binda_pandeyअनेरास्ववियुको “समानता” को नाराले २०३७ सालतिर मेरो ध्यान तान्यो । म त्यतिखेर नुवाकोटको भैरवी माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । २०३६ सालमा अखिल पाचौको राष्ट्रिय सम्मेलनमा प्रतिनिधि जाऔ भन्ने प्रस्ताव केही साथिहरुले राखेका थिए । तर, घरवाट अनुमती नपाइने डरले मैले त्यसलाई नकारिदिए । मेरै कक्षाका दुईजना पुरुष साथिहरु उक्त सम्मेलनमा सहभागि हुन गए । फर्किएर आएपछि उनीहरुको कुरा सुन्दा लागेको थियो गएको भए हुने रहेछ । तर, परम्परागत सामाजिक परिवेसमा एउटा गाउले केटी कसरी म त्यस्तो निर्णय गर्न सक्थे छ ? गाउमा अनुशासित, भनेको मान्ने, सभ्य, सालिन …. आदि आदि परिचय पाएकी छोरीको रुपमा एकै पटक यस्ता कुरामा लाग्ने सोच बनाउन सक्ने सम्भावनै थिएन ।

काठमाडौ आएका ति साथिहरुले “जनताको गीत” का कितावहरु लिएर गएका रहेछन् । त्यही स्कुलमा पढाउने अर्जुन सरले त्यो गीत गाउन साथिहरुलाई सिकाउनु हुदो रहेछ । अनि क्लास खाली भएको समयमा उनीहरुले क्यासमा पनि त्यो गीत गाउने गर्दथे । त्यसमध्येको एउटा गीत “आमा दिदिबहिनी हो कति बस्छौ दासी भइ …” भन्ने जेवी टुहुरेको गीतले हामी क्सालमा भएको महिला विद्यार्थिलाई बढी प्रभाव पार्न थाल्यो । त्यो गीत हामी ग्रामिण क्षेत्रमा बस्ने महिलाहरुको आफ्नै जीवन कथा जस्तो लाग्थ्यो र विस्तारै हामी गीत गाउने कुरामा सामेल हुन थाल्यौ । गाउ गाउवाट उठ …, नउठी भएन नेपालका दिदीवहिनी हो …..,संघर्ष हो जीवन … लगायतका गीत पनि कम प्रभावकारी थिएनन् ति दिनहरुमा ।

समयक्रममा थाहा हुदै गयो काठमाडौमा बसेर पढ्ने मेरा दाइ–दिदिहरु पनि अखिलको कार्यकर्ता भएका रहेछन् । उनीहरु पनि अनेरास्ववयुको गतिविधिमा संलग्न छन् र मेरा माहिला दाइ महेन्द्र भित्री रुपमा उनीहरुलाई समर्थन गर्दा रहेछन् । यो कुरा २०३७ चैत्र १४ गतेको पहिलो “नेपाल बन्द” पछि थाहा भयो । उक्त दिन हाम्रो विद्यालय पनि बन्द गराइएको थियो । त्यस दिन काठमाडौमा धेरै विद्यार्थी गिरफ्तार भएका थिए । तिनै गिरफ्तार विद्यार्थिहरुको रिहाइको माग गर्दै अर्को दिन हामी त्रिशुली गयौ । त्यसे वेला थाहा भयो चैत्र १४ गतेको आन्दोलनको क्रममा काठमाडौमा मेरो कान्छो दाइ राजु पनि गिरफ्तारीमा परेका रहेछन् ।

हामी विद्यालय छाडेर त्रिशुली गएको कुरा बुवाले थाहा पाइसक्नु भएको रहेछ । साझ घर गएपछि गाली शुरु भयो “छोरी मान्छे भएर विद्यालय छाडेर जुलुश गर्न बजार बजार हिड्ने …. ” भनेर । म अन्जान झै प्रस्तुत हुदै भने “दाइलाई थुनेको रहेछ, छाडि दे भन्न गएको ।” बुवा अझै रिसाउनु भयो र थप उपदेश दिन थाल्नु भयो छोरी मान्छे र उसले गर्न हुने–नहुने वारेमा । लामै प्रवचन भयो उहाको । मलाइ भने त्यही कुरा छोरालाई चाही किन नभनेको होला ? छोरा पुलिस थानामा हुदा पनि खासै वास्ता छैन, म चाही जुलुशमा हिड्दैमा किन गाली खान परेको ? भन्ने सोच आउन थाल्यो । वास्तवमा त्यसले मलाई छोरा र छोरी बीचमा असमान व्यवहार वारे थप सोच्न र अगाडी बढ्न प्रेरित ग¥यो ।

अखिलले खनेको जीवनको गोरेटो

२०३८ साल जेठमा हाम्रो विद्यालयमा पनि स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचन भयो । यसमा हामी अखिल पाचौ र अर्को छैठौको दुइ प्यानल थियो । मभन्दा एककक्षा पछाडी रहेकी बहिनी निर्मला स्ववियु सदस्यमा निर्वाचित भइन । त्यस दिन निर्वाचनको नतिजा आएपछि मात्र घर जानु पर्दा राती झण्डै १० वजेको थियो । हाम्रै कारण आमा–बुवाको बीचमा अलिअलि ठाकठुक परिसकेको रहेछ स्कुल गएका छोरीहरु रातीसम्म घर आएनन् भन्ने विषयमा । आमा हाम्रो पक्षमा बुवा विपक्षमा । असहज अवस्था भएपछि हामी बुवाको अगाडी पर्न छाडिसकेका थियौ । त्यस समय पनि झण्डै एकहप्ता लुकामारी मै वित्यो । विस्तारै स्थिति सहज बन्दै गयो । खासमा बुवाको असन्तुष्टीलाई म घरपरिवार र खेतवारीमा गरिने कामको संलग्नताले जित्ने प्रयत्न गर्थे । त्यसो गर्दा बुवाको सम्भावित गालीवाट जोगाउने काम आमाले नै गर्नुहुन्थ्यो ।

यता अनेरास्ववियुको “महिला–पुरुष अथवा छोरा–छोरी” विचमा रहेको विभेदको अन्त्य गर्दै समानता कायम गर्ने आफ्नो लक्ष्य रहेको कुराले मलाई अखिलको वारेमा थप कुरा जान्न र कार्यक्रममा सहभागि हुन उत्सुकता थप्दै थियो । यही विचमा २०३८ सालको कार्तिकमा हाम्रै विद्यालयमा अनेरास्ववियुको पहिलो नुवाकोट जिल्ला सम्मेलन आयोजना गरियो । त्यस सम्मेलनमा गाइएका जोशिला गीत अनि न्याय र समानताको पक्षमा गरिएका जोशिला भाषणले मलाई अखिलमा आवद्ध हुन अझै प्रेरणा थप्यो ।

उता यस कार्यक्रममा दाइ र दिदिको समेत सहभागिता रहेको र काठमाडौवाट गएका कतिपय नेताहरुको हाम्रै घरमा भएको बसाइ पनि बुवा¬–आमावाट सम्भावित व्यवधान र अवरोध खुकुलो पार्न सहयोगी बन्यो । आमा खास गरी छोराहरुको कुरामा बढी सहमत हुनुहुन्थ्यो भने बुवा छोराछोरीको राजनीतिक संलग्नतामा खुशी नभए पनि खासै कमेण्ट गर्नुहुन्नथ्यो । उहा राजनीतिप्रति सकारात्मक हुनुहुन्थेन । तर पनि, आफुले भनेको कुरा कुनै व्यक्तिले टेर्दैन भन्ने आंकलन गरेपछि त्यसका वारेमा समय खर्चनुको अर्थ देख्नुहुन्नथ्यो । आफुले भनेको कसैले मानेन भन्ने अवस्था आउन नदिने कुरामा बुवा प्राय सजग हुनुहुन्थ्यो र त्यस्तो कुरामा मौन रहनुहुन्थ्यो वा नथापाए झै गर्नुहुन्थ्यो ।
अखिलको त्यही सम्मेलनवाट म जिल्ला कमिटीको कोषाध्यक्षमा निर्वाचित भए । त्यसपछिका दिनहरुमा जति म संगठनको काममा हिडे आमाको निरन्तर साथ र सहयोगका कारण बुवाका अवरोधहरु बन्द हुदै गए । परिवारको सामान्यतया सवै व्यवहार आमाले गर्ने भएकोले पनि हाम्रो परिवारमा आमाको भनाइको अर्थ रहन्थ्यो । संगठनको काममा जानुपर्ने भएपछि घरको काममा अतिरिक्त सहयोग गरेर वातावरण बनाउने मेरो रणनीतिले पनि राम्रै काम ग¥योे । यसो गर्दा काम त गरेकै छ त भन्ने तर्कले जित्ने गर्दथ्यो र आमालाई हाम्रो पक्षमा तर्क गर्न सहज हुन्थ्यो ।

