भियतनाम दक्षिणपुर्वी एसियाको एउटा उदाउदो मुलुक हो । यो मुलुक १८९० वाट क्रमश फ्रान्सको प्रभावमा पर्दै आयो र अन्तत उपनिवेस बन्न पुग्यो । हो चि मिन्हको नेतृत्वमा भियतनामी जनताको निरन्तर स्वतन्त्रता आन्दोलनपछि फ्रान्सेलीवाट मुक्त भए पनि १९५४ वाट दक्षिणी भियतनाम फेरी अमेरिकाको नियन्त्रणमा गयो । भियतनामीहरु यसलाई अमेरिकी उपनेवेसवाट हो चि मिन्हको नेतृत्वमा मुक्ती आन्दोलन अगाडी बढाइ रहेको सैयौले मुलुकको स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गरे । यसै बीच १९६९ मा हो भि मिन्हको मृत्यु भयो ।
तर पनि, उनले अगाडी बढाएको आन्दोलनको निरन्तरताले अमेरिकी विरुद्ध विजय हासिल गर्दै १९७५ मा अमेरिकी उपनिवेसवाट मुक्त भइ स्वतन्त्र प्रजातान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा स्थापित भयो । यस युद्धमा तत्कालिन सोभियत रुसवाट प्राप्त सहयोगका वारेमा यउहाका जनता अझे पनि अनुग्रहित छन् । जसका कारण अहिले पनि कम्युनिष्ट पार्टी अफ भियतनामको नेतृत्वमा राष्ट्र निर्माणमा जुटेका छन् । यही मुलुकमा ग्लोवल युनियन फेडेरेसन– इन्डष्ट्रिअलले आयोजना गरेको विद्युतिय उर्जा कार्यशालामा सहभागित हुने क्रममा यही वैशाख २–५, २०७० मा यस मुलुकको राजधानी होनाई शहर पुग्ने अवसर मिलेको थियो ।
उर्जा सम्बन्धि कार्यशाला
इन्डष्ट्रिअलको गठनपछि पहिलो पटक क्षेत्रिय स्तरको विद्युतिय उर्जा नेटवर्क कार्यशाला समपन्न भएकोछ । गतसाल एकता सममेलन हुनुभन्दा पुर्व नै आइसिइएमले गरेको कार्यक्रमवाट नै क्षेत्रिय नेटवर्कको गठन भएको थियो ।
एफइएसको सहयोगमा आयोजित यस कार्यशालामा भियतनाम, लावोस, ताइवान, कोरिया, थाइल्याण्ड, जापान, मलेसिया, भारत, नेपाल, जर्मनी र क्यानाडासहित ११ मुलुकका २५ जना अन्तरराष्ट्रिय सहभागिहरु रहेका थिए, जसमा सहभागिको रुपमा एकजना मात्र जापानीज महिलाको उपस्थिति थियो ।
विद्युतिय उर्जा नेटवर्कका अध्यक्ष जापानका सैइकोको अध्यक्षतामा सञ्चालीत यस कार्यक्रमको उद्घाटन सत्रमा इन्डष्ट्रिअल, भिजिसिएल, एफइएसको प्रतिनिधिले मन्तव्य राखेका थिए । त्यसपछिको सत्रमा इष्डष्ट्रिअलको उर्जा क्षेत्रको निर्देशक फि जुड. सुनले अनतरराष्ट्रिय स्तरमा उर्जाको अवस्थाको वारेमा प्रस्तुत गरे ।
त्यसको लगत्तै उर्जा क्षेत्रको यस प्रकारको कार्यक्रममा पहिलो पटक जेण्डर विषयमा छलफल गरिएको थियो । आइएलओ–गभर्निड. बडीको सदस्यको हैसियतमा मैले यस सत्रमा जेण्डर सम्बन्धि सामान्य अवधारणा राख्निे अवसर पाएको थिए, जुन नया विषय भएकोले पनि धेरैका लागि उत्सुकताको विषय भएको थियो ।
त्यसपछि भारतस्थित टाटा कम्पनीमा रहेको करार श्रमिकको अवस्थाको वारेमा भइरहेको अध्ययनको भिडियो सहित संकलन भएका जानकारीहरु प्रस्तुत भए गर्दै दोस्रो सत्रको समापन भयो ।
