मे २२, २०१६
प्रनेसंघ कोलकत्ताको अध्यक्ष कमरेड रामायण धमलाको अध्यक्षतामा मे २२, २०१६ मा ११.३० वजे कार्यक्रम शुरु भयो । कार्यक्रमको सञ्चालन कमरेड विष्णु रेग्मीले गर्नुभएको थियो । बिन्दा पाण्डे, जनक चोधरी, मिना बुढा, नारायण हुमागाइ र खड्ग गुरुंगको आतिथ्यतामा सञ्चालित कार्यक्रममा रामायण धमलाले औचित्यको वारेमा स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा खड्ग सिंह गुरुंगले स्वागत गर्नु भयो । त्यसपछि प्रवासी नेपाली संघ भारतका उपाध्यक्ष मिना बुढाले भारत प्रवासमा भएका गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो ।
- प्रवासमा नेपालीको अवस्थाको वारेमा नारायण हुमागाइले निम्न कुराहरु बताउनु भयो ।
भारतमा रहेका नेपालीहरु तिन किसिमका छन् –
@ भाषिक नेपाली– आसाम, दार्जलिंग
@ नेपाली मुलका नेपाली– भारतमा आएर यतैको नागरिकता लिएर बसोवास गरेका
@ प्रवासी नेपाली– विशुद्ध कामका लागि आएको नेपालीहरु - प्रवासी नेपाली संघको काम मुलत दोस्रो र तेस्रो खालका नेपाली विच हुदै आएका छन । यो संख्या घट्दै गएको अवस्था छ । जसका पछाडी रोजगारीको अभाव, भारतमा जनसंख्या बृद्धी, पुराना कलकारखाना बन्द, अवबाश प्राप्त ठाउमा परिवारको सदस्य राख्ने पुरानाको नीतिमा परिवर्तन, करार प्रणाली आदि रहेका छन् ।
- त्यसै गरी १९९० पछि पहिचानको खोजी, नेपाली नागरिकता स्विकार नगरिने, नीजि क्षेत्रमा सुरक्षा कम्पनीको उपलव्धता, ¬चौकिदारी काममा स्थानियलाई प्राथमिकता, नेपाली खासगरी युवाहरुको प्राथमिकता भारतभन्दा अन्य तेस्रो मुलुक हुनु रहेकोछ ।
- २००४ मा निकालिएको अनुमानित तथ्यांक १४ लाख थियो, जुन हाल घटेर ७ लाखको हाराहारीमा रहेकोछ ।
- नेपालीहरु कार्यरत रहेका क्षेत्रहरु खस गरी¬– होटल, रेष्टुरेण्ट, ट्रान्सपोर्ट, प्रोफेसनल, आइटी, व्यापार, आदि छन, जसमा ठुलो संख्यामा अदक्ष श्रमिक रहेका छन । यही वस्ने नेपालीको सन्तानहरु शैक्षिक रुपमा मुलत डाक्टर, इञ्जिनियर, चार्टर एकाउन्टेण्ट आदि क्षेत्रमा पनि प्रवेसमा बृद्धी हुन थालेकोछ ।
श्रमिकको समस्या बताउदै कृष्ण बहादुर लामिछानेले मुलत कार्यघण्टा आठ वाट १२ घण्टा बनाएको, ड्युटीको समय अनिश्चित रहेको, पारिश्रमिकमा विभेद रहेको र प्रवासीलाई हेरिने सामाजिक दृष्टिकोण रिवर्तन हुदै गएका जस्ता कुराहरु राख्नुभयो ।
त्यसपछि, जनक चौधरीले जिफण्टको परिचय, जिmण्ट सहयोग समुह र यसको परिचालन सम्बन्धि विषयमा राख्नु भएको थियो । अन्तिममा विन्दा पाण्डेले प्रवासी श्रमिकको वारेमा अन्तरराष्ट्रिय श्रम मापदण्डहरुले गरेको अधिकारको व्यवस्था र उक्त अधिकार प्राप्तिका लागि गरिनु पर्ने पहलको वारेमा राख्नुभयोको थियो । दुवै विषयमा सहभागि विच अन्तरक्रिया भएको थियो ।
सोही दिन साझा ९ वजेपछि प्रवासी नेपाली संघ पश्चिम बंगाल तथा झारखण्ड संयुक्त राज्य समितिको तृतिय पुर्ण वैठक सम्पन्न भयो ।
उक्त वैठकवाट जिफण्ट सहयोग समुहको वारेमा निम्न अनुसारको निर्णय गरियो ।
- जिफण्ट सहयोग समुहको कोर ग्रुपमा निम्न साथिहरु रहने
विष्णु रेग्मी संयाेजक
कृष्ण कहादुर लामिछाने
हरिराम अधिकारी
सुजन श्रेष्ठ
निलहरी दाहाल
वेल ब खड्का
कृष्ण प्र सुवेदी
लाल कृष्ण
दिवाकर
अशोक शाही
जुन बर विक - जिफण्ट सहयोग समुहका सदस्यवाट वार्षिक प्रतिव्यक्ति रु १०० उठाउने र नामालवीसहित रु १० जिफण्टमा पठाउने ।
- सम्भव भएसम्म रु २५००० केन्द्रीय ऐक्यवद्धता कोषमा जम्मा गर्न प्रोत्साहित गर्ने, जसका कारणले उनीहरु पनि यस कोष अन्तरगत पाउने सुविधामा समेटनि सक्नेछन । उनीहरुलाई हेल्पिंग ह्याण्ड स्वास्थ्य सहकारीमा पनि समेट्ने
- २०१६ भित्र अरु बृहत भेला गरी सहयोग समुहलाई पुर्णता दिने ।