१.    तपाईको परिवारको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक पृष्ठभूमिवारे वताईदिनुहोस् न ।

मेरो जन्म एउटा गाउको किसान परिवारमा भएको हो । परिवार धार्मिक किसिमको थियो । आमा खासै मठमन्दिरको पुजाआजामा विश्वास गर्नु हुन्नथ्यो । अरुको सेवा र समस्या परेका मानिसलाई सहयोग गर्नु नै धर्म हो भन्ने सोचले काम गर्नुहुन्थ्यो । आर्थिक रुपमा खेतिपातीको उव्जनीले खान लगाउन र घर परिवार धान्न पुग्दथ्यो । राजनीतिक रुपमा बुवालाई खासै चासो थिएन । उहाले कहिल्यै मतदान समेत गर्नुभएको सम्म पनि याद छैन । दिदि–दाइहरु विद्यार्थी राजनीतिमा संलग्न हुदै वामपन्थि राजनीतिमा विश्वास गर्नुहुन्थ्यो । जसका कारण आमाले पनि अन्यायको विरुद्ध गतिविधिमा लाग्दा समर्थन नै गर्नुहुन्थ्यो । जसका कारण विद्यालय तहवाट नै म आन्दोलनमा संलग्न हुन पाए । तर, आफै राजनीतिक रुपमा धेरै सचेत हुनुहुन्नथ्यो । पछिल्लो चरण खास गरी २०५४ सालको स्थानिय निर्वाचनपछि भने दिदि र भाउजुहरु पनि स्थानियस्तरको राजनीतिक गतिविधिमा संलग्न हुन थाल्नुभएको छ । 

२. तपाईको शैक्षिक पृष्ठभूमी

म गाउमा जन्मिएर हुर्किएको छोरी हु । मेरो गाउका केही थोरै छोरीले पाएको अवसर स्वरुप म विद्यालय जान पाएकी हु । खास गरी दाइहरुलाई आधुनिक शिक्षा दिने कुरामा आमाको महत्वपुर्ण योगदान रह्यो । दाइहरु काठमाडौ आएर उच्च शिक्षा हासिल गर्ने अवसर पाएको कारण हामी छोरीहरुलाई पनि विद्यालय जाने र पछि कलेज जाने अवसर मिल्यो । परिवारमा भएका सवै दाइहरु उच्च शिक्षा हासिल गरेका छन् भने छोरीहरुमा हामि पछिल्ला तिन वहिनीले मात्र उक्त अवसर प्राप्त ग¥यौ । यसको लागि पछि जन्मनु नै यो अवसरको भागिदार हुन पाउनु रह्यो भन्दा हुन्छ ।

पढाइको हिसावले मैले शिक्षा र कानुनमा स्नातक अनि वनस्पतीशास्त्र अनि जेण्डर र विकास विषयमा स्नातकोत्तर गरेकी छु । यो अवसरको लागि पहिला परिवार र पछिल्लो चरणमा म संलग्न आन्दोलनलाई यसको श्रेय दिनुपर्छ भन्ने लाग्दछ ।

३. तपाईलाई राजनीतिमा आउन र क्रियाशिल हुन के ले प्रेरणा दियो ?

गाउमा महिला विरुद्धको विभेद व्यापक थियो । परिवारमा पनि छोराले जति अवसर पाएका थिए, पहिला जन्मिने छोरीहरुले शिक्षाको समेत अवसरवाट बञ्चित हुन प¥यो । अरु वातावरण र अवसरमा विभेद स्वभाविकै रुपमा हुन्थ्यो । गाउघरमा त यस किसिमको विभेद अझ व्यापक थियो । जसको कारण सानैदेखि मनमा एक किसिमको विद्रोह आउने गर्दथ्यो । २०३७ को सालको चैत्र १४ गते अनेरास्वावियुले आव्हान गरेको आम हड्तालले हाम्रो विद्यालयलाई पनि झस्का दियो । त्यसपछि विस्तारै वामपन्थी विचारवाट प्रभावित हुन थालियो । मुलत अखिलले महिला–पुरुष समानताको कुरा गर्दछ भन्ने कुराले नै मलाइ प्रगतिशिल राजनीतिक गतिविधिमा लाग्न प्रेरित गरेको हो ।

४.    तपाई कुन संगठनको कुन तहबाट राजनीतिमा सक्रिय हुन थाल्नुभयो ?

