नेपाली प्रवासी श्रमिक विश्वका विभिन्न मुलुकमा फैलिएको अवस्था नेपाली वास्तविकता भएकोछ । त्यसमध्ये ९५ प्रतिशत मानिस श्रमिको रुपमा नै कार्यरत रहेका छन् । युरोपको वास्तविकता पनि त्यही हो । युरोपियन मुलकमा प्रवासीका रुपमा रहेका नेपालीको संख्या झण्डै दुई लाख पाचास हजार भन्दा बढी रहेको आंकलन गरिन्छ । विविध कारणवाट युरोप प्रवेस गरेका नेपालीहरु प्राय सवै युरोपियन मुलुकमा श्रमिकको रुपमा कार्यरत रहेका छन् । आज प्रवासी श्रमिकको विचमा युनियन गतिविधि युरोपका क्रियासिल युनियनहरुको पनि प्राथमिक एजेण्डा बनेको छ ।
यो वास्तविकतालाई आत्मसात गर्दै र अवसरको रुपमा लिदै युरोपमा रहेका प्रवासी नेपाली श्रमिकलाई संगठित गर्ने प्रयत्न स्वरुप अन्तरराष्ट्रिय प्रवासी श्रमिक दिवस (डिसेम्वर १८, २०१५) को सन्दर्भमा जिफण्टको पहल र ब्रसेल्सस्थित अन्तरराष्ट्रिय टे«ड युनियन महासंघ (आइटियुसी)को आयोजनामा युरोपस्तरिय भेला सम्पन्न भएको छ । कार्यक्रममा डेनमार्क, स्पेन, इटाली, वेलायत र वेल्जियममा कार्यरत नेपालीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा इटालीको सिजिआइएल, , वेल्जियमको एभिसी–सिएससी, स्विडेनको एलओ, स्विजरल्याण्डको यूएनआइए, फ्रान्सको सिएफडिटीका साथै कुवेतको केटियुएफका महासचिव फराज अलारादाह, विडव्लुआइको जिन सुक ली, इआइका डेनिस सिन्योलो, आइटियुसीका चिडी, जेरन, कार्मेन, जुजाना लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा आइएलओ अभिसन्धिको वारेमा युरोप कार्यालयका डाइरेक्टर क्लेयर कोर्टेली र युएन अभिसन्धि १९९० को वारेमा ओएचसिएचआरका यान जाराबले चर्चा गरेका थिए ।
त्यसपछि प्रवासी श्रमिकलाई संगठित गर्ने सन्दर्भमा अनुभव आदानप्रदान गर्ने सन्दर्भमा युरोपका युनियन प्रतिनिधिहरुले आ–आफ्नो संगठनभित्र प्रवासीको सम्बन्धमा बनेका नीति, गरिएको काम र प्रवासीको सहभागिताको वारेमा बताएका थिए।
उक्त कार्यक्रममा आइएलओको गभर्निड. वडीको सदस्य तथा जिफण्टका प्रतिनिधिको हैसियतमा म आफुले १९९४ देखि हालसम्म नेपाल टे«ड युनियन महासंघ जिफण्टले प्रवासी नेपाली विच गरेको कामको वारेमा जानकारी गराउनुकासाथै आगामी दिनमा युरोपमा कार्यरत नेपाली श्रमिकको अधिकार सुरक्षाका लागि स्थानिय युनियनसंग कसरी काम गर्न सकिन्छ भन्ने वारेमा प्रस्तुती गरेकी थिए । सहभागिहरुले विभिन्न प्रस्तोताहरुलाई सम्बन्धित विषयमा प्रश्न राख्नुकासाथै आफ्नो भोगाइ र सुझाव राखेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा युरोपमा रहेका नेपालीहरुको आंकडा, काम गर्ने क्षेत्र, भोग्नु परेका प्रमुख समस्याहरु र आगामी दिनमा श्रमिक अधिकारको लागि गर्न सकिने कामको वारेमा छलफल भएको थियो । आगामी दिनमा स्थानिय युनियनसंगको समन्वयमा गर्न सकिने कामको वारेमा निम्न अनुसार कुराहरु छलफलवाट आएका छन् ।
युरोपमा रहेका नेपालीहरु संलग्न रहेको कामको क्षेत्र
