पृष्ठभूमि

संयुक्त राष्ट्रसंघले सन् १९९९ मा सम्पन्न ५४औं साधारण सभाबाट नोभेम्बर २५ को दिनलाई महिला विरुद्ध िहंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने कुरा पारित गरेपछि विश्वभर मनाउन थालिएको यस दिवस अन्तर्गतको १६ दिने अभियान नोभेम्बर २५ देखी डिसेम्बर १० को सन्दर्भमा नेकपा एमाले को केन्द्रीय महिला विभागले पनि पार्टीको आन्तरिक जीवनमा कस्तो आचारसंहिता आवस्यक हुन्छ भन्ने बारेमा छलफल गरेको थियो ।

सन् १९६० मा डोमोनिकन गणतन्त्रका तीनजना मिरावल दिदीबहिनीहरु पात्रीया मिनर्भा र मारिया टेरेसाको निरंकुश राफेल बीजुलोको सत्ताले क्रुरतापूर्वक हत्या गरेको दिनलाई उनीहरुप्रतिको सम्मान र सम्झनामा विश्वभर मनाउन थालिएको हो ।

निरंकुशताको अन्त्य र लोकतान्त्रिक अधिकारको स्थापनाको लागि ज्यान गुमाएका ती तीनजना मिरावल दिदीबहिनीहरुलाई आज पनि विश्वभर अविस्मरणीय पुतलीहरु अनफरगटेवल बटरल्फाई को नामले सम्झना गरिन्छ ।

यहि क्रममा महिला विरुद्ध िहंसा अन्त्यको अभियानमा पुरुषको सहभागिता अनिवार्य छ भन्ने कुरालाई अनुभूत गर्दै सन् १९९१ बाट क्यानाडाका केही पुरुषहरुले महिला विरुद्व िहंसा नगर्ने र अरुले गरेको थाहा पाएमा त्यसको विरुद्व जुझ्ने प्रतिबद्धता जाहेर गर्ने उद्देश्यसहति सेतो रिबन अभियान पनि शुरु गरेका थिए । पहिलो वर्षमा नै लाखौं पुरुषहरुको सहभागीता हुन पुगेको यो सेतो रिबन अभियानको सन्दर्भमा यूरोपियन देशको संसदमा हरेक वर्ष नोभेम्बरमा एकदिन सांसदहरुले समेत सेतो रिबन लगाएर महिला िहंसा विरुद्व िहंसा उन्मूलनमा प्रतिबद्धता जाहेर गर्ने गर्दछन् । हाल पचासौं देशमा मनाईंदै आईएको यो सेतो रिबन अभियान नेपालमा पनि विभिन्न क्षेत्रमा शुरु भएको छ ।

महिला विरुद्ध िहंसाका रुपहरु

कुनैपनि नागरिकको अधिकार सम्मान र प्रतिष्ठामा आँच आउने शारीरिक मानसिक र भावनात्मक रुपमा चोट पर्ने सबै व्यवहार िहंसा हो । यस किसिमको िहंसा राजनीतिक आर्थिक सामाजिक वा सांस्कृतिक कुनै पनि रुपमा हुन सक्दछ । यसको दायरा सार्वजनिक र निजी दुवै क्षेत्रमा हुन्छ ।

महिला यौनिकताको आधारमा हुने – बलात्कार हत्या कुटपिट यौन दुव्र्यवहार दुरुत्साहन सामाजिक अन्धविश्वासका आधारमा – बोक्सी डायनी लगायतका नाममा गरिने विभेद दाईजो वा सम्पत्ति नल्याएको कारण – खाने लाउने र सुरक्षित आवासबाट बिाचत गरिने आगो लगाउने लगायत अन्य किसिमको दुव्र्यवहार महिला विरुद्व िहंसाका केही उदाहरणहरु हुन् ।