म २०३७ सालको चैत्र १४ गतेको आम हड्तालको सन्दर्भमा पहिलो पटक जुलुशमा सहभागि भए । २०३८ सालमा भएको विद्यालयस्तरको स्ववियुको निर्वाचनमा सक्रिय रुपमा लागे । कमिटीको जिम्मेवारीको रुपमा २०३८ साल कार्तिक २३ गते हाम्रै विद्यालयमा आयोजित अनेरास्ववियुको पहिलो नुवाकोट जिल्ला सम्मेलनवाट जिल्ला कमिटीको कोषाध्यक्षमा निर्वाचित भएको थिए । त्यसपछिका ११ वर्ष निरन्तर रुपमा विद्यार्थी गतिविधिमा वित्यो । पछि अनेमसंघ हुदै जिफण्टका आवद्ध भएर अझै त्यहा आवद्ध छु । पार्टीको सम्पर्क २०४२ तिरवाट भए पनि अझै पुर्ण रुपमा पार्टी कै काममा मात्रै लागेका अवस्था भने छैन । फरक मञ्चमा रहेर पार्टी काम गर्ने अवस्थामा भने निरन्तर छु ।

५. सक्रिय राजनीतिक जीवन शुरु गर्दा कुनै किसिमको कठिनाइ वा अप्ठेरो भोग्नुपर्यो कि परेन ? पर्यो भने ती कस्ता कठिनाई थिए ?

सामन्तवादी चिन्तन र पुरुषप्रधान संस्कार संस्कृतिले लिप्त समाजको गाउले परिवेसमा रहदै एउटा छोरी आन्दोलनका गतिविधिमा लाग्दा पारिवारिक र सामाजिक अप्ठेरा भोग्नु सामान्य हो । आम रुपमा नेपाली महिलाहरु आन्दोलनमा लाग्दा जस्ता समस्या भोग्दछन्, जस्ता चुनौतीको सामना गर्दछन् र जसता टिप्पणीहरु आइलाग्छन्, मैले त्यस्ता सवै खाले समस्याको सामना गरेकीछु र त्यसलाई सामान्य रुपमा नै लिएकी पनि छु । त्यस वाहेकका विशेष समस्या र अप्ठेरा खासै रहेनन् भन्दा हुन्छ । किन जुन समस्याको सामना गरेर अगाडी बढिन्छ, त्यसलाई ठुलो मान्नुपर्ने कारण म देख्दिन ।

६. अहिलेसम्मको राजनीतिक जीवनको यात्रामा तपाइले के कस्ता पक्षहरुमा संघर्ष गर्नुपर्यो ? जस्तो परिवारभित्र, आफन्त र साथीहरुसंग, समाजमा, संगठनभित्रै, आफूभित्रै ।

पुरुषवादी चिन्तनवाट सिर्जना हुने सवै खाले समस्याको अनुभुती मलाई छ । आर्थिक रुपमा स्वआर्जन नहुदा भोग्नु पर्ने समस्या र आफ्नु खुट्टामा उभिन थालेपछि बढ्ने आत्मविश्वास दुवैको अनुभुती मसंग सुरक्षित छ । त्यसवाहेक एउटा छोरी मानिस परिवारवाट मुक्त भए पनि सामाजिक दृष्टिकोणमा रुपान्तरण नहुदासम्म ढुक्कसंग आफ्नो पथमा लाग्न नसकिने रहेछ भन्ने अनुभुती पनि मैले गरेकी छु ।

महिला भएको कारण पुरुषहरुको अगाडी अव्वल ठहर्न थप क्षमताकासाथ काम गर्नुपर्ने, कुरामा महिलाका लागि विशेष व्यवस्था वा लचकताको कुरा गर्ने व्यवहारमा पुरुषले भन्दा बढी वा राम्रो काम गर्दा पनि जिम्मेवारी दिने कुरामा नेतृत्वको मुटु खुम्चने गरेको अनुभव पनि मैले गरेकी छु ।