- रेष्टुरेण्ट, होटल, क्याफे
- डिपार्टमेन्टल स्टोर, ग्रोसरी पसल, सुरप मार्केट
- हाउस किपिंग, क्लिनर, केउर गिभर
- कार्यालय, आइटि, सफ्टवेयर डिजाइनर,
- पेपर डिस्ट्रिव्युटर
- निर्माण र कारखाना (केही मात्र)
नेपालीले भोगिरहेका मुख्य समस्याहरु
- भाषा
- काम अनुसारको सीपको अभाव
- रोजगारीको सुरक्षा नहुनु
- कार्यघण्टा, कम पारिश्रमिक, पार्टटाइम काम
- रंगका आधारमा हुने विभेद
- सास्कृतिक सामिप्यता र स्थानियसंगको घुलमिलमा अप्ठेरो
- गैरकानुनी अवस्था र कानुनी सहयोगको अभाव
नेपालीको आकलित आंकडा
मुलुक जम्मा महिला पुरुष कfमदार विद्यार्थी अन्य
बेलायत १५०००० १००००० १५०००० ७०००० २०००० ६०००० बेल्जियम ९००० ४००० ५००० ६००० १००० ३०००
स्पेन ८४०० ४००० ४४०० ७२०० २०० १०००
डेनमार्क २५०० १००० १५०० १२०० ८०० ५०० इटाली १००० ३५० ६५० ९५० ५० – (रोम)
छलफलको निचोड
उक्त छलफलको निचोडका रुपमा आगामी दिनमा हरेक मुलुकमा रहेका नेपालीहरुले स्थानिय युनियनमा सदस्य रहेका र नरहेका समेत नेपालीलाइ भेला गरी स्थानिय युनियनको नेताहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने कुरामा सवै मुलुकवाट आएका सहभागिहरु सहमत भएकाछन् । सम्भव भएका ठाउहरुमा जिफण्ट सपोर्ट ग्रुप बनाउने र ओएनएफसंगको समन्वयका लागि एकजना इन्चार्ज खटाएर कामको समन्वय गर्ने कुरा व्यवहारिक हुने विषयमा छलफल गरियो ।
आगामी तीन महिनामा कम्तिमा पनि सहभागि रहेका पाचवटा मुलुक लगायतमा यो काम गर्न सकियो भने जुन महिनाभित्र युरोपस्तरिय भेला गरी प्रवासी नेपाली श्रमिकको क्षेत्रिय समन्वय कमिटी गठन गरी इटियुसीसंग समेत सम्बन्ध विस्तार गर्ने योजनाकासाथ यस पटकको भेलाको समापन गरिएकोछ । यी योजनाहरु कार्यान्वयन भए भने फलो अपको लागि आइटियुसी फेरी पनि यस किसिमको कार्यक्रम आयोजना गर्न सकिने कुरामा सहमत भएकाछन् ।
सिजिटीसंगको भेट
फ्रान्सको युनियन आन्दोलनको मुलधार सिजिटीसंग पेरिसस्थित नेपालीहरुसंगको भेटघाट सम्पन्न भएको छ । डिसेम्वर ११ मा मारियनिक, वल्फ र प्रान्चिन ब्लान्कसंग ओएनएफ सदस्य भक्त वाग्लेको र डिसेम्वर १५ मा निर्माण मजदुर युनियनका महासचिव सर्जसहित पास्कल र मरिनासंग हेमन्त शर्माको परिचय गराउने काम भएकोछ । आगामी जनवरीको अन्तिम हप्ता सिजिटीको कार्यलयमा नै नेपाली प्रवासीहरुको भेला गरी समस्या पहिचान र आगामी दिनमा समन्वयको वारेमा छलफल गर्ने कुरा भएकोछ ।
विभिन्न मुलुकका युनियनसंग नेपाली प्रवासीलाई संगठित गर्ने सन्दर्भमा भएको द्धिपक्षिय कुराकानी
सिसिओओसंगको भेट
डिसेम्वर १६, २०१५ का दिन बार्सिलोना–स्पेनस्थित सिसिओओसंग ओएनएफका साथिहरुको भेटघाट गरियो । सिसिओओको ऐक्यवद्धता विभागको निर्देशक मिकेला अल्वारेलो र ओएनएफका पुष्प तिमल्सिना र हेम शेर्पाको विचमा परिचय गराउने काम भएकोछ ।