एसएलसीको नतिजापछि म त्रिचन्द्र कलेजमा आइएससीमा भर्ना भए । अखिलमा त्यतिखेर २०३९ सालको गडवडीले संकट थियो । कलेजमा तुरुन्तै साथिहरु खोज्दै आए । म पहिला सह–प्रारम्भिक कमिटी अनि केही समयपछि प्रारम्भिक कमिटीमा संगठित भए । विहानको कलेज, दिनभरी भदैनी लिवर्टीलाई हेर्नुपर्ने मेरो जिम्मेवारी थियो । साझमा भाउजु भिमु कलेजवाट फर्किएपछि पुःन अखिलको काममा वाहिर जान्थे । यही क्रम चल्दै थियो । त्यतिखेरसम्म मलाई एउटै विश्वासले अगाडी बढाएको थियो कि अखिलमा लाग्नु भनेको समानताको पक्षमा “श्रम र शक्ति”को लगानी गर्नु हो । एकदिन अवश्य पनि त्यो दिन आउने छ ।

भुमिगत जाने प्रस्ताव

२०४२ सालतिर हुनुपर्दछ, म आइएस्सीको परिक्षा दिएर बसेको थिए । बिन्दु कमरेड आएर –नेपाली क्रान्तिको लागि भुमिगत जाने प्रस्ताव राख्नु भयो । मैले अस्विकार गरे । उहा मलाइ भुमिगत गएर पार्टी काम गर्न मनाउने प्रयत्नमा नै हुनुहुन्थ्यो । म भने कम्तिमा पनि आफै गरि खान सक्ने हैसियत नवनाइ पढाइ छाड्नु हुन्न भन्ने सोचमा अडिग थिए । र, मैले भने– म पढाइ छाडेर राजनीति गर्दिन कमरेड । विद्यार्थीको मोर्चावाट जे सक्छु, त्यो गर्दछु । उहाले सम्झाउन केही प्रयत्न गर्नुभयो । तर पछि त्यसको लागि श्रमशक्ति लगाउनुको उपलव्धी नहुने देखेपछि छाडिदिनुभयो । आफ्नो खुट्टामा उभिन सक्ने हुनु मेरो पहिलो प्राथमिकता थियो र त्यसको लागि कमसे कम स्नातकसम्मको पढाइ मैले पुरा गर्नै पर्दछ भन्ने मेरो सोचाइ थियो । र, म विद्यार्थी फाटमा नै क्रियासिल हुन थाले । अहिले आएर लाग्छ मैले त्यस समय ठिक निर्णय गरेछु । यद्यपी, म मैले आर्जन गरेको सर्टिफिकेट आधारित काममा खासै लागिन । तर पनि यसले दिएको आत्मविश्वास र विवेक मेरो प्रत्येक पाइलामा सहयोगी बनेका छन् । पढाइ भनेको सर्टिफिकेट देखाएर गरिने कामको लागि मात्र होइन भन्ने मेरो दृढ विश्वास आज पनि कायम छ ।

विद्यार्थीवाट महिला हुदै श्रमजीवीको क्षेत्रमा

२०४६ सालको आन्दोलनको समयमा म अनेरास्ववियुको दशौ राष्ट्रिय सम्मेलन आयोजक कमिटीमा थिए । मेरो स्नातक तहको परिक्षा सकिएको थियो । पंचायतको अन्त्यसंगै म कतै शिक्षण पेशामा लागेर त्यहीवाट आन्दोलनमा निरन्तरता दिने सोचाइ थियो । र, २०४७ जेठमा सम्पन्न अखिलको दशौ सम्मेलनवाट अखिल छाड्न चाहन्थे । तर संगठनले अनुमती दिएन । म अखिलको ३५ सदस्यीय केन्द्रीय कमिटीमा एक मात्र महिला सदस्य निर्वाचित भए । विद्यार्थी राजनीतिमा लाग्ने हो भने नियमित विद्यार्थी हुुनुपर्दछ भन्ने मेरो मान्यता रह्यो । जसका कारण किर्तिपुरमा बनस्पतीशास्त्रमा स्नातकोत्तर तहमा भर्ना भए । अखिलमा काम गर्ने सन्दर्भमा पछिल्ला दिन त्यति सुखद रहेनन् ।

मेरो स्वभावका कारण पनि कुनै अनुचित व्यवहार मेरा लागि सैह्य हुदैन थियो । अखिलमा कार्यविभाजनवाट शुरु भएको थोरै असमझदारीका कारण मैले त्यहावाट विदा लिनु नै उचित ठाने र २०४८ मा अखिल र फेडेरेसनको एकिकरण हुने क्रममा म विद्यार्थी आन्दोलनवाट बिदा भए, तर पढाइलाई भने निरन्तरता दिए । २०५० मा स्नाकोत्तरको सवै परिक्षा सकियो । मलाइ अझै पनि लाग्दछ, अखिलको केन्द्रमा काम गर्न नपरेको भए मैले विश्वविद्यालयस्तरको शिक्षा सायद हासिल गर्ने थिइन । धेरैको अनुभव सुन्ने गरेको थिए, आन्दोलनको कारण पढाइ विग्रियो । मेरो सन्दर्भमा भने विद्यार्थी आन्दोलनकै कारण उच्च शिक्षा हासिल गरे भन्ने लाग्छ । यसर्थ विद्यार्थी आन्दोलनले मेरो जीवनमा अरु कुराको साथै शिक्षा आर्जनमा समेत सकारात्मक योगदान नै गरेको अनुभुती छ ।

अखिलवाट विदा लिए लगत्तै साथिहरुले अखिल नेपाल महिला संघ (अनेमसंघ) मा काम गर्ने कुरा गरे । यही क्रममा २०४८ कार्तिकमा सम्पन्न अनेमसंघको दोस्रो राष्ट्रिय सम्मेलनवाट केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भए । त्यहीवाट सांगठनिक जीवनलाई निरन्तरता दिए । २०४९ वाट अनेमसंघको तर्फवाट मजदुर फाटको काम हेर्ने जिम्मेवारी पाए । म नेपाल टे«ड युनियन महासंघ (जिफण्ट) संग जोडिन पुगे । अन्तत त्यहा केन्द्रीय महिला मजदुर विभाग गठन भयो । २०५० मंसिरवाट म केममविको सचिव हुन पुगे । यही क्रममा तीन वर्षका लागि वाहिर जान परेपछि अनेमसंघको कोषाध्यक्षवाट राजिनामा गरे । विदेशवाट फर्किएपछि पुन मजदुर फाटमा नै कढी समय दिने कुरा भयो । २०५४ वाट अनेमसंघको औपचारिक जिम्मेवारीवाट विदा लिदै हालसम्म पनि मजदुर फाटमा नै आवद्ध रहेर काम गर्दै आएकी छु ।