खानापछिको सत्रमा सवै देशका सहभागिहरुले आ आफ्नो देशमा उर्जाको सम्भावना, अवस्था, युनियन आन्दोलन, यसका चुनौती र भावी योवनाको वारेमा प्रस्तुत गरियो । यसका साथै अर्को साल यस किसिमको कार्यशाला जापानमा गर्ने प्रस्ताव पारित गर्दै कार्यशाला समापन भयो ।
साझ भियतनामी संगितसहितको रात्री खानाको लािग वेष्ट लेकको छेउमा गइयो । रमाइलो र गर्न सक्दा अनुकरणीय कुरा त्यहा प्रयोग भएका अधिकांश वाजागाजा स्थानिय सामग्रीवाट बनाइएको थिए । आजको विश्वव्यापीकरणको आभाष त्यहा प्रयोग गरिएका सांगितिक कार्यक्रममा अनुभुत गर्न परेन ।
होआ बिन्ह पावर प्यान्ट भ्रमण
भोलिपल्ट अप्रिल १७ तारिकका दिन भियतनामको होआ विन्ह हाइड्रो पावर प्लान्ट हेर्न विहान ७.३० वजे नै प्रस्थान गरियो । साढे दुई घण्टाको यात्रापछि त्यहा पुगियो र युनियनसंग अन्तरक्रियापछि क्यान्टिनमा खाना खाइयो । १९७६ मा शुरु भएर १९९४ वाट उत्पादन शुरु भएको यो विद्युत गृहवाट १९२० मेघावाट विद्युत निस्कदो रहेछ, जुन भियतनामको लागि उर्जाको लागि एउटा महत्वपुर्ण अयोजना रहेछ । पूर्व सोभियत रुपको सहयोगमा निर्माण गरिएको यस गृहको टुप्पामा हो चि मिन्हको झण्डै ५० मिटर अग्लो शालिक रहेकोछ, जुन शहरको जुनसुकै ठाउवाट देख्न सकिन्छ भने उक्त टाकुरामा गएर हेर्दा शहरको सवै भाग देख्न सकिदो रहेछ ।
ब्ल्याक रिभर अर्थात कालो खोलामा मुलत पहाडको प्राकृतिक बाधका सहायतामा बनाइएको यस गृहले व्यवस्थापन गरेको संग्रहालय रहेछ । र, त्यसको केही पर श्रमिकहरुले योजना समापन भएपछि सन् २१०० मा खोल्ने भन्दै नया पिढीको लागि लेखिएको चिठ्ठी बन्द गरेर राखिएको रहेछ । अन्तत उक्त आयोजना सम्पन्न गर्दा जीवन गुमाएका १६८ जना श्रमिकको सम्झनाका बनाइएको स्मृती गृह हेरियो, जहा ११ जना रसियन श्रमिक समेत परेका रहेछन् । अझै स्मरणीय त के छ भने ठुलो गोलाइमा मनाइएको स्मृती शिलालेखमा १६८ जना श्रमिकको नै नाम छ । यो बनाइरहदा विभाजन गरिएको ठाउ १६९ हुन गएछ । अन्तत, यही स्मृती भवन बनाउने क्रममा डिजाइन गर्ने रसियन इञ्जिनियरको पनि त्यही मृत्यु भएछ । र, उक्त खालि रहेको एक स्थानमा उनैको नाम राखिएको रहेछ ।
त्यसपछि हामी पुन हनोइ फर्किएर फेरी एक पटक हो चि मिन्ह संग्रहालय गयौ, जहा उनको गतिविधिदेखि मृत्युपछि लास समेत संरक्षण गरेर राखिएको छ । तर, उक्त संग्रहालय विहान १२ वजेसम्म मात्र खुल्ने भएकोले वाहिर मात्र घुमेर हामी होटल फर्कियौ ।
भियतनामी जनरल कन्फेडेरेसन अफ लेवाेर (भिजिसिएल)
भियतनामी जनरल कन्फेडेरेसन अफ लेवर (भिजिसिएल) सरकारको एउटा भरपर्दो जनसंगठन हो । देशभरमा क्रियासिल रहेका श्रमिकहरुको साझा संगठन भिजिसिएलमा झण्डै ९० प्रतिशत श्रमिक सदस्य छन् । सरकारी, नीजि, स्वरोजगार र पेशागत रुपमा क्रियाशिल सवै श्रमिक यसको सदस्य छन् । हाल झण्डै ८० लाख सदस्य रहेको यस संगठनमा ६३ वटा राष्ट्रिय फेडरेसनहरु आवद्ध रहेका छन् । हरेक सदस्यवाट आम्दानीको दुई प्रतिशत र कम्पनीवाट एकप्रतिशतका दरले सदस्यता शुल्क चेक अफ प्रणालीवाट संकलन गर्दै आएको यस युनियन दुनियाकै आर्थिक रुपमा सम्पन्न युनियनमध्येमा पर्दछ ।
