‘एमालेमा बोल्न पाइँदैन भनिन्थ्यो। अब माओवादीमा पनि बोल्न पाइँदैन। कांग्रेसमा बोल्न पाइन्छ भनिन्छ। बोल्नु र बोलेका कुरा लागू हुनु फरक हो। कसैले बोले वा नबोले पनि अहिले मुख्यगरी तीन वटा पार्टीका नेतृत्वप्रति आममान्छेका कमेन्ट छन्।’

राजनीतिसँगै लेखनमा पनि सक्रिय विन्दा पाण्डेको नयाँ पुस्तक आएको छ, भुइँमान्छे। नेकपा (एमाले)को संगठन निर्माणमा भूमिगत कालमा नेता तथा कार्यकर्तालाई आममान्छेले दिएको आश्रय, सुरक्षा र सम्पर्कलाई पुस्तकमा दस्तावेजीकरण गरिएको छ।

पाँच भागमा विभाजित पुस्तकमा उनले आफ्ना अनुभव र अनुभूति पनि समेटेकी छन्। यसैमा केन्द्रित रहेर हिमालखबरको प्रस्तुति किताबका कुरामा लेखक पाण्डेसँग धनु विश्वकर्माले गरेको कुराकानी :

https://www.himalkhabar.com/144627/binda-pandey