२०४० सालवाट पार्टी सम्पर्कमा रहेको मैले २०४७ सालमा पार्टी सदस्यता पाए । र, लगत्तै विद्यार्थी विशेष जिल्ला कमिटीमा संगठित भए । एक दशकभन्दा बढी जिल्ला तहको कमिटीमा काम गरेपछि सामाजिक सेवा विभागको सदस्य, राष्ट्रिय परिषदको सदस्य, महिला विभागको सचिव हुदै २०६५ सालमा आठौ राष्ट्रिय महाधिवेशनको खुल्ला कोटावाट पहिलो पटक केन्द्रीयको कमिटीको पुर्ण सदस्यमा निर्वाचित म नवौ राष्ट्रिय महाधिवेशनमा खुल्ला कोटावाट निर्वाचन लड्ने एक मात्र महिला रहे । नेकपा (एमाले) को कामको यो लामो दौरानमा म जहिले पनि अंशकालिन मात्र रहे । मेरो अधिकांश समय जनसंगठनहरुमा काममा नै वित्दै आएकोछ ।

महिलावादी भए

अखिलमा काम गर्दैगर्दा २०४० सालतिर मैले महिलावादको वारेमा सुने । यसको वारेमा थप जान्नको लागि मेरो अगुवाहरुलाई यसको वारेमा सोद्धा– यो राम्रो कुरा होइन । “अराजक र छाडा महिला आन्दोलन” भन्ने जवाफ पाए । चिनेका केही महिलाहरुलाई पनि सोधे । एकजनाले भन्नु भयो “यो लण्डलमा ब्रा जलाउने आन्दोलनवाट शुरु भएको हो । महिलावादीहरु प्राय त्यस्तै हुन्छन ।” तर मेरो मनमा भने खुल्दुली चलि नै रह्यो कि त्यस्तै हो भने पनि के कारणले महिलाहरु त्यो तहमा पुगे त ? यस सन्दर्भमा पाएका सामग्रीहरु हेर्न थाले । बुझ्दै जादा मलाई महिलावाद मलाइृ सुनाइए जस्तो लागेन । तर पनि आफुमा ढुक्क हुन सकिन । अन्तत २०५० मा हंगकंग गएपछि मात्र म

महिलावादको वारेमा अलि बढी जानकार भए । हामी कहा भन्ने गरिएको महिलावाद यसका विविध हांगामध्ये “उग्र महिलावादी” हांगाको मात्र कुरा गरिएको रहेछ । कुरा बुझ्दै गएपछि क्रमश विश्वासकासाथ मैले आफुलाइ महिलावादी भन्न थाले । जुन आज समाजमा स्थापित मान्यता बनेको छ । महिला अधिकारकर्मी धेरै यही लाइनमा लामवद्ध हुने क्रम जारी छ । किन कि समाजवादी आन्दोलनमा लाग्नेले जसरी वर्गिय विभेदका विरुद्ध माक्र्सवादलाई वैचारिक हतियार मान्दछन्, पितृसत्तँको विरुद्ध लड्ने वैचारिक हतियार महिलावादको समाजवादी धार हो । र, वर्गिय शोषणको अन्त्यसंगै पितृसत्तँत्मक शोषणको पनि अन्त्य चाहने हो भने माक्र्सवाद र महिलावादलाईसंगै पक्रनु जरुरी छ ।

बुवाले विभेदको अनुभुती गर्नुभो

एसएलसी दिएर घरमा वसेको समय होला सायद मैले जीवनमा सवैभन्दा बढी शारिरीक काम गरे । आमा काठमाडौमा र घरमा जेठी भाउजु प्रभा गर्भवती भएको कारण पनि सिंगो परिवार धान्न पर्ने अवस्था आइ प¥यो । झण्डै दर्जनमा रहेको बस्तुभाउ र खेतवारीको कामसमेत सम्हाल्नु पर्ने जिम्मेवारी थियो । यस्तैमा एकदिन बुवाले गाइवस्तुलाई पानी खुवाउने कुरा गर्दा मैले सहजै जवाफ दिए “पानी वोक्दा–वोक्दा कम्मर दुखी सक्यो । अर्काको गाइभैसीलाई कति पानी खुवाउनु” । हाम्रो घरवाट पानीको धारा पुग्न झण्डै १० मिनेट हिड््नु पर्ने र दिनमा झण्डै २०–२२ गाग्री पानी ल्याउनु पर्दथ्यो । त्यसैगरी अर्को एकदिन धानको विउ राख्न जानु पर्नेभयो भनेर बुवाले भन्दा पनि मैले “अर्काको खेतमा के विउ राख्न जानु, खेतवारी जति छोरालाई दिनु भयो ।” भनेर जवाफ दिएको थिए । त्यतिखेरसम्म मैले बुझिसकेकी थिए कि २०३४÷३५ सालतिर जग्गा नापी टोली गाउमा आउदा बुवाले सवै खेतवारी तीनजना छोराको नाममा गरिदिनु भएको थियो । मेरो जवाफमा बुवा मौन रहनु भयो ।

पछि थाहा भयो, मेरो जवाफले उहाको मन दुखेछ । त्यसै वर्ष दशैमा सवै दाइहरु घर गएको वेला “विन्दाले मलाइ यसो भनी, मैले जवाफ दिने ठाउ रहेन” भन्दा मात्र मेरो कुराले उहाको चित्त दुखेको रहेछ भन्ने थाहा पाए । तर, मैले भएकै कुरा गरेको थिए । दाइहरुले बुवाको कुरामा कुनै प्रतिक्रिया दिनु भएन । यसले मेरो मनोवल अझै बढायो । तर, त्यसदिनदेखि आमा बुवालाई सम्पत्ती सम्बन्धि झुक्किएर पनि कुरा गरिन । किन कि उहाहरुलाइ पनि अनुभुत भइसकेको थियो कि जानेर वा नजानेर छोरीका विरुद्ध विभेद भैसकेको छ, जुन अव सच्याउने कुरामा उहाहरुको तर्फवाट हुन सक्ने केही थिएन । किन कि उहाहरुले आफ्ना लागि समेत केही राख्नु भएको थिएन ।

घरायसी काममा पुरुष सहभागिता

हामी भुरुंगखेलमा बस्थ्यौ । एकदिन रक्तकालीमा संगिता कार्कीलाई भेट्न उहाको घरमा नै गएको थिए । प्रमेश हमालले प्लेटमाथि दुई कप चिया ल्याउदै “संगिता साथिलाई चिया खुवाउन पर्दैन ? ल लिउ”, भन्दै दिनु भयो । यो सायद मेरो जीवनमा अरुको घरपरिवारमा पुरुषको हातवाट दिएको पहिलो कप चिया थियो । यो सानो घटना हो ।
त्यही घरमा समिर दाइ र राधाजी बस्नुहुन्थ्यो । राधाजी मेरो एसएलसी दिदादेखिको साथी भएकोले आउनेजाने बाक्लै हुन्थ्यो । एकदिन विहान जादा समिर दाइ राधाजीको समेत सवै लुगा धुदै हुनुहुदो रहेछ । अनि, उहाले भन्नुभयो कौशीमा लुगा सुकाउन जादा छिमेकी अचम्म मानेर हेर्छन । तर समाजमा रहेको कामको जेण्डर विभाजनमा परिवर्तनका लागि त हामिले नै पहल गर्नुप¥यो नी, हैन र ?

