आफ्नो नीजि भ्रमणको सिलसिलामा यस पटकको दशै र तिहारको समय प्यासिफिक क्षेत्रमा विताउने अवसर मिलेको थियो । परिवारको केही सदस्यहरु त्यस क्षेत्रमा रहेका कारण दशैको समयमा न्युजील्याण्ड र तिहारको समयमा अष्ट्रेलियामा रहेको थिए । यस अवसरलाई सदुपयोग गर्दै त्यहाको टे्रड युनियनका सहकर्मी र नेपाली प्रवाशी श्रमिकहरुसंग पनि कुराकानी गर्ने मौका मिलाइएको थियो । जस अनुसार वििलंगटनमा न्युजील्याण्ड काउिन्सल अफ टे्रड युनियन (NZCTU) का महासचिव र मेलवर्नमा अष्ट्रेलियन काउिन्सल अफ टे्रड युनियनका अध्यक्ष लगायतसंग भेटघाट भएको थियो ।

न्युजील्याण्डको युनियन समझदारीपत्रमा हस्ताक्षरसहित नै नेपाली प्रवाशीसंग काम गर्न इच्छुक

अक्टोवर १८ का दिन न्युजील्याण्डको राजधानी वििलंगटन घुम्न जानु पुर्व नै एनजेड्सिटियूका महासचिव पिटर कल्वे (Peter Conway) र सार्वजनिक क्षेत्रका श्रमिकहरुको युनियन पव्लिक सर्भिस एसोसियसन (PSA) संग समय मिलाइएको थियो ।

जस अनुसार १८ तारिकको अपरान्हमा पिएसएका साथिहरुसंग कुराकानी भयो । न्युजील्याण्डको पहिलो शक्तिशाली राष्ट्रिय युनियनका रुपमा रहेको यस युनियनसंग प्रवाशी श्रमिकको अधिकारका वारेमा जिफण्टले गर्दै आएका कामको वारेमा छलफल भयो । यस सन्दर्भमा उनीहरुको क्षेत्रमा खासै नेपाली श्रमिक नपर्ने भएकोले क्षेत्रगत रुपमा काम गर्ने सम्भावना रहेन तर पनि उनीहरुको सदस्य संख्या महिला बढी भएको र अझै पनि नेतृत्व तहमा महिला सहभागिता न्युन रहेको अवस्थामा नेपालसंग महिला फाटको कामको वारेमा अनुभव आदानप्रदान गर्न सहकार्य गर्ने सन्दर्भमा उनीहरु इच्छुक रहेको पाइयो । युनियन आन्दोलनमा सहभागिताको दृष्टिले हेर्दा ७५ प्रतिशत महिला रहेको प्राथमिक शिक्षक युनियनमा समेत करिव १५ प्रतिशत मात्र महिला रहेको अवस्थालाई कसरी परिवर्तन गर्ने भन्ने वारेमा सोच्नुपर्ने कुरा बताउनु भयो । यसका कारणहरुमध्ये महिलाहरुमा रहेको युनियनप्रतिको विकर्षण प्रमुख कारण रहेको उनीहरुको अनुभव छ ।

भोलीपल्ट त्यहाको टे्रड युनियन महासंघ एनजेड्सिटियूका महासचिव पिटर कन्वेसंग समय मिलाइएको थियो । भेटमा खास गरी दुई देशमा रहेको श्रमिक आन्दोलनको वीचमा सम्बन्ध सहकार्य र ऐक्यवद्धता कार्यका सम्भावनाको वारेमा छलफल भयो । नेपाली प्रवाशी श्रमिकका बीचमा विभिन्न देशमा जिफण्टले सहयोग समुह गठन गरी काम गर्दै आएको र हाल आएर कतिपय देशका टे्रड युनियन महासंघसंग समझदारीपत्रमा हस्ताक्षर नै गरेर सहकार्यलाई अगाडी बढाइएको अनुभव उनीसंग राख्दा न्युजील्याण्डमा प्रवाशी नेपाली श्रमिकको संख्या सानै भए पनि कामलाई मुर्त रुप दिन आगामी दिनमा सहकार्यलाई विकास गर्ने र सम्भव भएसम्म समझदारीपत्रमा हस्ताक्षर नै गरेर काम गर्न सकिने कुरा उनले बताए । यस कामलाई थप मुर्ततता दिनका लागि अक्ल्याण्डस्थित प्रवाशी परियोजना साचालन गरिरहेका डेनिस मागासंग कुराकानी गर्न समेत उनले सल्लाह दिए । पिटरको सल्लाह अनुसार नै अक्ल्याण्ड पुगेपछि अक्टोवर २७ तारिकमा नेसनल डिष्ट्रिव्युटसन युनियनको महासचिव रोवर्ट रिड (Robert Reid) सहित प्रवाशी श्रमिक परियोजनाका संयोजक डेनिस नागा (Dennis Naga) संग यस सन्दर्भमा कुराकानी भयो । उनीहरुले विभिन्न देशका प्रवाशी श्रमिकलाई संगठित गनुृकासाथै त्यहाको श्रम कानुनले सवै श्रमिकका लागि व्यवस्था गरेको आधारभुत अधिकारलाई विभिन्न ९ भाषामा प्रकाशित गरी प्रचार समेत गरिरहेका रहेछन् । नेपाली श्रमिकहरुले पनि चासो देखाएको खण्डमा यस अभियानमा समाहित गरेर जान सकिने उनीहरुको भनाइ छ । यस सन्दर्भमा त्यहा रहेका केही नेपालीसंग कुराकानी पनि भएको छ तर यसलाई गति दिनका लागि जिफण्ट केन्द्रीय कार्यालयले पहल गर्नु जरुरी छ । नेपाली श्रमिकको घनत्व कृषि श्रमिकको रुपमा टिपुके भन्ने ठाउमा रहेको रहेछ भने एनडियुको सदस्यमध्ये पनि झण्डै ७-८ जना रहेको पाइयो । उनीहरुलाई मात्र पनि जम्मा गरेर सहयोग समुह बनाएर पहल गर्ने हो भने कामको विस्तार गर्न सकिने अवस्था छ ।

