नेपाल सरकारको तर्फवाट सम्माननीय राष्ट्रपतीज्युवाट प्रस्तुत २०७७÷७८ को नीति तथा कार्यक्रमको मुलभुत रुपमा समर्थन गर्दछु । कोभिड १९ ले अस्तव्यस्त अवस्थामा पुगेको अर्थतन्त्र र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति कार्यक्रम आउनु वस्तुवादी छ । मानव विकासको आधार स्वास्थ्य र शिक्षा प्रणालीको सुदृढीकरण विना यी क्षेत्रमा भएका लगानी र गरेका कामलाई दिगोपन दिन सम्भव छैन भन्ने कुरा वजेट बन्दै गर्दा ध्यान दिइयोस ।
- संविधानको व्यवस्था र आम नागरिकको भावनासमेतलाइ आत्मसात गर्दै माटोमाथिको अतिक्रमणको समस्या समाधान गर्ने र सिंगो नेपालको नक्सा प्रकाशन गर्ने कुरा यस दस्तावेजमा समावेसमा हुनुले आम नेपालीको शिर उठेको अनुभुत गरेको हुनुपर्छ । यस कामलाई सर्वाधिक महत्वकासाथ अगाडी बढाइ सीमा समस्या समाधानलाई यथाशक्य गरियोस भन्ने आग्रह गर्दछु ।
- आज देश फर्कने प्रतिक्षामा विदेशी भुमिमा रहेका नेपाली नागरिकलाई जोखिमको अवस्था पहिचान गरी सुरक्षित रुपमा मुलुक फर्काउने कामको यथाशक्य थालनी होस भन्ने आग्रहकासाथ आफ्ना केही सुझावलाई वुदागत रुपमा राख्न चाहन्छु ।
श्रम र रोजगारी
- कृषी, पुर्वाधार निर्माण र साना तथा मझौला उद्योग व्यवसाय रोजगारीका प्रमुख क्षेत्र हुन ।
- यस सन्दर्भमा आत्मनिर्भरता, आयात प्रतिस्थापन, र स्वदेशी कच्चा पदार्थ आधारित उत्पादन प्रणाली सोचिनुपर्दछ ।
- श्रम सीपका लागि काम गर्दै सिक्ने (आप्रेन्टिससीप) विधि मार्फत श्रमवजार आधारित लैंगिक सन्तुलन र समावेसी श्रमशक्तिको विकासमा जोड र दिदै आप्रवासी श्रमिक प्रतिस्थापन र प्रवासवाट फर्किएका नेपाली श्रमिकको सीपलाई स्थानियकरण गरी उपयोग गर्ने कुरामा ख्याल गरिनुपर्दछ ।
- कृषीको कुरा गर्दा उत्पादनका लागि विउ, मल, सिचाइ, उपकरण र औजार र सीपयुक्त जनशक्तिमा आत्मनिर्भरता र उत्पादन, भण्डारण, प्रशोधन र वजारीकरणको चक्रलाइ ध्यान दिनुपर्दछ ।
- मर्यादित श्रम संस्कारको विकास, श्रमिक पञ्जिकरण र श्रम सम्बन्ध व्यवस्थापनको लागि पालिका स्तरमा श्रम डेस्क अथवा त्रिपक्षिय संयन्त्र निर्माण गर्दै कृषी, अनौपचारिक क्षेत्र र प्रवासी श्रमिकलाई योगदानमुलक सामाजिक सुरक्षा छातामा ल्याउने प्रस्ताव कार्यान्वयनमा जानु जरूरीछ ।
स्वास्थ्य
- तीन अंकको एम्वुलेन्स सेवा उपलव्ध हुने कुरा स्वागतछ । स्वास्थ्य क्षेत्रको विकासको कुरा गरिरहदा पुर्वाधारको साथै जनशक्ति विकासको योजना बनाउदा जनस्वास्थ्यलाई थप प्रभावकारी बनाउदै मनोसामाजिक परामर्ष सेवामा दक्ष जनशक्ति विकासमा पनि जोड दिइनुपर्दछ ।
