नेकपा एमालेको दोस्रो वैठक समाप्त भएको छ । साउन २७ गतेदेखि ३१ ग्तसम्म चलेको उक्त वैठकले गत निर्वाचनमासमान मत ल्याएका चारै जना सदस्यमध्ये आगामी दिनमा मनोनित गर्ने १६ जनामा दुईजना कम हुने गरी चारैजनालाई केन्द्रीय कमिटीमा ल्याउने निर्णय गरियो । त्यसैगरी अर्को व्यवस्था नहुन्जेल महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरु रहेको सचिवालयको व्यवस्था गरिएको छ ।
पहिलो केक वैठकवाट गठित सम्पादन टोलीले नवौ राष्ट्रिय महाधिवेशनवाट पारित दस्तावेजहरु सम्पादन गरी पेस गरिएको दस्तावेजहरु परित गर्दै प्रकाशनको अनुमती दिने कम यस वैठकले गरेको छ । यस सन्दर्भमा सर्वाधिक चर्चामा रहेको विषय विधानको धारा ३८ को वारेमा शिर्ष नेताहरुसंग अध्यक्षले परामर्श गरी टुंगो गर्ने र प्रकाशनमा दिने पनि निर्णय गरिएको छ ।
यसै सन्दर्भमा दस्तावेजमाथि छलफल गर्ने क्रममा ५७ जना सदस्यले आफ्नो मत राखेका छन् । जसमा ८ जना महिला थिए । छलफलको क्रममा विधानमा स्थायी कमिटी सदस्यको योग्यता राखिनुपर्ने, स्थायी समिति र पोलिटव्युरोको निर्वाचनमा योगयता पुगेका सवैले उठ्न पाउनु पर्ने लगायतका विषयहरु उठेका थिए । त्यसैगरी वैठक सञ्चालन कार्यविधि र आचारसंहिता सम्बन्धि दस्तावेज पनि वैठकमा आएका सुझावसहित पारित गरिएको छ ।
वैठकको विचमा हरेक दिन प्रेस वक्तव्य जारी गरिएको छ भने वाढी पहिरोमा परेका नागरिकको सहयोगको लागि काेष स्थापना गरी सवै केकसले पार्टीवाट पाउदै आएको मासिक रु ७००० उक्त कोषमा जम्मा गर्ने समेत निर्णय गरिएकोछ ।
तेस्रो वैठक अगामी अशोज १० गते बस्ने निर्णय पनि गरिएको छ ।