यी तमाम नकारात्मक अनुभव र अनुभुतीका वावजुध पनि आजका दिनसम्म संगठनले दिएको जिम्मेवारी औसत नेता कार्यकर्ताको तुलनामा राम्रैसंग निर्वाह गरेको दावी गर्न सक्ने हैसियतमा काम गरेको कुरा गर्वकासाथ भन्न सक्ने अनुभुतीलाई मेरो जीवनको उपलव्धीका रुपमा लिएकी पनि छु । यिनै अनुभुतीहरुले नै आजसम्म दृढ आत्मविश्वासकासाथ निरन्तर काममा लाग्न सक्ने उर्जा दिएको अनुभुत पनि मलाइ भएकोछ ।

७. तपाई अहिले संगठन÷दलको जुन पदमा हुनुहुन्छ, त्यसले तपाइलाई कस्तो अनुभव दिएको छ ?

संघर्षले मानिसलाई निरन्तर खार्दै लैजान्छ र खारिदो परिस्थितिले नै मानिसमा आत्मविश्वासको विकास पनि गर्दै लैजान्छ । राजनीतिक सक्रियता भनेको चलाएमान हुनु वा दौडधुप गर्नु मात्रै पनि होइन । निरन्तर अध्ययन र विश्लेषण अनि विषयगत ज्ञानको आधारमा गरिने तर्क वितर्क र आफ्नो विश्वासलाई प्रभावकारी रुपमा गरिने प्रस्तुती राजनीतिका आधारभुत कुरा हुन । हरेक क्षेत्रमा निरन्तरता अनि सफलता–असफलताको मुल पक्ष आफै हो । यो कुरा राजनीतिमा पनि लागु हुन्छ । सुहाउदो वाह्य वातावरण र सहकर्मीहरुको हातेमालो र सहयोगले सकारात्मक रुपमा उचाइ प्राप्त गर्न भुमिका निर्वाह गर्दछ । संगठन वा राजनीतिक कामको उपलव्धी भनेको सामुहिक सहभागिता र लगानीमा परिणाम देखिने क्षेत्र हो । मैले जहा–जहा जे–जे जिम्मेवारी पाए, त्यसलाई सफलतापुर्वक सम्पन्न गर्न हरेक मोर्चामा रहने साथिहरुको एकदम सहयोगी सहभागिता रहेको कारण कामहरु सफल भएका छन् । सामुहिक रुपमा गरिएका हरेक कामको सफलताको जसको भागिदारी आफु पनि भएकोमा गर्व अनुभुती हुन्छ । कामको जिम्मा जस्तो सुकै भए पनि जिम्मेवारीलाई सानो–ठुलोमा वर्गिकरण नगरी निर्वाह गर्ने वानीले नै आज यो अनुभुत गर्न सकिएको मेरो निचोड छ ।

८. अहिले संगठन÷दलभित्र तपाईले पुरुष साथी र अन्य महिला साथीबाट कस्तो व्यवहार पाउनुभएको छ ?

संगठन र दलभित्र काम गर्दा आजकल महिला र पुरुषमा खासै फरक लाग्दैन । काम गर्ने क्रममा भन्ने हो भने पुरुष साथिहरुको सहयोग मैले बढी अनुभुत गरेको छु । खास गरी विद्यार्थी, मजदुर र पार्टीमा पनि महिला विभागको कामभन्दा वाहेक अरु सवै किसिमको जिम्मेवारी वहन गर्ने क्रममा मेरा सहकर्मीहरु जिम्मेवारीको प्रकृतिकै कारण पनि पुरुषहरु धेरै हुदै आएका छन् । काम गर्ने सिलसिलामा आजसम्म त्यस्तो असहयोगको अनुभुती छैन । कुनै एकजनाले काममा कम ध्यान दियो भने अर्को व्यक्ति मार्फत गराएर भए पनि काम फत्ते गर्ने मेरो स्वभावका कारण पनि यसो भएको हुन सक्छ । सहयोगको लागि सवै सहकर्मी प्रति आभारीछु ।
९. तपाईंलाई आफू आबद्ध संगठन÷दलको काम गर्ने वातावरण कत्तिको सहज र अनुकूल लाग्छ ? अर्थात संगठन÷दलभित्र महिलालाई काम गर्ने वातावरण असजिलो वा चुनौतिपूर्ण त छैन ?