शिक्षा
- शिक्षा क्षेत्र समस्यामा परेको छ । यो अवस्था लामै समय गयो भने रेडियो, टेलिभिजन र टोल शिक्षाको विधिमा पनि जानुपर्ने हुन सक्छ ।
- प्रावधिक तथा व्यवसायीक शिक्षालाई स्थानिय आवश्यकता अनुसारको जनशक्ति निर्माणमा जोड दिनुपर्ने
- चिनौ आफ्नो माटो वनाउ आफ्नै देश अन्तरगत उच्च शिक्षामा इन्टनर्सिप प्रणालीलाई हाल स्नातकोत्तरवाट शुरु गरे पनि क्रमश स्नातक तहसम्म विस्तार गर्नु पर्ने
- विश्वविद्यालय शिक्षालाई अनुसन्धान केन्द्रीत बनाउने कामलाई प्रभावकारी बनाउन सरकारी र सामाजिक रुपमा गरिने अध्ययन–अनुसन्धानलाई समेत विश्वविद्यालयहरुसंग जोड दिनुपर्ने
कृषी
- कृषी क्षेत्रमा महिला सहकारीलाई मात्र होइन, निश्चित मापदण्ड पुरा गरेका सवै सहकारीलाई स्थानिय सम्भावना अनुसारको उत्पादन क्षेत्रमा अनिवार्य रुपमा सहभागि गराइनु पर्दछ ।
- सार्वजनिक खर्च कटौतीका सन्दभर्मा खनाल आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन जरुरी छ ।
नीति र कानुन
- संविधानले तोकेका अधिकारहरु कार्यान्वयन गर्न प्रदेश रस्थानिय तहसंग सम्बन्धित कतिपय कानुनहरु नबनिसकेका काराण् काममा बाधा आएको कुरा अहिलेको महामारीले पनि अनुभुत गराएको छ ।
- संघियताको ममृ अनुसार तीनै तहलाई पुर्ण रुपमा कार्य सम्पादन गर्र्न वाकीकानुन बनाउने काम प्राथमिकताकासाथ गरिनुपदृछ
- लैंगिक समानता र समावेसी समान पा ितब सहभागिताको सन्दर्भमा संविधानको भावना अनुरुप बन्न वाकी कानुनलाई यसै वर्ष पुरा गर्ने गरी काम अगाडी बढाइनुपर्दछ ।
निर्वाचन क्षेत्र विकास पुर्वाधार कोष
- निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको वारेमा पुर्व वजेट छलपलका क्रममा अर्थ मन्त्रीको भनाइसमेतलाई ध्यान राखि सांसदहरुको समान धारणा माग भएको थियो
- यो कार्यक्रम संसदमा विवादित, कार्यान्वयनमा विभेदित, न्यायालयमा विचाराधिन रहेको र कार्यान्वयन गर्ने स्थानिय तहका जनप्रतिनिधिसमेतले सहज रुपमा नलिएको र कोभिड १९ को महामारीपछि नागरिक तहवाट समेत यस कार्यक्रम रोकि कोरोना सिर्जित समस्या समाधानमा लगाउनुपर्ने आवाज आम रुपमा उठिरहेको सन्र्दभमा आगामी दिनमा संघियता कार्यान्वयनसंग यसको तादाम्यता, विकास कार्यमा यसको प्रभावकारीता, अदालतको निर्णय र स्थानिय तहसंगको परामर्ष समेतमा अन्तिम निर्णय लिने गरी हाललाइ स्थगित गरिनुपर्दछ भन्ने प्रस्ताव राख्न चाहन्छु ।
धन्यवाद ।
बजेटका सिद्धान्त तथा प्राथमिकता 2077 माथि छलफलका लागि तयार गरिएकाे नाेट