त्यसैगरी सम्पत्तिको उपभोग र नियन्त्रण रोजगारीको अवसर र प्राप्त हुने सेवा र सुविधामा गरिने विभेद आर्थिक िहंसाका उदाहरण हुन् । त्यसैगरी पुरुषले महिलाको नेतृत्व अस्वीकार गर्ने महिला र पुरुषमा हुने जैविक भिन्नताका कारण उत्पन्न हुने विशेष अवस्था र आवश्यकताको ख्याल नगरी पुरुष क्षमता र अवस्थालाई मापदण्ड मानेर समानताको कुरा गर्ने र महिला भए कै कारण दल संगठन तथा राज्य संरचना अन्तर्गतमा हुने सार्वजनिक अवसरबाट बिाचत गर्ने जस्ता कुरा राजनीतिक िहंसाका केही रुपहरु हुन् ।

यी कुनैपनि प्रकृतिका िहंसा हुँदा कि त त्यसले शारीरिक चोट पुर् याउँदछ वा मानसिक र मनोवैज्ञानिक चोट । आखिर चोट जस्तो भए पनि त्यो महिला विरुद्धको िहंसा नै हो र यसका बारेमा अब राजनीतिक दल र नेतृत्व सचेत र संवेदनशील हुनु अत्यन्त जरुरी भइसकेको छ भन्ने कुरा गत मंसिर २० गते भएको भेलाका सबै महिला सहभागीले पनि अनुभूत गरेका आधारमा पार्टी केन्द्रिय कमिटीको बैठकमा छलफल गरी पारित गर्नका लागी यो प्रस्ताव तयार गरीएको छ ।

महिला िहंसा विस्द्ध पार्टीको पहल

महिला विरुद्ध िहंसा हरेक क्षेत्रमा हुनसक्दछ । त्यो राज्यमा हुन्छ त्यसका विरुद्ध कानून बनाएर लागू गर्नुपर्दछ । िहंसा राजनीतिक पार्टी र संघसंस्थाहरुमा हुनसक्दछ । त्यसको लागी आन्तरिक रुपमा आचारसंहिता बनाएर लागु गर्नुपर्दछ । यो कार्यथलोमा हुन्छ आन्तरिक आचारसंहिता र राज्यको कानूनको सहायताबाट यसलाई नियन्त्रण गर्नुपर्दछ ।

तर अहिलेसम्म हाम्रो देशमा न राज्यले महिला िहंसा विरुद्ध कानून बनाएको छ न त राजनीतिक पार्टी संघसंस्था र कार्यथलोमा आचारसंहिता नै । यहि कुरालाई मनन गर्दै आवस्यक पहलको शुरुवात् कसै न कसैले गर्नैपर्दछ भन्ने कुरालाई अनुभूत गर्दै महिला िहंसा विरुद्ध कस्तो आचारसंहिता हुनुपर्दछ भन्ने बारेमा छलफलमा पेश गरिएको आधारपत्र र छलफलबाट आएका सुझावसमेतलाई समावेश गरी यो प्रस्ताव पेश गरीएको छ ।

सुनुवाई संयन्त्रः

कुनै पनि पार्टी सदस्यबाट परिवारभित्र वा समाजका अन्य महिला वा पार्टी सदस्य महिला विरुद्ध कुनै पनि किसिमको दुरुत्साहन वा दुराचार भएमा पीडित पक्षले उक्त कुराको लिखित वा मौखिक उजुरी गर्नसक्ने वातावरणको सिर्जना गरिनुपर्दछ ।

पार्टी संरचनाभित्र महिला विरुद्ध हुने िहंसाको सुनुवाई गर्ने संयन्त्र हुनुपर्दछ । यस्तो संयन्त्र निर्माण गर्दा बहुसंख्यामा महिला रहने गरी केन्द्रीय तहमा केन्द्रीय अनुशासन निरीक्षण कमिटीको एकजना सदस्यसहित महिला संगठन र कानून विभागका प्रतिनिधी मनोविद् र स्वास्थ्यकर्मीसमेत र जिल्लास्तरमा पार्टी जिल्ला कमिटीको सचिव महिला विभाग प्रमुख र संगठन विभागको प्रमुखसहितका सदस्य रहने व्यवस्था गरिनुपर्दछ । अन्य तहमा आवस्यकता अनुसार यस्ता संयन्त्र बनाउन सम्बन्धित तहको कमिटीले सक्ने गरी लचकता दिइनुपर्दछ ।