काम गर्ने वातावरण सिर्जना गर्ने दायित्व आफ्नो पनि हो । सवै कुरा अरुले ठिकठाक पारिदिएपछि काम गरौला भन्ने हो भने त अप्ठेरो हुन्छ नै । मेरो आफ्नो सन्दर्भमा अप्ठेरो अनुभुती छैन । अप्ठेरो आउने सम्भावना देखियो भने पहिला नै दिशा परिवर्तन गर्ने मेरो वानी छ । तर समग्रमा भन्दा हाम्रा संरचनाहरु अझै पर्याप्त मात्रामा जेण्डर सचेत र सम्वेदनसिल हुन सकेका छैनन । आम रुपमा महिलालाई हेर्ने दृष्टिकोण अझै सफा र समान भइसकेको छैन । यो चुनौतीलाई सामना गर्न पुरुषले त परिवर्तित हुन जरुरी छ–छ, हामी महिलाहरुले पनि थप पहल र प्रयत्न गर्नु जरुरी छ । पुरुषप्रधान मानसिकता र व्यवहार पुरुषमा मात्र होइन, महिलामा पनि वाकी छ । यसलाई हटाउन सामुहिक पहल अनिवार्य हुन्छ ।

उदाहरणका लागि हाम्रा पुरुष नेता मात्र होइन, महिला नेताहरु समेत छोरी (कन्या) दान गर्ने संस्कारवाट मुक्त हुन सकेका छैनन् । पितृसत्तँवाट छुट्कारा पाउनका लागि छोरीको वस्तुकरणको अन्त्य जरुरी छ । राज्यले अन्तरिम संविधान मार्फत छोरीलाई छोरा सरह पैत्रिक सम्पत्तीको अंशियार वनाइ सक्यो । पार्टीले उक्त कुरा लागु गर्न सर्कुलर जारी गरेको पनि वर्षैा भइसक्यो । तर अझै कार्यान्वयन गर्ने काममा महिला र पुरुष दुवै पक्षको पहल देखिदैन । पार्टीको कार्यक्रममा भने ठुला स्वरमा महिला हक र अधिकारको कुरा गर्ने तर, व्यवहारमा आफ्नै छोरी विरुद्ध फरक व्यवहार गर्ने कुराले वोली र व्यवहारमा रहेको भिन्नता हटाउने चुनौती ठुलो रहेको सहज अनुमान गर्न सकिन्छ । आफ्नो छोरीमाथि सम्मान र न्याय गर्न तत्परता नदेखाउने मानिसले अरुका छोरीमाथि न्याय र सम्मान दिन्छ भन्ने कुरामा कसरी विश्वास गर्न सकिन्छ भन्ने कुरा ठुलो चुनौती लाग्दछ।

१०. व्यवहारिक रुपमा संघ÷संगठनभित्र तथा वाहिर महिला र पुरुष सदस्यको हैसियतमा के कस्तो भिन्नता महशुस गर्नुभएको छ ?

दृष्टिकोण र व्यवहारमा समस्या छ । विगतको तुलनामा कुरामा सुन्दरता बढेको छ । जिम्मेवारी दिने कुरामा केही लचकता देखिन थालेको छ । तरै पनि महिलामाथि पुर्ण विश्वासकासाथ जिम्मेवारी दिने क्रम शुरु भएको छैन । नेतृत्वमा महिलालाई हेर्ने “गहना“ रुपी दृष्टिकोण परिवर्तन भएर आफै सरहको “अंग“का रुपमा हेर्ने मानसिकताको विकास नभएसम्म यो सम्भव छैन ।

