……………
……. अध्यागमनमा महिला लुटिन्छिन्, सुरक्षाको बर्दी लगाएर महिलाको अस्मिता लुटिन्छ । अधिकारकर्मीले प्रधानमन्त्रीको दैलो नछेके सरकारलाई यस्ता घटनाप्रति चासो हुँदैन । बस्ती-बस्तीमा छोरी र श्रीमतीको हत्या हँुदा दलका कार्यकर्ताको सरोकारको विषय बन्दैन । घर-घरमा महिला हिंसा हँुदा पुरुष जातिलाई महिलाप्रति सम्मान र समानभाव राख्ने शिक्षा दिनुपर्छ भन्ने चेतना जाग्दैन । र काठमाडौंमा बसेर निर्वाचनको मात्र कुरा गरिरहने हो भने भोलि साँच्चै निर्वाचनमा मत माग्न जाँदा सचेत नागरिक र खासगरी महिलाले प्रश्न गर्नेछन्- महिलाको अस्मिता लुटिइरहँदा तपाई र तपाईको दल कहाँ थियो ? हिजो महिलाको अस्मिता लुटिँदा हाम्रो चित्कार नसुन्ने तपाई र तपाईको दललाई आज तिनैको मत किन चाहियो ? मत हाल्न जाँदाजाँदै हाम्रो अस्मितामाथि आक्रमण भएमा तपाईको दलले कसरी सुरक्षा गर्छ ? तपाईकै समर्थक कुनै व्यक्तिबाट फरक मत राखेकै कारण कुनै महिलामाथि दुव्र्यवहार भयो भने तपाईको दलमा कारबाहीको व्यवस्था के छ ? यस्ता प्रश्न आइलाग्दा नेतृत्वले नेपाली नागरिकलाई दिने जवाफ के हुन्छ होला ?
www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=287034
Wordfile: महिला हिंसाले जन्माएका प्रस्न