यी सामान्य घटना हुन । तर, मलाई आन्दोलनमा लाग्न यस्ता कुराले पनि उत्साह थप्यो । साच्चै प्रगतिशिल आन्दोलनमा लागेका पुरुषहरु महिला मैत्री हुन्छन्, कुनै पनि काम गर्न हिच्किचाउदैनन् र काम महिलाका लागि भनेर छुट्याउदैनन् भन्ने विश्वास बढ्यो । र, जुन वाटोमा म लागेकी थिए, ठिकै वाटोमा लागेको छु भन्ने दृढता बढ्ने गर्दथ्यो । तर विडम्वना आज वहुदल र त्यसपछि गणतन्त्रको आगमन भैसक्दा उल्टै धेरै साथिहरुको जीवन शैली रुढिवादी बन्दै गएकोछ । सामाजिक रुपान्तरणको कुरा गर्ने सवैका लागि यो दुखको कुरा हो ।

आन्दोलनको चुरो कुरा बुझ्दै जादा यसका विभिन्न पाटाहरु खुल्दै जादा रहेछन् । विश्लेषणका आधारहरु पनि फेरिदै जान्छन् । तर, आन्दोलनमा भरखर लागेका व्यक्तिहरुका लागि शुरुका दिनमा सिद्धान्त र नीतिले भन्दा यस्ता सामान्य व्यवहारले बढी प्रभावित गर्दो रहेछ भन्ने कुरा आज पर्यन्त मलाई अनुभुती भइ नै रहेको छ ।

आन्दोलनको शुरुका दिनमा “कुन वर्गमा जन्मने भन्ने कुरा कसैले छान्न पाउदैन, तर कुन वर्गको सेवा गर्ने भन्ने कुरा सवैले छान्न पाउछन्” भन्ने कुराले प्रभावित पार्दथ्यो । तर अलिपछि गएर पढेको थिए “मानिस जुन वर्गवाट आएको हो, अन्तत राजनीतिक–वैचारिक पक्ष कमजोर हुदै गयो भने सुशुप्त अवसथमा रहेको त्यो वर्ग चरित्र देखिन थाल्छ ।” आज धेरै कमरेडहरुको व्यवहार देख्दा र अभिव्यक्ति सुन्दा त्यही वर्ग पृष्टभुमीको उजागर भएको अनुभुती हुने गर्दछ । निश्चित तहमा रहेका अधिकांश नेतृत्व मध्यम र निम्न पुजीपती वर्गिय पृष्टभुमीवाट आएको सन्दर्भमा समाजको आमुल परिवर्तनका लागि हिजो आन्दोलनमा लागेका भनिएकाहरु समेत आज राज्यको कुनै निकायमा जाने कुरालाई “जिम्मेवारी पुरा गर्ने कुरा कम र अवसरका रुपमा बढी” बुझ्न थाल्ने प्रबृत्ती पनि त्यही वर्गिय चरित्रको अवशेष हो ।

अन्धविश्वासका विरुद्ध

२०४३ सालमा हामी भुरुंगखेलवाट कोटेश्वरको घरमा स¥यौ । त्यसको केही समयमा नै म नुवाकोटको भैरवी माध्यामिक विद्यालय, जहा मैले पहिला पढेको थिए, पढाउनका लागि गए । त्यस विद्यालयमा माध्यामिक तहमा क्लास लिने म पहिलो महिला शिक्षक थिए । म विज्ञान विषय बढाउथे । विश्वास–अन्धविश्वासको कुरा गर्दै जादा एकदिन “गायत्री मन्त्र”को कुरा उठ्यो । ब्रतबन्ध गरेका केटाहरुमध्ये कसलाई आउछ यो मन्त्र ? ल सवैले सुन्ने गरी भन त भनेर मैले भन्दा कसैले आट गरेन । कारण थियो महिला र “अरु” समुदायको मानिसलाई सुनायो भने वा ठुलो स्वरले मन्त्र उच्चारण गरियो भने बहुलाइन्छ भन्ने भ्रम । अर्को दिन तिमिहरुलाई आउदैन भने ल सुन भनेर मैले गायत्री मन्त्र भन्नुकासाथै वोर्डमा लेखिदिए । सवै डराए । विद्यालयभरी हल्ला भयो – अव हाम्रो मिस बहुलाउनु हुने भो भनेर । आखिर केही हुने कुरै थिएन । विस्तारै सवैमा प¥यो यो त भ्रम मात्र रहेछ भन्ने । यो घटनाले कम से कम मेरा विद्यार्थिमा रहेको अन्धविश्वासी एउटा भ्रम तोड्ने काम ग¥यो ।

त्यस्तै गाउघरमा महिनावारी भएको समयमा छोरीलाई विद्यालय नपठाउने चलन कायमै थियो । मैले एक वर्ष पढाउदा कहिले पनि विदा लिइन र म जीवनमा कहिले पनि “नछुने” भइन । अर्थात, महिनावारी हुदा अलग बसिन । गाउघरमा पनि यसको वारेमा खासखुस कुरा हुदो रहेछ । मवाट उनीहरुले चाहे जस्तो जवाफ आउदैन भन्ने अड्कलवाजीका आधारमा मलाई सोध्ने प्रयत्न कसैले गरेन । महिला विद्यार्थिले घरवाट विद्यालय नजाउ भन्दा तर्क गर्न थालेछन् “हाम्रो मिसले नवार्दा पनि केही नहुने । अनि हामीले किन विद्यालय छाड्नु पर्ने ?” अन्तत महिनावारी हुदा महिलाहरु विद्यालय नआउने चलन टुट्यो । यद्यपी घर पुगेपछि उनीहरुमाथिको अलग व्यवहार केही खुकुलो भए पनि पुर्णत अन्त्य भने हुन सकेन ।

यी र यस्ता घटनाले समाजमा विद्यमान अन्धविश्वास हटाउदै सामाजिक परिवर्तनमा थोरै भए पनि योगदान ग¥यो भन्ने मेरो विश्वास हो । आज गाउमा घरभित्र केही अवशेष वाकी रहे पनि सार्वजनिक रुपमा युवा पिढीले महिनावारीको चर्चा गर्न छाडेका छन् ।

श्रमिक हुन जादा

“पढ्ने कि हलो जोत्ने” भन्ने कथनको प्रभाव अर्थात “पढेको मान्छेले काम गर्न हुदैन” भन्ने सामन्तवादी सोचले हाम्रो गाउलाई पनि गाजेकै थियो । एसएलसी दिएका वा माध्यामिक तहमा पढ्ने कतिपय विद्यार्थीहरु अरुको खेतवारीमा काम गर्न मेला जाने काम गर्न चाहदैन थिए । असार–साउनमा गाउघरका विद्यालयमा वर्षे विदा हुन्छ । गाउमा पढाउन बस्दा म विहान विद्यालयमा कोचिंग पढाउने र दिउसो धान रोप्न जाने गर्थे । त्यतिखेर विहान पढाएको ९०० अर्थात दिनको ३० रुपैया आउथ्यो र दिनभरी धान रोपेको ज्याला ६ रुपैया थियो । अनि मेरो वारेमा कुरा हुन थालेछ, त्यत्रो जागिर खाएर पनि किन खेत रोप्न हिडेकी होला ? मैले थाहा पाएपछि सहजताका लागि भनिदिए ३० मा ६ जोडेर ३६ रुपैया कमाउन । वास्तविकता भने फरक थियो । खेती लगाउन समय गाउमा श्रमशक्तिको अभाव भइरहेको अवस्थामा किन दिनभर घर वस्नु भन्ने सोचकासाथ म काममा जान थालेकी थिए । यसो गर्र्दा खेतालाको अभावमा एकजना भने पनि श्रमिक थप हुन सक्थ्यो ।

यसको प्रभाव मेरा विद्यार्थिका परिवारमा पर्न थालेछ । परिवार र छरछिमेकले भन्न थालेछन्, तिमिहरुको मिस चाही खेत रोप्न हिड्न हुने, अनि तिमिहरु चाही नसक्ने ? पछि केटीहरुको टिप्पणी सुने मिस खेत रोप्न गइ दिदा हामी पनि काम गर्न बाध्य भयौ । यो कुराले पढेका मान्छे काम गर्न हुदैन भन्ने चिन्तन र श्रमलाई हेर्ने दृष्टिकोणमा थोरै भए पनि परिवर्तन भयो ।

यी घटनाले मलाई अनुभुत गराएको थियो– समाज परिवर्तनका लागि ठुल–ठुला कुरा गर्नुभन्दा स–साना व्यवहारिक परिवर्तनको असर बढी हुदोरहेछ । सामाजिक परिवर्तनको अभियानमा लाग्ने नेतृत्व वा अगुवाको व्यवहार आम रुपमा अरुका लागि मोडल हुदो रहेछ भन्ने कुरामा परिवर्तनका वाहकहरु संधै सजग रहनै पर्दछ । हाम्रा कुरा र काम अथवा व्यवहारमा सामिप्यता भएन भने मानिसले हाम्रा कुरा सुन्न त सुन्लान, तर विश्वास र भनिए वमोजिम व्यवहार चाही गर्दैनन् । यसर्थ अगुवा जहिले पनि व्यवहारीक रुपमा मोडल बन्नै पर्दछ । अझ राजनीतिक आन्दोलन चरण पार गरेर अािर्थक–सामाजिक–सांस्कृतिक रुपान्तरणको चरणमा त व्यवहार नै सवैभन्दा ठुलो कसी बन्दछ ।

