राती ९ वजे बर्लिनवाट उडेको जहाज विहान ६ वजे आवुधावीमा अवतरण हुदा प्रवाशी नेपाली मञ्चका अध्यक्ष, महासचिव, सल्लाहकारको अध्यक्ष र एनआएनको अध्यक्ष एअरपोर्टमा आउनु भएको थियो । त्यहावाट हामि सिधै श्याम कडेलको घरमा गएर केही समय आराम गरेपछि १२ वजे नेपाली दुतावास गइयो । दुतावासमा झण्डै दुइघण्टाको अवधि खर्च गरी त्यहाको अवस्थाको अवलोकन गर्नुकासाथै राजदुत र अन्य कर्मचारीवाट जानकारी लिने काम गरियो । झण्डै तीन लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको यूएइमा २५–३० हजार जति महिलाहरु रहेका छन् । २०१३ मा मात्र ७० जनाको मृत्यु भएकोमा झण्डै ६० प्रतिशत प्राकृतिक, १३ प्रतिशत आत्महत्या र वाकी अन्य रहेको जनाइएको छ । तर, यसको विस्तृत अध्ययन भने हुन सकेको छैन ।
दुतावासमा पासपोर्ट बनाउनेको लामो लाइन र कम जनशक्तिको अवस्थामा सुधार ल्याउन नितान्त आवश्यक रहेको त्यहास्थित सवैको भनाइ छ ।
त्यसपछि खाना खाएर हामि ४ वजेतिर अल–एनका लागि हिड्यौ । ओएनएफका अध्यक्षको साथमा झण्डै साझ ६.३० वजे मात्र त्यहा पुगियो । त्यहाको क्षेत्रिय कमिटीका साथिहरुसंग सामान्य परिचयपछि लेवोर क्याम्प हेर्नका लागि म महिला क्याम्पतिर लागे भने विष्णुजी पुरुष क्याम्पतिर । समग्रमा क्याम्पको अवस्था ठिकै रहे पनि महिला क्याम्पवाट वाहिर निस्कन भने साह्ै गाहे रहेछ । जहा नीजि गाडी जान पनि नदिने, गाडी विना वाहिर निस्कन पनि नपाइने कारण झण्डै पौने घण्टा म आफैसमेत बन्दी रहने अवस्था रह्यो । अन्तत कारखानाको बस आएपछि त्यसैमा बसेर हामि पनि वाहिर आयौ ।
त्यसपछि, राति १० वजेतिर हामि शारजाहको लागि हिड्यौ । राती १२ वजे त्यहास्थित अध्यक्षको घरमा पुगेर खाना खाएपछि १.३० वजेतिर मात्र एभरेष्ट होटलमा गएर आराम गरियो, जहा भोलिपल्ट अन्तरक्रिया कार्यक्रम पनि राखिएको थियो ।
२३ तारिक शुक्रवारको दिन झण्डै सवा सय नेपालीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भयो । ११.३० वाट २ वजेसम्म चलेको उक्त कार्यक्रममा त्यहाको अवस्थाको वारेमा विभिन्न संस्थाका प्रतिनिधिहरुले राख्ने काम गरेका थिए । यूएइमा रहेका झण्डै तीन लाख श्रमिकमध्ये सफाइ, निर्माण, घरेलु मेड, होटल, सुरक्षा, ड्राइभिंग लगायतका लेवोरींग काममा ठुलो संख्या रहेको छ भने इञ्जिनियरिंग, सेल्स, आइटी लगायत केही व्यक्ति पाइलट, एकाउन्टिंग, प्रशासनका क्षेत्रमा रहेका छन् । यस मध्ये झण्डै ६५ प्रतिशत श्रमिक निर्माण क्षेत्रमा काम गर्दछन्, जुन सवैभन्दा कम पारिश्रमिक पाइने उच्च जोखिममा रहेको क्षेत्र हो ।