सिसिओओमा रहेको १४०००० सदस्यमध्ये ८ प्रतिशत (झण्डै १२०००) सदस्य प्रवासी रहेको र उक्त संख्या ल्याटिन अमेरिका क्षेत्रको धेरै रहेको कुरा मिकेलाले जानकारी गराउनु भयो । ल्याटिन अमेरिकाका कतिपय युनियनसंग द्धिपक्षिय समझदारीपत्रमा हस्ताक्षर नै गरेर काम गरिरहेको अवस्था रहेको छ । एसियाको तर्फवाट पाकिस्तानका धेरै सदस्य रहेको, लेवनानमा फिनासोलसंगको समन्वयनमा नेपाली प्रवासी श्रमिकसंग समेत सम्पर्क रहेको कुरा भेटमा उनीहरुले जानकारी गराएका थिए । उक्त छलफलमा आगामी दिनमा दुई संगठनको विचमा हुन सक्ने सहकार्यका वारेमा छलफल भएको छ । आउदै गरेको लामो विदाको अवधि सकिएपछि नेपालीहरुको विचमा भेला गरेर सिसिओओको काम र नेपालीको समस्याको वारेमा छलफल गरी आगामी दिनका लागि योजना बनाएर अगाडी बढ्ने कुरा भएकोछ ।
एसिभि–सिएससीसंगको भेट
डिसेम्वर १८ का दिन कार्यक्रम समापन भइसकेपछि एसिभि–सिएससीका लुआन अवेदिनाज र वेल्जियमस्थित नेपालीको विचमा परिचय गराउनुको साथै छलफल भयो । उक्त भेटघाटमा युनियनमा सदस्य भइसकेका र नभएका समेत नेपालीको भेला सम्भव भएसम्म सिएससीको कार्यालयमा नै गर्ने र समस्याको वारेमा छलफल गर्नुकासाथै आगामी दिनमा गर्न सकिने कामको वारेमा योजना बनाउने, प्रवासी नेपालीलाई सिएससीको सदस्यको लागि पहल गर्ने कुरा भएको छ ।
नेपालीहरु बस्ने खासगरी लुभेन र आन्त्रोपानमा सिएससीभन्दा पनि अर्को युनियनको गतिविधि धेरै भएकोले नेपालीहरु प्राय उक्त युनियनको सदस्य भएको अवस्था रहेछ । जिफण्टको निकट सम्बन्ध सिएससीसंग रहेको कारण पनि आगामी दिनमा यही युनियनसंगको समन्वयनमा कामलाई बढाउने समेत कुरा भएकोछ ।
सिजिआइएलमा पहल
सिजिआइएलका सिल्भानासंग पटकपटक नेपालीलाइ संगठित गर्ने वारेमा छलफल हुदै आएको छ । यस पटक पनि पेरिसमा भेट हुदा यस सन्दर्भमा कुराकानी भएको छ । डिसेम्वर १८ को कार्यक्रममा सहभागि सेर्जिओबासोलीले आफ्नो युनियनमा पहिला नै एकदर्जनभन्दा बढी मुलुकका श्रमिकलाई संगठित गरिसकेको र कतिपय मुलुकका युनियनसंग द्धिपक्षिय समझदारीपत्रमा हस्ताक्षर नै गरेको जानकारी कार्यक्रममा गराएका थिए । यसमा अधिकांश युनियन अफ्रिका र ल्याटिन अमेरिकाको रहेका छन् ।
नेपालीहरु पनि केही श्रमिक सदस्य रहेको तर नेपाली पहिचान नभएको सन्दर्भमा रोममा नेपालीहरुको घनत्व उच्च रहेकोले त्यहीवाट कामको शुरुवात गर्ने कुरा कार्यक्रमका सहभागि बलराम शर्मासंग भएको छ ।
कार्यक्रमका नेपाली सहभागि
- पुष्प तिमल्सिना स्पेन
- शिव लामिछाने स्पेन
- रमेश वासतोला वेलायत
- बलराम शर्मा इटाली
- दिपक सापकोटा डेनमार्क
- कृष्ण पोडेल डेनमार्क
- नारायण अधिकारी बेल्जियम
- मधु पौडेल बेल्जियम
- विमल गिरी बेल्जियम
- लोकनाथ शर्मा बेल्जियम
- भगवती अधिकारी बेल्जियम
- सविता दाहाल बेल्जियम
- शिव बरुवाल बेल्जियम
Wordfile of the report-IMD-2015, in Europe
PM Message Migrant Day_18.12.2015(1)
PM Message Migrant Day_18.12.2015(1)