हरेक आवद्ध संघको कम्तिमा पनि एउटा होटल र अतिथि गृह सञ्चालन गरेका छन् । जसमा सदस्यहरुले गतिविधि गर्दा वा व्यक्तिगत रुपमा उपयोग गर्न जादा समेत छुट पाउदछन् । होटलहरु प्राय आयस्रोतका लागि र अतिथि गृह आफ्ना गतिविधि सञ्चालनका लागि लक्ष्यित छन् । युनियनले संकलन गरेको शुल्कवाट आफ्ना सदस्यलाई तालिम, प्रशिक्षण लगायतका सुविधाहरु प्रदान गर्नुकासाथै अन्य कल्याणकारी गतिविधिहरुसमेत संचालन गर्दै आएको छ ।
टे«ड युनियनमा काम गर्ने हरेक व्यक्तिले टे«ड युनियन विश्वविद्यालयवाट निश्चित कोर्ष पुरा गर्न अनिवार्य छ । विदेश विभागमा काम गर्ने र विदेश मामिला सम्बन्धि काम गर्ने कर्मचारीहरु समेतले कम्तिमा दुई वर्षको कोर्ष पुरा गर्नै पर्दछ ।
जेण्डर विषय
देशका हरेक संयन्त्र र क्षेत्रमा कम्तिमा तीस प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ । यसै अनुसार मन्त्रि मण्डलदेखि, संसद, युनियन, रोजगारी र कम्पनीहरुको वयवस्थापन तहमा समेत यो व्यवस्था कार्यान्वयन गरिएको छ । बच्चा जन्माउने र हुर्काउने काम राज्य र समाजको दायित्वका रुपमा स्विकार गर्दै दुई सन्तानको जनसंख्या नीतिसहित मातृत्व संरक्षणका लागि ६ महिना तलवी विदा र महिलाले चाहेमा उकर्ष वेतलवी विदा लिन सकिनै व्यवस्था गरिएको छ । बच्चा बाबुको पनि दायित्व हो भन्ने कुरालाइ भने आत्मसात गर्न सकेको छैन । जसका कारण बाबुका लागि विदा पाउने काुननस् व्यवस्था छैन । तर कतिपय ठाउमा सामुहिक सौदावाजीको विषयका रुपमा उठाउने र सम्झौतामा तिन दिनदेखि एकहप्तासम्म विदाको सम्झौता गरिएको छ ।
महिला विरुद्ध हिंसा ग्रामिण र शैक्षिक रुपमा पटाडी परेका क्षेत्रमा कायम रहे पनि शहरी र शिक्षित समुदायमा खासै छैन । “बरु पुरुषहरु समयमा घर नआउने र पारिवारिक काममा सहभागि कम हुने कारण पुरुष विरुद्ध हिंसा बढ्ने क्रम जारीछ ।” टे«ड युनियन विश्वविद्यालयको एकजना प्राध्यापकको भनाइ थियो ।
पारिश्रमिक, सेवा र सुविधामा समानता भए पनि रोजगारीवाट अवकास पाउने उमेर पुरुषका लागि ६० र महिलाका लागि ५५ गरिएको छ । त्यसै गरी १८ देखि २८ वर्षको बीचमा पुरुषहरु कम्तिमा दुई वर्षका अनिवार्य सैनिक सेवामा जानुपर्ने अवस्था छ । तर, १८ वर्षपछि विश्वविद्यालयमा नाम निकालेर अध्ययनलाई निरन्तरता दिदै एकेडेमिक क्षेत्रवाट राष्ट्रलाई योगदान गर्नेका लागि भने यो तालिमवाट छुटकारा पाउदा रहेछन् । यता महिलाहरुले यो कामवाट पुर्णत छुटकारा पाएका छन् । महिलाले बच्चा जन्माएर समाजलाइृ निरन्तरता दिने कामलाई यसको समकक्षमा राखेर यो व्यवस्था गरिएको कतिपयको भनाइ छ । जसका कारण शिक्षा क्षेत्रमा महिलाको संलग्नता र डिग्री हासिल गर्ने कुरामा महिलाहरु पुरुषभन्दा अगाडी छन् ।
