महिलाको मानव अधिकारको वारेमा गियोंनाम विश्व महिला सम्मेलन (Gyeongnam World Conference on women Human rights) मा सहभागि हुने सुअवसर मिल्यो । दक्षिण कोरियाको पुसानसमा यही नोभेम्वर २५ देखि २७ तारिखसम्म सम्पन्न उक्त सम्मेलनमा विश्वका ३० भन्दा बढी देशका झण्डै तीन हजार जनाको सहभागिता थियो । ठुलो संख्यामा कोरियन महिलाको सहभागिता रहेको यस सम्मेलनमा प्रवाशी श्रमिक महिलाको सहभागिता ५०० भन्दा बढी र विविध किसिमका अपांगता भएका महिलाको संख्या ५० भन्दा बढी रहेको थियो । १२ लाख अमेरिकन डलर बजेटमा सम्पन्न उक्त सम्मेलनको आर्थिक सहयोग प्रादेशिक सरकारले गरेको थियो ।
कार्यक्रम मुल रुपमा महिला विरुद्ध हुने सवै किसिमको विभेदको अन्त्य गर्ने यूएन अभिसन्धि CEDAW को वारेमा केन्द्रीत थियो । सिडलाई आधार मानेर महिला मानव अधिकारको कुरा गरिरहदा सहभागिहरुले ६ वटा विषयगत कार्यशाला मार्फत विभिन्न देश र क्षेत्रको अनुभव साटासाट गरेका थिए जसमा महिला विरुद्ध िहंसा आर्थिक उत्पादनमा महिला सहभागिता युद्ध र महिला विरुद्ध िहंसा प्रवाशी महिला श्रमिकमाथि हुने शोषण अपांगता भएका र अल्पसंख्यक िलंगका महिला विरुद्ध हुने िहंसा र राजनीतिक नीति निर्माण प्रकि्रायामा महिला सहभागिता लगायतका विषय थिए ।
कार्यक्रमको अघिल्लो दिन साझमा अनाथालयमा अध्ययन गर्ने नानीहरुले आमा नामको गीतमा प्रदर्शन गरेको नृत्यले सवैको मन छोएको थियो की दुनियामा आमाको ममता र महिमालाई प्रतिस्थापन गर्न सक्ने अरु कुनै पनि बस्तु वा पक्ष छैन तर तिनै आमा महिला माथि यो विभेद र िहंसा कीन महिलामाथिको िहंसा के हरेक पुरुषलाई जन्म दिने आमामाथिको िहंसा होइन अनि आफ्नै आमा –महिला माथि िहंसा हुदा हामी कसरी चुपचाप सहन सक्छौ के हामीभित्र मानवता छैन हरेक मानिसले मानवताका आधारमा महिला िहंसाको विरुद्ध आवाज उठाउने हो र महिला विरुद्ध हुने विभेदको अन्त्यको अभियानमा सहभागि हुने हो भने विभेदरहित र समानतामा आधारित समाज स्थापना सम्भव छ । यस अभियानमा पुरुषको समान सहभागिताको आवश्यकता छ भन्ने सन्देश उक्त नृत्य मार्फत दिइएको थियो ।
महिला िहंसा विरुद्ध अन्तरराष्टिय दिवस नोभेम्वर २५ को पुर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रमले अर्को दिन शुरु हुने अन्तरराष्टिय महिला सम्मेलनलाई उपलव्धीमुलक बनाउन मानसिक र मनोवैज्ञानिक रुपमा पे्ररित गरेको थियो । युवा अवस्थामा प्रवेश गर्दै गरेका निम्नमाध्यामिक विद्यालयका विद्यार्थिहरुको यो उद्गार र प्रतिभाले साच्चै एक्काइशौं शताव्दि जेण्डर समानताको शताव्दि हुने छ भन्ने सन्देश साचार गरेको थियो ।
