दक्षिण एसियाली गरिवी निवारण मञ्च (SAAPE) को आयोजना र अखिल नेपाल महिला संघको सहआयोजनामा नयही भदौ २६ र २७ गते राजनीतिमा महिला सहभागिता र प्रतिनिधित्व विषयक महिला सम्मेलन काठमाडाैमा सम्पन्न भयो । कार्यक्रममा अफगानिस्तान, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र नेपालसहितका तीन दर्जन सहभागिले भाग लिएका थिए ।
कार्यक्रममा सहभागि देशमा राजनीतिमा महिला सहभागिताको अवस्था, चुनौती र भावी रणनीतिको वारेमा छलफल र िवचार अादानप्रदान भएको थियो ।
नेपालको तर्फवाट विगत संविधानसभाको अनुभवमा केन्द्रीत हुदै प्राप्त कार्यपद्धती, महिलाकाे भुमिका, उपलव्धी, त्यसको रक्षाका लागि विद्यमान चुनौतीकाे वारेमा छलपल गर्दे भावी दिनका लागि ४ वाइ ४ को रणनीतिको वारेमा विन्दा पाण्डेको प्रस्तुती रहेको थियो । चार वाइ चारको रणनीतिमा निम्न कुराहरु रहेका थिए ।
१ प्रमुख मुद्दाहरु
- बंशमा समान अधिकार
- अंशमा समान अधिकार
- समानुपातिक सहभागिताको अधिकार
- महिला विरुद्ध हिंसा अन्त्यको उचित व्यवस्था
२ अफरमेटिक एक्सन कार्यक्रम
- संख्यात्मक सहभागिताको लागि व्यवस्था
- गुणात्मक सहभागिताका लागि क्षमता अभिबृद्धी
- पितृसत्तँत्मक सोच र व्यवहारमा परिवर्तन
- प्रतिवद्धता, नीति र कानुन कार्यान्वयनको लागि आवश्यक व्यवस्था
३ विशेष व्यवस्थाका क्षेत्रहरु
- शिक्षा
- स्वास्थ्य
- रोजगारी
- सामाजिक सुरक्षा
४ रुपान्तरणको क्षेत्र
- घर/परिवार
- समाज/समुदाय
- संगठन/राजनीतिक दल
- राज्य संयन्त्रका सवै क्षेत्र
दुई दिनसम्म चलेकाे यस कार्यक्रमको निचोडसहित कार्यक्रमका सहभागिहरुले २८ गते विहान राष्ट्रपतीलाई भेटेर जानकारी गराउने र महिलामैत्री राज्य निर्माणका लागि पहल गर्न आग्रह गरेका थिए ।
जेण्डर समानता र सामाजिक न्यायको लागि दक्षिण एसियाली ऐक्यवद्धता जिन्दावाद ।
भाद्र २८ २०७०
CA- Working mode & lesson learn