प्रतिभावान अगुवालाई सम्झदा

एकदिन किर्तिपुर होस्टलमा बसेर केही साथिहरु छलफल गर्दै थियौ– यसरी जीवन चल्छ कि चल्दैन ? मैले भनेको थिए “हाम्रो पिढीका केही महिलाले आफ्ना व्यक्तिगत लाभ र सुख नगुमाउने हो भने भावी पिढीलाई समानताको आन्दोलनमा ल्याउन सकिदैन ।” अन्तत यो कुरा सावित हुदै गयो । खास गरी विद्यार्थी आन्दोलनमा अव्वल देखिएका महिला नेताहरु पनि विवाहपछि श्रीमानको राजनीतिको सहयोगी मात्र हुन पुगेका घटना धेरै भए । २०३५÷३६ वाट यता आएर हेर्ने हो भने पनि जति पुरुष नेताहरु राजनीतिमा जम्न सकेका छन्, महिलाको संख्या साह्ै साघुरो छ । त्यसमा पनि कि त विवाह नगरेका वा विवाहपछि एकल भएका महिलाहरुले जति राजनीतिमा निरन्तरता दिन सकेका छन्, विवाहपछि सुसंगत परिवार भएका महिलाहरु राजनीतिक मैदानवाट छाया भएका छन् । खास गरी उच्च नेतृत्वका श्रीमती बनेका महिला नेताहरु नेतृतवदायी मैदानवाट बढी हराएका छन् । यसमा कस्को दोष कति ? आउने दिनमा यसको सुक्ष्म विश्लेषण हुनु जरुरी छ ।

झण्डै आफै सरहको नेतृत्व क्षमता भएका महिलालाई परिवारको दायरामा खुम्चन बाध्य बनाएर आफु राजनीतिक नेतृत्वमा जम्ने र महिलाको नेतृत्व क्षमता र निरन्तरतामा प्रश्न चिन्ह लगाउने पुरुष नेतृत्वले पनि एकदिन फुर्सद निकालेर ठण्डा दिमागले विगत सम्झेर विश्लेषण गरे भने निष्कर्ष के निकाल्लान ? महिला आन्दोलन पछि पर्नुमा आफुवाट पन केही कमजोरी भयो भन्ने निष्कर्षमा पुग्लान कि नपुग्लान् ? म आफैलाई राजनीतिमा ताते गराउने ति प्रतिभावान महिलाहरु आज कसैको राजनीतिलाई सफल बनाइदिन मै वितिरहेको दिनचर्यालाई सम्झदा कहिलेकाही दिमागमा यस किसिमको सोच आउने गर्दछ ।

लोकतान्त्रिक आन्दोलनले फैलाएको आकाश

२०४६ सालको आन्दोलनको समयमा काठमाडौका केही सिमित घरमा मात्र टेलिफोन थियो, त्यसमध्ये हाम्रो कोटेश्वरको घर पनि पर्दथ्यो । प्राध्यापक क्षेत्रको अगुवा भएको कारण दाइलाई आन्दोलनको शुरुको दिनवाटै घर छाड्नु पर्ने अवस्था आयो । म भने सम्पर्क व्यक्तिको रुपमा घरमा गोप्य रुपमा बसेर काम गर्न थाले । मलाइ २०४६ फागुन ७ गते, आन्दोलन शुरु हुने दिनसमेत जुलुशमा नगइ सम्पर्क व्यक्तिका रुपमा बस्ने निर्देशन थियो । तर मैले त्यो मानिन । फागुन ७ गतेपछि भने म घरैमा बसेर सम्पर्कको भुमिका निर्वाह गर्दै थिए । तर केही दिनपछि विभिन्न नाममा शंकास्पद मानिसहरु आउन थाले । कोठा बन्द गरेर आमाले वाहिरवाट आउने मानिसलाई फर्काउने काममा केही दिन सहयोग गरे पनि भुइतलाको घर, निरन्तर टेलिफोनको घण्टी र त्यसको निरन्तर जवाफ ढोका थुनेर पनि रोकिने कुरै भएन । अन्तत मैले फागुन २२ गते साझवाट घर छाडेर कोटेश्वरकै शुशिल खतिवडाको घरमा गएर बसे । तर सम्पर्क त गर्नै थियो । २३ गतेदेखि शिरुवारी कुन्दनजीको घरमा वसेर काम गर्न थाले । तर सवैलाई त्यहाको नम्वर थाहा पनि नहुने र दिन पनि नसकिने हुदा घर फर्कनु पर्ने वाध्यता अनुभुत हुन थाल्यो । मैले घर छाडेपछि वाह्य मानिसहरु चियो गर्न आउन पनि छाडेको जानकारी आमावाट पाए र जे त पर्ला । गिरफ्तार भइएछ भनेपनि ठिकेछ भन्ने सोचेर १० दिनपछि राति घर फर्किए र आन्दोलन सफल नभएसम्म घरवाटै सम्पर्क व्यक्तिको रुपमा काम गरे । यतिखेर अनुभुत भयो जुलुशमा हिड्ने वा वाहिर देखिएर गरिने काम जस्तै भित्रवाट गरिने काम अझै महत्वपुर्ण हुदो रहेछ ।

आन्दोलन सकिएपछि एकदिन राधाकृष्ण मैनाली अखिलको कार्यालयमा आउदा परिचय भयो । आकेले भन्नुभयो “आन्दोलनको वेला टेलिफोन उठाउने पनि एकजना बिन्दा थिए नी ।” “त्यो म नै हु” भन्दा उहाको प्रतिक्रिया थियो –“ए यो केटी पो हो । ठुलो मान्छे होला भन्ठानेको त ।” अरु पनि थुप्रै व्यक्तिसंग यस किसिमको टिप्पणी पाउदा खुशी नै लाग्थ्यो । यो भुमिकाले पनि पछिल्ला दिनमा पार्टीभित्र जिम्मा लिन र वाहिर सम्पर्क बढाउन सहयोग ग¥यो ।

२०६२÷६३ को आन्दोलन चल्दै थियो । म कोटेश्वर क्षेत्रमा नै थिए । जन सहभागिता उत्साहजनक थिएन । हामी केही व्यक्ति महिलालाई मैदानमा उतार्ने योजनामा लाग्यौ । एकदिन कोटेश्वर सम्पर्क कार्यालयमा भेला गर्ने योजना बन्यो । श्याम कार्कीले टोलभरीको महिला बटुल्दै आउनु भएछ । कार्यालय पुगदा वाहिर पर्खालमा वसेर भन्ने भयो लौ महिला ल्याइदिएको छु । अव के के गनुृपर्छ गर्नोस । हामी झण्डै दुइ दर्जन थियौ । निमन्त्रणाको हात पर्चा बनाएर घरघर बाड्ने र २–३ वटा क्षेत्रमा फरक फरक दिन जुलुश गर्ने योजना बन्यो । पहिलो दिन १०० जना जतिको आशा गरेर सरस्वती माध्यामिक विद्यालयको कोठामा कार्याक्रम राखिएको त ४०० महिला भए । वाहिर कार्यक्रम गरियो माइक थिएन । सोझै जुलुश निकालियो र चोकमा पुग्दासम्म हाते माइकको व्यवस्था गरी कोणसभा गरियो । त्यसपछिका दिन पनि महिला जुलुशहरु प्रभावकारी बन्दै गयो ।

