अावुधावी, मार्च ११, २०१६

प्रवासी नेपाली मन्च यूएईले अावुधावीमा एकदिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । “ब्यक्तित्व बिकास र नेत्रित्व बिकास कालागि अगुवा कार्यकर्ता प्रशिक्षण” नाम दिइएको उक्त कार्यक्रम मन्चको प्रशिक्षण विभागले आयोजना गरेको हो ।

मार्च ११ का दिन नेकपा एमाले पोलिटब्युरो सदस्य बिन्दा पाण्डेको उपस्थितिमा आयोजित उक्त कार्यक्रम मन्चका अध्यक्ष श्याम कंडेलकाे अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक पाण्डेले सांगठन निर्माण, विस्तार, ब्यबस्थापन, सांगठनिक सैद्दान्तिक तथा ब्यबहारिक पक्ष, जबजका दार्शनिक तथा ब्यबहारिक मान्यता लगायत बिषयमा बिस्तृत रुपमा प्रकाश पार्नु भएको थियो ।

आइएलओ गर्भार्निंग बडी सदस्य समेत रहनु भएकी पाण्डेले उक्त अवसरमा प्रवासी श्रमिकहरुको हक, अधिकार, राष्ट्रको प्रगति र लोकतान्त्रिक आन्दोलनहरुमा प्रवासी नेपालीहरुले पुर्याएका योगदान, प्रवासमा सिकेका शिप, ज्ञान, प्रविधिलाई आफ्नो ठाउँमा प्रयोग गर्ने सम्भावना र उपायको बारेमा समेत आफ्ना भनाइ राख्नुभएको थियो । प्रवासी नेपाली मन्च यूएईलाई सबै नेपाली श्रमिक माझ पुर्याई अझ लोकप्रिय बनाउने नेत्रित्व क्षमताको बिकास गर्दै सहभागी सबैको ब्यक्तित्व बिकासमा पनि प्रशिक्षण फलदायी हुने विश्वाश लिएको मन्चका अध्यक्ष कंडेलले बताउनु भयो । मन्चका निबर्तमान अध्यक्ष प्रकाश कोइरालाले प्रशिक्षणले नयाँ उर्जा र ज्ञान थपेको बताउदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु ल्याउनु आवस्यक रहेकोमा जोड दिनुका साथै मन्चको नयाँ कार्यसमितिलाई शुभ कामना समेत प्रदान गर्नुभयो ।

प्रशिक्षण बिभाग प्रमुख श्याम पाठकद्वारा संचालित सो कार्यक्रममा मन्चका सबै क्षेत्रीय कमिटीका अध्यक्षहरु, पदाधिकारी र सदस्य, राष्ट्रिय कमिटीका पदाधिकारी तथा सदस्यहरु, मन्चका सिनियर अगुवाहरु लगायत सकृय कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमकाे अन्त्यमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नु भएको थियो ।

Presentation:
ONF- in general
Special feature of Constitution