त्यसै गरी महिलाहरुमा पनि निश्चित अवसरको लागि आरक्षणको वाटोवाट यात्रा गरे पनि एक पटक अवसर वा दायित्व पाएपछि त्यसलाई सफलतापुर्वक वहन गर्ने, प्रतिष्पर्दी क्षमता विकास गर्ने र तदरुकतासाथ काम फत्ते गरेर  देखाउने कुरामा मेहनत गर्नु जरुरी छ । संधैभरी महिला भएको कारण सहजता खोज्ने कुराले जेण्डर दृष्टिकोणमा रुपान्तरण हुन सक्दैन ।

११.महिलाको दृष्टिकोणबाट तपाईको संगठन÷दलको वातावरणमा सुधारिनुपर्ने केही पक्षहरु छन् कि ?

संगठन÷पार्टीको नीति र कार्यक्रमको उपयुक्त कार्यान्वयन, नेतृत्व र कार्यकर्ता पंक्तिको वोली र व्यवहारमा एकरुपता आज सवैभन्दा जरुरी रुपमा सुधारिनु पर्ने पक्ष हो । नीतिगत रुपमा सुधार सहज रहेछ, तर त्यसको उपयुक्त कार्यान्वयन अर्थात सामाजिक–सांस्कृतिक रुपान्तरण मानव जीवनको सवैभन्दा गाहे पक्ष हो । अवको कामको केन्द्र विन्दु यता हुनु नितान्त जरुरी भइसकेकोछ ।

१२. आफू संलग्न संघ÷संगठन÷दलको समिति÷कमिटिमा विशेषरुपमा कस्ता मुद्धाहरु उठाउने गर्नुभएको छ?

वर्तमान नेपालको सन्दर्भमा महिला समानता र सम्मानका लागि बंश र अंशमा समानता, सहभागितामा न्याय र महिला विरुद्ध हुने हिंसा अन्त्यको लागि अभियानकै रुपमा गतिविधि प्रमुख मुद्दा हुन । आफ्नो शरिर माथि आफ्नो अधिकार, राष्ट्र विकासका लागि महिला श्रमशक्तिको प्रभावकारी परिचालन, उत्पादनमा समान सहभागिताका लागि पुनरउत्पादको क्षेत्र अर्थात घरायसी काममा पनि जेण्डर भुमिकामा रुपान्तरण गरी काम र जीवनमा सन्तुलन लगायतका विषय माथिका मुल मुद्दा वहनका लागि अनिवार्य भंगालाहरु हुन । यीनै विषयहरु आन्दोलनका हरेक मोर्चामा उठ्ने गर्दछन् ।
१३. समिति÷कमिटिभित्र महिला सदस्यहरुले उठाएका मुद्दाहरुलाई अन्य (पुरुष) सदस्यहरुले कतिको गम्भीर ढंगले लिने गरेका छन् ? तिनको कस्तो सुनुवाई भएको पाउनुभएको छ ?

नीतिगत रुपमा राम्रै सुनुवाइ हुने गरेको छ । जसको प्रतिविम्व विभिन्न संगठनहरुको नीतिगत दस्तावेजमा प्रतिविम्वित हुदै आएको पनि छ । महिलालाई समान व्यवहार गर्नेदेखि सहभागिता बढाउने र उनीहरुमाथि हुदै आएको विभेद र हिंसाको अन्त्य गर्ने कुरामा कुनै पनि पार्टी÷संगठन वा नेताको विमती छैन । तर, मुल कुरा त्यसको कार्यान्वयनमा रहेको समस्या हो । यसका लागि नया रणनीति र योजनासहित महिलाहरु एकतावद्ध रुपमा पेस हुन जरुरी छ । र, नीतिगत रुपमा स्विकार गरिएका कुरालाई कार्यान्वयनका लागि वैकल्पिक योजनासहित सकारात्मक दवाव दिनु जरुरीछ । यस प्रक्रियामा सम्बन्धित संयन्त्रभित्रै रहेका सहयोगी पुरुषहरुलाई पनि संलग्न गराउदा थप शक्ति प्राप्त हुन सक्छ ।

१४. विद्यार्थी ÷युवा संगठनले उठाउनुपर्ने महिलाका मूल मुद्धाहरु वा सवालहरु के हुन् जस्तो लाग्छ ?