आन्दोलनमा उत्कर्षमा पुग्दा सवैको रुटिन नै बनेको थियो विहानभरी प्रचार गर्ने दिउसो जुलुश गर्ने । देशैभरी यो आन्दोलनमा महिला सहभागिता वरावरीको अवस्थाम रह्यो । तर, जव आन्दोलन सफल भयो आजका दिनसम्म पनि समान बंश, अंश र सहभागिताको हकका लागि अनिश्चित भएर बस्न पर्नु सिंगो आन्दोलनको अपमान हो । राजनीतिक नेतृत्वको असक्षमता र लाचारीपन हो भन्नु पर्दा आफैलाई दुख लाग्छ । तर पनि निरन्तर आन्दोलन र आवाजको विकल्प के नै हुन सक्दछ । अझ विभेद सिर्जित पिडाले भरीएका मानिसहरुको अपेक्षासहितको आग्रहले दायित्व वोध गराउछ कि जवसम्म उठान गरेको मुद्दा स्थापित हुदैन, तवसम्म धैर्यताको वाध बाध्नै पर्छ । सामाजिक उत्तरदायित्वप्रति निरन्तर लाग्नैपर्छ । एकदिन अन्यायको नूर झुक्नु र न्यायको शिर ठाडो हुनु अनिवार्य छ । यिनै अनुभुती र विश्वास अग्रगती र निरन्तरताका लागि उर्जा बन्दो रहेछ ।

राज्यको संयन्त्रमा

बैंककस्थित एआइटीमा थेसिसको काम हुदै थियो । २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन हुने र त्यसमा रहनुपर्ने कुरा आयो । म अध्ययनमा रहेकोले अरु साथी पठाउदा राम्रो होला भन्ने सुझाव राखे । तर नियमित क्लास सकिएको र थेसिस नेपालकै वारेमा गर्ने हुदा मलाई नै पठाउने निर्णय भयो । म आए । फागुन २४ गते घोषणा गरिएको आयोग पदाधिकारीलाई २५ गते माइती नेपालले पहिलो बधाइ कार्यक्रम राख्यो । त्यही नै पहिलो पटक आयोगका अन्य साथिहरुसंग भेट भयो ।

म कुर्ता सुरुवालमा थिए, अरु साडीमा सजिएर आएका थिए । सायद मलाई अलि “केटी” नै देखेर होला उपाध्यक्षले सोध्नुभयो– नानी एनजिओमा काम गरेको छ कि छैन ? अनि प्रोजेक्ट बनाउन र रिपोर्ट लेख्न आउछ कि आउदैन ? मेरो थियो “म त युनियन आन्दोलनको मान्छे जुलुश निकाल्न र भाषण गर्न आउछ” । पछिल्ला दिनहरुमा काम गर्दै जादा महिला आयोगमा सवैको विश्वास जितियो । मुलत आयोगको विधेयक बनाउने कामको जिम्मेवारी मैले लिए । केही समयपछि साथिहरुले फेरी सोधे “तपाइ वकिल पनि हो ?” मेरो जवाफ थियो– वकिल त होइन, तर वकिलको काम अलिअलि जान्दछु ।” जे होस आयोगमा रहदा व्यक्तिगत रुपमा मेरो सौहार्द सम्बन्ध नै रह्यो । आफुले लिएको जिम्मेवारी पुरा गर्ने काममा कमी रहेन भन्ने अनुभुतीसहित दुई वर्षे कार्यकाल सकेर विदा भइयो ।

नेपालमा भरखर लोकतान्त्रिक आन्दोलन सफल भएको थियो । महिला अधिकारमा धेरै काम गर्नुपर्ने आवश्यकता थियो । यही क्रममा २०६४ मा संविधानसभाको निर्वाचन भयो । युनियन आन्दोलनको प्रतिनिधित्व गर्दै म सभासद भए । केही समयपछि मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको सभापतिको जिम्मेवारी आइसकेपछि मलाई लाग्यो कामको प्रभावकारीता देखाउने हो भने दोहोरो कार्यकारी जिम्मेवारी लिनु हुदैन । त्यसैले युनियनवाट विदा लिए । धेरैको भनाइ थियो, निष्कृय पद अर्थात “उप”–अध्यक्षमा रहदा राम्रो । मैले उक्त प्रस्ताव स्विकार गरिन । सक्दा जमेर काम गर्ने र परिणाम देखाउने हो । काम गर्न नसक्ने अवस्थामा पद “सक्रिय होस वा निष्कृय”, त्यो भन्दा वाहिर बस्नु आफ्नो र आन्दोलन÷संस्था दुवैको हितमा हुन्छ भन्ने मेरो विश्वास रह्यो । तत्कालमा मेरो निर्णयसंग केही साथिहरु खुशी नभए पनि कालान्तरमा यसले राम्रै परिणाम दियो । पछिल्लो चरणमा नेतृत्व हस्तान्तरण प्रक्रियामा यसको सकारात्मक प्रभाव नै रहन गयो ।

संविधानसभामा दुइ वर्ष राम्रैसंग काम गरियो । २०६५ को माघ १ गतेवाट समितिको सभापतीको हैसियतमा काम गर्न थालेको थिए । २०६६ मंसिरसम्ममा उक्त दायित्व सफलतापुर्वक सम्पन्न भयो ।

समितिको सभापती रहदा मैले निर्णायक पदको महत्व अनुभुत गरे । खास गरी नागरिकता र मौलिक अधिकारमा आर्थिक–सामाजिक–सांस्कृतिक अधिकारको वारेमा छलफल हुदा बहुसंख्यक सदस्यको फरक भनाइ रहदा पनि सभापतिको हैसियतमा मेरो विचार र अडानले केही नया मान्यता स्थापित गर्दै नागरिकतामा “अविभेद” को प्रावधान र मौलिक हकमा आर्थिक–सामाजिक–सांस्कृतिक अधिकार सम्बन्धि प्रावधान राख्न मेरो निर्णायक पदले थप सहज बनाएको थियो । लोकतन्त्रमा कुनै पनि संस्था सामुहिक निर्णयमा नै चल्ने हो । तर पनि “ड्राइभिंग सिट” मा बस्नुको पदिय महत्व पनि हुन्छ भन्ने कुरा मैले उक्त समितिमा रहदा अनुभुत गरे । असहज विषयमा पनि लोकतान्त्रिक विधि र तरिका पु¥याउन सकियो भने असहमतीमा सहजतासाथ सहमती गर्न सकिन्छ भन्ने कुरा उक्त समितिका सवै सदस्यले अनुभुत गरे होला भन्ने लाग्दछ । यो दायित्व मेरो जीवनमा साच्चै अर्थपुर्ण र अविस्मरणीय भयो भन्ने सम्झदा अझै गर्व लाग्दछ ।

मुलुकवाहिरको यात्रा

२०५१ मा हंगकंगस्थित कमिटी फर एसियन विमेन (काउ) मा कार्यक्रम संयोजकको रुपमा काम गर्न जानुपर्ने अवस्था आइपरेपछि अनेमसंघको कोषाध्यक्षवाट राजिनामा गरेर म पुर्णत टे«ड युनियन आन्दोलनमा संलग्न हुदै नया यात्रा शुरु गरे । पहिलो पटक देश छाडेर वाहिर गएर काम गर्ने कुरा सहज थिएन । त्यसमा पनि १३ वटा देशका २७ वटा संगठनको बीचमा कार्यक्रम सञ्चालन गर्ने काम निकै चुनौतीपुर्ण थियो । एकवर्षको अवधि विताउदा मेरो स्वास्थ्य पनि ठिक भएन । शाकाहारी भएकोले खानपिनमा सवैभन्दा समस्या थियो । यता नेपालमा पहिलो पटक कमरेड मनमोहन अधिकारीको नेतृत्वमा कम्युनिष्ट सरकार बनेको थियो । वातावरण उत्साहजनक थियो । यही रहदा महिला आन्दोलनको क्षेत्रमा राज्यको तर्फवाट समेत अरु धेरै काम गर्न सकिएला भन्ने कुराले मन पोलि नै रहन्थ्यो । त्यसैले पनि म फर्कन चाहन्थे ।