यस अभियानमा सहयोगका लागि पाल्मस्टर्नमा अध्ययनरत रहेका विक्रमराज पाण्डे वििलंटनमा श्रम विभागमा कार्यरत रहेका त्रिभुवन श्रेष्ठ र अक्ल्याण्डमा रहेका प्रकाश रिाजतकार र राजन पन्त अनि एनडियुको कार्यालयको कर्मचारीका रुपमा कार्यरत देवी पाण्डेको सहयोग लिन सकिने अवस्था छ । यस कामलाई मुर्ततता दिन आइटियुसी-एपीको हंगकंगमा हुने वैठक र िसंगापुरमा हुने सम्मेलनमा समेत कुराकानी गर्न सकिने उनको भनाइ थियो । आशा गरौ जिफण्ट अध्यक्ष र एनजेड्सिटियुका प्रतिनिधि बीच यस सन्दर्भमा कुराकानी गर्ने समय मिल्नेछ र आगामी दिनमा संस्थागत रुपमा सम्बन्ध विस्तारमा सहयोग पुग्नेछ ।

अष्ट्रेलियाका नेपाली बीच काम विस्तारको राम्रो सम्भावना

अष्टे्रलिया पुगेको चौथो दिन कार्तिक १७ गते विहान सिड्नीस्थित सर्च फाउन्डेसन (Search Foundation) को कार्यालयमा कोअर्डिनेटर पिटर मर्फी (Peter Murphy) संग समय लिइएको थियो ।

नेपालीहरु र उक्त संस्थाको बीचमा संस्थागत सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित आग्रह गरिएको भेटमा धर्मराज अधिकारी विना पौडेल र नेत्र बहादुर थापासहितको सहभागिता थियो । विना र नेत्र त्यहाको अष्ट्रेलियन नसर्िङ फेडेरेसनको सदस्य पनि भइसकेका र यस युनियनमा नेपाली सदस्य खोज्ने हो भने केही दर्जनको संख्यामा पाइने उनीहरुको भनाइ छ । छलफल निकै रोचक रह्यो । सर्च फाउन्डेसनको एउटा प्रमुख कामको क्षेत्र प्रवासी श्रमिकलाई संगठित गर्ने काममा सहयोग गर्ने रहेछ । अहिलेसम्म थुप्रै देशका श्रमिकहरुसंग काम गरिरहेका रहेछन् । सवैभन्दा ठुलो समुदाय भनेको फिलिपिनो रहेछ जसको समन्वय गर्ने एकजना व्यक्ती आशाको पुर्वसचिव लिना कावेरिओ रहिछन् । नेपालीहरु पनि संगठित हुन चाहेमा सहयोग गर्न सकिने कुरा पिटरले बताए भने सहकार्य गर्न सकिने लिनाको भनाइ छ । हामीले जिफण्ट सहयोग समुह बनाएर यस किसिमको कामको शुरुवात् गर्न सकिने कुरा सुनाउदा उनी यसमा सहमत थिए ।

यस विषयमा थप छलफल र पहलको लागि धर्मले समन्वयको काम गर्ने सहमतीसहित हामी विदा भएका छौ । यसमा जिफण्ट मुख्यालयले कसरी समन्वय गर्ने भन्ने वारेमा थप छलफल गरी कार्यक्रमसहित निर्देशन र समन्वय गर्नु आवश्यक छ । यही सिलसिलामा त्यहाको माइनिङ युनियनका अध्यक्ष टोनी माहेर ९त्यलथ ःबजभच० संग पनि भेट गरियो । उनी आइसिएममा काम गर्दाका पुराना साथि पनि भएको र लेवोर पार्टीसंगको राम्रो सम्पर्क भएका व्यक्ति भएकाले पार्टीगत रुपमा संस्थागत सम्बन्ध विस्तारको लागि पनि सम्भावनाको कुरा गर्न भेटघाट राखिएको थियो ।