टे«ड युनियन विश्वविद्यालय
टे«ड युनियनले हनोइ र हो चि मिन्ह सिटीमा गरी दुईवटा विश्वविद्यालय सञ्चालन गरेको छ । १९४६ मा हो चि मिन्हको पहलमा स्थापना भएको हनोइको टे«ड युनियन विश्वविद्यालयमा स्नातकोत्तरसम्मको पढाइ हुन्छ । हाल १००० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस विश्वविद्यालयमा तीन सयभन्दा वढी प्राध्यापक र कर्मचारीहरु कार्यरत रहेका छन् । यसको वजेट मुलत सरकार, युनियन र विद्यार्थीको शुल्कवाट व्यहोर्ने गरिन्छ ।
युनियनले सदस्यता शुल्कवाट संकलन गरेको रकमको १५ प्रतिशत शैक्षिक कार्यक्रममा खर्च गर्ने गरिन्छ । यस अन्तरगत युनियनलाई आवश्यक पर्ने प्रशिक्षण र तालिमहरु विश्वविद्यालयले सञ्चालन गर्दछ । यसका लागि तीन दिनदेखि तीन महिनासम्मका तालिमको पाठ्यक्रम रहेको छ । यसको लागि आवश्यकता हेरी कतिपय विषय, समय र ठाउमा विश्वविद्यालयवाट प्रशिक्षक पठाउने गरिन्छ भने कतिपय कोर्ष विश्वविद्यँलयमा नै आयोजना गर्ने गरिन्छ । युनियनका कतिपय पदाधिकारी र उच्च तहका कर्मचारीसमेतले दुई वर्षभन्दा बढीको कोर्ष लिनुपर्ने व्यवस्था छ ।
अन्य विद्यार्थीले एकेडेमिक डिग्री प्राप्त गर्ने पाठ्यक्रम भने चार वर्षको रहेको छ । भियतनामी भाषामा सञ्चालित यस विश्वविद्यालयमा अध्ययनका लागि लाओस र क्याम्वोडियावाट समेत विद्यार्थी आउने गर्दछन् भने रसिया, चीन, पोल्याण्ड, वेलारुस लगायतका मुलुकसंग नियमित अध्ययन भ्रमण र अनुभव आदानप्रदान गर्ने गरिन्छ । कतिपय कम्पनीहरुले आफ्नो क्षेत्रसंग सम्बन्धित विषमया छात्रबृत्ती उपलव्ध गराएका छन् भने सरकार, यूउन एजेन्सि लगायतवाट विदेशी विद्यार्थीका लागि समेत केही छात्रबृत्ती दिने गरिएको छ ।
ट्याक्सी ड्राइभर
एअरपोर्टवाट होटलसम्म जादा भिजिसिएलका कमरेडसंगको वार्ताको क्रममा धेरै कुराहरु जनकारी भयो । ति सवै कुराहरु सुनिरहदा मलाई यो माटोमा खुट्टा टेक्न पाउदा गर्व लागेको थियो । त्यहा पुगिसकेपछिको युनियनको साथिहरुको सत्कार र सद्भावले अझै बढी प्रेरित भएका हामी नेपाली र थाइ सहभागिहरु पहिलो दिनको समयलाई उपलव्धीमुलक बनाउने उद्देश्यले ऐतिहासिक संग्रहालय हेर्न भनेर निस्कियौ । तर, सप्ताहन्तमा खोलिने र सोमवार÷शुक्रवार बन्द रहने व्यवस्था अनुसार भित्र जान नपाएपछि हामी हो चि मिन्ह संग्रहालयतर्फ लाग्यौ । त्यो पनि बन्द पाइएपछि शहर जाने निर्णय गरि ट्याक्सी लिएर अगाडी बढ्यौ ।
झण्डै १० मिनेटको ट्याक्सी यात्रामा ट्याक्सी मिटरले भियतनामी मुद्रा पाच लाख दोड. भन्दा माथि देखायो । भिजिसिएलका साथिहरुले दिएको जानकारी अनुसार त्यो सामान्य भाडाभन्दा झण्डै १० गुणा बढी थियो । थाइ साथिले ५ लाखको नोट दिदै वार्गेगिड. गर्ने प्रयत्न गर्दै थिए । ड्राइभर पैसा फिर्ता नदिइ ट्याक्सी लिएर अगाडी बढे । थाइ साथी मुडअफ देखिए । यसको कारण पैसा भन्दा पनि दिउसै हाकाहाकी पाच–पाच जना युनियनीष्ट भएको ठाउमा जसरी ठगियौ, त्यसले मुडअफ गरेको थियो ।