यही विचमा फिलिपिन्स भ्रमणको सिलसिलामा प्रदिप नेपाल हंगकंग पुग्नु भयो । मैले आफ्नो मनस्थिति सुनाउदा उहाले भन्नुभयो “एक ठाउमा जिम्मेवारी पुरा नगरी फर्कने वानी लाग्यो भने त्यो व्यक्तिले कतै पनि जिम्मेवारी पुरा गर्दैन । तपाइ यहा बसेर केही विग्रेको छैन । बीचैमा फर्कदा झन खेदाइमा परिन्छ । त्यसैले कार्यकाल पुरा गरेर फर्कनु नै कल्याण हुन्छ ।” मैले यस कुरालाई गभिरतापुर्वक लिए र पहिलो तीन वर्षे काल पुरा गरे । दोस्रो कार्यकालका लागि म बस्न चाहिन । प्रदिप कमरेडले दिएको त्यो सल्लाह आज पर्यन्त मेरा लागि निर्देशन बनेको छ । त्यस यता कुनै पनि जिम्मा लिएपछि अवधि नपुगी बीचमा छाड्ने खालको सोच ममा कहिल्यै आएन ।

हंगकंगको तीन वर्षे कार्यकाल सकेर फर्किएपछि फेरी युनियन आन्दोलनमा नै पुर्णत क्रियासिल रहने सल्लाह भयो । युनियन आन्दोलनमा शुरुदेखि नै मेरो जिम्मामा जेण्डर सम्ब्न्धि विषय पर्दै आयो । म वनस्पतीशास्त्रमा स्नातकोत्तर गरेको व्यक्ति काम भने सधै जेण्डर विषयमा केन्द्रीत हुदा अलि सैद्धान्तिक पक्ष कमजोर भएको अनुभुती हुदै थियो । २०५७ मा वैंककस्थित एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा “जेण्डर एण्ड डेभलेप्मेण्ट स्टडिज” विषयमा आवेदन पठाएको थिए, नाम निस्कियो । जनवरी २ देखि शुरु हुने पढाइको लागि जाने निधो गरे ।

जानु पुर्व पार्टीको नेतालाई खवर गरौ भनेर फोन गरे । अचम्म मान्दै सोधनी भयो– फि कसरी जुटाउनु हुन्छ ? जवाफ थियो – छात्रबृत्ती । छात्रबृत्ती कसले दियो ? मैले भने एआइटिको आन्तरिक छात्रवृत्ती हो । फेरी प्रश्न आयो – त्यो त राम्रो इन्ष्टिच्युट हो त, कसरी पाउनुभयो ? यो प्रश्नले मलाई अलि असहज अनुभुत गरायो हाम्रा नेताले हामिलाई सडकमा जुलुश निकाल्न मात्र जान्ने ठान्दा रहेछन् भनेर । मलाई अलिकती झोक पनि चल्यो र जवाफमा भने “म पनि राम्रै विद्यार्थी हु कमरेड । तपाइहरुको नजरमा पो सडकमा जुलुश निकाल्ने मात्र ठान्नुहुन्छ ।” त्यसपछि प्रश्न बन्द भयो । म वैंककको लागि गए र २० महिनाको कोर्ष सहजतापुर्वक राम्रै स्थान ल्याएर सक्याए । नेताजीसंगको यो अन्तरसम्वादले मलाई अलि बौद्धिक काम पनि गर्नुपर्दछ भन्ने कुरामा पे्ररणा पनि थपिएको अनुभुत गरे ।

२०६० मा म अन्तरराष्ट्रिय टे«ड युनियन आन्दोलन अन्तरगत इन्टरनेसनल केमिकल, एनर्जी, माइन एण्ड जनरल वर्कर्स् फेडेरेसन (आइसिइएम) को अँतरराष्ट्रिय कमिटीको प्रेसिडियममा निर्वाचित भए । त्यहाको चार वर्षे कार्यकाल सकेर २०६४ मा विदा भए । सामान्यतया अन्तरराष्ट्रिय युनियन आन्दोलनमा पनि एकपटक गएपछि हत्तपत्त छाड्ने चलन रहेनछ । १८ जनाको प्रेसिडियम सदस्यमा एक कार्यकाल मात्र काम गरेर छाड्ने म नै एक मात्र सदस्य थिए । सवैले अचम्म माने । यता जिफण्टमा उपमहासचिवको रुपमा शिक्षा तथा प्रचार विभागको जिम्मेवारी त छदै थियो ।

त्यसपछि मेरो सहभागिता इन्टरनेसनल टे«डयुनियन कन्फेडेरेसन (आइटियुसी)मा बढ्न थाल्यो । २०६३ मा अष्ट्रियामा आइसिएफटियू र डव्लुसिएल विच एकता सम्मेलनमा जिफण्ट पनि संस्थापक सदस्यको रुपमा सहभागि हुने क्रममा ६ सदस्यीय प्रतिनिधि मण्डलमा पनि म सहभागि भएको थिए । २०६७ मा क्यानाडाको भ्यानकोभरमा सम्पन्न यसको दोस्रो विश्व सम्मेलनवाट जनरल काउन्सिलको पहिलो वैकल्पिक सदस्यको रुपमा निर्वाचित भए । प्रवाशी श्रमिकको विषयमा म हंगकंग रहेदेखि नै क्रियासिल हुदै आएको कारण पनि आइटियुसीका खास गरी महिला र प्रवाशी श्रमिक सम्बन्धि कतिपय कार्यक्रममा मेरो सहभागिता रहन थाल्यो ।

२०६७ जेठमा आइएलओको गभर्निंग बडीमा जानु प¥यो भन्ने प्रस्ताव जिफण्टवाट आयो । मैले २०६५ मा नै कायृकारविाट विदा लिएको थिए । युनियनको कार्यकारीमा क्रियासिल साथी जादा राम्रो हुने मेरो प्रस्ताव मानिएन र मेरो नाम पठाइयो । अन्तत जेठ महिनामा भएको निर्वाचनमा १२७ मध्ये ९४ मत ल्याएर तीन वर्षको लागि म निर्वाचित भए । शुरुका दिनमा त्यहा पनि काम गर्न असाध्यै गाहे अनुभुती हुर्दै थियो । समय क्रममा खास गरी प्रवाशी र महिला श्रमिकको विषयमा मेरो योगदान रहदै गयो । कतारमा रहेका नेपाली प्रवाशी श्रमिक विचको काममा मेरो संलग्नताले राम्रो प्रभाव पा¥यो । फलत २०७१ को जेठमा भएको निर्वाचनमा दोस्रो कार्यकालको लागि म आइएलओको गभर्निंग बढीमा निर्वाचित हुन पुगे ।

यस विचमा धेरै मुलुकमा धेरै कार्यक्रममा जादा महिला भएकोले विभेदको अनुभुती कतै गरेको थिइन । अन्तरराष्ट्रिय संलग्नताको दुई दशक वितिरहदा २०७१ मा कतारकोभिषाका लागि आग्रह गर्ने क्रममा होटलको प्रतिउत्तर आयो “माफ गर्नोस, एकल महिला यात्रीका लागि हामी भिषाको प्रक्रिया बढाउन सक्दैनौ ।” यद्यपी यसभन्दा पहिला त्यही कतारमा म एक्लै आधा दर्जन पटक जादा कुनै समस्या देखाइएको थिएन ।

आखिर जे होस अन्तरराष्ट्रिय क्षेत्रको कामले मेरो हेराइको दायरालाई फराकिलो पार्नेदेखि विश्वभर रहेको पितृसत्ताका रुपहरु र महिला आन्दोलनको विविध तरिकाहरुले आफ्नो आत्मविश्वास त बढेकै छ, साथका सहयात्रीहरुका विचमा पनि योे विश्वास र अनुभवले थोरै नै भए पनि प्रेरणा बाड्न सकेकोछ जस्तो लाग्दछ ।

