नेपाली प्रवाशी श्रमिक संघ –जिफण्ट सहयोग समुह) कतारको आयोजनामा यही भाद्र २७ गते राष्ट्रिय भेला तथा प्रशिक्षण भेला कार्यक्रम सम्पन्न भएको छ । “प्रवाशी श्रमिकको अधिकार सम्बन्धि एसियाली संसदीय समुहको तथ्य संकलन” गर्न गएको नेपाली टोलीलाई कतारको बस्तुस्थितिको वारेमा जानकारी गराउन आयोजित अन्तरक्रिया कार्यक्रममा झण्डै ६० जना श्रमिकको सहभागिता थियो । कार्यक्रममा जिफण्टले प्रवाशी श्रमिकलाई संगठित गर्ने क्रममा भएका गतिविधि र उपलव्धीहरुको वारेमा समेत छलफल भएको थियो । कार्यक्रममा संसदिय टाेलीका सदस्य पुर्व सभासद िबन्दा पाण्डे र वर्तमान सभासद जािकर हुसैनले कुरा राखेका िथए ।

कार्यक्रममा सहभागिहरुले गत मे महिनामा कतार सरकारले घोषणा गरेको सुधारका कुराहरु अधिकांश नेपालीले काम गर्ने साना तथा मझौला कम्पनीमा कार्यान्वयनमा नआएको, कार्यथलोको सुरक्षाको विषय प्रमुख समस्या रहेको, अझै पनि दोहोरो करारपत्र कायम रहेकोले तोकिएको काम र तलव पाउने कुरामा समस्या रहेको कुरा बताएका थिए ।
ठुला कम्पनीहरुमा भने केही सुधार भएको छ । ति ठाउहरुमा सरकारी निरिक्षण बढ्नुकासाथै तलव तोकिएकै समयमा वैंक खाता मार्फत दिन थालिएको र दुइ वर्षको करार सकिएपछि घर आउन चाहदा सहज रुपमा पासपोर्ट प्राप्त गर्न थालेको सहभागिहरुको भनाइ थियो । छोटकरीमा भन्दा कतारी स्वामित्व भएका कम्पनीमा कम समस्या रहेको र कतारीको स्पोन्सरसीपमा गैर–कतारीले सञ्चालन गरेको कम्पनीहरुमा समस्या जटिल रहदै आएको छ ।

भ्रमणको सिलसिलामा त्यहास्थित राष्ट्रिय मानव अधिकार आयोगको पनि भ्रमण गरिएको थियो । विश्वभरका श्रम सम्बन्धि संघसंस्थाको ध्यान कतारमा केन्द्रीत हुन थालेपछि कम्पनी निरिक्षण तथा कार्यथलोका सुधारको सन्दर्भमा त्यहास्थित राष्ट्रिय मानव अधिकार आयोगले ठुलो संख्यामा प्रवाशी रहेका भारत, नेपाल र फिलिपिन्सका श्रमिकको समस्याको सुनुवाइ गर्न एक–एकजना तिनै मुलुकका नागरिकलाई कार्यालयमा राख्न शुरु गरेको छ ।

मे महिनामा गरेको सुधारको प्रस्ताव अनुसार श्रम कानुनको मस्यौदा भइरहेको र यही अक्टोवरसम्ममा अन्तिम मस्यौदा तयार गरी यस वर्षको अन्तवाट कार्यान्वयनमा ल्याउने योजना रहेको उनीहरुको भनाइ छ । केही मुलुकले घरेलु श्रमिक पठाउन प्रतिवन्ध लगाएको सन्दर्भमा Interview with Kantipur Qatar Sept 2014यस क्षेत्रका लागि छुट्टै कानुन बनाउदै गरेको पनि उनिहरुको भनाइ थियो ।

कार्यक्रमको दौरानमा गैर–आवाशिय नेपाली संघको समन्वयमा नेपाली संघसंस्थाका प्रतिनिधिहरु बिच अन्तरक्रिया कार्यक्रम भएको थियो । ५० जनाको हाराहारीमा सहभागिता रहेको उक्त कार्यक्रममा २३ जनाले आफ्ना सुझावहरु राखेका थिए । यस क्रममा आगामी नोभेम्वरमा हुन लागिरहेको सार्क समिटमा प्रवाशी श्रमिकको अधिकारको वारेमा क्षेत्रिय रुपमा नै साझा आवाज उठाउन पहल गर्नुपर्ने सुझाव रहेको थियो । श्रमक्षेत्र सुधारको सन्दर्भमा केही प्रभाव देखिए पनि आम रुपमा नेपालीले त्यसको फाइदा लिन नपाएको भनाइ थियो भने नेपाली श्रमिकहरु नेपालवाटै ठगिन शुरु गर्ने सन्दर्भमा निशुल्क भिषा र टिकट पठाउदा पनि त्यहा जाने श्रमिकले पैसा तिर्नुपर्ने बाध्यतालाई रोक्नका लागि नेपाल सरकार र युनियनहरुले संयुक्त पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

अन्तरराष्ट्रिय रुपमा “नेपाली श्रमिकको अवस्थालाई जोडेर भएका प्रचारमा नेपालीहरु उपयोग मात्र भएको” भन्ने भनाइ पनि छलफलमा आएको थियो भने केहीको भनाइ “नेपालीको नाम जोडिएर भएको अभियानले गर्दा ३२ देशवाट कतारमा आएर काम गर्ने प्रवाशी श्रमिकले फाइदा उठाउन सके” भन्ने थियो । आगामी दिनमा अन्तरराष्ट्रिय क्षेत्रले उठाउनु पर्ने विषय भनेको नयुनतम पारिश्रमिकको व्यवस्था र कार्यथलो सुरक्षा नै भएको उनीहरुको भनाइ थियो । समग्रमा यसपटको भ्रमण उपलव्धीमुलक रहेको अनुभुती भएकोछ ।

 

Qatar – news

Report- Mission to Qatar