यही भाद्र १९ देखि २३, २०७१ अर्थात सेप्टेम्वर ४ देखि ८, २०१४ सम्म यूएइको भ्रमण सम्पन्न भएको छ । जिफण्ट सहयोग समुह गठन गर्ने मुल उद्देश्य रहेको उक्त भ्रमणका सन्दर्भमा श्रमिकहरुको भेला गरी जिफण्ट सहयोग समुहको तदर्थ समिति गठन गर्नुको साथै त्यहास्थि ओएनएफसंगको छलफल र कानुनविदसंगको भेटघाट र छलफल पनि गरिएको थियो ।

प्रवाशी नेपाली श्रमिक संघ (जिफण्ट सहयोग समुह) युएइको गठन

यूनाइटेड अरव इमिरेट्स (यूएइ) मा कार्यरत प्रवाशी नेपाली श्रमिक विच यही भाद्र १९ गते सम्पन्न एक भेलाले प्रवाशी नेपाली श्रमिक संघ (जिफण्ट सहयोग समुह) युएइको गठन गरेको छ । नेपाली प्रवाशी मञ्च (ओएनएफ) यूएइको समन्वयमा आयोजित उक्त भेलामा जिफण्टको गभर्निंग काउन्सिल सदस्य तथा आइएलओ गभर्निंग बडीका सदस्य बिन्दा पाण्डेको उपस्थिती रहेको थियो । ओएनएफ यूएइका अध्यक्ष प्रकाश कोइरालाको अध्यक्षता तथा महासचिव उत्तम अधिकारीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा संघको गठन पूर्व टे«ड युनियन, यसको गठन प्रक्रिया, उद्देश्य साथै अन्तराष्ट्रिय रुपमा यसको सम्बन्ध, सम्पर्क र कामको समन्वयको वारेमा विस्तृत जानकारी गराउने काम गरिएको थियो ।
कार्यक्रमका सहभागिहरुवाट श्रमिकहरुले भोग्दै आएका समस्या समाधानमा जिफण्ट र यहास्थित गठित सहयोग समुह विच हुन सक्ने कामको समन्वय र समस्यामा परेका श्रमिकलाई दिन सकिने सहयोगको वारेमा उठाइएका विषयहरुमा अन्तरक्रियासमेत भएको थियो । छलफलमा उठेका प्रश्न र जिज्ञासाहरुको वारेमा थप स्पष्ट पार्दै बिन्दा पाण्डेले समस्याको रुप अनुसार यहास्थित कानुनविद, मानवअधिकारवादी संघसंस्था लगायत नेपाली दुतावाससंग समन्वय गरी समस्या समाधान गर्न सहयोग गर्नुका साथै नेपाल फर्किएका पिडितहरुलाई आवश्यक कानुनी तथा अन्य सहयोग जिफण्ट प्रवाशी डेस्कको तर्फवाट दिनुको साथै यस संघको सहयोगमा वैदेशिक रोजगारीको सम्बन्धमा सरकारको नीति निर्माणमा समेत आवश्यक सुझाव दिन सकिने कुरा जानकरी गराउनु भएको थियो ।

छलफलको अन्तमा नवराज बस्नेतको संयोजकत्वमा सहसंयोजकमा अलएनका किशोर केसी, दुवइवाट सचिव कल्पना राई लगायत शेषराज तिमिल्सना, ज्ञानेन्द्र कार्की, कुमारी सुवेदी, अर्जुन प्रसाद ढुंगाना, सुनिल कुमार श्रेष्ठ, रासअलखेमावाट सरोज वस्नेत, शारजाहवाट दिपक रावत, अनिता खड्का र रामेश्वर भेटुवाल, जेवलअलिवाट कमल पाठक, सोनापुरवाट यादव अर्याल, आवुधावीवाट भक्त तामांग, होटल श्रमिक शालिकराम ढुंगाना सदस्य रहेको १६ सदस्यीत प्रवाशी नेपाली श्रमिक संघ–यूएइको गठन गरेको छ ।

यस संगठनको मुख्य उद्देश्य निर्माण, यातायात, होटल, सुरक्षा, सफाई, घरेलु श्रमिक लगायतको क्षेत्रमा ठुलो संख्यामा कार्यरत श्रमिकलाई संगठित गर्ने र उनीहरुको सुख दुखमा सहभागि हुने रहनेछ । यस सन्दर्भमा पहिलो चरणमा सदस्यता वितरण, क्षेत्रिय भेला तथा कमिटी गठन गरी अन्तराष्ट्रिय प्रवाशी श्रमिक दिवस (डिसेम्वर १८) को सन्दर्भमा डिसेम्वर १९ मा व्यापक श्रमिकको उपस्थितिमा कार्यक्रम गरी संघलाई पुर्णता दिने रहेकोछ ।

कार्यक्रममा उपस्थित मजदुर अनलाइनका सम्वाददाता निमकान्त पाण्डेले संघले गरेका हरेक गतिविधिलाई मेडिया मार्फत आम श्रमिक र जनसमुदाय बीच पु¥याउन सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभएको छ ।

त्यसै गरी सुर्य पाठकले प्रवाशी नेपाली श्रमिक विच संघ बन्नु खुशीको कुरा हो भन्दै आफु हजारौ नेपाली श्रमिक कार्यरत क्षेत्रमा काम गरिरहेको सन्दर्भ समेत उल्लेख गर्दै आफ्नो तर्फवाट संघको कामको विस्तारका साथै सदस्यहरुलाई परेको समाधानमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