कार्यक्रमको अर्को प्रेरणादायी पक्ष भनेको बृद्ध महिलाहरुको सहभागिता हो । झण्डै दर्जनभन्दा माथिको संख्यामा ८० नाघेका आमाहरु महिलामुक्ती र समानताको लागि अन्तिम घडीसम्म लागिरहने प्रतिवद्धतासहित कार्यक्रममा सकि्रयतापुर्वक सहभागि भएका थिए । थाइल्याण्डको कम्युनिष्ट पार्टीको सदस्य ८६ वर्षिय मेइ लिन (Mei Lin) १९७० को दशकमा भएको दमनपछि विस्थापित भएर मलेसियामा बस्दै आउनु भएकोछ । युद्धका कारण महिलामाथि हुने िहंसाको वारेमा स्रोत व्यक्तिका रुपमा उहाको भनाइ थियो दमनका कारण देश छाडे तर विचार छाड्न सकिन । यो उहाको गर्विलो अभिव्यक्तीले सम्मेलनको सहभागिमा महिला मुक्तीका पक्षमा कि्रयासिल रहन उर्जा थपेको छ । नेपालको कम्युनिष्ट पार्टीको सदस्य भनेर मैले परिचय दिदा उहाले देखाउनु भएको आत्मियता साच्चै अविस्मरणीय थियो । त्यस्तै ९० वर्षको जापानी महिला प्रवाशी श्रमिकमाथि हुने शोषण र दमनका विरुद्ध निरन्तर लडिरहेको कथाले युवा जमातमा रक्त साचार गराएको थियो ।
संसारलाई नै उछ्छिनेर ४९ प्रतिशत महिला सांसद निर्वाचित गर्ने रुवाण्डा र संसारकै लागि नया उदाहरणको रुपमा उदाएको दक्षिण अपि्रुकाका महिला सांसदहरुको अनुभव र अनुभुती सिक्न लायक थियो । परिमाणमा महिला सहभागिता बढेको छ तर परिणाममा महिला अधिकार र जेण्डर समानतको लागि अझै लामो यात्रा गर्नै छ भन्ने उनीहरुको अनुभवले नेपाली राजनीतिमा बढ्दो महिला सहभागितालाई दिगो र विकसित गर्नका लागि संख्याको साथमा क्षमता विकासको विशेष कार्यक्रम साथमा हुनुपर्ने कुराको थप अनुभुती गराएको छ ।
नेपाली नीतिनिर्माताको बीचमा बसेर महिला समानताको कुरा गर्दा शिक्षामा समानता भएपछि। आर्थिक रुपमा आत्मनिर्भर भएपछि समानता आफै आउछ भन्ने कुरा पटकपटक सुन्ने वानी परेको थियो । तर कोरिया र जापानमा महिलाले शिक्षामा पुरुषलाई माथ गरिसकेका छन् आर्थिक रुपमा आत्मनिर्भर छन् । तर पनि नीति निर्माण गर्ने क्षेत्रमा उनीहरुको समान उपस्थिति कीन छैन अनि रोजगारी र पारिश्रमिकमा अझै विभेद कीन भन्ने विषयमा उनीहरुको भनाइ मार्मिक थियो ।
जवसम्म शतान्दिऔंदेखि समाजमा जरा गाडेर रहेको पुरुषप्रधान मानसिकता प्रबृत्ती र व्यवहारमा परिवर्तन आउदैन अनि नीति निर्माण प्रकि्रयामा महिला र पुरुषको उपस्थिति र आवाजले समान हैसियत पाउदैन तवसम्म जेण्डर समानता सम्भव छैन । शिक्षा स्वास्थ्य र रोजगारी र सामाजिक सुरक्षा सम्बन्धि व्यवस्था सहायक पक्ष हुन मुल पक्ष भनेको नीति निर्माणको प्रकि्रयामा हुने सहभागिता नै हो जसले हरेक सहायक पक्षको वारेमा छलफल र निर्णय गर्दछ । िसंगो समाजलाई उथलपुथल पारिदिन सक्दछ । उनीहरुको अनुभव र निष्कर्ष यस्तै थियो । घोषणापत्र
जे होस् यस सम्मेलनमा सहभागि हुने अवसरले जेण्डर समान समाज निर्माणको क्रममा थप उर्जा दिएको छ । धारणा स्पष्ट पार्ने काममा सहयोग मिलेको छ । राजनीतिक इच्छाशक्ति नीतिनिर्माण प्रकि्रयामा सहभागिता र जेण्डर सचेत मानसिकता र योजनाले मात्र महिला र पुरुषको बीचमा राजनीतिक आर्थिक सामाजिक र सांस्कृतिक परिवर्तन र समानता सम्भव छ । मुलत सम्मेलनको निचोड यही थियो ।