तेस्रो दिन जल विद्युत परियोजनावाट फर्किएर हो चि मिन्ह मोनुमेण्ट जादा ति ट्याक्सी ड्राइभर पनि त्यही रहेछन् । हामीले दुइ दिन अगाडीको घटनाको वारे आयोजकसंग कुरा ग¥यौ । भिजिसिएलका साथिहरुले उक्त ड्राइभरसंग कुरा गरे । उनले आफु उक्त ड्राइभर नभएको भन्दै अस्विकार गर्दै थिए । अन्तत हामी प्रहरी वोलाउने तहमा कुरा गर्न थाल्यौ । त्यही समय एकजना अलि ह्ष्टपुष्ट व्यक्ति आइपुगे । उनले कुराकानी गरेपछि अर्को ट्याक्सीका ड्राइभर अगाडी आएर बार्गेनिड. गर्दै तीन लाख दोड. फिर्ता गर्न तयार भए । हामी उक्त पैसा लिएर होटल फर्कियौ ।
साझ खाना खाएर फेरी एकजना थाइ साथी र म सिटी सेन्टर गयौ । त्यहा पुग्दा ट्याक्सी मिटरले ५४ हजार दोड. देखायो । हामी त्यो तिरेर बजार लाग्यौ । फर्किने क्रममा फेरी पनि ट्याक्सी लियौ । ट्याक्सीको मिटर पहिलो दिनको जस्तै गरी छिटोछिटो दौडिन थाल्यो । वाटैमा मैले यो मिटर ठिक छैन भने । ड्राइभरले प्रतिवाद गरिरहे । हामीले ट्याक्सीलाई होटलभित्र लैजाने र त्यहाको स्टाफसंग कुरा गर्न लगाउने कुरा ग¥यौ । तर, मिटर चिटिंगमा अनुभवी ड्राइभर भित्र जान मानेनन् । वाहिरै ट्याक्सी रोकेर सामान निकालिदिए । पटकपटक हामिले आग्रह गर्दा पनि भित्र जान नमानेपछि हामी पनि ६० हजार दोड. दिएर होटल पस्यौ । उनीभित्र आए भने त्यही कुरा गर्ने मुडमा हामी थियौ । तर, उनी त्यति पैसा लिएर आफ्नो वाटो लागे ।
यो घटनापछि हामीले कुरा ग¥यौ, शुरुमा आउदा हामीले भियतनामको वारेमा जुन सोच बनाएका थियौ, तीन दिनको बसाइमा यहा भित्रदै गरेको पुजीवादी संस्कार र युवा पिढीमा देखापरेको पैसाप्रतिको तृष्णाले मुलुकको इमेज विगार्दै छ । यो पक्षमा भियतनामी नागरिक र सरकारले सुधार गर्ने वारे सोच्नै पर्दछ । तर, हामी आफ्नै देश नेपाल र थाइल्याण्डको दुरावस्था वारे पनि कुरा गर्दै थियौ र चिन्ता मिसाउदै थियौ ।
अन्तिममा हाम्रो निष्कर्ष रह्यो, सरकारी नीति जस्तो सुकै भए पनि वा सामान्य जनताको सद्भाव र सत्कार जति हार्दिक भए पनि वाह्य मुलुकका पर्यटकहरुको पहिलो र निरन्तर सम्पर्क हुने र व्यवहार गरिरहनुपर्ने वर्ग भनेको ट्याक्सी ड्राइभरहरु नै हुन् । उनीहरुमा रहेको इमान्दारिता र हार्दिकले वाह्य पाहुनालाई दिने प्रभावले मुलुकप्रतिको सोच बन्न जानेछ । खास गरी एउटा पर्यटन उद्योगलाई एउटा मुख्य आयस्रोत मान्ने मुलुकको इमेज बनाउन ट्याक्सी ड्राइभरको ठुलो भुमिका हुन्छ । यस क्षेत्रलाई व्यवस्थित गर्न राज्यको नेतृत्वमा व्यवसायी, श्रमिक युनियन, नागरिक समाज र स्वयं ट्याक्सी व्यवसायीहरुले इमान्दारिता र स्वच्छता विकासमा ध्यान दिनु जरुरी छ ।
वैशाख २०७०