कुनै पनि ठाउँमा महिला विरुद्ध िहंसा भएमा त्यसको उजुरी सम्बन्धित तहको वा जिल्ला तहको संयन्त्रमा गर्नुपर्दछ । उजुरी मौखिक वा लिखित दुवै हुनसक्दछ । यस्तो उजुरी उपर उजुरी लिने पक्षले दुई हप्ताभित्र छानबिन शुरु गरी निर्णय दिनुपर्दछ । उजुरी मौखिक भएमा घटनाको प्रकृति हेरी पीडित र पीडक दुवै पक्ष बीच आपसी समझदारी वा लिखित दुवै रुपमा कार्वाहीलाई अगाडी बढाउन सकिन्छ । तर लिखित उजुरीको सन्दर्भमा पार्टीको सम्बन्धित संयन्त्रमा औपचारिक निर्णय गरी त्यसको प्रति सम्बन्धित पक्षहरु पार्टीको केन्द्रीय महिला विभाग केन्द्रीय संयन्त्र र पार्टी केन्द्रीय अनुशासन निरिक्षण कमिटिमा जानकारी गराउनु पर्नेछ ।

स्थानीय वा जिल्ला तहले गरेको निर्णय चित्त नबुझेमा सम्बन्धित पक्षले केन्द्रीय संयन्त्रमा पुनरावेदन गर्नसक्ने व्यवस्था गरिनुपर्दछ । केन्द्रीय संयन्त्रमा आएको उजुरी उपर उजुरी दर्ता भएको १५ दिनभित्र कार्वाही अगाडी बढाउनु पर्दछ । यस्ता मुद्दा उपर पार्टी केन्द्रीय कमिटिले गरेको निर्णय अन्तिम हुनेछ ।
यस्ता मुद्दामामिलाका सम्बन्धमा पार्टी निर्णय समयमा नआएमा वा निर्णय चित्त नबुझेमा कुनै पनि समयमा पीडित पक्ष सरकारी न्याय संयन्त्रमा जान स्वतन्त्र हुनेछ ।

महिला विरुद्धको िहंसाको प्रकृति र आवस्यक कार्वाहीः

समाजमा विद्यमान महिला विरुद्ध हुने िहंंसाको प्रकृति अनुसारसामाजिक मानसिक तथा मनोवैज्ञानिक शारीरिक र राजनीतिक वा सांगठनिक समुहमा वर्गिकरण गर्न सकिन्छ । यी सबै किसिमका िहंसालाई विस्तारमा निम्न अनुसार बुझ्न सकिन्छ ।

१. सामाजिक रुपमा हुने िहंसा

बहुविवाहः बहुविवाह गर्ने महिला वा पुरुषलाई अवस्था हेरी पार्टी पद र सदस्यताबाट निलम्बन गर्नेदेखी सार्वजनिक पदमा जानको लागि बिाचत गर्नेसम्मको उपाय अपनाउनुपर्दछ । कार्वाही अवधिपछि पार्टीमा पुनस्र्थापना गर्न परेमा कम्तीमा पनि एक तह घटुवा गरेर मात्र पुनस्र्थापना गर्ने व्यवस्था हुनुपर्दछ। त्यस्ता व्यक्ति कुनैपनि तहो कमिटीको प्रमुख हुन अक्षम बनाइनुपर्दछ। सोही प्रकृतिको घटना पुनः दोहोरिएमा आजीवन पार्टी संरचनाबाट निष्कासन गर्नुपर्दछ । पीडित पक्षलाई अधिकार प्रदान गर्ने सन्दर्भमा सबै किसिमको सहयोग गर्नुपर्दछ ।

