नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म विश्वभर महिला हिंसा विरुद्ध १६ दिने अभियान सञ्चालन हुदै आएको छ । यी १६ दिनमा निम्न १६ किसिमका काममा जोड दिने भनेर क्षेत्र पनि निर्धारण गरिएको छ ।

महिला विरुद्ध हिंसा अन्त्यका १६ कदमहरु

  1.  कानुनको निर्माण र कार्यान्वयन
  2. अन्तरराष्ट्रिय र क्षेत्रिय अभिसन्धिको अनुमोदन
  3. राष्ट्रिय तथ्यतथ्यांक संकलन, विशलेषण र वितरण
  4. जेण्डर समानतार महिला सशक्तिकरण मा लगानी
  5. महिलाकाृ आर्थिक विकासमा बृद्धी गर्ने
  6. सार्वजनिक सचेतना र समाजिक परिचालनमा विकास
  7. आमसञ्चार माध्यमको परचालन
  8. परिवर्तनको वाहकका रुपमा युवासंगको सहकार्य
  9. पुरुष र बालकहरुको परिचालन
  10. यूएनको महिला विरुद्ध हिंसा सम्बन्धि कोषमा लगानी
  11. उपयुक्त रुपमा सार्वजनिक सेतको वितरण
  12. तालिम प्रवाहकको अग्रस्थानको सेवा प्रदान
  13. विश्वस्तरमा संवेदनसिल क्षेत्रमा सेवाको सुनिश्चितता
  14. युद्ध प्रभावित यौन हिंसामा कानुनविहिनताको अन्त्य
  15. महिला र बालिकाहरुका लागि न्यायमा पुहच
  16. राष्ट्रिय तथा स्थानिय कार्ययोजनाको निर्माण र कार्यान्वयन

महिला विरुद्ध हिंसा सम्बन्धि केही तथ्यांकहरु यस्ता छन् ।

७० प्रतिशत महिलाले जीवनमा कुनै न कुनै किसिमको हिंसा अनुभुत गर्ने गर्दछन् । यो कुने धर्म, जाती, देश, समाज, पेशा, संस्कार र संस्कृतिसंग मात्र सम्बन्धित छैन ।

डव्लुएचओले गरेको अध्ययन अनुसार आफ्नो सवैभन्दा निकटमा रहेको व्यक्तिवाट जापानमा ६ प्रतिशत र इथियोपियामा ५९ प्रतिशत महिलाले हिंसा भोग्ने गरेकाछन् । मारिएका मध्ये अष्टे«लिया, क्यानाडा, इजरायल, दक्षिण अफ्रिका र अमेरिमा ४० देखि ७० प्रतिशत महिलाहरु श्रीमान तथा पार्टनरवाट मारिने गरेका छन् । कोलोम्वीयामा हरेक छैठौ दिनमा एकजना महिला आफ्ना पुर्व प्रेमी वा पार्टनरवाट मारिने गरेका छन् ।
युद्धकालमा महिलामाथिको हिंसालाई एउटा हतियार मानिन्छ । कंगोमा जुन वेला युद्ध चलिरहेको थियो हरेक महिना ११०० भन्दा बढी महिलामाथि बलात्कार हुने गरेको थियो । रुवाण्डामा १९९४ को जातीय हिंसाको अवस्था २५०–५०० हजार महिला बलात्कृत भएको अनुमान गरिन्छ । हाम्रो देशमा यस किसिमको हिंसा कति भयो, हालसम्म भरपर्दो तथ्यांक वाहिर आएको छैन । सामान्यतष १५–४४ वर्षका महिला सवैभन्दा बढी रिस्कमा रहन्छन् ।

वोस्नियामा २०–५० हजार महिला बलात्मकार भएको अनुमान गरिन्छ र १३ करोड बालिका योनांग छेदनवाट प्रभावित छन् भने २० लाख बालबालिकाहरु यस किसिमको रिस्कमा रहेका छन । दक्षिण एसियामा दाइजोका मनाममा मारिने महिलाको संख्या उच्च छ भने धर्मका नाममा गरिने हनर किलिंग का कारण वार्षिक ५००० महिलाले जीवन गुमाउने गरेको छन ।

५ देखि २० लाख महिला वेचविखनमा पर्ने गरेका छन् । त्यसमध्ये दासता, जवरजस्ती काम, वेश्याबृत्ती लगायतको काममा ८० प्रतिशत महिलाहरु पर्ने गरेको छन् । अमेरिकामा मात्र वार्षिक ५.८ अरव डलर पिडितका उपचार, ४.१ अन्य उपचार र स्वास्थ्य सेवामा खर्च हुने गरेको छ भने प्रधासवतका कारण उत्पादनमा असर परेको कारण १.८ अरव नोक्सान हुने गरेको छ । वेलायमा गरिएको अध्ययन अनुसार २००४ मा २३ अरव पाउण्ड अर्थात ४४० पाउण्छ प्रतिव्यक्ति खर्चहिंसा प्रभावितको लागि खर्च हुने गरेको छ ।

स्राेत  २००९ तथ्यांक पत्र

VAW- Fact & steps