पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद र बौद्धिक विमर्शलाई निरन्तरता दिने अभियानअन्तर्गत Random Readers’ Society को १२८औँ शृङ्खला लेखक/राजनीतिकज्ञ बिन्दा पाण्डेका कृतिहरू(धर्तिमाथिको दाबी,समानताका पाइलाहरू,Women in Nepali Politics,आश्रय, सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे,भूमिगत महिला आदि)मा आधारित रहेर “नेपाली राजनीतिमा महिला: भुइँमान्छे देखि भूमिगतसम्म” शीर्षकमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो। स्ट्रगल रानाले अवधारणा पत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष Deepak Parajuli को अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन संस्थाका सचिव Dhruba KC ले गर्नुभएको थियो।
उक्त कार्यक्रममा सहभागीहरूले श्रम, महिला अधिकार, लैङ्गिक समानता, संविधान, लोकतन्त्र र ट्रेड युनियन आन्दोलन जस्ता विषयमा ऐतिहासिक सन्दर्भ, वैचारिक आयाम, लेखकीय दृष्टि तथा समकालीन सान्दर्भिकतामाथि गहन छलफल गर्दै लेखकसँग प्रत्यक्ष संवाद र प्रश्नोत्तर गर्नुभएको थियो।
ज्ञान, विचार र पठन संस्कृतिको प्रवर्द्धनमा समर्पित यस शृङ्खलालाई सफल बनाउन आफ्नो अमूल्य समय, विचार र सहभागिता प्रदान गर्नुहुने लेखक बिन्दा पाण्डे , अवधारणा पत्र मार्फत कार्यक्रमलाई लाई सार्थक बनाइदिनुहुने स्ट्रगल राना, जिज्ञासा, टिप्पणी र विमर्शबाट कार्यक्रमलाई जीवन्त बनाउनुहुने सम्पूर्ण सहभागीहरू तथा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग पुर्याउनुहुने सबैप्रति हाम्रो संस्था हार्दिक आभार गर्दछ। आगामी दिनहरूमा पनि यस्तै सार्थक साहित्यिक तथा बौद्धिक यात्रामा यहाँहरूको निरन्तर साथ र सहभागिताको अपेक्षा गर्दछौँ।