विद्यार्थि, युवा वा श्रमिक र पार्टी आन्दोलन महिलाहरु जहा भए पनि सामान्यतया मुद्दा तिनै हुन । त्यसलाई उठाउने कार्यन्वयन गर्ने दायित्व क्षेत्र अनुसार फरक हुन सक्छ । जस्तो विद्यार्थिले शैक्षिक पक्षमा धेरै ध्यान दिनु पर्ला, युवाले जीवनउपयोगी सीप विकास र श्रमिकले कार्यथलोमा समानता र परिवारमा सन्तुलन । त्यसै गरी राजनीतिक दलले नीति निर्माण, समग्रमा कार्यान्वयन र आवश्यक परिमार्जनको क्षेत्रमा विशेष ध्यान दिनु जरुरी हुन्छ । तर मुल रुपमा विषयहरु त तिनै हुन ।

१५. महिलाहरु केही समय राजनीतिक संगठन वा दलमा आबद्ध भए पनि लामो समय निरन्तर लागिरहन नसक्नुको मुख्य कारण वा समस्या के के हुन् जस्तो लाग्छ तपाइलाई ?

यस सन्दर्भमा महिला आफुले आफैलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार प्रमुख हो भन्ने लाग्दछ । अवश्य पनि पारिवारीक वातावरण र सामाजिक दृष्टिकोणले त्यसमा सहयोगीको भुमिका निर्वाह गरेकै हुन्छ । मनोविज्ञानले समग्र जीवनमा असर गर्दछ । हामी सानो छदा खास गरी पञ्चायतीकालमा नेपाली महिला आन्दोलनकारीहरुलाई विश्वका नेताहरुको जीवनी खुव पढाइन्थ्यो । उनीहरुले श्रीमानको सफलतामा गरेको सहयोग र योगदानका आधारमा प्रशिक्षण गन्थ्यिो । सायद त्यसैको प्रभाव होला, धेरै हाम्रा तत्कालिन महिला नेताहरु पनि पुरुष नेताको असल सहयोगी वनेका छन् । जसका कारण मैदानमा आफैले भने जसरी निरन्तरताको अनुभुती दिन सकेनन् । आज परिस्थिति फेरिदै छ । यो परिवर्तन सामाजिक झलकका रुपमा देखिन केही समय लाग्न सक्छ ।

१६. महिलालाई राजनीति र राजनीतिक संगठनमा निरन्तर सक्रिय भइरहने वातावरण सृजना गर्न कसले के के गर्नुपर्ला जस्तो लाग्छ ?

नेतृत्वमा आवश्यक जेण्डर सचेतना, संस्थामा आवश्यक संयन्त्र र उत्साहित वातावरणको सिर्जना विना सिमान्तकृत
अवस्थामा रहेको समुदायउलाई मुलधारमा ल्याउन सकिदैन । यस पक्षमा ध्यान दिनुपर्दछ । लोकतान्त्रिक बताउने दल र संगठनहरुले बहुसंख्यक जनता महिलालाइृ वाहिर राखेर सञ्चालन गरिएको संगठन साचो अर्थमा लोकतान्त्रिक हुन सक्दैन भन्ने अनुभुतीका साथ महिलालाई संगठनको दायराभित्र ल्याउने नीतिगत व्यवस्थासहति व्यवहारमाल लागु गर्नुपर्दछ ।

