नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो वैठक पार्टी कार्यालय बल्खुमा बस्यो । साउन २ गते संक्षित रुपमा बसेको यस वैठकमा घोषणासभामा शपथ लिन वाकी सदस्यहरुले शपथ लिनुकासाथै दोस्रो वैठकमा छलफल गरिने १० बुदे कार्यसुची पारित गर्ने काम गरियो ।

त्यसै गरी अर्को कार्य विभाजन नभएसम्म निर्वाचन भएर आएका पुराना सदस्यले पुरानै जिम्मेवारी सम्हाल्ने र अञ्चलको जिम्मेवारी भुगोलको निर्वाचन क्षेत्रवाट निर्वाचित सदस्यले अन्तरिम रुपमा सम्हाल्ने निणर््ाय पनि गरिएको छ ।

दोस्राे वैठक अगामी साउन २५ गते बस्ने निर्णय पनि गरिएको छ ।