महिलामाथि बोक्सीको आरोप ः कसैलाई पनि बोक्सीको आरोप लगाउनु भनेको सार्वजनिक अपराध हो । यदि पार्टी सदस्यले यस्तो व्यवहार गरेमा उनलाई पार्टी सदस्यताबाट निलम्बन गर्ने सार्वजनिक रुपमा गल्ती स्वीकार गर्दै स्वआलोचना गराउने सार्वजनिक पदमा जानबाट बिाचत गर्ने र कुनै सार्वजनिक पदमा रहेछ भने पदबाट च्यूत गर्नेसम्मको कार्वाही गर्नुपर्दछ । । घटनाको प्रकृति हेरी पीडक पक्षबाट क्षतिपूर्ति भराउनुका साथै पीडितको पक्षबाट आवस्यकता अनुसार मुद्दामामिला अगाडी बढाउन समेत सबै किसिमको पहल र सहयोग गरिनुपर्दछ ।

दाईजो प्रथाः  दाईजो लिने र दिने कामबाट पार्टी सदस्यहरु पूर्णत अलग रहनुपर्दछ र अन्तरिम संविधानले गरेको व्यवस्था साथै पार्टी केन्द्रीय कमिटीको पन्ध्रौं बैठकले गरेको निर्देशन अनुसार छोरीलाई पनि समान रुपमा अंश दिने कुराको कार्यान्वयनमा जानुपर्दछ । कोही कसैले दाईजो लिने वा दिने गरेमा घटनाको प्रकृति हेरी नसियत दिनेदेखि पार्टीबाट निलम्बन गर्नेसम्मको कार्वाही गरिनुपर्दछ । पार्टी सदस्य दाइजो माग गर्ने पक्ष रहेछ भने उसबाट जुन तहको माग सोही तहको क्षतिपूर्ति भराउने व्यवस्था गरिनुपर्दछ ।

चरित्र र प्रतिष्ठामाथिको हमलाः  कुनै पनि व्यक्तिको सम्मान र सामाजिक मर्यादामा आँच आउने गरी चरित्र हत्या गर्ने उद्देश्यले कुनै किसिमको आरोप लगाइन्छ भने त्यस्ता व्यक्तिलाई लिखित रुपमा स्वआलोचना गराउनदेखि गम्भीर प्रकृतिको कमी रहेछ भने निलम्बन सम्मको कार्वाही हुनुपर्दछ ।

२. शारीरिक रुपमा हुने िहंसाः

घरेलु िहंसाः घरेलु िहंसा भन्नाले घर वा परिवारभित्र हुने कुटपिट धम्क्याउने शारीरिक वा मानसिक यातना र वैवाहिक बलात्कारदेखि परिवारका सदस्यले अन्य यौनजन्य िहंसा समेत यस अन्तरगत पर्दछ । नेपाली समाजमा मात्र नभएर विश्वभरका महिलाहरु बढि भन्दा बढी प्रताडित हुनुपर्ने िहंसा यहि प्रकृतिको रहँदै आएको छ । एउटा अध्ययनको प्रतिवेदन अनुसार महिला विरुद्ध हुने िहंसाको ८० प्रतिशत भन्दा बढी घरभित्र हुने गरेको छ ।

यदि कुनै पार्टी सदस्यबाट वा सदस्यलाई यस किसिमको समस्या परेको छ भने यो विषय पार्टीको सरोकारको विषय बन्नु पर्दछ । पीडक पार्टी सदस्य रहेछ भने िहंसाको मात्रा र प्रकृतिको आधारमा स्वआलोचना गराउने लिखित मिलापत्र गराउने नसियत दिने निलम्बन गर्ने घटुवा गर्ने र सार्वजनिक रुपमा कार्वाही गर्दै आजीवन पार्टीबाट निष्कासन गर्नेसम्मको कार्वाही हुनुपर्दछ । पीडित पक्ष मात्र पार्टी सदस्य रहेछ भने उक्त व्यक्तिलाई न्याय दिलाउन गर्न सकिने र पर्ने जति सबै सहयोग गर्नुपर्दछ ।