अनुभुतीका पाटाहरु

यहासम्म आइपुग्दा आन्दोलनमा प्रत्यक्ष रुपमा लागेको झण्डै साढे तीन दशक वित्न लागेको छ । यस विचमा तिता मिठा अनुभुती र उकाली ओरालीका यात्रा संस्मरणहरु मानसपटलमा रहेका छन् । तर, कुनै पनि घटनाले कुनै पनि क्षण मलाई आन्दोलनवाट विचलित भएर वैकल्पिक वाटो रोजौ कि भन्ने समय आइपरेको छैन । हरेक तिता अनुभुती र ओरालीको यात्रालाई पनि मैले सकारात्मक सिकाइको रुपमा नै लिन सकेकीले नै आजसम्म यस क्षेत्रमा निरन्तरता दिन सके झै लाग्छ । सफलताका क्षण र सुखद अनुभुतीहरु त स्वभाविकै रुपमा प्रेरणादायी हुने नै भए ।

यो लामो यात्रामा मलाई सामाजिक आन्दोलनदेखि जनसंगठन र राजनीतिक संगठनमा रहेर फरकफरक क्षेत्रको अनुभव संगाल्ने अवसर मिलेकोछ । तर, समयसमय अनुभुतहुन्छ अधिकारमुखी आन्दोलनको सवैभन्दा चुनौतीपुर्ण क्षेत्र भनेको राजनीतिक अधिकार प्राप्तीको पाटो नै रहेछ, जहा भौतिक रुपमा प्राप्त गर्ने कुरा कम हुन्छन्, आलोचना र टिप्पणीका पाटाहरु धेरै हुन्छन् । तोकिएको लक्ष्य र उद्देश्यमा पुग्न निरन्तर र अथक रुपमँ दिर्घकालिन यात्रा गर्न सक्नुपर्दछ । त्यस क्रममा आइपरेका जस्तै वाधा र अवरोध (जुन सवैभन्दा बढी आन्दोलन भित्रैवाट आइपर्दछ) वाट विचलित नभैकन आटकासाथ सामना गर्ने आत्मविश्वास, संकल्पवद्ध मनस्थिति, दृढ इच्छाशक्ति र सिर्जनसिल निरन्तरता अनिवार्य पक्ष हुदा रहेछन ।

सवैभन्दा कठिन क्षणहरुमा प्रेरणा संगाल्न र यात्राका अग्रगामी कदम बढाउन समाजमा अधिकारविहिन र सिमान्तकृत बनाइएका सम्बन्धित समुदायवाट प्राप्त ऐक्यवद्धता, समन्वय र मनोवैज्ञानिक ताकत सवैभन्दा महत्वपुर्ण हुदो रहेछ । संसारलाई हेर्ने दृष्टिकोणलाई अझ वैज्ञानिक, वैचारिक विश्वासलाई अझै व्यवहारिक र निरन्तरको क्षमता विकासमा आफैसंग प्रतिष्पर्दा राजनीतिक जीवन यात्राको लक्ष्य प्राप्तीको वाटो रहेछ । मेरो जीवनको भोगाइ र सिकाइवाट मैले प्राप्त गरेको शिक्षा यही हो ।

कहिलेकाही बाह्य जगतवाट प्रश्न उठाइने गरिन्छ– यति लामो यात्रा र कडा संघर्ष गर्दा पनि चिर्न नसकेको पुरुषप्रधान संस्कार र संस्कृति विरुद्ध कहिलेसम्म लडिरहनु हुन्छ ? यस्ता पार्टीमा लागेर समय वरवाद गर्नुको सट्टा महिला पार्टी खोलेर किन वैकल्पिक वाटो रोजिन्न ? मेरो संधैको एउटै उत्तर हो– जवसम्म उठान गरिएका विषय स्थापित हुदैन र खोजिएको लक्ष्य प्राप्त हुदैन, यस आन्दोलनमा निरन्तरताको जरुरी छ । किन की सहज यात्रा त सवैले गर्दछन् । कठिन यात्रामा निरन्तरता नै समाजमा विद्यमान शोषण र उत्पिडनका कारण सिमान्तकृत बनाइएका समुदायलाई अधिकारयुक्त रुपमा मुलप्रवाहमा ल्याउने आवश्यक योगदान र उपाय हुन सक्दछ । यसमा कम्तिमा पनि सम्बन्धित समुदायको निरन्तर साथ र सहयोग भने आवश्यक पर्दछ ।

अर्को कुरा महिलाको फरक वाटोको सन्दर्भमा– हामिले चाहेको महिलाको उत्थान मात्र होइन, सिंगो समाजको रुपान्तरण हो । जेण्डर, वर्ग, जाती क्षेत्रलाई अलग गरेर हेर्ने विभेदकारी समाजको ठाउमा एउटै र साझा मानवताको दृष्टिकोण, मानसिकता, सोच र व्यवहारसहितको समाजको स्थापना हो । । यसको लागि पुरुष नियन्त्रित संघसंस्था र संयन्त्रलाई महिलामैत्री बनाउनुको विकल्प छैन । यसर्थ सहज वाटो खोजेर महिलाको एकपक्षिय यात्रा होइन, कठिन कुरालाई सहजतामा ढाल्न महिला–पुरुष सहयात्रा नै राजनीतिक अधिकार प्राप्तीको एक मात्र उपाय हो । महिलाको सशक्तिकरण र सवलीकरणको लागि थप काम सामाजिक संघसंस्था र राजनीतिक संयन्त्रभित्रको विशेष व्यवस्थावाट गरिने कुरा वेग्लै र थप आवश्यकतालाई भने नकार्न सकदिैन र मिल्दैन । र, यो पनि अलग भएर होइन, त्यही संरचनाभित्र बसेर मात्र गर्न सकिन्छ ।

परिवारमा आफु सरहका दाजुभाइ सम्पत्तीको अंशियार हुदा दिदीवहिनीको जुन पाहुना हैसियत हुन्थ्यो जन्मैखेदि समाजले महिलालाई किन ठगेको होला भन्ने अनुभुत हुन्थ्यो । समय क्रममा परिवारभित्र खासै विभेदको अनुभुत गर्नु परेन । तर, घरको मुल गेटवाट वाहिर निस्कने वित्तिकै समाजले छोरीलाई फरक ढंगले औला ठड्याएको देख्दा अनुभुती हुन्थ्यो मुक्ति एक्लै हुदो रहेनछ । महिला समुदायमाथिको जुन विभेद छ त्यसको अन्त्यका लागि संगठित पहल र आवाज नै एक मात्र उपाय हो भन्ने कुराको जुन दिन अनुभुती भयो, त्यसै दिनवाट निरन्तर संगठनमा लाग्ने र आफ्नो ठाउवाट गरिने पहललाई जारी राख्ने प्रेरणा मिल्योे ।

लामो समय आन्दोलनमा काम गर्दा त्यहाभित्र पनि संधै हौसलै–हौसलाको वातावरण कतै हुदैन । वेलावेला वोली र व्यवहारमा हुने भिन्नता वा विभेदले निरासाको अनुभुती नगराउने पनि हुदैन । तर, त्यसको विकल्प के हो भन्ने वारेमा चिन्तन गर्दा त्यहीभित्र क्रियासिलता, संगठित दवाव र निरन्तर पहल नै हो भन्ने निष्कर्षमा पुग्दा मात्र त्यहा टिक्न सकिन्छ । यदी त्यसो गर्दा पनि भएन भने महिला समानताको पक्षपातीेको विचमा बृहत हातेमालो र विद्रोह नै अन्तिम उपाय हो, जसको स्वरुप परिस्थितिले माग गरे अनुसार फरक हुनु अवश्यमभावी छ ।

यही अनुभव, अनुभुती र शिक्षाको आधारमा आजपर्यन्त समानताको आन्दोलनमा राजनीतिक मैदानवाट क्रियासिल रहन सक्नु पनि गौरव कै कुरा मान्नु पर्ने अवस्था भने अझै तरिसकेको छैन ।

असोज २०७१

Word-file- Andolan- my anubhuti

Published in अभ्युदय साहित्यिक मासिक, अशाेज २०७१