अखिल नेपाल महिला संघको आयोजना र जागरण नेपालको संयोजनमा साउन २८ र २९ गते नगरकोटमा कार्यक्रम सम्पन्न भयो । काठमाडौ उपत्यकाका करिव दुई दर्जन सहभागिको विचमा भएको उक्त कार्यक्रमको पहिलो दिन नेपाली महिला आन्दोलनको इतिहास, कम्युनिष्ट आन्दोलनले तय गरेका जेण्डर नीति र आजको सन्दर्भमा नेतृत्व विकासमा ध्यान दिनुपर्ने विषयमा अन्तरक्रियात्मक छलफल सञ्चालन गरियो ।
उक्त कार्यक्रममा हरेक सहभागिले आफु कहिलेवाट आन्दोलनमा लागियो ? के लक्ष्यकासाथ आन्दोलनमा सहभागि भइयो ? आन्दोलनमा लागेपछि सामाजिक रुपमा र व्यक्तिगत रुपमा के परिवर्तन वा उपलव्धी भयो भन्ने विषयमा केन्द्रीत भएर जीवनको पाटोलाई फर्केर हेर्ने र सहभागिहरुको विचमा अनुभव आदान–प्रदान गर्ने प्रक्रियावाट शुरु भएको थियो । त्यस पछाडीको सत्रमा हालसम्म गरिएका आन्दोलन, त्यसमा जोडिएको सिद्धान्तहरु माक्र्सवाद, महिलावाद र जनताको बहुदलिय जनवाद र यी नेपालको वर्तमान अवस्थाको वारेमा केन्द्रीत भएर छलफल गरिएको थियो ।
आशा गरौ, उक्त अन्तरक्रियामा भएको छलफलमा विषयले आगामी दिनमा उपत्यकामा महिला आन्दोलनलाई अगाडी बढाउने तथा राजनीतिक आन्दोलनलाई अगाडी बढाउने क्रममा गुणात्मक फड्को मार्ने अपेक्षा गर्न सकिन्छ ।