नेकपा एमाले र लेवोर पार्टीको बीचमा सम्पर्क सम्बन्ध विस्तारको लागि आवश्यक सहयोग गर्न सकिने कुरा उनले बताएका छन् । टे्रड युनियन बीचको सम्बन्ध विस्तारमा समेत अष्ट्रेलियामा बसोवास गर्दै कार्यरत रहेका श्रमिकको बीचमा संस्थागत संरचनासहित काममा समन्वय गरेर जान सकिने कुरा उनले पनि बताएका छन् ।

कार्तिक १९ गते मध्यान्हमा अष्ट्रेलियन काउ_िन्सल अफ टे्रड युनियन (ACTU) को अध्यक्ष गेड कर्ने (Ged Kearney  संग भेटघाटको लागि समय मिलाइएको थियो । उक्त भेटघाटको मुल विषय भनेको अष्टे्रलियामा रहेका नेपाली श्रमिकहरु बीच जिफण्ट सहयोग समुह निर्माण गर्ने र दुई देशका टे्रेड युनियन महासंघ बीचको सम्बन्धलाई प्रगाढ बनाउनुकासाथै आपसी सहयोग र ऐक्यवद्धतालाई बलियो बनाउन पहल गर्ने थियो । वैठकमा अष्टे्रलियाको तर्फवाट विदेश विभागका ग्राण्ट बेल्चाम्वर ९(Grant Belchamber) र अनुसन्ध्ानकर्ता जोइल (Joel Fetter) र नेपालीको तर्फवाट बाणिज्य दुत चन्द्र योाजन जिफण्टका पुर्व सदस्य राजन बस्नेत र नसर्िङ क्याम्पस स्ववियूको पुर्व सचिव कल्पना पनि साथमा थिए । जिफण्टको तर्पुवाट सम्पर्कका लागि राजनजीले समन्वयको काम गर्न सक्ने कुरा पनि जानकारी गराएर विदा भइयो ।

जिफण्ट सहयोग समुह बनाएर एसिटियूसंगको सम्बन्ध विस्तारको कामका सन्दर्भमा थप कुरामानी आइटियुसी-एपीको वैठकमा जादा जिफण्ट अध्यक्ष र ग्राण्ड बीच हुन सक्ने सम्भावनाको वारेमा पनि कुराकानी भएको छ ।

त्यसै वैठकमा ग्राण्टले युनियन एडसंग सम्बन्धित संस्था (Union Aid-APHEDA) संग भेटघाट गर्ने हो भने समन्वय गरिदिने बताए । सोही अनुसार सिड्नीमा रहेको उक्त कार्यालयका संयोजक पिटर हेनिङ (Peter Hennings) संग कार्तिक २४ गते विहान १० वजे भेट्ने समय मिलाएर खवर गरे । अष्टे्रलियावाट नेपाल फर्कने दिन थियो तर पनि एकपटक भेटघाट गरेर फर्कदा राम्रै हुन्छ भन्ने सोचका साथ उक्त दिन विहान धर्म अधिकारी सहित गएर पिटर र केन डेभिस (Ken Devis) संग भेटघाट गरियो । उनीहरुले युनियन एड अन्तरगत क्याम्वोडिया टिमोर बर्मालगायतका देशमा केही ऐकयवद्धता परियोजना गरिरहेका र यस्तो सहयोगको मुल रकम युनियनका सदस्यको स्वेच्छिक चन्दामा आधारित रहेको जानकारी गराउदै परियोजनागत रुपमा अन्यत्र तुरुन्तै काम विस्तार गर्न नसके पनि अष्ट्रलियामा रहेका नेपालीसंग भने काम गर्न सकिने र उनीहरुलाई आवश्यक सहयोग दिनुका साथै युनियन सदस्य बन्न प्रेरित गर्ने किसिमका कामको थालनी गर्न सकिने कुराहरुमा उनीहरुको चासो रहेको पाइयो ।

धर्मलाई यस कामको वारेमा समन्वय गर्न आग्रह गर्नुका साथै सम्भव भएसम्म ४-५ जना मात्र पनि सदस्य रहेको जिफण्ट सहयोग समुह बनाएर कामको थालनी गर्न आग्रह गरिएको छ । यस प्रकि्रयाको लागि थप पहल गर्न जिफण्टको तर्फवाट सम्पर्क हुने कुरा पनि जानकारी गराएको छु ।

यसका अलावा केही नेपालीहरुसंग कुराकानी गर्दा हामीले सामाजिक परिचालन अन्तरगत केही परियोजनागत काम गर्ने योजना दिन सकेमा मासिक रुपमा उनीहरुको व्यक्तीगत चन्दावाट पनि वार्षिक रुपमा केही हजार डलर संकलन गर्न सकिने र उक्त रकमवाट गरिएको ठोस कामको वारेमा त्यहा रहेका नेपाली र अष्टे्रलियन समुदायलाई समेत जानकारी गराएमा यसले बाकी समुदायलाई पनि प्रेरित गर्न सक्नेछ । तर यी सवै कामको लागि भने यहावाट गरिने काम र निरन्तर सम्पर्कको आवश्यक हुने कुरा महत्वपुर्ण रहेको छ ।

आशा गरौ यसको उचित व्यवस्थापनको काममा जिफण्टले उचित ध्यान दिन सक्नेछ ।

कार्तिक २९ २०६७