नालापानी नेपाली इतिहासको धरोधर हो । यद्यपी यो आज नेपाली भुगोलभन्दा वाहिर छ । सन १६१४ मा व्रिटिस सेनासंग भएको लडाइमा नेपाली सेनाले हारेपछि भएको सुगौली सन्धिमा उक्त भुगोल हाल भारतमा पर्दछ । तर, इतिहासमा विरलै हुने कुरा युद्धमा हारेका सेनापतीको युद्धकला र साहसवाट प्रभावित भइ जित्ने र हार्ने पक्षका समेत सेनापतीको नाम एउटै सिलापत्रमा लेखेर राखिएको घटना थियो तयो । मेरो अध्ययनको सिलसिलामा उक्त कुरा थाहा पाएदेखि जाने इच्छा भएको उक्त ठाउको भ्रमण गर्ने मेसो भने यस वर्ष मात्र मिल्यो । यस सिलसिलामा गत असोज १३ गतेदेखि १५ गतेसम्म भारतको उत्तराखण्डको भ्रमण गरियो ।
१३ गते विहान कैलालीवाट कञ्चनपुर गइयो । त्यहावाट भारतिय प्लेटको गाडी रिजर्भ गरी वनवासातर्फको यात्रा प्रारम्भ भयो । उक्त दिन साझ पतञ्जलीको प्रांगणमा गइ त्यहाको सामान्य अवलोकन गरी हामी धर्मशाला तायरमा वास वस्यौ ।
भोलीपल्ट विहान नालापानीका लागि प्रस्थान गरेका हामी वाटोमा पर्ने भएको करण श्रृषीकेसमा केही मिनेट विताएर हामी नालापानी खलंगा हिड्यौ । पहाडको टाकुरामा संरक्षण गर्नुका साथै स्तम्भ नै बनाएर राखिएको उक्त ठाउ वास्तवमा रमणीय पनि थियो । त्यहा राखिएको सिलालेखमा उल्लेख थियो, पहिलो त्यहा राखिएको स्टाच्यु सहस्रधारा मार्गमा संरक्षण गरी राखिएकोछ ।
त्यसपछि हामी त्यहावाट फर्कियौ । सहस्रधारा पत्ता लागेन । हामी मसुरीतर्फ लाग्यौ । मसुरीवाट उकजना नेपालीलाइृ समपर्क गर्दा पत्ता उहाले एउटा ठेगाना टिपाउनु भयो । त्यसैको आधारमा हामी फर्कदाखेरी उक्त ठेगाना खोज्दै अगाडी बढ्यौ । यस क्रममा झण्डै १५–२० स्थानमा मानिसलाइृ सोध्दै हामी अगाडी बढ्यौ । अन्तत साझ सात वजेतिर उक्त स्तम्भ राखिएको ठाउम पुग्यौ । यो बन्द गर्ने तरखरमा रहेको पार्कमा फोटो खिच्न मिल्न–नमिल्ने सोधखोजपछि टाढावाट आउनु भएको रहेछ भन्दै केही समयको लागि गेटको ताल्चा नै खालिदिए । हामी भित्र गयौ फोटो खिच्यौ । गाडी चालक राजु भाइको टिप्पणी थियो, आजसम्म सैयौ ट्रिप लिएर नालापानी आए । यो स्तम्भको वारेमा खोजी गर्ने मानिस भेटेको थिइन । अव कसैलाई लिएर आए भने पहिाल यही स्तम्भ देखाएर मात्र नालापानी स्तम्भ लैजानेछु । यात्रा छोटो पार्ने प्रयास स्वरुप त्यस दिन पनि हामी वस्नका लागी हरिद्धार नै पुग्यौ ।
भोलीपल्छ १५ गते विहान हामी नैनीलातको लागी प्रस्थान गर्यौ । आरामसंग जादै गर्दा अपरान्ड चार वजेतिर नैनीलात पुगियो । त्यो डाडाको टुप्पामा निर्मल ताल साच्चै मनमोहक थियो । हामीले ढुंगावाट केही समय तालमा घुम्नुको साथै झण्डै एकघण्टा समय विताएर नेपाल फर्कन वाटो लाग्यौ । आउदा आउदै ढिला भयो । भारतमा निर्वाचन भएकोले साझ सात वजे गड्डाचौकीमा सिमा बन्द हुने रहेछ । हामी त्यहा पुग्दा झण्डै आठ वज्ने भएकोले उपाय खोज्नुपर्ने भयो ।
कञ्चनपुर वेदकोटको मेयर अशोकजीलाई यसको उपायका लागी आग्रह गरियो । साझ आठ वजे प्रशासनको आग्रहमा नेपाल आउन सम्भव भयो । साझ सिद्धार्थ होटलमा वसियो । १६ तारिक विहान कञ्चनपुरस्थित टनकपुर र दोधारा चादनीस्थित झलुंगे पुलको अवलोकन गरी दिउसो १२ वजे जिल्ला समन्वय समितिको हलमा स्थानिय निकायका साथिहरुसंग छलफल गरियो । त्यसको लगत्तै जिफण्ट कार्यालयमा केही समय भेटघाट गरेर कैलाली होटलमा वसियो ।
वाटोमा आउदै गर्दा कैलालीको आशा सार्कीको फोन आयो । साझ नेपाल आइपुगेपछि फोन गर्दा उनिहरुले केही छाउगोठ भत्काएका कारण अभिभावकहरुले गाली गरेकोले सहयोगका लागि फोन गरेकी रहछिन । त्यसपछि त्यहाको उपमेयर र वडा अध्यक्षलाई भेट्न भनियो । तर, दुवेसंग भेट नभएको कारण उनिहरुको डर कायमै रह्यो । त्यही क्रममा त्यहाका संघिय सांसदसंगको घेटघाट र कुराकानीपछि १७ गते विहान गोदावरी नगरपालिकाको मेयर, सुदुरपश्चिम प्रदेशका समाजिक मन्त्री कृष्ण सुवेदी र कैलाली जिल प्रहरी इन्चार्ज सुदिप गिरीसंग भेटघाट गरी छाउपढी विरुद्ध अभियान संचालन गर्न आग्रह गरियो । १०.३० को प्लेनवाट काठमाडौ आइयो ।