पुरुषले ठाउ दिएनन भनेर महिलाहरु पनि वाहिर बस्नुभन्दा सामाजिक रुपान्तरणका लागि राज्य, राजनीति र सामाजिक आन्दोलनमा नलागि समानता प्राप्ति सम्भव छैन भन्ने कुरालाई अनुभुत गर्दै आफुले भोगेको विभेद र असमानता भावि सन्ततीले भोग्नु नपरोस भन्ने सोचकासाथ क्रियासिल हुनु जरुरीछ । यसमा आवश्यक वातावरण तयार गर्ने क्रममा आफु पनि सामुहिक रुपमा क्रियासिल हुन जरुरी छ । आपसमा निश्चित कुरा वा पदको लागि अस्वस्थ प्रतिष्पर्दा गर्नुको वदला माथि हुनेले तल हरेकालाइ माथि तान्ने र तल हुनेले माथि भएकोलाई अझै माथि पु¥याउन “पुल एण्ड पुस”को रणनीतिकासाथ ऐक्यवद्धताको आवश्यकता छ ।

१७. तपाइले आफू निरन्तर राजनीतिमा लागिरहने सोच्नुभएको छ ? छ वा छैन किन ? भविष्यमा के कस्तो ढंगले राजनीतिमा अघि बढ्न चाहनुहुन्छ?

यो चाहनाले मात्र हुने कुरा होइन । समयको माग र परिस्थितिको सहयोग कस्तो रहन्छ । त्यसैले धेरै कुराको निर्धारण गर्दछ । वैचारिक राजनीतिमा मेरो निरन्तरता रहने कुरामा कुनै शंका छैन । तर, पदिय जिम्मेवारी र संस्थागत आवद्धता समयको गर्वमा नै खेल्न दिदा राम्रो होला ।

१८. समग्रमा अहिलेसम्मको तपाईको राजनीतिक जीवनको अनुभव कस्तो रह्यो ?

गुनासो गर्ने ठाउ छैन । मैले जे गरे मेरो आफ्नो सोच र निर्णयका आधारमा गरे । जुन क्षेत्रमा आवद्ध रहे र जे जिम्मेवारी लिए, त्यस क्षेत्रमा आफ्नो क्षमता, विवेक र दायराले भ्याएसम्म राम्रै गरे । म कसैको कारणले भन्दा पनि आफ्नो निर्णयका आधारमा राजनीतिक गतिविधिमा लागेकी हु र जुन दिनसम्म मेरो आफ्नो ब्रम्हले यस क्षेत्रमा काम गर्नुपर्दछ भन्ने निर्देश दिन्छ, त्यस दिनसम्म यसरी नै लाग्ने हो । यस क्षेत्रमा लागेर केही गर्न सकिदैन भन्ने दिन आइहाल्यो भने आत्मनिन्दा गर्दै कुनै पनि ठाउमा वस्नु हुदैन भन्ने कुरामा म स्पष्ट छु । आशा गरौ त्यस्तो दिन आउने छैन ।

१९.तपाइले भन्नैपर्ने छुटेका थप केही कुराहरु छन् कि ?

खासै केही छैन । तर राजनीतिको निश्चित अवधि लागेर वाटो बदल्नु पर्दा अरुलाई दोष दिने काम नगरौ भन्ने मेरो सवैका अनुरोध हो । किन कि यो क्षेत्र अरु क्षेत्र जस्तो आज काम ग¥यो भोली नै नतिजा आइहाल्ने क्षेत्र होइन । लामो लगानी र लडाइ पछि बल्ल सकारात्मक आशाका किरण र उपलव्धीको न्यानो महसुश गर्न सकिने क्षेत्र भएकोले केही वर्षमा नै नतिजा खोजिहाल्ने र त्यो नभेट्दा निरास हुने व्यक्ति राजनीतिमा टिक्न गाहे हुन्छ ।

राजनीतिमा कुरा धेरै र काम एकदम ढिला हुने अवस्थामा भने कमसे कम नया पिढीले बरु कम वोल्ने तर वोलेको कुरालाई काममा परिणत गर्ने प्रयत्न बढी गर्ने र सरोकारवालाको कुरा ध्यान पुर्वक सुन्ने र हुने काम गर्ने नहुेने काम हुन्न भन्ने जान्दा–जान्दै पनि आश्वासन वाढ्ने काम चाही नगरिदिए राजनीतिप्रति जनविश्वास बढ्ने थियो कि भन्ने मेरो विचार हो ।

अस्मिता प्रकाशनकम लागि तयार गरिएकाे

वैशाख २०७२