यौन दूराचार तथा लिङ्गीय दुरुत्साहनः  कहीं कतै जाँदा पछ्याउने बाटो छेक्ने धम्क्याउने छेडखानी र असहज हुने किसिमको व्यवहार गर्ने तथा यौन सम्बन्धको प्रयत्न गर्ने जस्ता व्यवहार यौन दूराचार तथा लिङ्गीय दुरुत्साहनमा पर्दछ । आजकाल यस्तो व्यवहार फोन ईमेल लगायतका प्रविधिको माध्यमबाट समेत हुन थालेको छ । यस किसिमको िहंसाको मात्रा र प्रकृतिको आधारमा पीडकलाई स्वआलोचना लिखित मिलापत्र नसियत निलम्बन घटुवा र सार्वजनिक रुपमा कार्वाही गर्दै आजीवन निष्कासन गर्न सकिने सम्मको व्यवस्था हुनुपर्दछ ।

घटनाको प्रकृति हेरी निष्कासन तह घटुवा सार्वजनिक पदमा जानको लागी प्रतिबन्ध सार्वजनिक रुपमा आलोचना लिखित रुपमा निर्णय गरी मातहत कमिटीमा कार्वाहीको जानकारी पीडित पक्षलाई आर्थिक मनोवैज्ञानिक र सामाजिक रुपमा पुगेको क्षति बापत क्षतिपूर्ति परामर्शको व्यवस्था र कानून अनुसार मुद्दा चलाउनका लागी पहल र सहयोगको व्यवस्था हुनुपर्दछ ।

बलात्कारः  बलात्कार महिला विरुद्ध िहंसाको उच्चतम रुप हो र यो सामाजिक अपराध हो । बलात्कार गर्ने र यस्तो व्यवहारमा संलग्न व्यक्ति जतिसुकै प्रभावशाली क्षमतावान र महत्वपूर्ण व्यक्ति भए पनि त्यस्तालाई आजीवन पार्टीबाट निष्कासन गर्नुका साथै सार्वजनिक पद धारणाबाट बिाचत गरिनुपर्दछ । यस्ता व्यक्तिलाई राज्यको कानून अनुसारको सजायको लागि पार्टीले संस्थागत पहल गर्नुपर्दछ ।

३. मानसिक वा मनोवैज्ञानिक रुपमा हुने िहंसा

अनिच्छित शव्द प्रयोग गर्ने फोन गर्ने र अश्लील कुरा गर्ने एसएमएस चिठ्ठी ईमेलमार्फत् अश्लील चित्र शब्द पठाउने आदि कुराले मानिसमा मानसिक र मनोवैज्ञानिक तनाव सिर्जना हुन्छ । यस किसिमको िहंसालाई मानसिक वा मनोवैज्ञानिक िहंसा भनिन्छ । कहिलेकाहीं यस किसिमको िहंसा शारीरिक र सामाजिकभन्दा पनि डरलाग्दो हुन्छ । पीडित पक्षले मानसिक सन्तुलन गुमाउने आत्महत्या गर्ने सम्मका नतिजाहरु निस्कन सक्दछन् । यसैले यस किसिमको िहंसामा संलग्न पिडक पक्षलाई अपराधको आधारमा स्वआलोचना गराउने माफी मगाउने निलम्बन गर्ने निष्कासन गर्ने र प्रकृति हेरी पीडित पक्षलााई क्षतिपूर्ति भराउने कामसमेत गर्नुपर्दछ ।

४. सांगठनिक वा राजनीतिक रुपमा हुने िहंसा

संगठनको पद र प्रतिष्ठाको आडमा कसैबाट नाजायज र अनैतिक फाईदा उठाउने वा सांगठनिक रुपमा कसैको मानमर्दन गर्ने होच्याउने दुरुत्साहन गर्ने जस्ता घटना सांगठनिक वा राजनीतिक रुपमा गरिने िहंसा हो । यस्तो िहंसालाई पार्टी कमिटीमा आलोचनाको विषय बनाईनुका साथै िहंसाको प्रकृति हेरी अन्य उपाय अपनाउन सकिने व्यवस्था हुनुपर्दछ ।

प्रमाणका लागी अपनाउनुपर्ने सजगताः

महिला विरुद्ध िहंसाको सम्बन्धमा पीडित पक्षको उजुरी र बयानलाई सबैभन्दा भरपर्दो र ठूलो प्रमाण मानिनुपर्दछ र बाँकी प्रमाणको भार पीडक पक्षमा जानुपर्दछ । प्रमाणको भार पीडकमा रहे पनि माथि उल्लेख गरिएका कुनै पनि घटना घट्दा सम्भव भएसम्मका प्रमाण जोगाउने र पेश गर्ने कुरामा पीडित पक्ष सजग र सचेत हुनुपर्दछ ।