२०७१ भाद्र २१ गते दिउसो यूएइ ओएनएफका साथिहरुसंगको अनौपचारिक छलफल गरियो मुलत नवौ महाधिवेशनपछिको पार्टी अवस्थाको वारेमा केन्द्रीत उक्त कार्यक्रममा नौ जना कमरेडहरुको उपस्थिति थियो । सवैले आफ्ना कुराहरु राख्ने क्रममा कामको अवस्था, विद्यमान समस्या र समाधानका लागि सुझावहरु राख्नु भएको थियो । सवैको साझा सुझावमा प्रवाशमा पनि श्रमजीवी जनता बढी भएको ठाउमा कामलाई घनिभुत बनाउनु पर्ने, प्रवाशी श्रमिकले भोग्दै आएका समस्यामा चासो देखाउनु पर्ने साथै पार्टीको राजनीतिक–वैचारिक प्रशिक्षण नियमित हुनपर्ने कुरा साझा थिए ।

  • कार्यक्रमको तेस्रो दिन भाद्र २२ गते विहानै दुवइको लागि श्याम कडेलजीसंग गइयो । त्यहास्थित अन्तरराष्ट्रिय वार काउन्सिलका सदस्य तथा अल शारिफ एड्भोकेट एण्ड कन्सल्टेण्टका योर्ज सेइफर्ट ९व्यचन क्भषभचत या ब् िक्जबचष ब्मखयअबतभ बलम ऋयलकगतिबलत० संग कुराकानी भयो । उनले यूएइमा रहेका नेपाली प्रवाशी श्रमिकका समस्यामा आफुले सकेको सहयोग गर्न सक्ने कुरा बताउदै निम्न कुराहरु गरेका छन् ।
  • श्रमिकको समस्याको वारेमा टेस्ट केसवाट शुरु गरौ । पछिल्ला दिनमा समस्याको घनत्वको आधारमा सहयोग गर्ने विधि  प्रक्रियाको वारेमा थप छलफल गर्न सकिन्छ ।
  • नेपालमा गर्ने भनिएको वारे काउसिन्लका सदस्यहरु बीचको कार्यक्रम डिसेम्वर दोस्रो हप्तासम्म भएमा आफु सहभागि हुन सक्ने सम्भावना रहन्छ । अन्ति हप्ता नलाग्दै क्रिसमस लाग्ने भएकोले अन्तिममा सम्भव हुदैन ।
  • अन्तर्राष्ट्रिय प्रवाशी दिवसको कार्यक्रम (डिसेम्वर १९) मा हुने श्रमिकको भेलामा आएर आफुले कानुनको वारेमा केही जानकारी गराउन आवश्यक भए समय मिलाउन सकिन्छ ।
  • ओएनएफ र जिफण्ट सहयोग समुहका साथिहरुले विभिन्न विषयमा कानुनी प्रावधान र प्रक्रिायको वारेमा जानकारी लिन चाहदा १०÷१२ जनासम्मको समुहलाई उनको आफ्नै कार्यालयको वैठक हलमा समेत कार्यक्रम गर्न सकिन्छ ।

यही छलफलको आधारमा आउदो एक महिनाभित्र उपलवध साथिहरु योर्जसंग वैठक गर्न उनको कार्यालय जाने, नेपाल गइसकेपछि कानुनविदहरुसंगको वैठकको वारेमा निर्णय गरी उनलाई निमन्त्रणा पठाउने र डिसेम्वर १९ को कार्यक्रमको स्थान र समय तय भएपछि उनलाई जानकारी गराउने निर्णय युएइस्थित साथिहरुसंग भएकोछ ।

उक्त भेटघाट सकिएपछि दुवइस्थित जिफण्ट सहयोग समुहका सदस्य रामेश्वर भेटुवाल र ओएनएफका युवारज भुषालसंग खानासहितको भेटघाट गरियो । छलफलको क्रममा रामेश्वरजी कार्यरत इन्टरप्लाष्टमा मात्र ५०० जति नेपाली कार्यरत रहेको र डिसेम्वरको कार्यक्रममा १÷२ वस साथिहरु त्यहीवाट ल्याउन सकिने कुरा उहाले गर्नुभयो । त्यसैगरी दुवइ र शारजाह क्षेत्रमा रहेका अन्य कारखानामा समेत उहाहरु दुवैको सहयोगमा कामको विस्तार गर्न सकिने कुरा भएको छ ।

साझ ७ वजे होटल रोतानामा कार्यरत रामचन्द्र लम्साल र महेन्द्र चन्दसंग भेट भयो । त्यसभन्दा पहिला नै कटक वानियासंग भेटघाट भइसकेको थियो । यस होटलमा करिव १५० नेपालीहरु काम गर्ने उहाहरुले जानकारी गरउनु भयो । ति सवै साथिहरु जिफण्ट सहयोग समुहलाई सहयोग गर्न तयार रहेकोले साथिहरुलाई सम्पर्क दिइएको छ ।

भ्रमणको अन्तिम दिन एअरपोर्ट जाने क्रममा नेपाली दुतावासमा राजदुतसंग भेटी यस भ्रमणमा भएका कुराकानीका साथै प्रवाशीलाई दिइने मताधिकार सम्बन्धि निर्वाचन आयोगले गरेको भ्रमण, जिुिसि मुलुकमा सरकारले घरेलु कामदारलाक्षर्् लगायको प्रतिवन्घ, पासपोर्ट वितरणको अवस्था लगायत कुराकानी गर्दै डिसेम्वर १९को कार्यक्रममा अतिथिको रुपमा आउन आग्रह गरियो। राजदुत उक्त कार्यक्रममा आउन आउन सकिने बताएका छन् । त्यसपछि  १२.४५ मा एअरपार्टको लागि प्रस्थान गरी २.३० को जहाजवाट दोहाका लागि छुटियो ।

Wordfile-GSG-UAE news