषयमा आउने चार वर्षसम्म राजनीति कहाँ पुग्ला र अहिले विद्यमान संक्रमरण काल कसरी टुंगिएला ? संविधानसभाको निर्वाचन हुन्छ, त्यसको नतिजा कस्तो होला ? ट्रेड युनियन आन्दोलनमा त्यसको प्रभाव कस्तो रहला ? हुँदैनन्, कस्तो प्रभाव रहला ? यी विषयमा छलफल गरिएको थियो । छलफलमा परिसम्वादकर्ताको रुपमा नेकपा एमालेका केन्द्रीय नेताहरु रघुजी पन्त, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने हुनुहुन्थ्यो भने मोडरेटरको रुपमा सास्क सास्क दक्षिण एशियाका निर्देशक डा. शरण केसी हुनुहुन्थ्यो ।
रुपान्तरणको विषयमा रुपान्तरण सम्बन्धी बुझाइ र वर्ग आधारित विचार सम्बन्धी विचार गरी दुई वटा विषयमा छुट्टा छुट्टै परिसम्वाद भयो । पहिलो परिसम्वादमा क्रान्ति सम्पन्न भएको हो भने अबको हाम्रो कार्यभार के हो ? क्रान्ति जारी भए अहिलेको समाजलाई कसरी बुझ्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणको विषयमा छलफल भयो । छलफलमा नेकपा एमालेका केन्द्रीय नेताहरु शंकर पोखरेल, घनश्याम भुसाल र राजन भट्टराई परिसम्वादकर्तामा हुनुहुन्थ्यो भने जिफन्टका महाधिवेशन प्रतिनिध परिषद प्रमुख मुकुन्द न्यौपाने मोडरेटर हुनुहुन्थ्यो ।
रुपान्तरण केन्द्रित अर्को परिसम्वादमा वर्ग आधारित विचार सम्बन्धी विषयमा छलफल भएको थियो । छलफलमा वर्गिय आन्दोलन र राष्ट्रियता र सामाजिक विषयहरु लैंगिक समानता, जाति÷जनजातिको पहिचान तथा समवेदना र क्षेत्रीय विभेद जस्ता विषयहरुको अन्तर सम्बन्धमा छलफल भएको थियो । नेकपा एमालेका केन्द्रीय नेताहरु पृथ्वी सुब्बा गुरुङ, विन्दा पाण्डे र विज्ञ डा. लालबाबु यादव परिसम्वाद कर्ता र नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे मोडरेटर हुनुहुन्थ्यो ।
श्रमशक्तिको विकास सम्बन्धी परिसम्वाद सत्रमा उत्पादक शक्ति के हो, नेपालमा श्रमजीवी वर्ग भन्नाले को को हुन्, श्रमशक्तिको विकास कसरी भन्ने विषयमा छलफल भयो । छलफलमा जिफन्टका महासचिव उमेश उपाध्याय, एफइएस नेपालका निर्देशक देवराज दाहाल र नेकपा एमालेका केन्द्रीय नेता घनश्याम भुसाल परिसम्वादकर्ता हुनुहुन्थ्यो । मोडरेटर नेकपा एमालेका नेता शंकर पोखरेल हुनुहुन्थ्यो ।
अन्तिम परिसम्वाद सत्र नेपालमा ट्रेड युनियन आन्दोलनको विषयमा भएको थियो । परिसम्वादमा अन्तराष्ट्रिय ट्रेड युनियन आन्दोलनको अनुभव र नेपाली ट्रेड युनियन आन्दोलको सुदृढीकरण विषयमा परिसम्वादकर्ताहरु डा. शरण केसी र नेपाली ट्रेड युनियन आन्दोलनको आगामी दिशा बारे जिफन्टका अध्यक्ष विष्णु रिमालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । मोडरेटर राजन भट्टराई हुनुहुन्थ्यो ।
परिसम्वादमा राजनीतिक पार्टीका नेताहरु, विभिन्न विषयका विज्ञहरुका साथै जिफन्ट राष्ट्रिय कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
जिफन्टले हरेक महाधिवेशन अघि परम्पराकै रुपमा महाधिवेशनद्वारा निर्धारण गर्नुपर्ने नीतिका विषयमा अन्तरक्रियात्मक सम्वाद सञ्चालन गर्दै आएको छ ।