बलात्कारको घटनामा तुरुन्तै नुहाईधुवाई गर्नुको बदला घट्दाको कपडा सुरक्षित राख्ने र चिकित्सक जाँच गराउने बारेमा ध्यान दिनुपर्दछ । चिठ्ठी ईमेल एसएमएस मार्फत् अश्लील चित्र वा शब्द पठाएमा यसैलाई प्रमाणको रुपमा जोगाएर राखी सम्बन्धित ठाउँमा पेश गर्नुपर्दछ । टेलिफोन मार्फत् सताउने व्यवहार भएमा त्यस्ता अभिव्यक्तिलाई रेकर्ड गरेर प्रमाणको रुपमा पेश गर्ने व्यवस्था समेत मिलाउनु पर्दछ । अन्य प्रकृतिको िहंसामा पनि सम्भव भएसम्मको प्रमाण सुरक्षित राख्नुपर्दछ ।

राज्यको दायित्वः

नागरिकको सुरक्षाको मूल जिम्मेवारी राज्यले लिनुपर्दछ । यसर्थ महिला िहंसा विरुद्ध राज्यले यथाशीघ्र कानून बनाएर कार्यान्वयनमा ल्याउनुपर्दछ । िहंसा र यसको उपचारको वारेमा नागरिकलाई जानकारी दिन राज्य र निजी क्षेत्रद्वारा संचालन गरिएको राष्ट्रिय र स्थानीय साचार माध्यमलाई यस विषयमा परिचालन गर्नुपर्दछ । राज्य राजनीतिक पार्टी र सबै किसिमका संघसंगठनहरु मार्फत् महिला विरुद्ध हुने िहंसाको न्यूनीकरणको लागी अधिकाधिक रुपमा सचेतना कार्यक्रम संचालन गर्नुपर्दछ । यस्ता संघसंस्थालाई आन्तरिक रुपमा पनि आचारसंहिता बनाएर लागू गर्न सरकारले निर्देशन गर्नुपर्दछ ।
पीडित पक्षको सुरक्षा संरक्षण र पुनस्र्थापनाका लागी सरकारी तहबाट संकटकालीन केन्द्रहरु क्राइसिस सेन्टर को व्यवस्था गरिनुपर्दछ ।

पीडित पक्षको दायित्वः

कानूनले अपराध ठहर गरेको बलात्कार बहुविवाह बोक्सीको आरोप दाइजो जस्ता घटना बाहेक अरु कुनै पनि घटना वा व्यवहार िहंसाजन्य हो वा होइन भनेर पहिचान गर्ने जिम्मेवार पक्ष पीडित व्यक्ति हो । यसैले कुनैपनि घटना घटिसकेपछि त्यसको बारेमा कार्वाहीको लागी पहल गर्ने काम सम्बन्धित पक्षले गर्नुपर्दछ । िहंसाजन्य घटनामा सकेसम्म लिखित रुपमा नै उजुरी दिनुपर्दछ । यस्तो भएमा पछिपछि पुनः घटनाको पुनरावृत्ति भएमा कार्वाहीको प्रकि्रया चलाउन सजिलो हुनेछ ।

कानूनी रुपमा अपराधजन्य भनेर तोकिएका अपराधको सन्दर्भमा पीडित पक्ष बाहेक अन्य नागरिकले समेत कार्वाहीको माग गर्दै उजुरी दिने कुरामा पहल गर्न सक्दछन् ।

(२०६४ सालको महिला िहंसा विरुद्ध अन्तरराष्ट्रिय दिवसको सन्दर्भमा केन्द्रीय महिला विभागव्दारा गरिएको छलफलको आधारमा पार्टी केन्द्रको वैठकमा पेस गरिएको)

Wordfile: VAW- Proposed code of conduct in Party CC