सामान्यतया नेपालीको छवी मेहनती र इमान्दार रहेकोले पनि नेपालीको माग हरेक क्षेत्रमा बढी रहेको त्यहाको साथिहरुको अनुभव छ । व्यवस्थापन राम्ररी गर्न सक्दा दश लाखसम्म नेपालीलाई त्यहा काममा लगाउन सकिने अवस्था रहेको दुतावासको भनाइ छ भने श्रम कानुन, श्रम अदालत भएको कारण श्रम सम्झौता कार्यान्वयनमा सहजता रहेको छ । पारिश्रमिक सवैले तोकिएका समयमा वैंकिंग प्रणाली अन्तरगत दिने व्यवस्था रहेछ । चाहेको समयमा पासपोर्ट लिन सकिने र देश फर्कनको लागि अनुमती लिइरहनु पर्ने अवस्था यहा छैन । यदाकदा समस्या परि हालेमा सहयोग गर्न नेपालीहरुको थुप्रै सामाजिक संस्थाहरु गठन भएका छन्, जसको संख्या ७०–८० पुगिसकेको छ । तर पनि त्यहाको मानव अधिकार आयोग, वार काउन्सिल लगायतका सहयोगी संस्थासंग औपचारिक सम्बन्ध विस्तार भने कुनै पनि संस्थाको हुन सकेको रहेनछ ।
त्यहाको मुख्य समस्या भनेको अदक्ष श्रमिकको कारण काम शुरुमा काम नजान्ने, जानुपुर्व आवश्यक जानकारी नहुने, स्वास्थ्य परिक्षणको गलत रिपोर्ट, उच्च शुल्क, भिजिट भिसामा रोक लगायत रहेका छन्, जुन त्यहाको सरकार र कम्पनीसंग भन्दा बढी हाम्रो नीति, सम्बन्धित कम्पनी र निकायसंग जोडिएका छन् । त्यसै गरी रेमिट्यान्सवाट आएको रकमको रोजगारी सिर्जना र उत्पादनमुलक क्षेत्रमा लगानी, फर्किएपछि समाज र परिवारसंगको घुलमिल लगायतको विषय पनि समस्या बन्दै गएको साथिहरुको भनाइ थियो । तुलनात्मक रुपमा भन्दा मलेसिया र कतारको तुलनामा कम समस्या रहेको अनुभुती गर्न सकिन्थ्यो ।
सवैको कुरा सुनिसकेपछि कार्यक्रममा उठेका थुप्रै प्रश्नहरुको वारेमा प्रस्ट्याउने काम गर्नुकासाथै नतिजा कसरी आउछ भन्ने वारेमा हंगकंग, कोरिया, मलेसिया लगायतका मुलुकको अनुभव वताउदै स्थानिय रुपमा प्रवाशी श्रमिकहरु श्रमिकको पहिचानसहित संगठित भएमा जिफण्ट वा ग्लोवल युनियन फेडेरेसन वा आइएलओको तर्फवाट गर्नुपर्ने र सकिने हातेमालोमा कमी नहुने कुरामा आश्वस्त पार्ने प्रयत्न गरियो ।
त्यसपछि खाना खाएर ४.२५ वजे अर्को कार्याक्रम शुरु भयो । प्रवाशी नेपाली मञ्चको सदस्यको विचमा मात्र केन्द्रीत रहेको यस कार्यक्रम मुलक पार्टीको नवौ महाधिवेशन र पार्टीको आन्तरिक विषयमा केन्द्रीत रहेको थियो । साझ ७.१५ मा कार्यक्रम सकेर पुन शारजाहमा आएर आराम गरियो । भोलीपल्ट विहान ९.३५ को जहाजवाट काठमाडौ फर्किइयो । यसरी यस पटकको एकहप्ताको विदेश यात्रा सम्पन्न भयो ।
यूएइमा भएको कार्यक्रमको परिणाम स्वरुप छिटै जिफण्ट सहयोग समुह गठन गर्ने र शारिरीक श्रम गर्ने श्रमिकहरुको समस्यामा केन्द्रीत रहेर कामलाई विस्तार गर्ने अवस्था हुन सक्दछ । अहिले नै पनि झण्डै १२०० ट्याक्सी ड्राइभरहरुको बीचमा संगठन निर्माण गर्ने र आपसमा समस्या समाधानको लागि संगठित प्रयत्न गर्ने कामको शुरुवात भइसकेको रहेछ । यसलाई व्यवस्थित र विस्तार गर्न सक्दा “एकले सवैलाई, सवैले एकलाई” भन्ने युनियनको सिद्धान्त अनुसार साथिहरुको मनोवल बढाउनुकासाथै श्रमप्रतिको सम्मान र मर्यादा उचो पार्ने अभियान अगाडी बढाउन सकिनेछ ।